म्याग्दी:  म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ ।  म्याग्दीको अर्मन र बागलुङ...

काठमाडौं:  भक्तपुरमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।   भक्तपुर नगरपालिका-१ नगरकोटमोड नजिक बा ६९ प ९१० नम्बरको स्कुटरले आज बिहान ठक्कर दिंदा सल्लाघारीकी ६८ वर्षीय भुलिमाया धगुछुको मृत्यु भएको हो । दुवाकोटबाट सल्लाघारी जाँदै गरेको स्कुटरले बाटो क्रस गर्ने क्रममा भुलिमायालाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी उनको डा.ईवामुरा अस्पताल भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।   ठक्कर दिने स्कुटर चालक दोलखाकको तामाकोशी गाँउपालिका- ४ घर भई भक्तपुर दुवाकोट बस्ने ३६ वर्षीय यम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाण्डौ: नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।   पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्नेसम्मको ६४ दशमलव ४२ किलोमिटरको भौतिक प्रगति ४१ दशमलव १७ प्रतिशत पुगेको हो ।   साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ चैत ८ शिलान्यास गरिएको सडकको पटक पटक म्याद थप्दा पनि भौतिक प्रगति अपेक्षित रुपमा हुन सकेको छैन ।   २०७९ साउनमा आयोजनाको म्याद सकिएपछि थप एक वर्षको समय पाएको थियो । काम नसकिएपछि २०८० भदौ ११ गतेदेखि लागू हुने गरी आयोजनाले काम सम्पन्न गर्न थप तीन सय ३० दिनको समय पाएको छ । अहिलेसम्म आयोजनाको पूर्वी खण्डको समग्र प्रगति ४१ दशमलव १७ प्रतिशत पुगेको आयोजनाको पूर्वी खण्डका आयोजना व्यवस्थापक राकेश झाले बताउनुभयो ।    नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर भत्किएको बाटो मर्मत गर्ने कामलाई पनि अगाडि बढाइएको उहाँले बताउनुभएको छ । गैँडाकोटबाट भत्किएको बाटो मर्मत गर्ने र खाल्डाखुल्डी पुर्ने कामलाई निरन्तरता दिइएको छ ।   चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म एक सय १५ किलोमिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किमीलाई खण्ड ‘ख’ कायम गरी विस्तारको काम भइरहेको छ ।   सडक बस्ती क्षेत्रमा ६ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्ने पहाडमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा राजमार्गको विस्तार शुरु गरिएको हो । लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडीबीले एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

काठमाण्डौ: चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरिया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो ।    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिनुभयो । उहाँले गैँडा जुधेर मरेको हुनसक्ने बताउनु भएको छ ।    चितवन राष्ट्रिय नकुञ्जमा चालु आर्थिक वर्षमा मात्रै पाँच वटा गैँडा मरेका छन् । तीमध्ये एउटा चोरी शिकारीले मारेको आशङ्का गरिएको छ । 

पोखरा:  कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा विश्व शान्तीको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो । परापुर्व कालदेखि तान्त्रीक तथा वैद्धिक पुजा हुदै आएको  मन्दिरमा यस वर्ष विश्वमा भैइरहेको युद्ध तथा प्राकृतीक प्रकोप वाट मानवीय तथा भौतीक क्षती नहोस् भन्दै शान्तीको कामनार्थ  घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालीकाको पूजा गरिने  धार्मीक क्षेत्रविकास समितिका अध्क्षय दिलिप विक्रम शाहीले बताए ।   घटस्थापनाको दिन असोज २८ गते विधिवत रुपमा कोतमा प्रवेश गरी नवदुर्गाभर विशेष रुपमा चण्डी पाठ दुर्गा कवज हुने धार्मीक क्षेत्रविकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए  । त्रिपाठीका अनुसार कास्कीकोट गुप्तकालीका मन्दिरमा परापुर्व काल देखि पर्व विशेषमा विभिन्न गतिविधि संचालन हुदै आएका छन् ।  यस वर्षको बडा दशैंको १० दिन सम्म कोतघरमा पाणा पुजारी सहित विश्व शान्तीको कामना गर्दै विशेष पुजा गरिने भएको हो ।  बडा दशैंको फुलपातीमा पोखराको रामघाट वाट लगेको फुलको डोली विधिवत मन्दिर प्रवेश गराएर नवपत्रिकाको तान्त्रीक पुजा गरीने त्रिपाठीले बताए । उनले भने फुलपातीकै दिन कुवर जातीको लोप उन्मुख सैन्य अभ्यास सरुन खेल समेत प्रर्दशन गरिने कार्यक्रम रहेको छ । अष्ठमीको दिन मध्यरातमा कालरात्रीको पुजा र नवमीमा पञ्चवली दिने गरिन्छ ।  दशमीमा  मन्दिरमा टिका ग्रहण गरी वास्पानीकालीकामा फुलपत्र सहित पुजा  विर्सजन हुने छ ।   यहाँ नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने   सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए । कास्कीकोटमा दशैको बेलामा बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल तरबारहरू लगायत तोपहरूको समेत प्रदर्शन गरिने  मन्दिरका अमाली खिम वहादुर कार्कीले बताए ।   यहाँ पूजा र पञ्चबली भाकल गर्नेहरूको दैनिक भिड लाग्ने गर्छ । गुप्तकालीका मन्दिरमा कास्की राज्यको स्थापनासँगै यहाँ हरेक दसैँमा विशेष पूजा हुँदै आएको छ । यस ठाउँबाट नै कास्की जिल्लाको नामाकरण भएको मानिन्छ ।

दैलेख: दैलेखमा आज बिहान दाउरा काट्न गएका महाबु गाउँपालिका–१ खरिगैराका तीन जना महिलालाई अरिङ्गालले चिलेको छ ।   लोसे सामुदायिक वनमा दाउरा काट्न गएका २५ वर्षीया मञ्जु सुनार, २४ वर्षीया सुनिता सुनार र २९ वर्षीया गङ्गा सुनारलाई अरिङ्गालले चिलेको हो । बिरामी उनीहरुको दैलेख अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

काठमाण्डौ: काठमाण्डौ महानगरपालिका–३१ बानेश्वरमा रहेको तरकारी बजार अगाडिको बाग्मती खोला किनारामा आज एक युवकको शव भेटिएको छ ।   महानगरपालिकाको वडानम्बर १० शङ्खमूलका २० वर्षीय विकास महरा मृत अवस्थामा भेटिएका काठमाण्डौ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।    उहाँका अनुसार उहाँको साथबाट प्रयोग गरिएको खाली सिरिञ्जको कभर थान एक, टिकटिके मोबाइल थान एक फेला परेको र निज लागुऔषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

काठमाडौँ: गायिका प्रेमा शेर्पा चटौतको आवाजमा सजिएको 'तेही देउरालीमा’ बोलको गीत बजारमा आएको छ ।   काठमाडौको टुसालस्थित सेफ चोइस रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी गीत सार्वजानिक गरिएको हो । गायिका प्रेमा शेर्पा चटौतको अफिसियल युटुब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो ।   गायिका शेर्पाको सुमधुर आवाजमा सजिएको मर्मस्पर्षी गीतको म्युजिक भिडियो बिमोचन कार्यक्रम गायक एंव संगीतकार कर्साङ लामाको सभापतित्व, नेपाल राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका अध्यक्ष दावाफिन्जो तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।       पारीजात नेपालमा व्यवस्थापक लीलाराज बानिँयाको स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा सञ्चारकर्मी शरण हुमागाइले शुभकामना मनतव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष दावाफिन्जो तामाङले आफु संगीत र यस संग सम्बन्धित क्ष्रेत्रको बिकासको निम्ती आफु लागी परेको बताए । उनले गायिका प्रेमा शेर्पालाई शुभकामना दिए ।   सभापती कर्साङ लामाले सहकार्यमा उत्कृष्ट गीत बनेको र दर्शकहरुले मन पराउनेमा विश्वस्त रहेको बताए । गायिका प्रेमा शेर्पाले आफुलाई साथ सहयोग र हौसला प्रदान गर्नुहुनेहरुप्रती आभार प्रकट गरिन ।   डीएनडी तामाङको शब्द, कर्साङ लामाको संगीत र संगीत संयोजन रहेको उक्त गीतलाई पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।गीतको म्यूजिक भिडियोमा उर्मिला कार्की, कार्साङ लामा, किरण श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय समावेश गरिएको छ ।   सन्तोष पराजुलीको प्राविधिक सहयोगमा रामेश्वर हुमाागाईंले छांयाकन गरेको म्युजिक भिडियोलाई राजु श्रेष्ठले निर्देशन गरेका हुन । उक्त गीतमा बाल्यकालदेखिको माया र परिवारिक कारण बिछोड भएको कुरा समावेश गरिएको छ ।  

झापा: भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान वयस्क हात्ती मृतावस्थामा फेला परेको छ ।   डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना गिरीले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत हात्ती फेला परेकोे बताउनुभयो ।    उहाँका अनुसार स्थानीयले हात्ती मृत फेला परेको खबर गरेसँगै वनको टोली घटनास्थलमा पुगेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट हात्ती विज्ञ टोली आउँदै गरेको उहाँले बताउनुभयो । सो टोली आएपछि मात्र हात्ती मरेको हो या मारिएको भन्ने पत्ता लाग्ने उहाँको भनाइ छ । रासस

काठमाण्डौ: नेपालले सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजीका लागि भारतीय सुरक्षानिकायलाई अपिल गरेको छ ।   जिल्ला प्रशासन कार्यालय इलामले भारतीय सुरक्षाकर्मीलाई खोजीका लागि अपिल गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले भारतीय सुरक्षा अधिकारीलाई बेपत्ताबारे जानकारीसहित उनीहरूको खोजीका लागि अपिल गरिएको जानकारी दिनुभयो ।   गएको १७ गते टिस्टा नदीमा बाढी आएपछि यो क्षेत्रमा काम गर्न गएका इलामको इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत र कुमार बस्नेतलगायत सम्पर्कविहीन छन् । बाढी गएको ठाउँमा टेलिफोन र विद्युत् सेवा अवरुद्ध भएकाले सम्पर्क हुन नसकेको भारतीय निकायले जानकारी गराएको छ ।