७ लाख बढी स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
काठमाडाैं | असोज ३०, २०८०
सांकेतिक तस्बिर
७ लाख बढी स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन्।
सप्तरी रूपनी नगरपालिका-१ खाडोपुलमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।
अग्निसाइर कृष्णसवरण नगरपालिका(२ बस्ने २७ वर्षीया सिमा भन्ने सागरकुमारी चौधरी र लहान नगरपालिका(१ बस्ने २६ वर्षीया चन्दा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट ७ लाख ८६ हजार ५०० रुपैयाँ स्रोत नखुलेको नगद बरामद भएको हो। विशेष सूचनाको आधारमा सोमबार खटिएको प्रहरीको टोली खटिएको थियो।
चेकिङ गर्नेक्रममा पूर्व जाँदै गरेको प्र-१-००-४८ प ३०९० नम्बरको स्कुटरको डिक्कीमा ७ लाख ५० हजार नगद र चालक सागरकुमारी चौधरीबाट ३६ हजार ५०० रुपैयाँ बरामद भएको हो।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

