पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

दोलखाबाट बरामद गरेको ११ किलो सुन प्रकरणमा प्रहरीले अवैध सुन किन्ने एक जना व्यापारीलाई पक्राउ गरेको छ।   केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले गत शुक्रबार थप एक जनालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा रसुवा घर भएका ३८ वर्षीय चेतनाथ न्यौपाने हुन्। उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दोलखा पठाइसकेको छ।   सुन प्रकरणमा अनुसन्धान अगाडि बढाउँदा न्यौपानेले अवैध रूपमा सुन किन्ने गरेको खुलेको थियो। सोही आधारमा उनलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए। यस प्रकरणमा यसअघि ११ जना पक्राउ परिसकेका छन्। असोज १६ गते चिनियाँ नागरिक ग्याङ रू, सनत प्रधान र लालबहादुर तामाङसहित ३ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको थियो।   असोज १७ गते चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका-१५ किमडोल स्वयम्भू बस्ने ६६ वर्षीय तासी दावा भन्ने आगर लामा पक्राउ परेका थिए। गत असोज १० दोलखाको बिगु गाउँपालिका-१ का १९ वर्षीया पेम्बा तामाङ, २० वर्षीय माधव मगर, २८ को केशर तामाङ, ५५ वर्षीय नुर्व छिरिङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ, ३२ वर्षीय चस्मान ९छिरिङ० तामाङ र एक नाबालकलाई पक्राउ गरेको थियो।  

ललितपुरमा जुवा खेलेको आरोपमा ६ जना पक्राउ परेका छन्।    बुधबार राति ९ तिर महालक्ष्मी नगरपालिका वडा नम्बर ४ पवन प्रकृती​​​​ स्कुल नजिकै एक घरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले ९४ हजार ९७० रुपैयाँ बरामद गरेको प्रहरी वृत्त सातदोबाटोले जानकारी दिएको छ।    घर भाडामा लिएर फेन्सी पसल संचालन गरिरहेका रेवती नेपालीले तास खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको हो।    पक्राउ परेकाहरूलाई सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाएको छ।

गुल्मीमा डोजरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।   मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–१४ का ९२ वर्षीय कृष्णबहादुर सुनार छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार लु १ क ५०२४ नम्बरको डोजरले पैदल यात्रु सुनारलाई ठक्कर दिएको हो।   रेसुङ्गा–१४ टारनेटा‐टापु जोड्ने मोटरबाटो मर्मत गर्ने क्रममा डोजरको ठक्करबाट बुधबार सुनार सख्त घाइते भएका थिए। उनको  घटनास्थलमै ज्यान गएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। प्रहरीले डोजर चालक पाल्पाको माथागडी गाउँपालिका–७ का कृष्णबहादुर लामिछानेलाई नियन्त्रणमा लिएको छ।   सुनारको शव सदरमुकाम तम्घासस्थित अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पोखराको फेवातालका डुंगाचालकको बुधवार मापसे जाँच गरिएको छ । आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको र चाडपर्वको मौसम सुरु भएका बेला प्रहरीले आकस्मिक रूपमा मापसे जाँच गरेको हो ।    पोखरा ६ लेक साइडको फेवातालमा समय समयमा डुंगा दुर्घटना हुँदा मानवीय क्षतिसमेत हुने गरेको छ । चाडपर्वको बेला भीडभाड बढेको र सम्भावित दुर्घटना रोक्ने डुंगा चालकको मापसे जाँच गरिएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो । ५० वटा डुङ्गाका चालकको जाँच गरिएकोमा कसैले मापसे गरेको नभेटिएको र लाइफ ज्याकेट नलगाउने तीन चालकलाई सचेत बनाइएको प्रवक्ता विकले जानकारी दिनुभयो ।    वडा प्रहरी कार्यालय बैदामले अस्थायी ट्राफिक प्रहरी पोस्ट बैदामको सहकार्यमा मापसे जाँच गरेको हो । कास्की प्रहरीले चाडपर्वलाई लक्षित गरी सुरक्षा निगरानी बढाएको छ भने सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरेको छ ।    कास्की प्रहरीले पछिल्लो क्रममा ठुलो आवाज निकाल्ने स्वरूप परिवर्तन गरिएका मोटरसाइकललाई कारबाही गरिरहेको छ । पछिल्लो साता मात्र त्यस्ता एक सय आठ मोटरसाइकल कारबाहीमा परेका छन् । 

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।   शान्तिनगर गाउँपालिका–५ रतभटुवामा रा ३ प ४३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक स्थानीय १४ वर्षका सुनिल विकको ज्यान गएको हो ।   मोटरसाइकलमा पछाडि बसेका शान्तिनगर–५ काशीपुरका अजय चौधरीको बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मनसुन बाहिरिने बेला परेको वर्षासँगैको असिना र हावाहुरीका कारण पर्वतमा धानबालीमा क्षति पुगेको छ । सोमबार र मङ्गलबारको वर्षा तथा हावाहुरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको हो । केही स्थानमा धान ढलेर सोत्तर बनेको कृषकले गुनासो गरेका छन् ।    पर्वतको कुश्मा, फलेवास, विहादी, जलजला, पैयुँ र मोदीका विभिन्न वडामा लगाइएको धानबालीमा हावाहुरी र असिनाले क्षति पुर्‍याएको छ । कतिपय ठाउँमा सामान्य असिनासमेत परेर धान झारेको कुश्मा नगरपालिका(८ चुवाका कृषक रुद्रप्रसाद शर्माले जानकारी दिनुभयो । पाक्न थालेको धान हावा र पानीले पूरै सोत्तर बनाएको उहाँको गुनासो छ ।    त्यसैगरी, कुश्मा वडा(१ पाङको फाँट, वडा(९ ज्ञादीको फाँट, कुर्घा र बर्राचौरको फाँटमा समेत धान पूरै ढलाएको छ । यस्तो बेलामा धान ढल्दा फल राम्रोसँग नलाग्ने कृषि प्राविधिकहरूले बताएका छन् । फल लाग्ने बेलामा धान ढल्दा राम्रोसँग नपाक्ने, गेडा पुष्ट नहुने र उत्पादनमा समेत ह्रास आउने कुश्मा नगरपालिकाका कृषि शाखाप्रमुख बलबहादुर जिटीले जानकारी दिनुभयो ।    कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले वर्षा, असिना र हावाहुरीले धानबालीमा पुर्‍याएको क्षतिबारे विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो । उहाँले सातवटै पालिकाबाट धानबालीमा पुगेको असरका बारेमा विवरण सङ्कलनको काम भइरहेको बताउनुभयो ।    “हामी पनि अनुगमनमा पुगेका थियौ”, अधिकारीले भन्नुभयो, “धान धेरैजसो ढलेको छ, तर बाक्लो असिना नपरेका कारण ठुलो क्षति हुन भने पाएन ।” क्षतिको विवरण हेरेर क्षतिपूर्तिका लागि पहल गरिने अधिकारीले बताउनुभयो । जिल्लाका उच्च पहाडी भेगमा भने धान पाकेर पहेँलपुर भइसकेको छ । कृषक दसैँको छेको पारेर धान थन्क्याउने तयारीमा रहेका छन् । पर्वतको मुख्य बालीका रूपमा धानबाली हो । जिल्लाको झन्डै नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । रासस 

दार्चुलामा प्रहरीले एक किलो छ सय ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–७ का ३६ वर्षीय उज्ज्वल बोहरा र २८ वर्षीय रामबहादुर बोहरा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० शिवबहादुर सिंहले जानकारी दिनुभयो । आज बुधवार बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्तीबाट उनीहरूलाई पक्राउ गरिएको डीएसपी सिंहले बताउनुभयो ।   पक्राउ परेका दुवै जनालाई प्रहरी कार्यालय दार्चुलामा ल्याएर अनुसन्धान भइरहेको बताइएको छ । दार्चुलामा प्रहरीले अहिले लागुऔषधविरुद्धको महाअभियानसमेत चलाइरहेको छ ।

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ सुन्दरबस्तीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।   काठमाण्डौबाट इलामतर्फ जाँदै गरेको बाप ०३–००१ज०२९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिइ भाग्ने क्रममा सडक कुनाको नालीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।   दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षकी रमिला बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते भएकी बुढाथोकीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो ।   दुर्घटनामा गाडीमा सवार आठ जना घाइते भएका छन् । ‘घाइते भएका सबैको अवस्था सामान्य छ । अहिले उहाँहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ,’ श्रेष्ठले भन्नुभयो ।

पोखरामै सबैभन्दा ठूलो फर्निचर शो रुम ‘सिटिजन फर्निचर ट्रेड लिन्क प्रालि’ सामाजिक क्षेत्रमा पनि उत्तिकै ठूलो मनले उत्तरदायित्व वहन गर्दै आएको छ। यहाँ हुने हरेक सामाजिक तथा धार्मिक कार्यक्रममा सिटिजन फर्निचरको सहयोग रहने गर्दछ । आर्थिक व्यवसाय मात्र होइन, सामाजिक सेवामा पनि उत्तिकै अगाडि रहेको सिटिजन फर्निचरले फर्निसिङ सप्लायर्स पनि विस्तार गरेको छ । पोखरा न्यूरोड स्थित सिटिजन फर्निचर ट्रेड लिन्क प्रालिसँगै आडमै अर्को भवन निर्माण गरी सिटिजन फर्निचर एण्ड फर्निसिङ सप्लायर्स सञ्चालनमा ल्याएको हो । अब सिटिजनमा छिरेपछि सम्पूर्ण फर्निचरका सामानका साथै फर्निसिङका सामान एकै ठाउँबाट लिन सकिने प्रोप्राइटर दीपक कार्कीले बताए । सप्लायर्समा आधुनिक डिजाइनका पर्दा, कार्पेट, तन्ना, सिरानी, ब्लांकेट, गलैंचा लगायतका सामानहरु उपलब्ध छन् । सुपथ मूल्यमा किफायति सामानका लागि सिटिजन फर्निचरमा ग्राहक पुग्ने गरेको र यसै विश्वासलाई सदैव कायम राख्ने सञ्चालक कार्की बताउँछन् । ‘सिटिजन फर्निचर पोखरेलीका लागि नौलो नाम होइन । ग्राहकको विश्वासले नै हामी फैलिरहेका छौँ । बिजनेश राम्रो छ ।’ कार्कीले भने– ‘व्यवसायिक हिसाबमा मात्रै होइन, हामी सामाजिक सहयोगमा पनि उत्तिकै अग्रसर छौँ । समाजमा जस्तोसुकै राम्रो काममा हाम्रो सहभागिता रहनेछ ।’ सिजिटनको आफ्नै फ्याक्ट्रीमार्फत समेत सामान उत्पादन गर्ने भएकाले पनि टिकाउ र राम्रो छ । करिब ११ बर्षदेखि पोखरामा सञ्चालनमा आएको सिटिजन फर्निचरले गुणस्तरीय सामान सुलभ मूल्यमा बिक्री गर्दै आएको कार्कीको भनाई छ । ‘खान पुगेकै छ, दिएरै बाँच्न सकूँ’ भन्ने भावका साथ सेवाग्राहीसँग हंसचेहराका साथ प्रत्यक्ष भेटिने कार्की ग्राहकको रोजाई अनुसारको सामान सस्तो मूल्यमा उपलब्ध गराउनु नै सिटिजनको विशेषता रहेको बताउँछन् । विभिन्न ब्राण्डका घरायसी सामान तथा अफिसियल सामान सिटिजन फर्निचरमा छन् । अन्तर्राष्ट्रिय ब्राण्डका अफिस कुर्ची, टेबुल, दराज, सोफा सेट, डाइनिङ टेबुल, पलङ, टि टेबल, लगायतका सामान पाइन्छन् ।