काठमाडौँ:  मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।   आकस्मिक रुपमा राखि...

पोखरा:   पोखरा उद्योग वाणिज्यको ३५ औं महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार बालकृष्ण कोइरालाले पोखरा र पोखराको व्यवसायीहरुको लागि केही गर्न पर्छ भन्ने उद्धेश्यसहित आएको बताएका छन् ।  पोखरा उद्योग वाणिज्य संघको ७ पदाधिकारी मध्ये २ पदाधिकारीमा मात्र निर्वाचन हुने पक्का छ । ७ पदाधिकारी मध्ये अध्यक्ष र उपमहासचिव पदमा मात्र निर्वाचन हुनेछ भने, बाँकी तीन उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा पदमा निर्विरोध भएका छन् ।  अर्जुन पोखरेल प्यानलबाट उपमहासचिव पदका उम्मेदवार कोइरालाले आगमी दिनमा पोखरा उद्योग वाणिज्य संघमा व्यवसायीहरुको आवज बुलन्द गर्ने गरी टिमसहित आएको बताए ।  ‘पोखरा उद्योग वाणिज्य संघमा हिजो के भयो भएन भनेर अग्रजहरुले बाटो र कोरेका चिजहरु हेरी सकेका छौं, उम्मेदवार कोइरालाले भने, ‘यो संस्थाले पोखराको गरिमालाई बचाएको छ, त्यसैले संघमा व्यवसायीहरुको आवाज बुलन्द गर्न, समस्याको समाधानमा ध्यान दिन, पोखराको विकास र व्यवसायीहरुमा केही गर्न पर्छ हामीले नगरे कसले गर्छ भनेर नै टिम सहित आएका छौं ।’ उनले पर्यटकीय नगरीको अस्तित्व जोगाउने जिम्मेवारी समेत पोखरा उद्योग वाणिज्य संघमा समेत रहेको बताए ।  ‘पर्यटकीय नगरीमा हामीले गर्नुपर्ने र आफ्नो पोखराको अस्तित्व जोगाउन हाम्रो पनि काम कर्तव्य, अधिकार र जिम्मेवारी छ, उनले भने, ‘हामी केही गर्न पर्छ भनेर बजार झरेका छौं, पेशा र व्यवसायलाई कसरी सफल बनाउने भनेर चुनौती हामीमा छ, त्यो चुनौतीसँगै नेतृत्वदायी भुमिकामा बसेर व्यवसायलाई सहज र सुलभ गर्न सकिन्छ भन्ने विश्वास, भरोसाको साथ अर्जुन पोखरेल प्यानलबाट टिमसहित आएका छौं ।’

गण्डकी:   पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति सुस्तगतिमा भइरहेको छ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इञ्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो । उक्त खण्डमा २०७८ भदौदेखि काम सुरु भएको थियो ।  तीन वर्षको सम्झौता अवधि सकिँदा आधा पनि काम नभएपछि पुन: एक सय एक दिनका लागि ठेक्काको म्याद थप भएको इञ्जिनियर पौडेलले बताउनुभयो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । “पूर्वी खण्डभन्दा ६ महिनापछि पश्चिम खण्डको काम सुरु भएको हो”, उहाँले भन्नुभयो, “पश्चिमतर्फ बढी सहरी क्षेत्र रहेको र सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् पोल, खानेपानीका पूर्वाधार समयमा व्यवस्थापन हुन नसक्दा सडक विस्तारमा ढिलाइ भएको हो ।”  इञ्जिनियर पौडेलका अनुसार पश्चिम खण्डको ३८ दशमलव ८८ किमि दूरीमध्ये हालसम्म २१ किलोमिटर दुई लेन सडक कालोपत्र भइसकेको छ । त्यसमध्ये चार किमिमा चार लेन सडक कालोपत्र गरिएको छ ।   सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम पनि भइरहेको इञ्जिनियर पौडेलले बताउनुभयो । साना–ठूला गरी पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको उहाँको भनाइ छ । सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने र मुआब्जा दिने काम पनि करिब सकिएको उहाँले बताउनुभयो ।  “बाँकी रहेका घरटहराको पनि मुआब्जा प्राप्तिका लागि प्रक्रिया अगाडि बढिसकेको छ, मुआब्जा नपाएका कारण काममा अवरोध हुने अवस्था छैन”, इञ्जिनियर पौडेलले भन्नुभयो, “अझै केही ठाउँमा विद्युत् पोल र खानेपानीका पूर्वाधार हटाउन बाँकी छ ।”  वर्षायाम सकिन लागेकाले अब कामले गति लिने आयोजना कार्यालयले जनाएको छ । निर्माण कम्पनीले यो वर्षभित्र आयोजनाको भौतिक प्रगति ७० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।  पश्चिमतर्फ तनहुँको थर्पु र तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । पश्चिम खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इञ्जिनियर पौडेलले जानकारी दिनुभयो ।  पश्चिम खण्डमा १२ वटा पक्की पुल र सयको हाराहारीमा कल्भर्ट बनिरहेका छन् । सोही खण्डअन्तर्गत पोखराको सेती नदीमा ‘सिग्नेचर’ पुल अहिले निर्माणाधीन अवस्थामा छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको निर्माण ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ । भ्याटबाहेक रु ९४ करोडको ठेक्कामा आकर्षक पुल बन्न लागेको हो । कुल ८१ किमि दुरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको अनुदान सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ । आयोजनाको पूर्वी सडक खण्ड (जामुने–मुग्लिन) मा हालसम्म भौतिक प्रगति ६६ प्रतिशत पुगेको पूर्वी खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।  उक्त खण्डमा पर्ने १७ साना–ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेका र तीनवटा निर्माणाधीन अवस्थामा रहेको उहाँको भनाइ छ । मादीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताउनुभयो । कोभिड महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय पूर्वी खण्डको कामले गति लिएको उहाँको भनाइ छ । कालोपत्रका लागि बेस हाल्नेदेखि, कल्भर्ट, नाली, पर्खाललगायत पूर्वाधार तयारीका काम धमाधम भइरहेको इञ्जिनियर पाण्डेले बताउनुभयो । ४१ दसमलव ४५ किमिको पूर्वी खण्डमा विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो ।  पूर्वी खण्डमा पर्ने तनहुँको दमौली र डुम्रे बजारमा छ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्ने आयोजना कार्यालयले जनाएको छ । निर्माण कम्पनीले रु छ अर्ब २१ करोड ३१ लाखमा उक्त खण्डको ठेक्का लिएको हो ।  निर्माणमा ढिलाइ हुँदा प्रदेश राजधानी पोखरा छिर्ने मुख्य सडकको यात्रामा सर्वसाधारणले सास्ती खेप्न बाध्य छन् ।  घाम लाग्दा सडक धुलाम्मे र वर्षात्मा हिलाम्मे हुँदा यातायात सञ्चालनमा कठिनाई निम्तने गरेको छ ।  सडक निर्माण सुस्त भएपछि पोखराका पर्यटन व्यवसायीलगायतले पटकपटक सरकार र सम्बन्धित निकायमा काम छिटो सक्न दबाब दिँदै आएका छन् । पोखरा–मुग्निल सडक स्तरीय नहुँदा पोखरा र आसपासको पर्यटन क्षेत्र मारमा परेको पोखराका पर्यटन व्यवसायीको गुनासो छ ।

काठमाडौं:   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता बिपी कोइरालाको दर्शन, सोच र चिन्तनलाई पूर्णरुपले अनुसरण गरी पार्टीलाई अझ बढी सुदृढ बनाउनुपर्ने बताउनुभएको छ ।  प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्तीका अवसरमा आज नेपाली लेखक सङ्घ काठमाडौँ शाखाले बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजना गरेको साहित्यिक महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले बिपीले प्रजातन्त्रका लागि गर्नुभएको सङ्घर्षबाट पार्टीका नेता, कार्यकर्ता एवं शुभेच्छुकले प्रेरणा लिनुपर्ने बताउनुभयो ।        बिपीले प्रजातन्त्र स्थापना एवं पुनःस्थापना, नेपालको दिगो विकास र नेपाली साहित्यमा पु¥याउनु भएको योगदानलाई देशव्यापीरुपमा प्रचारप्रसार गरी कांग्रेसलाई थप सशक्त बनाउने अभियानमा लाग्न सभापति देउवाले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।  बिपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुहुँदै उहाँले कांग्रेसले सधैँ सबै दलबीच मेलमिलापका लागि समन्वय गर्दै आएको बताउनुभयो । बिपी कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । बिपी बाल्यावस्थादेखि नै नेपालमा प्रजातन्त्र स्थापनाका लागि सक्रिय रहनुभएको थियो ।  विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । प्रधानमन्त्रित्वकालमा उहाँले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराउनुभयो ।      विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा सारिएको थियो ।         विसं २०२५ मा स्वास्थ्यपरीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी उहाँ २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभयो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ ।       मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि नै बहुदल वा सुधारिएको पञ्चायत भन्ने विकल्पमा जनमत सङ्ग्रहको वातावरण बन्यो । धाँधली गरेर बहुदललाई हराएको भनी देशव्यापी गुनासो भए पनि बिपीले निर्वाचन परिणामलाई स्वीकार गर्नुभयो ।  क्यान्सर रोगबाट बिपीको २०३९ साउन ६ गते निधन भएको थियो । बिपीको निधनपछि कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले साउन ६ गते स्मृति दिवस र भदौ २४ गते जन्मजयन्ती मनाउँदै आएका छन् ।  यसैगरी बिपीले राष्टिय एकता तथा मेलमिलापको नीति लिई २०३३ पुस १६ गते भारत निर्वासन त्यागी नेपाल फर्कनुभएको सम्झनामा मेलमिलाप दिवससमेत मनाउने गरिन्छ ।

काठमाडौं:    सत्तारुढ दलका शीर्ष नेताहरूसहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ ।       बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी हुनुहुन्छ ।

पोखरा:   पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिनुभएको छ।  महानगरपालिकाको समन्वयमा अनुसन्धानात्मक संस्था इनोभेटिभ भिजन प्रा।लिले आयोजना गरेको ‘फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको लागि सरोकारवाालाहरुको कार्यशाला’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।  ‘अनियन्त्रित मानवीय क्रियाकलापका कारण फेवाताल गेग्रयानहरुले भरिँदै गएको छ, माथिल्लो तटीय क्षेत्र र यसका जलाधार क्षेत्रहरूबाट बगेर आउने गेग्र्यान तालमा थुप्रिएका छन्, नगर प्रमुख आचार्यले भन्नुभयो, यी अनियन्त्रित मानवीय क्रियाकलापका परिणामहरू हुन्, यसलाई समयमा नै रोक्न सकिएन र सबै सरोकारवालाहरू बिच आवश्यक समन्वय हुन सकेन भने भविष्यमा आउन सक्ने गम्भीर वातावरणीय जोखिमको सामना गर्नु पर्ने हुन्छ।’ फेवातालको संरक्षण भविष्यको पुस्ताका लागि पनि महत्त्वपूर्ण हुने भन्दै उहाँले यसमा चनाखो बन्न सबै पक्षलाई आह्वान समेत गर्नुभयो ।  फेवातालको संरक्षणका लागि तल्लो तटीय क्षेत्रले माथिल्लो तटीय क्षेत्रको समग्र वातावरण संरक्षण र जीविकोपार्जन लगायत क्षेत्रमा योगदान गर्नु पर्ने उहाँले बताउनुभयो ।  ‘फेवाताल देखाएर माथिल्लो जलाधार क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरूलाई विभिन्न किसिमका अङ्कुशहरू लगाउने अनि त्यसको फाइदा सधैभरी तल्लो तटीय क्षेत्रले मात्र लिने कुरा प्राकृतिक न्यायको सिद्धान्तका हिसाबले पनि मिलेको छैन, उहाँले भन्नुभयो, अव यसको व्यवस्थापनका लागि पारिस्थितिकीय सेवा शुल्क भुक्तानीको बलियो संयन्त्र स्थापना गरी सन्तुलन कायम गर्नै पर्दछ।’ यसो गर्न सके मात्र फेवातालको संरक्षण र विकासको दायित्व सवैपक्षमा बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।   फेवातालमा बर्सेनि बगेर आउने ठुलो मात्राको गेग्र्यान रोक्नका लागि तालको माथिल्लो क्षेत्रमा मड ड्याम निर्माण गर्ने योजनामा महानगरपालिका रहेको उहाँले बताउनुभयो । यसअघि फेवातालमा मिसिने विभिन्न खोलाहरूमा निर्माण गरिएका शिल्टेसन तथा चेक ड्यामहरूले समेत फेवातालमा आउने गेग्रयानहरुलाई रोक्न मद्दत गरेको उहाँले बताउनुभयो।  फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको औचित्यका विषयमा अध्ययन टोलीका नेता केशव खनाल, फेवातालमा पारिस्थिततिकीय सेवा शुल्क भुक्तानीका क्षेत्रमा यसअघि भएका प्रयासहरूको बारेमा दिल बहादुर भट्टराईले आफ्नो प्रस्तुति राख्नु भएको थियो । कार्यक्रममा रुपातालमा तयार पारिएको पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्रको बारेमा समेत प्रस्तुत गरिएको थियो। कार्यक्रमका सहभागीहरूले फेवातालको संरक्षणका लागि प्रभावकारी पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनामा जोड दिएका छन्। सरोकारवाला पक्षहरूले यस प्रकार संयन्त्रको स्थापना भए पारिस्थिततिकीय प्रणालीको सन्तुलन कायम गर्न सकिने बताएका छन् । पर्यावरणको संरक्षण र वातावरणीय सन्तुलनले मात्र फेवातालको भविष्यलाई दिगो बनाउन सकिने उनीहरूको तर्क छ । वातावरण जोखिम विश्लेषण विना निर्माण गरिएका ग्रामीण सडकहरू, परम्परागत कृषि प्रणाली, अव्यवस्थित विकास निर्माण, बढ्दो प्रदूषण, जलकुम्भी लगायतका मिचाहा प्रजातिको विकास, जलाधार क्षेत्रको संरक्षण अभाव लगायत कारण फेवाताल पुरिँदै गएको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

‘क्या राम्रो स्याउ बारी, मार्फा गावैमा, हेर्दा राम्रो मार्फा गाउँ, खाँदा मीठो मार्फा स्याउ’   ज्योति गुरुङले स्वर भर्नुभएको स्वर्गीय वसन्ती लालचनको शब्द रचना रहेको गीतले मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा पर्ने मार्फाको कृषि पर्यटकीय सम्भावनालाई उजागर गर्दछ । रसिलो र स्वादिलो स्याउ उत्पादन हुने मार्फा पछिल्लो समय पर्यटकीयस्थलका रुपमा विकसित हुँदै गएको छ ।   मार्फाका ७९ वर्षीया लालप्रसाद हिराचन संस्कृति र प्रकृतिको धनी मार्फा कृषि पर्यटनको नमूना भएको बताउनुहुन्छ ।   “मार्फाको स्याउबारी, थकालीको रहनस​हन, जीवनशैली, मौलिक संस्कार, कला संस्कृति, गुम्बा, गुफाले पाहुनालाई लोभ्याउने गएको छ”, उहाँ भन्नुहुन्छ, “मुस्ताङ आउने पर्यटकको बसाइँ लम्ब्याउन र उनीहरुलाई भुलाउन मार्फामा धेरै आकर्षक गन्तव्य र वस्तुहरु छन् ।”   सेतो र रातो माटोले लिपेका झुरुप्प मिलेका मार्फाका घरहरुमा माटोकै छाना र छानामाथि दाउरा चिनेर राखिएका हुन्छन् । मार्फालीले शताब्दिऔँअघिको मौलिकता बचाएर राखेका छन् । कालीगण्डकी नदी किनारको फाँटमा स्याउबारीको हरियाली र कुनातर्फ सुक्खा पहाड, यहाँको अर्को आकर्षक हो ।   ढुङ्गा बिछ्याइएको मार्फाका भित्री गल्लीहरु सफासुग्घर र चिटिक्क देखिन्छन् । वसन्त ऋतुमा स्याउ फुल्दा र सरदयाममा लटरम्म दाना लागेका बगैँचामा डुल्दा प्रकृतिको काखमा रमाएको महसुस हुने काठमाडौँबाट मार्फा घुम्न आएकी सरिता तिमिल्सिनाले सुनाउनुभयो ।   “चलचित्र जेरी र कबड्डीमा मार्फाका गाउँको नामाकरण भएकामा ती गल्लीमा थकाली पोसाक लगाएर फोटो, भिडियो बनाउँदा झनै रमाइलो भयो”, उहाँले भन्नुभयो, “क्या राम्रो स्याउबारी मार्फा गावैको भन्ने गीत सुनेर गरेको परिकल्पना ठ्याक्कै मिल्यो ।”   गीतमा उद्धृत गरिए झैँ मार्फा गाउँको पहिचान झल्काउने धेरै विशेषता र आकर्षण छन् । धौलागिरि हिमाल फेदको धमाङबाट बसाइँ सरेर आएका लालचन, हिराचन, ज्वारचन र पन्नाचन थरका थकाली समुदायले बस्ती बसालेको एक सय ५० परिवारको बसोबास रहेको मार्फामा दलित समुदायको पनि बसोबास छ ।   सक्खर माटो बिछ्याइएका परम्परागत घरहरूमा बिस्कुन सुकाउन र पानी नचुहियोस् भनेर छानाको चारैतिर दाउरा चिनेर राख्ने चलन रहेको मार्फाकी कमला लालचनले बताउनुभयो ।   परम्परागत समाजमा घरको छानामा रहेका दाउरालाई त्यो घरको आर्थिक सम्पन्नताको मापनका रुपमा लिइने गरिएको उहाँको भनाइ छ । दर्जनौँ स्वदेशी तथा विदेशी चलचित्रहरु छायाङ्कन भएका यहाँका घरहरूमा स्थानीय पहिचान झल्किने कलात्मक वस्तुहरू सजिएका छन् ।   मार्फाको पश्चिमतर्फको पहाडका भित्तामा प्राकृतिक कलात्मक दृश्य देखिन्छन् ।   “सम्तेलिङ गुम्बा मार्फाको धार्मिक सम्पदा हो । गाउँ माथिको पाखामा रहेको करिब तीन सय वर्ष पुरानो भिर गुम्बा अर्को आकर्षण हो । उक्त गुम्बामा विपद् नहोस्, खेतीबाली सप्रियोस् र रोगव्याधि नलागोस् भनेर पूजाआजा गर्ने चलन छ”, कमलाले भन्नुभयो ।   जापानी भिक्षु तथा अन्वेषक इकाइ कावागुची सन् १८८८ मा बौद्ध धर्मको अध्ययनका लागि तिब्बत जाने क्रममा बसेको घरलाई ‘कावागुची घर’ नामाकरण गरिएको छ । इकाइ कावागुचीलाई नेपाल–जापान सम्बन्धका दूतका रुपमा मान्ने गरिएको स्थानीय बताउँछन् ।   हिमाली क्षेत्रका फलफूल, तरकारी र खाद्यबालीको अनुसन्धान तथा विकासका लागि मार्फामा शीतोष्ण बागबानी विकास फार्म रहेको स्थानीय ज्ञानु पन्नाचनले बताउनुभयो । कृषिसम्बन्धी अध्ययन–अनुसन्धान र स्याउबारी अवलोकन गर्न फार्ममा पर्यटकहरु भुल्ने गरेका उहाँको भनाइ छ ।   देशका विभिन्न ठाउँबाट कृषक समूह र कृषि प्राविधिकहरु अवलोकन भ्रमणमा आउँछन् । “शीतोष्ण बागबानी विकास केन्द्रको नजिक मृदी गुफा छ । छोर्तेन आकृतिको गुफामा बौद्ध धर्मगुरु रिम्पोचेको मूर्ति छ”, स्थानीय ज्ञानुले भन्नुभयो ।   स्याउको राजधानीका रुपले परिचत मार्फाका स्थानीयको मुख्य आम्दानीको स्रोत कृषि र पर्यटन हो । स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा उवा, जौ, आलु, फापर, डाबर, सिमी र तरकारी लगाउँछन् ।   चौडापाते मार्फा, रायो जातको साग मार्फामा विकास भएको ज्ञानुले जानकारी दिनुभयो । घरपझोङ गाउँपालिकाका कार्यपालिका सदस्य दीपक लालचनका अनुसार मार्फामा छवटा स्याउको ब्रान्डी बनाउने उद्योग सञ्चालित छन् ।   बेमौसममा स्याउ बिक्री गर्न कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र गाउँपालिकाको सहयोगमा चिस्यान गृह बनाएर भण्डारण गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।   घरपझोङ गाउँपालिकाले मार्फा गाउँभित्रको विद्युत् र टेलिफोनलाइनलाई भूमिगत बनाई सडक बत्ती जडान गरेर साँझपख भिलीमिली बनाएको छ ।   घरपझोङ–२ मार्फाका वडाध्यक्ष मनबहादुर हिराचनले कृषि पर्यटनको माध्यमबाट बसाइँसराइ रोक्ने र गाउँलाई आर्थिक रुपमा समृद्ध बनाउन पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्द्धनात्मक कामलाई सँगसँगै अघि बढाइएको बताउनुभयो । अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मार्फा हुँदै विश्वको सातौँ अग्लो धौलागिरि हिमाल आरोहण गर्न जाने पदमार्ग छ ।   चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको मार्फा खण्डमा हालै कालोपत्र गरिएको वडाध्यक्ष हिराचनले जानकारी दिनुभयो । यहाँबाट आलुबारी हुँदै याकखर्कसम्म सडक पु¥याएपछि आरोहीलाई आधार शिविरमा सामान लैजान सहज भएको उहाँले बताउनुभयो ।  

काठमाडौं:   नेपाली खेलकुदको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०८०’ को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्पmत २१औँ संस्करणको अवार्डको चार विधाको मनोनयन सार्वजनिक गरिएको हो । चार विधातर्फ उत्कृष्ट पाँच÷पाँच खेलाडी र प्रशिक्षक मनोनयनमा परेका हुन् ।  उक्त अवार्डका लागि पुरुषतर्पm क्रिकेटका दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल, करातेका मोहम्मद शेख आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् ।  त्यस्तै महिलातर्पm करातेकी एरिका गुरुङ, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशी मनोनयनमा परेका छन् ।  विसं २०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजाका आधारमा उनीहरुलाई मनोनयनमा समावेश गरिएको हो । आयोजक मञ्चका महासचिव प्रज्ज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो ।  यसैगरी युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्त पाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) छन् ।  यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) मनोनयनमा परेका छन् । उक्त मनोनयनमा पर्नेमध्ये एकजना खेलाडी अवार्डबाट सम्मानित हुनेछन् ।  अवार्ड कार्यक्रम यही भदौ २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ । छनोट समितिका संयोजक ओलीले यस वर्ष धेरै खेलाडी मनोनयनका लागि दाबेदार रहेकाले उत्कृष्ट पाँच छनोट गर्न कठिन भएको उल्लेख गर्दै मनोनयनमा समावेश सबै खेलाडी आफ्नो विजेताजस्तै रहेको प्रतिक्रिया दिनुभयो ।  मनोनयन सार्वजनिक कार्यक्रममा एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपिएस) का केन्द्रीय सदस्य इम्यानुएल फ्यान्टानेनुले खेलाडीलाई सम्मान गर्नु राम्रो पक्ष रहेको उल्लेख गर्दै मनोनयनमा पर्ने सबै खेलाडीलाई शुभकामना दिनुभयो ।  यसपटक मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपिएस, एसिया) को कंग्रेस पनि आयोजना गर्दै छ । नेपाल खेलकुद पत्रकार मञ्च आइपिएस एसियाको सदस्य हो ।  यसअघि अवार्डको पिपुल्स च्वाइस विधा मनोनयन सार्वजनिक भइसकेको छ । पिपुल्स च्वाइसतर्फ फुटबलकी प्रीति राई, कबड्डीकी मानमति विष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परिसकेका छन् ।  यसको विजेता घोषणा गर्नका लागि ईसेवामार्फत मतदान, २९ खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेफका सदस्यको मत र पल्सर स्पोटर््स अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा प्राप्त लाइकलाई आधार मानिने छ । ईसेवाको मत भदौ २७ गते राति १२ बजेसम्म खुला रहनेछ ।  अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, टिम अफ दी इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने कार्यक्रमकै दिन गरिने संयोजक ओलीले जानकारी दिनुभयो ।  यसपटक वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेताले पल्सर एनएस २०० मोटरसाइकल प्राप्त गर्नेछन् । पिपुल्स च्वाइस विधाको विजेताले भने पल्सर एनएस ४०० मोटर बाइक जित्नेछन् । अन्य विधाका विजेतालाई जनही रु एक लाख र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

काठमाडौं:     नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । गत साताको बुधबार ९० दशमलव ७३ र बिहीबार १२ दशमलव १० अङ्कले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिला दिन हिजो २५ दशमलव ४६ अङ्कले घटेको थियो ।  पुँजीबजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ५५ दशमलव ८६ अङ्कले घटेर दुई हजार छ सय ४६ दशमलव ०३ को बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ०६ प्रतिशतको गिरावट हो ।      नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट देखिएको छ । कारोबार रकम गत असार मसान्तको हाराहारीमा खुम्चिएको छ । आज तीन सय २७ कम्पनीको दुई करोड १० लाख ४८ हजार नौ सय ११ कित्ता शेयर एक लाख ११ हजार नौ सय ८६ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ४३ करोड ९१ लाख छ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।      आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह दुई दशमलव ६७, जीवन बीमा दुई दशमलव ४९, निर्जीवन बीमा दुई दशमलव ४५, लघुवित्त दुई दशमलव ३३, बैंकिङ दुई दशमलव २८ र वित्त समूह दुई दशमलव २७ प्रतिशतले घटेको छ ।       त्यस्तै विकास बैंक एक दशमलव ८७, जलविद्युत् दुई दशमलव ४४, लगानी शून्य दशमलव ३४, उत्पादन तथा प्रशोधन एक दशमलव २५, म्युचुअल फन्ड शून्य दशमलव ९४, व्यापार शून्य दशमलव ३५ र अन्य समूह एक दशमलव ८३ प्रतिशतले घटेको छ । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ७८ प्रतिशतले घटेको छ ।      कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु ३७ करोड पाँच लाख ५७ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हाईड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर १३ लाख ८२ हजार नौ सय छ कित्ता शेयर किनबेच भएको छ ।

काठमाडौं:   नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।       ललितपुर महालक्ष्मी नगरपालिका–८ घर भई हाल महालक्ष्मी–४  इमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका–१० घर भई हाल महालक्ष्मी–५ टिकाथली बस्ने २८ वर्षीय अनिलकुमार महतो, झापा अर्जुनधारा नगरपालिका–८ घर भई हाल ललितपुरको इमाडोल बस्ने ५० वर्षीय गोपालप्रसाद घिमिरे र सङ्खुवासभा खाँदवारी नगरपालिका–९ घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका–५ बस्ने ४३ वर्षीय सुवास ढकाललाई नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।      उहाँका अनुसार नेपालस्थित अमेरिकन दूतावासमा इडिभी प्रयोजनका लागि एसइई र १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाइ पेस गरेको भन्ने सूचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा निजहरुलाई पक्राउ गरिएको हो ।  अमेरिकन राजदूतवास नजिकबाट पक्राउ परेका निजहरुलाई लिखितसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।