अभ्यासका क्रममा दीपेन्द्रसिंह ऐरी घाइते
काठमाडाैं | कात्तिक १३, २०८०
नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अभ्यासका क्रममा घाइते भएपछि आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्तग एसिया छनोटको पहिलो खेल गुमाएका छन्।
उनको खुट्टामा चोट लागेको कारण सोमबार कीर्तिपुस्थित त्रिवि मैदानमा सिंगापुरविरुद्धको खेल गुमाएका छन्। उनको खुट्टा मर्किएको नेपाली टिमको मेडिकल विभागले जनाएको छ। उनको स्थानमा विवेक यादवले सिंगापुरविरुद्धको खेलमा स्थान बनाएका छन्।
अघिल्लो साता नेपालमै भएको हङकङ र युएईविरुद्धको टी-२० सिरिजमा दीपेन्द्रले उत्कृष्ट खेल देखाएका थिए। उच्च लयमा रहेको बेलामा घाइते भएसँगै दीपेन्द्र टी-२० छनोटमा नेपाली टिममा फर्कनेमा शंका बढेको छ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

