एसिसी प्रिमियर खेल्ने नेपाली टिम घोषणा

काठमाडाैं | चैत २७, २०८०

एसिसी प्रिमियर खेल्ने नेपाली टिम घोषणा

काठमाडौं:     ओमानमा हुने एसिसी प्रिमियर कपको लागि नेपालको १४ सदस्य टोली घोषणा भएको छ ।


एसिसी क्रिकेट काउन्सिल(एसिसी) ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको हो । भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द भने अन्तिम १४ मा पर्न सकेनन् । अन्य टोलीमा कुनै परिवर्तन गरेको छैन ।


प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ । प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । समूह बी मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् ।


हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल हुँदै विजेता हुने टोलीले एसिया कप खेल्ने पाउनेछ । नेपाल, यूएई र ओमान विजेताको प्रमुख दाबेदार हुन् ।


नेपालको टोली:

 

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी र अभिनाश बोहरा ।

काठमाडौं :   अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटलाई वस्तुनिष्ठ र समयसापेक्ष बनाउनका लागि पूर्वप्रशासक र अर्थ क्षेत्रका जानकारहरूको सहयोग जरुरी रहेको बताउनुभएको छ ।   मन्त्री पुन...

थप पढ्नुहोस्

काठमाडौं:     वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई टी–२० सिरिजको चौथो खेलमा २१० रनको विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डि...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले खुला रुपमा सुन चाँदी आयात इजाजत अन्तर्गत रहेर पैठारी खुला गरिनुपर्ने सुझाव दिएको छ ।   महासंघले आयोजना महासंघले आयोजना गरेको संचा...

थप पढ्नुहोस्