पोखराः सहारा क्लब पोखराले आयोजना गर्ने २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । क्लबले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । पोखरा रंगशालामा आयोजना हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहने प्रतियोगिता संयोजक केशवराज बरालले बताए । ‘२२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता पुष १४ देखि २३ सम्म सञ्चालन हुदैं छ, बरालले भने, प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी १० टिमको सहभागिता रहनेछ । यस पटक पुरस्कार राशीमा बृद्धि गरी १२ र ६लाख पु¥याएका छौं ।’ उनका अनुसार प्रतियोगिताको पुरस्कारमा २ लाख थप गरी प्रथम पुरस्कार १२ लाख र द्धितिय पुरस्कारमा १ लाख थप गरी ६लाख कायम गरिएको छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले २५ हजार, म्यान अफ दि म्याच प्रत्येक खेलमा ८ हजार र फाइनल खेलमा १० हजार, निष्पक्ष खेलाडी टिमलाई १० हजार पुरस्कार कायम गरेको छ । प्रतियोगितामा पहिलो संस्करण देखि नै मुख्य प्रायोजकमा रहँदै आएको हिमश्री फुड्स प्रा.लिले थप दश वर्ष सम्झौता गरिसकेको छ । प्रतियोगितामा कुल आम्दानी १ करोड ५९ लाख ५० हजार र खर्च १ करोड १३ लाख ५६हजार खर्च हुने अनुमान गरेको छ, भने करिव ४५ लाख ९४ हजार बचत हुन अनुमान गरेको छ । बचत भएको रकमले संचालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गर्ने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए । एकेडेमीमा तेस्रो व्याचका १० जिल्लाका १३ जना प्रशिक्षार्थी रहेका छन् । प्रतियोगिता अवलोकन गर्न आयोजकले प्रि र क्वाटरफाइनलमा १ सय, सेमिफाइनलमा २ सय र फाइनलमा ३ सय कायम गरेको छ । भने भिआईपी तर्फको प्याराफिटमा प्रि र क्वाटरफाइनलमा २ सय, सेमिफाइनलमा ४ सय फाइनलमा ५ सय टिकटको दर कायम गरेको छ । प्रतियोगिता अवधिभर सिजनल टिकट रु २ हजार राखेको छ । पुष १४ देखि २३ गतेसम्म सञ्चालन हुने २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र फुटबल, संकटा क्लब, चर्च ब्बाइज युनाइटेड फुटबल क्लब, धरान फुटबल क्लब, आयोजक सहारा क्लब र विदेशी क्लबमा भुटानी युवा खेलकुद क्लब मिनेसोटा संयुक्त राज्य अमेरिका रहेको छ । २१ औं संस्करणको प्रतियोगितामा नेपाल एपिएफ क्लब विजेता र मनाङ मस्याङ्दी क्लब उपविजेता भएका थिए । सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई सहारा क्लबले प्रदान गर्दै आएको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार नेपाली राष्ट्रिय फुटबल टोलिका टिम सदस्य अनन्त तामाङलाई प्रदान गर्ने भएको छ । २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको अवसरमा खेलाडी तामाङलाई सम्मान गर्ने क्लबका महासचिव अधिकारीले बताए । यसअगाडी क्लबले भरत खवास, किरणकुमार चेम्चोंग, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्टलाई पुुरस्कृत गरी सकेको छ । पुरस्कार राशीमा रु १५ हजार ५ रुपैयाँ थप गरी ५० हजार ५ रुपैयाँ पु¥याएको छ ।
पोखराः नेपाल खेलकदु महासंघले प्रदेश खेलकुल परिषद् गण्डकीको रिक्त सदस्य सचिवको नियुक्ती प्रक्रिया रोक्न युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश मार्फत मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएको छ । महासंघले आज (मंगलबार) युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीलाई प्रेस विज्ञप्ती बुझाउँदै सदस्य सचिवको नियुक्त रोक्न ध्यानाकर्षण गराएको हो । महासंघका अध्यक्ष विष्णु पुनले सचिव अधिकारीलाई विज्ञप्ती बुझाउँदै काम चलाउ सरकारले नियुक्ती प्रक्रिया जस्तो कार्य गर्न नपाउने र यस्तो निर्णयले विधीको शासनको धज्जी उडाएको बताए । ‘प्रदेश खेलकुद नियामवली २०७८ विपरित प्रदेश खेलकुद परिषद् सदस्य सविचको नियुक्ती प्रक्रिया तत्काल रोक्न आग्रह गरेका छौ, नेपाल खेलकुद महासंघले गरेको अपिललाई वेवास्ता गरे आन्दोलनका कार्यक्रम घोषणा गछौं ।’ अध्यक्ष पुनले भने । गण्डकी प्रदेश सरकारले रिक्त सदस्य सचिव पदका लागि गत पुस ६ गतेको मन्त्री परिषद निर्णय गरेको थियो । सोही निर्णयका आधारमा यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले एक साताको म्याद राखेर दरखास्त आह्वान समेत गरिसकेको छ । दरखास्त आह्वानको म्याद आज (मंगलबार) सकिएको छ । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङको ६० वर्षे उमेर हदका कारण गत कार्तिक २४ गते पदावधी सकिए पछि आगामी चार वर्षका लागि प्रदेश सरकारले नियूक्ति प्रक्रिया अघि बढाएको थियो । प्रदेश खेलकुद विकास ऐन २०७७ को परिच्छेद ४ को उपदफा १७ को ३ बमोजिम सदस्य सचिव नियूक्ति गर्ने प्रावधान रहेको छ । सोही परिच्छेदको उपदफा ३ बमोजिम प्रदेश सरकारले यूवा तथा खेलकुद मन्त्रीको संयोजकत्वमा मन्त्रालयको सचिव र एक जना विशेषज्ञ सहित तिन सदस्यिय सिफारिस समिति गठन गर्ने प्रावधान रहेको छ । सिफारिस समितिको संयोजकमा यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, सचिव बद्रिनाथ अधिकारी रहेका छन् भने खेल विज्ञको रुपमा हरिप्रसाद पराजुली रहेका छन् । पराजुली नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष समेत हुन् । परिषदको सदस्य सचिव नियूक्तिका लागि ३० वर्ष उमेर पुरा भएको, स्नातक तह अध्ययन पुरा भएको र ६० वर्ष ननाघेको हुनुपर्ने खेलकुद विकास ऐनमा उल्लेख छ ।
काठमाडौं: लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा लुम्बिनीले पोखरा रेन्जर्सलाई तीन विकेटले हरायो । जितका लागि एक सय ३४ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । लुम्बिनीका लागि कुशल भुर्तेलले ३९ रन बनाउनुभयो । शाड्ली भान शाल्कविकले ३१, उन्मुक्त चन्दले २२ र अनिल शाहले १९ र गुलसन झाले १० रन बनाउनुभयो । बलिङमा पोखराका विपिन खत्री र कुशल मल्लले दुई दुई तथा प्रतिश जिशी, अभिमन्यु मिथुन र जाहिर खानले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो । पोखराका लागि कुशल मल्लले सर्बाधिक ६१ रन बनाउनुभयो । उस्तै उपुल थरंगाले ४२ रन जोड्दा अन्यले खेलाडीले दोहारो रन जोड्न सकेनन् । बलिङमा लुम्बिनीका शाड्ली भान शाल्कविकले तीन विकेट लिनुभयो । किशोर महतो र गुलसन झाले दुई दुई विकेट लिनुभयो । तेस्रो जितसँगै ६ अंक बनाएको लुम्बिनी शीर्षस्थानमा छ । तीनवटै खेलमा पराजित पोखरा अंकविहन बन्दै अन्तिममा छ । पुस २७ गतेसम्म चल्ने प्रतियोगिताका ६ वटा फ्रेन्चाईज टोलीको सहभागिता रहेको छ । लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् ।
काठमाडौं: कतार विश्वकप फुटबलका कारण रोकिएको इङ्लिस प्रिमियर लिग फुटबल सोमबारदेखि सुरु भएको छ । सोमबार राति भएको खेलमा शीर्षटोली आर्सनल र लिभरपुलले सहज जित निकालेका छन् । घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेस्ट हामलाई ३—१ गोलले हरायो । अर्को खेलमा लिभरपुलले एस्टन भिल्लालाई उसैको मैदानमा ३–१ गोलले नै स्तब्ध बनायो । आर्सनलको जितमा बुकायो साका, गाब्रियल मार्टिनेली र इडवार्ड एनकेइटाले गोल गर्नुभयो । वेस्ट हामका सेड बेनरहमाले सान्त्वना गोल गर्नुभयो । जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले १५ खेलबाट ४० अङ्क बनाएको छ । पराजित वेस्ट हाम १४ अङ्कसहित १६औं स्थानमा छ । यसैगरी लिभुपुललाई जिताउन मोहम्मद सलाह, भर्जिल भान डाइक र स्टेफन बाजसेटिकले गोल गर्नुभयो । एस्टन भिल्लाका ओली वाट्किन्सले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै लिभरपुल छैटौं स्थानमा छ । लिभरपुलले १५ खेलबाट २५ अङ्क बनाएको छ । पराजित एस्टन भिल्ला १८ अङ्कसहित १२औं स्थानमा छ । अन्य खेलहरुमा ब्राइटनले साउथह्याम्पटनलाई ३–१, न्युक्यासल युनाइटेडले लेस्टर सिटीलाई ३–०, वल्भ्सले एभर्टनलाई २–१ र फुलहामले क्रिस्टल प्यालेसलाई ३–० गोलले हराएको छ । टोट्टनहाम र ब्रेन्टफर्डले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । एजेन्सी
पोखरा: पृथ्वीनारायण क्याम्पसमा अन्तर संकाय सप्ताहव्यापी खेलकुद प्रतियोगिता जारी रहेको छ । प्रतियोगिताको दोस्रो दिने निबन्ध लेखन र कविता लेखन सम्पन भएको छ । निबन्ध लेखनमा ३० जना र कविता लेखनमा २२ जनाले सहभागिता जनाएका थिए । कविता लेखन तर्फ मानविकी संकायका तारानाथ पराजुली प्रथम, शिक्षा संकायका रोजिना घिमिर द्धितिय, व्यवस्थापन संकायका सम्झना सार्की,विज्ञान संकायका विवेक सापकोटा तृतिय र कानुन संकायका अभिषेक रेग्मीले सान्तवना भने निबन्ध लेखन तर्फको नतिजा समापन कार्यक्रमको दिन प्रकाशन गरिने कार्यक्रम संयोजक शोभाकान्त गौतमले बताए । यस्तै क्याम्पसमा अन्तर संकाय स्तरीय फुुटबल, भलिबल र बास्केट प्रतियोगिताहरु समेत सञ्चालन भएको छ । फुटबल फुटबलतर्फ क्वाटरफाइनल खेलको पहिलो खेलमा विविए संकायले पहिलो जित निकालेको छ । क्याम्पसको फुटबल मैदानमा भएको खेलमा विज्ञान संकायलाई ६–५ गोलको अन्तरले पराजित गदै सेमिफाइनल प्रवेश गरेको छ । दोस्रो खेलमा मानविकी संकायलाई पराजित गर्दै विविएस संकाय (राहुल)को समूह सेमिफाइनल प्रवेश गरेको छ । मानविकी संकायलाई ५–१ गोलले पराजित गर्दै विविएस सेमिफाइनल प्रवेश गरेको हो । यस्तै तेस्रो खेलमा विविएस संकाय (अशोक समूह) विजयी भएको छ । विसिए संकायलाई ५–० गोलको अन्तरमा पराजित गर्दै विविएस संकाय (अशो समूह) सेमिफाइनल प्रवेश गरेको छ । यस्तै अन्तिम खेलमा विविए संकाय विजयी भएको छ । विएड संकाय र कानुन संकायबीच भएको खेलमा ४–१ गोलको अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । फुटबल तर्फको सेमिफाइनल खेल पुष १३ गते सञ्चालन हुने क्याम्पस प्रशासनले जनाएको छ । भलिबल यस्तै छात्र भलिबल प्रतियोगिताको पहिलो खेलमा शिक्षा संकायलाई पराजित गदै विविए संकाय विजयी भएको छ । विविएले २५–१७ र २५–१७ को अङ्कमा पराजित गरेको छ । दोस्रो खेलमा विज्ञान र व्यवस्थापन संकायबीच भएको खेलमा विज्ञान संकाय विजयी भएको छ । विज्ञान संकायले २५–२०, १५–२५ र २५–१० अङ्कले पराजित गरेको हो । तेस्रो खेलमा विविए र विएड संकायबीचको खेलमा विएड संकाय विजयी भएको छ । विएडले २५–१८ र २५–१२ को अङ्कले पराजित गरेको छ । बास्केटबल बास्केटबल तर्फ पहिलो खेलमा विविए र कानुन संकाय बिच ६३–२४ नम्बरका साथ विविए संकायले पहिलो जित निकालेको छ । दोस्रो खेलमा विज्ञान र शिक्षा संकाय बिच ५२–५३ नम्बरले शिक्षा संकाय, तेस्रो खेलमा विए र विविएस बिच २८–२७ नम्बरका साथ विविएस संकाय, चौथो खेलमा विसिए र विविएस बिच ४१–४० नम्बरले विविए संकाय र पाचौँ खेलमा विविएस र विज्ञान संकाय बिच ३५–२३ ले विविएस संकाय विजयी भएको छ । बाँकी खेलहरु मंगलबार सञ्चालन हुने क्याम्पसले जनाएको छ । पुष १० देखि सुरु भएको प्रतियोगिता पुष १४ गतेसम्म सञ्चालन हुनेछ ।
पोखराः पोखरामा “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा सुरु भएको हो । पौष १५ गते सम्म सञ्चालन भएको उक्त प्रतियोगिताको पहिलो दिन भेट्रान्सतर्फका ५१ स्पर्धाहरु सम्पन्न भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले बताएका छन् । सोमबार सुरु भएको प्रतियोगितामा ३५, ४५ र ५५ वर्ष माथी सिंगल्स र डबल्स स्पर्धाहरु सम्पन्न भएका छन् । प्रतियोगितामा ४५ वर्ष माथी सिंगल्समा प्रदिप शाहले विरेन्द्र लामा ६–०, ६–२ ले, सिजर गुरुङले राम बहादुर विकलाई ६–१, ६–४, मिन पुनले पदम गुरुङलाई १–६, ६–१ र १०–३ ले, शरण गुरुङले मनिष श्रेष्ठलाई ६–१, ६–४ ले, आशिष सिग्दलले अनुजा बास्तोलालाई ७–६, ६–४ ले, अमृत रोक्काले देव थापालाई ६–०, ६–१ ले पराजित गरे । त्यस्तै उत्तम वोगोटीले राजेन्द्र चापागाई लाई ६–४,६–१, रोहित सुनुवारले केबी लामालाई ६–१, ६–० ले, ठाकुर खनालले भिष्मराज पौडेललाई ७–६, ५–७, १०–७ ले, सुनिल श्रेष्ठले नारायण पाहारीलाई ६–१, ६–४ ले पराजित गर्दा शिव सुवेदीले एमडी यूनसलाई वाक ओभर दिएका छन् । त्यसै भारतका टि तुलेश्वर सिंहले नेपालका मनोज श्रेष्ठलाई ६–०, ६–१ ले, माधव भण्डारीले अर्जुन गुरुङलाई ६–३, ६–३ ले, महेश श्रेष्ठले युेका वाल्टर स्मिथलाई ६–०, ६–० ले, गोपी भट्टराईले विकाश गुरुङलाई ६–४, ६–२ ले पाखा लगाउँदा बिमल गुरुङले मनोज ढुङ्गानलाई वाक ओभर दिएका छन् । प्रतियोगिता अन्तर्गत नै सोमबार भएको ३५ वर्ष माथीको खेलमा सन्तोष खत्रीले दिपराना लाई ६–३, ६–१ ले, माधव भण्डारीले मनोज श्रेष्ठलाई ६–१, ६–१ ले, निरज थापाले प्रकाश राज वाग्लेलाई ७–५, ६–३ ले, जितेन्द्र परियारले नविन श्रेष्ठलाई ६–१, ६–१ ले, कमल भण्डारीले सरिन देउजालाई ६–०, ६–१ ले, देव क्षेत्रीले मिलन गर्वुजालाई ६–२, ६–३ ले, चेवाङ लामाले सविर मियाँलाई ६–०, ६–१ ले, चोम बहादुर शाहीले नवराज शर्मालाई ७–६, ६–१ ले, सम्दुप लामाले अनिल सेञ्चुरीलाई ६–३, ६–४ ले र सिमन्त गुरुङ लक्ष्मण तामाङलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरेका छन् । ५५ वर्ष माथीको सिंगल्सतर्फ पहिलो चरणको स्पर्धामा काजी गुरुङ, अनिल तुलाचन, एन दिलिप सिंह, कर्ण तामाङ, बिनोद कायस्थ, समिर शेरचन, सुरेन्द्र माकाजु र डियोनम लामाले आ–आफ्नो खेल जितेको टुर्नामेण्ट डाइरेक्टर पौडेलले जानकारी दिए । यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले पोखराको पर्यटन प्रवद्र्धनमा खेलकुदको महत्व अहम हुने बताए । उनले भने–“खेलकुदले स्वास्थ्य संगै शारिरीक सुगठनका लागि मात्रै नभई पर्यटनका लागि समेत यसको महत्व उत्तिकै छ ।” मेयर आचार्यले कास्की टेनिसले पोखराको खेलकुद संगै पर्यटन प्रवद्र्धनमा समेत उत्तिकै महत्वका साथ अघि बढेको बताउँदै प्रशंसा समेत गरे । कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल टेनिस संघका उपाध्यक्ष तथा कास्की टेनिसका संस्थापक बिनोद कायस्थ, कास्की टेनिसका उपाध्यक्ष नविन चालिसे, सचिव नविन श्रेष्ठ, सदस्य मोनिका थापाले समेत कास्की टेनिसलगायत प्रतियोगिताको महत्व माथी प्रकाश पारेका थिए । प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आएको उपाध्यक्ष चालिसे जानकारी दिएका छन् । सहभागि खेलाडी मध्ये ५७ जना पोखराका छन् भने ९३ जना पोखरा खेलाडी बाहिरबाट आएका छन् । प्रतियोगिताको सहभागिता हाल सम्मकै ठूलो सहभागिता हो । प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा मेन्स सिंगल्समा २७ जना, मेन्स डबल्समा १२ जना, उमेन्स सिंगल्समा ८ जना, ३५ वर्ष माथी मेन्स सिंगल्समा ३४ जना, डबल्समा १७ जना, ४५ वर्ष माथी सिंगल्समा ३५ जना, डबल्समा १९ जना, ५५ वर्षमाथी सिंगल्समा २४ जना, डबल्समा १२ जना, ६५ वर्ष माथी सिंगल्समा १२ जना र डबल्समा ३ जना गरी कूल २ सय ३ जना खेलाडीले नाम दर्ता गरेको जानकारी दिएका छन् । प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ । प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ ।
पोखराः गण्डकी प्रदेश पुरुष भलिबल टिमका प्रशिक्षक रमेश केसी सम्मानित भएका छन् । गण्डकी प्रदेश भलिबल संघले आयोजना गरेको प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको अवसरमा संघले गण्डकी प्रदेशको भलिबल गण्डकी प्रदेश भलिबलको विकासमा योगदान पुयाएका केसीलाई प्रदेशको प्रशिक्षकमा नियुक्त भएको भन्दै सम्मान गरेको हो । उनलाई गण्डकी प्रदेशमा नवनिर्वाचित प्रदेश सांसद प्रकाश बरालले सम्मानपत्र तथा दोसल्ला अर्पण गरे । सो अवसरमा बोल्दै बरालले गण्डकी प्रदेश भलिबलको शिर उचो बनाउनतर्फ सधै अग्रसर हुन आग्रह गरेका थिए । गण्डकी प्रदेश पुरुष भलिबल टिमको प्रशिक्षक सम्हालीरहेका केसीलाई गण्डकी खेलकुद परिषद्ले गण्डकी प्रदेश भलिबलको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
पोखराः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान कास्की स्पोर्टस मिट २०७९ को उपाधि प्रतिभा माविले जितेको छ । पोखरा रंगशालामा गत पुष ६ गतेबाट जारी १५ औं हिसान कास्की स्पोर्टस मिट अन्तर्गत प्रतिभाले ११ अंक बटुल्दै पहिलो पटक उपाधि जितेको हो । यस अघि लगातार पाँच पटक सम्म न्यू ग्यालेक्सीले उक्त उपाधि जितेको थियो । प्लस टु छात्र–छात्रा र विश्विद्यालयतर्फ गरी ६० शिक्षालयहरुको सहभागिता रहेको स्पोर्टस मिट अन्तर्गत सम्पन्न प्रतियोगितामा प्रतिभाले प्लस टु बास्केटबलमा छात्रातर्फ प्रथम, छात्र बास्केटबल तर्फ तेश्रो, भलिबल छात्रतर्फ चौथो हुँदै सर्वाधिक ११ अंकका साथ रनिङ ट्रफी जित्न सफल भएको हो । भलिबल १५ औं हिसान स्पोर्टस मिट प्लस टुतर्फ छात्रा भलिबलमा हिल पोइन्ट मावि पहिलो भएको छ । सम्पन्न फाइनल खेलमा हिल पोइन्टले गुरुकुल माविलाई २५–१५ र २५–१८ ले पराजित गर्दै पहिलो हुन सफल भएको हो । त्यसै गरी पश्चिमाञ्चलले केफलाई २५–२१ र २५–२२ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको छ । प्लस टु छात्र भलिबलमा स्पाइरल ग्यालेक्सी पहिलो भएको छ । स्पाइरलले युनिभर्सलाई फाइनलमा पराजित गर्दै पहिलो भएको हो भने प्रतियोगितामा केफ मावि तेश्रो भएको भलिबलका संयोजक किरण सापकोटाले जनाएका छन् । प्रतियोगितामा प्लस टु छात्र भलिबलमा स्पाइरल ग्यालेक्सीका मदन छन्त्याल उत्कृष्ट हुन सफल भए भने छात्रातर्फ हिल पोइन्टकी सोयाङ थापा मगर उत्कृष्ट भइन् । छात्र भलिबलमा उत्कृष्ट स्पाइकर स्पाइरलका शक्ती पुन मगर र छात्रातर्फ हिल पोइन्टकी वर्षा थापा उत्कृष्ट स्पाइकर भइन् । बास्केटबल स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्र बास्केटबलमा न्यू ग्यालेक्सीले आफ्नो पुरानो दबदबा कायम गर्दै पहिलो हुन सफल भएको छ । सम्पन्न फाइनल खेलमा न्यू ग्यालेक्सीले ६९–५१ को स्कोरले मनकामनालाई पराजित गर्न सफल भएको छ । छात्र बास्केटबलमा न्यू ग्यालेक्सी मिन बहादुर पुन मगर उत्कृष्ट खेलाडी घोषित भए भने सर्वाधिक स्कोररमा मनकामनाका तिजन पुन घोषित भए । छात्र बास्केटबल प्रतिभा माविले तेश्रो स्थान प्राप्त गरेको छ । यता छात्रातर्फ प्रतिभा माविले मेरी गोल्डमाविलाई फाइनलमा पराजित गर्दै पहिलो स्थान प्राप्त गर्न सफल भएको छ भने ग्लोबल कलेजियटले तेश्रो स्थान प्राप्त गरेको छ । छात्रा तर्फ प्रतिभाकी प्रियाङ्का थापा उत्कृष्ट खेलाडी घोषित हुँदा सर्वाधिक स्कोररतर्फ मेरी गोल्डकी तारा विक घोषि भएकाी छन् । यता युनिभर्सिटीतर्फ छात्र बास्केटबलमा लेकसिटीलाई हराउँदै लिंकन पहिलो भएको छ भने पेकलाई हराउँदै पिसिएम तेश्रो भएको छ । छात्रातर्फ पेकलाई हराउँदै लिंकन पहिलो हुँदा, इन्फरमेटिक्सलाई पराजित गर्दै पिसिएमले तेश्रो स्थान प्राप्त गर्न सफल भएको छ । व्याडमिन्टन १५ औं हिसान स्पोर्टस मिट अन्तर्गत ब्याडमिन्टन फाइनलका खेलहरु सम्पन्न भएको व्याडमिन्टनतर्फका संयोजक पुरन कुंवरले बताएका छन् । प्लस टु छात्र सिंगल्सतर्फ प्रगतीका शंसाक अधिकारी प्रथम, प्रगतीका आयुस थापा द्वितिय, सगरमाथाका सौरभ थापा र विनम्र थापा तृतिय भएका छन् । छात्रातर्फ मदरल्याण्डकी आयुष्मा नेपाल पहिलो हुँदा, दोश्रो सगरमाथाकी निर्झरा खड्का र ग्लोबलकी समिक्षा गुरुङ र सगरमाथाकी सविना राना मगर तेश्रो भएका छन् । छात्र डबल्सतर्फ प्रगतीका शंसाक अधिकारी र आयूष थापाको जोडी पहिलो, सगरमाथाका सौरभ थापा र विनम्र थापाको जोडी दोश्रो, पिकेजीका शिद्धार्थ घले र अमन गुरुङ र प्रतिभाका प्रवेश गुरुङ र धिरज विक तेश्रो भएका छन् । छात्रा तर्फ सगरमाथाका निर्झरा खड्का र सविना मगरको जोडी पहिलो, दोश्रो कास्की मोर्डनाइजका उर्मिला सेन्चुरी र शारिका गुरुङको जोडी दोश्रो, गुरुकुल विद्यासदनका अलिशा वरुवाल र ममिता गुरुङको जोडी ज्योती कुञ्जका बबिना राना र कुश्मिला दुराको जोडी तेश्रो भएका छन् । युनिभर्सिटी छात्र सिंगल्सतर्फ पोखरा इन्जिनियरिङका अमित भण्डारी पहिलो, इन्फरमेटिक्सका थमन सिंह थापा दोश्रो, पोखरा लिंकनका रिजन सूर्यवंशी र पेकका निशान थापा तेश्रो भएका छन् । छात्रा सिंगल्सतर्फ पिसिएमकी मेनुका गुरुङ पहिलो, पेककी लिजा गुरुङ दोश्रो, इन्फोमेक्सकी इशा सदाशंकर र पिसिएमकी स्वस्तिका पौडेल तेश्रो भए । छात्र डबल्समा इन्फरमेटिक्स पहिलो, पिसिएम दोश्रो र पेक तेश्रो भएका छन् भने छात्रातर्फ पिसिएम, पेक र इन्फोमेक्स कलेज क्रमश पहिलो, दोश्रो र तेश्रो भएको हिसान कास्कीले जनाएको छ । टेबुल टेनिस प्रतियोगिता अन्तर्गत सम्पन्न टेबुल टेनिसमा प्लस टु छात्र–छात्र तर्फ सिंगल्सतर्फ स्टेप वाई स्टेपका सुलभ केसी पहिलो, टप्सका क्षितिज गुरुङ दोश्रो, प्रतिभाका मनिष भुजेल र ग्लोबलका नयन बस्नेत तेश्रो भएका छन् । छात्रातर्फ डायमण्डकी अंकिता गुरुङ पहिलो, डायमण्डकै अनुषा गौतम दोश्रो, सिर्जनाकी पदमा थापा र न्यू मोडलीक पार्वती श्रेष्ठ तेश्रो भए । छात्रा डबल्सतर्फ ग्लोबल कलेजियटका विपिन श्रेष्ठ र सोनिम गुरुङको जोडी पहिलो, टप्स माविका क्षितिज गुरुङ र मुकेश थापाको जोडी दोश्रो, सिर्जनाका प्रवेश बानिया र मिलन खड्काको जोडी र प्रतिभाका मनिष भुजेल सुवर्ण रुम्वाको जोडी तेश्रो भएका छन् भने छात्रा डबल्समा डायमण्डका अनुषा गौतम र अंकिता गुरुङको जोडी पहिलो, पोखरा आदर्शका अंशु भट्ट र रोडा तामाङको जोडी दोश्रो न्यू ग्यालेक्सीका मन कमारी थापा र सुनामी तामाङ तथा ग्लोबलका बन्दना भुजेल र अमुल्य घलेको जोडी तेश्रो भए । यस अघि बास्केटबल खेल छात्र तर्फ फाइनल खेलको उद्घाटन गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले गरेका थिए । विजेता टिम तथा खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रतियोगिताका संयोजक डा.रामजी शर्मा, हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल लगायतले ट्रफी मेडल र प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रम हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काको अध्यक्षतामा सम्पन्न भएको थियो । हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हरु भव्य रुपमा सम्पन्न भएको स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले जनाएका छन् । बास्केटबल छात्रतर्फ ४२ टिम र छात्रातर्फ २५ टिमको सहभागिता रहेको थियो भने भलिबल छात्रतर्फ ३४ टिम र छात्रातर्फ २२ टिमको सहभागिता रहेको संयोजक शर्माले जानकारी दिए । विश्वविद्यालयतर्फ बास्केटबल छात्रतर्फ ८ टिमको सहभागिता रहेको थियो । यसै गरी व्याडमिन्टन छात्र–छात्रातर्फ टेबुल टेनिसतर्फ ३४–३४ विद्यालयहरुको सहभागिता रहेको थियो । हिसान कास्की स्पोर्टस मिट सम्पन्न गर्न करिव १५ लाख खर्च भएको आयोजकले जनाएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ७२ मध्ये ६० शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका थिए भने करिव ३ हजार ५ सय खेलाडीहरु प्रत्यक्ष रुपमा विभिन्न ४ खेलमा सहभागिता जनाएका थिए । प्रतियोगितामा ९ बटा विश्वविद्यालयहरुको सहभागिता संगै स्पोर्टस मिटमा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले स्पोर्टस मिट अवलोकन गरेको प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।
पोखरा: पोखरामा जारी नेपाल लिटेचर फेस्टिभलको तेस्रो दिन तीन ‘खेलकुद हिजो आज र भोलि’ शीर्षकमा तीन फरक पुस्ताका खेलाडीहरुले आफ्ना अनुभव साटेका छन्। सो सत्रमा भूतपूर्व फुटबल खेलाडी रमा सिंहले हिजो, क्रिकेटर शक्ति गौचनले आज र म्याराथन खेलाडी सन्तोषी श्रेष्ठले भोलिको प्रतिनिधित्व गर्दै अनुभव साटेका हुन् । छलफलमा तीनै जना खेलाडीले खेल क्षेत्रमा करिअर बनाउँदा झेल्नु परेको चुनौती साटे। नेपाली महिला फुटबलकी पहिलो कप्तान रमा सिंहले पुराना समय सम्झँदै भनिन्, ‘२०३९ सालदेखि नेपालमा महिला फुटबलको सुरुवात भएको हो। झन्डै चार वर्ष मैले फुटबल खेलेँ । पहिलो महिला क्याप्टेन पनि बनेँ। यो दौरानमा अन्तर्राष्ट्रिय खेल खेल्ने सौभाग्य मिल्यो।’ नेपाली महिला फुटबल खेलाडी बन्नुलाई संयोग भन्दै उनले भनिन्, ‘हामीले फुटबल संयोगको रुपमा खेल्न थालेका हौं । त्यो बेला फागुन १३ गते शिक्षा दिवस मनाइन्थ्यो। शिक्षा दिवस मनाउने क्रममा इन्टरकलेज भलिबल प्रतियोगिता हुँदा हामी प्रथम भएर पुरस्कार भएका थियौं। पहिलो भएको टिमले डेमोन्स्ट्रेसन खेल खेल्नुपर्छ भनेर पद्मकन्या कलेजबाट रंगशाला लगिएको थियो। त्यो बेला अखिल नेपाल फुटबल संघले महिला फुटबल इन्ट्रडुअस गर्न लागेको रहेछ। उहाँहरुले हामीलाई महिला फुटबलमा सहयोगी हुने हो भने हामी तपाईंहरुलाई दुई महिनाको आधारभूत तालिम उपलब्ध गराउँछौं । त्यसपछि २ वटा समूह बनाएर खेल खेलाउँछौं भन्नु भयौं। त्यसपछि नियमित तालिम दिन्छौं भनेको भएर भलिबल खेल्न तीन चार जना हामी फुटबलतर्फ आकर्षित भयौं।’ झन्डै चारदशकअघि फुटबल खेल्नु महिलाका लागि सजिलो थिएन। परिवार, समाज र दर्शकबाट समेत नकारात्मक टिप्पणी सुन्नु परेको सिंहको अनुभव छ। ‘मेरो बुबाले मलाई फुटबल खेल्ने हो भने खेल तर फुटबल खेलेर पढाइ बिगार्यो भने खेल्न पाइन्न भन्ने सर्त राख्नुभएको थियो,’ उनले भनिन्, ‘ फुटबल खेल्ने त भनियो । भलिबल ट्रायक सुट लगाएर खेल्दा हुन्थ्यो तर फुटबल ट्रायक सुट लगाएर खेल्न नियमले दिँदैन। हामीलाई हाफ प्यान्ट लगाएर रंगशालामा फुटबल खेल्दा रंगशालाको प्याराफिटबाट कोही दर्शकले त राम्रै प्रोत्साहन गर्ने गरी हुटिंग गर्नुहुन्थ्यो । कोही दर्शकहरुले कस्तो अश्लिल शब्द प्रयोग गरेर पनि हुटिंग गर्नुहुन्थ्यो। दर्शकअनुसारको मानसिकता हो।’ गोल्डेन गर्ल उपमा पाएकी धावक सन्तोषी श्रेष्ठले आफूले रमा सिंहजस्तो समस्या भोग्नु नपरे पनि त्यसलाई रिलेट गरेको बताइन्। ‘सुरुको चरण मेरा लागि पनि गाह्रै थियो। महिला भएर खेल्नु, झन् कुद्ने खेल भएपछि स्वास्थ्यलगायत अरु समस्या आउँछन्। बिहे हुँदैन भन्ने खालका कुरा पनि आउँथे,’ उनले भनिन्, ‘बिस्तारै मैले राम्रो रिजल्ट दिन थालेपछि बल्ल सहज भयो। अहिले खेलकुद पत्रकारले हाम्रो खेलकुद र महिला खेलाडीलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलिराख्नुभएको छ।’ उनले अग्रज महिला खेलाडीलाई दर्शकबाट निरुत्साहन हुने र पहिरनबारे टिप्पणी गर्ने कुरा भने आफूले भोग्नु नपरेको बताइन्। ‘अहिलेको दर्शकबाट चिअर अप बढी भइरहेको छ। लक्की नै भन्नु पर्छ। पहिरनको अवरोध पनि हाम्रो बेलामा छैन,’ उनले भनिन्। कार्यक्रममा शक्ति गौचनले पुरुष खेलाडीको अनुभव सुनाए जुन महिला खेलाडीभन्दा भिन्न थियो। तर दुःख उनले पनि भोगेका रहेछन्। ‘उनले म अन्डर १७ को क्याम्पमा हुँदा आधा गिलाँस दुध, आधा पाउरोटी खाएर ट्रेनिङमा जान्थ्यौं। कहिले त खाली पेट नै बस्नु पथ्र्याे । चिसो खाना खानु पर्ने हुन्थ्यो । यो अवस्था झण्डै २००८ सम्म भोगेका थियौं । त्यसपछि बिस्तारै खेलको स्तर पनि बढ्दै गयो । त्यसपछि २०१४ वल्र्डकप खेल्यौं।’ अहिले नेपाली क्रिकेटले फलामदेखि सुनसम्मको यात्रा तय गरेको उनले १० वर्ष अघिको भोगाइ अहिलेको खेलाडी भोग्नु नपर्ने बताए। तर छलफलका सहभागी महिला खेलाडीद्वयले भने गौचनभन्दा फरक विचार व्यक्त गरे। सिंहले भनिन्, ‘मेरो छोरी पनि नेपालमा भएको भए र छोरीले म फुटबल खेल्न जान्छु भन्यो भने हँ भनेजस्तो हुन्छ जस्तो लाग्छ अहिले पनि। हाम्रो देशमा खेलेर जीवन निर्वाह गर्ने अवस्था छैन । मेरो बेलामा झन गाह्रो थियो।’ धावक सन्तोषीको भनाइ पनि उस्तै छ, ‘आर्थिक र लाइफ सेटल कसरी गर्ने भन्ने कुराको चुनौती छ।’

