ओखलढुङ्गाको मानेभञ्ज्याङमा आगलागी

एक जनाको ज्यान गयो, एक जना घाइते

ओखलढुंगा | कात्तिक १४, २०८०

ओखलढुङ्गाको मानेभञ्ज्याङमा आगलागी

ओखलढुङ्गाको मानेभञ्ज्याङमा भएको आगलागीमा परेर एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।

 

हिजो बेलुका ५ बजेतिर लागेको आगलागीमा परेर मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ७ हर्कपुरकी ३९ वर्षीया कमला दाहाल गौतमको ज्यान गएको प्रहरीले जनाएको छ ।  उहाँको शव परीक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

 

प्रहरीका अनुसार आगो निभाउने क्रममा कमलाकी देउरानी २७ वर्षीया जानुका गौतम घाइते हुनुभएको र उहाँको उदयपुरमा रहेको जनसेवा हेल्थ केयर घुर्मीमा उपचार भइरहेको छ । पेट्रोलियम पदार्थ प्रयोग गरी आगो बाल्दा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्