पोखरा: आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’अवार्ड २०८०’ मा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्ने भएको छ । मंगलबार मञ्चको टोलीसँगको भेटमा परिषदका सदस्य सचिव श्रीधर शर्माले सहकार्य गर्ने प्रतिवद्धता जनाएका हुन् । भेटघाट कार्यक्रममा मञ्चका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेल सहभागी थिए । यस अगाडि आइतबार मञ्चको टोलीले सदस्य सचिव शर्मासँग भेट गरेर अवार्ड कार्यक्रमको प्रस्तावना पत्र हस्तान्तरण गरेको थियो । आगामी बैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको मञ्चले जनाएको छ । अवार्ड कार्यक्रमको तयारी स्वरुप बुधबार दिउँसो १ बजे पोखरा रंगशालाको मिडिया सेन्टरमा अवार्ड कार्यक्रमको लागि गठन भएका ११ वटा उपसमितिको संयोजक तथा सह–संयोजकबीचको छलफल कार्यक्रम राखिएको मुल आयोजक समितिका संयोजक दीननाथ बरालले जानकारी दिए । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव तथा प्रचार प्रसार उपसमितिका संयोजक राजाराम पौडेलले जानकारी दिए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाले र राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको भने साहस स्पोर्ट्सले समेत अवार्ड कार्यक्रममा सहयोग गर्ने तय भैसकेको छ । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको हो ।
पाल्पा: पाल्पाको निस्दी गाउँपालिका –६ चिदियामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित टोलस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । युएफसी युवा क्लबको आयोजनामा नवनिर्मित खेल मैदानको उद्घाटनको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरिएको खेल संयोजक यम बयम्बुमगरले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिता आगामी वैशाख ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ । सो प्रतियोगिताको विजेताले नगद रु ३३ हजार ३ सय ३३ रुपैयाको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै द्वित्तिय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने टिमले क्रमश, २२ हजार २ सय २२, ११ हजार १ सय ११ र ६ हजार ६ सय ६६ रुपैयाँ हात पार्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर र लिब्रोलाईपनि जनही १ हजारद्वारा पुरस्कृत गरिनेछ । प्रतियोगिता नवनिर्मित मैदानको समुद्घाटन तथा नयाँ वर्षको आयोजना गरिएको क्लबका अध्यक्ष नुनेन्द्र बयम्बु मगरले बताए । उनले विशेषगरी टोलस्तरीय प्रतियोगिता आयोजना गर्दा आपसी सम्बन्ध सुमधुर हुने बताउदै सामाजिक सद्भाव बढ्ने धारणा राखे । सो प्रतियोगितामा सहभागि जनाउनका लागि २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।
पोखरा: अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणका लागि उपयूक्त जग्गाको खोजीमा रहेको प्रदेश खेलकुद परिषद गण्डकीले अन्तत: जग्गा पाउने भएको छ । पोखरा महानगरपालिका वडा नं २९ पटनेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणको लागि वडा कार्यालय २९ ले सहमति दिएसँगै परिषदले प्रदेश सरकारलाई निर्माण कार्य अघि बढाउन सिफारिस गरेको हो । वडा नं २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले उक्त जग्गा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि उपयूक्त रहेको बताए । उनले भने, ‘कुनै न कुनै रुपले हामीले यो जग्गालाई संरक्षण गर्नुपर्छ भन्नेमा थियौं । तर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको बारेमा हामीले त्यती सोचेका पनि थिएनौं । प्रदेश खेलकुद परिषदले नयाँ योजना ल्याएको छ । हामी त्यसको स्वागत गर्छौं । प्रदेश सरकारले यहाँ रंगशाला निर्माणको योजना अघि सार्छ भने हामी त्यसका लागि तयार छौं ।’ करिब ४ सय ५० रोपनीमा फैलिएको पोखरा २९ पटनेरीको जग्गा विगतमा प्रस्तावित पशुपतीघाट क्रिकेट रंगशालाको उत्तरतर्फ पर्दछ । सेती नदीको कारण पशुपतीघाटको निर्माण कार्य अघि नबढेसँगै प्रदेश सरकार विगत तीन वर्षदेखि नयाँ जग्गाको खोजीमा थियो । प्रदेश सरकारले पशुपतीघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि डिपिआरसमेत तयार गरिसकेको थियो । परिषदका कार्यकारी सदस्य ऋषीराम गौतमको संयोजकत्वमा परिषदद्वारा गठित अध्ययन टोलीले प्रदेशका विभिन्न जिल्लाको भ्रमण र स्थलगत अवलोकन गरी जग्गाको खोजी गरिरहेको थियो । सोही आधारमा प्रदेश सरकारको चैत्र ९ गते भएको मन्त्रिपरिषद्को बैठकले नवलपुर र तनहुँको शुक्लागण्डकीमा गरी दुई ठाउँमा प्रादेशीक क्रिकेट रंगशाला निर्माणको घोषणासमेत गरेको छ । सरकारले दिएको जिम्मा पुरा गर्न टोलीले कुनै पनि बाधा अवरोध नभएको जग्गाको खोजी गरिरहेको कार्यकारी सदस्य गौतमले बताए । निर्माणका लागि जग्गा खोजीको पहिलो चरण पार भएको बताउँदै उनले भने, ‘सबै हिसावले पोखरा २९ पटनेरीको जग्गा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि उपयुक्त छ । पोखराको लेखनाथ पर्यटकीय दृष्टिकोणले महत्व राख्ने भएकोले परिषदले निर्माण कार्य अघि बढाउन सिफारिस गरेको छ ।’ यता प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा २९ पटनेरीको जग्गा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि उपयुक्त रहेको बताए । ‘मैले पनि स्थलगतरुपमा अवलोकन गरेको छु । जग्गासमेत प्रयाप्त मात्रामा छ । वडा कार्यालय र स्थानियहरु समेत सकरात्मक र उत्सुक छन् । उत्तरतर्फ ३६० डिग्रीमा हिमाल देख्न सकिन्छ, उनले भने, ‘पोखराको लेकसाइड र बेगनासबाटसमेत नजिक छ । त्यो भन्दा पनि पोखरा रंगशालाको क्रिकेट मैदानबाट जम्मा १२–१३ किमिको दुरीमा छ त्यसैले पोखरालाई क्रिकेटको हब बनाउने हो भने सबै हिसाबले यो स्थान उपयुक्त छ ।’ पोखरा २९ पटनेरीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि वडा कार्यालयबाट सहमति प्राप्त भएसँगै परिषद्ले मन्त्रालयमा सदस्य सचिब श्रीधर शर्माले सिफारिस गरेका छन् ।
काठमाडौं: एरिका गुरुङले अमेरिकाको टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथि तौल समूहमा रजत पदक जितेकी छिन् । सोमबार भएको फाइनलमा एरिका अमेरिकी खेलाडी सँग ३–२ ले पराजित भएकी हुन्। त्यसअघि यू–२१ महिला ६८ केजी माथि तौल समूहमा भने एरिकाले स्वर्ण पदक जितेकी थिइन् । गत असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिकाले ६८ केजी माथि खुला र यु २१ दुवैको फाइनलमा पुगेकी थिइन्। अर्को खेलाडी विप्लभलाल श्रेष्ठ भने ८४ केजी मुनिको तौल समूहको सेमिफाइनलमा रोकिएका थिए। एरिका र विप्लभलालका साथ प्रशिक्षकद्वय दीपक श्रेष्ठ र कुशल श्रेष्ठ छन्।
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । परिषद्मा आइतबार खेल संघहरुसँग बैठक बस्दै १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न सम्पूर्ण खेल संघहरुलाई निर्देशन दिएको हो । परिषद्ले सबै खेल संघहरुलाई बैशाखभित्र सबै खेलहरु सम्भव भएका खेलहरुको प्रतियोगितामार्फत अथवा सम्भव प्रतियोगिता सम्भव नभएका खेलहरुको सोझै खेलाडीहरुको छनौट गर्न निर्देशन दिएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर महिनाको २ देखि ९ गतेसम्म आयोजना हुने राष्ट्रिय खेलकुद परिषदले यस अघि नै घोषणा गरिसकेको छ । बैठकमा बोल्दै परिषद्का सदस्य सचिव श्रीधर शर्माले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको बैशाखमा हुने पूर्व तयारीका लागि करिव १ करोड ७५ लाख खर्च हुने बताए । उनले छनौट प्रतियोगिताहरु एक जिल्लामा मात्रै सिमित नगरी सम्भव भएसम्म प्रदेशका सबै जिल्लामा आयोजना गरी तयारी गर्नसमेत आग्रह गरेका थिए । सो बैठकमा प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य ऋषीराम गौतम, कार्यालय प्रमुख तोपलाल भुसाल, ३६ वटै खेल संघका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
पोखरा: गण्डकी प्रदेश पुरुष कबड्डी टोलीलाई आइतबार बिदाई गरिएको छ । सोमबारबाट नवलपरासीमा सुरु हुने राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागिता जनाउन हिंडेको टोलीलाई प्रदेश खेलकुद परिषद गण्डकीले एक कार्यक्रमका बीच बिदाई गरिएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने मुख्यमन्त्री अन्तर प्रदेश स्तरीय पुरुष कबड्डी प्रतियोगितामा सहभागिता जनाउन १२ खेलाडी र दुई अफिसियलसहित १४ सदस्यिय टोली त्यसतर्फ प्रस्थान गरेको छ । प्रतियोगितामा सहभागि हुने खेलाडीहरुमा हिरा प्रसाद गौचन (कप्तान), २ बिशाल थापा जवन बोलन, डिल बहादुर थापा, सुजन पुन, अस्मिर राना, उचित रिमाल, भोला विन, तुल बहादुर थापा, टेक बहादुर राना, सुभम शाक्य र विष्णु केवत रहेका छन् । त्यसै गरी टिम प्रशिक्षकमा सन्दिप पन्त र व्यवस्थापकमा बिक्रम थापा रहेका छन् ।
काठमाडौं: नेपाली खेलाडी एरिका गुरुङ अमेरिकाको टेक्सासमा जारी यूएसए ओपनर अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको फाइनलमा पुगेकी छन् । उनी महिला ६८ केजीभन्दा माथिको तौल समूहको फाइनलमा पुगेकी हुन् । एरिका चीनको हाङ्झावमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगिताकी ऐतिहासिक रजत पदक विजेता खेलाडी हुन् । एसियाली खेलकुदमा एरिकाले जितेको पदक कुनै पनि नेपाली कराँते खेलाडीले एसियाडमा जितेको पहिलो र एकमात्र रजत पदक हो । एरिकाले यूएसए ओपन कराँतेको फाइनलमा अमेरिकी खेलाडीको सामना गर्नेछिन् । प्रतियोगितामा पुरुष तर्फ नेपालबाट विप्लवलाल श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । उनी सेमिफाइनलमा पराजित भए । उनले पुरुष ८४ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । नेपाली टोलीमा प्रशिक्षकका रूपमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन् । एरिकाले इन्डोनेसियामा भएको १०औँ विश्व सितोरियो कराँते च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन् । विप्लव भने १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता हुन् ।
काठमाडौं: काठमाडौंको कीर्तिपुरमा जारी टी–२० शृङ्खला अन्तर्गत आज नेपालले आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै छ। खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्यान्ड उल्भ्ससँगे २१ रनले पराजित भएको थियो । लोकश बमको सतकीय पारिका बाबजुद नेपाल पराजित भएको हो । बमले विस्फोटक ब्याटिङ गर्दै १०६ रनको सतकीय पारि खेले पनि जित दिलाउन त्यो पर्याप्त भएन । शुक्रबार जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो। सिरिज अन्तर्गतको दोस्रो खेलमा आज नेपाल आयरल्यान्डलाई हराउनै पर्ने दबाबमा छ ।
काठमाडौं: नेपाल ‘ए’ ले टि-२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुनेछ ।

