लेजेन्ड्स लिग खेल्दै पूर्व कप्तान पारस
काठमाडाैं | माघ ११, २०७९

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले कतारमा हुने लेजेन्ड्स लिग क्रिकेट खेल्नु हुनेभएको छ । तेस्रो संस्करणको लेजेन्ड्स लिग २७ फेब्रुअरी देखी ८ मार्चसम्म कतारमा आयोजना हुनेछ ।
पारसले एसियन लायन्सबाट लेजेन्ड्स लिग खेल्न लाग्नुभएको हो । एसियन लायन्सले पारसलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ । यस टोलीमा पारससँगै थिसारा परेरा, मोहम्मद हाफिज र सोयव अख्तरलाई पनि अनुबन्ध गरिएको छ ।
लायन्सले यसअघि उपुल थरंगा तथा अस्गर अफगानलाई पनि टोलीमा अनुबन्ध गरिसकेको थियो । लिगमा वर्ल्ड जायन्टस, इण्डियन महाराज र एसियन लायन्सको सहभागिता रहने बताईएको छ ।
काठमाडौं: नेपालले आइसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधि जितेको छ । ओमानमा शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई एक सय २४...
मुस्ताङ: झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो । राजा थर्कोच...
गलकोट: सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन । अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बीमामा आबद्ध ...