काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

तनहुँ:    म्याग्दे गाउँपालिका–३ बेल्टारस्थित ठूलो बगैचामा गाउँपालिकाको रु तीन करोड लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सभाहल निर्माणका लागि स्थानीय सरस्वती घिमिरेले आधा रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो ।  सभाहलको निर्माण गत असारमा पूरा भएको हो । आज त्यसको औपचारिक उद्घाटन हुँदैछ ।  अब  गाउँपालिकाले कार्यक्रम गर्न अन्यत्र पेक्षालयको व्यवस्था गर्नुपर्ने छैन । साथै अन्य सङ्घसंस्थालाई पनि कार्यक्रम गर्न सहज हुनेछ ।

काठमाडौं:     नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा कायम भएको छ ।  युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ दुई पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ७२ रूपैयाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ एक पैसा र बिक्रीदर एक सय ५३ रूपैयाँ ६९ पैसा कायम गरिएको छ ।  अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ सात पैसा र बिक्रीदर ८७ रूपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ २३ पैसा र बिक्रीदर ९६ रूपैयाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रूपैयाँ ८५ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ २९ पैसा निर्धारण गरिएको छ ।  जापानी येन १० को खरिददर नौ रूपैयाँ एक पैसा र बिक्रीदर नौ रूपैयाँ पाँच पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १८ रूपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ र बिक्रीदर ३६ रूपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा कायम भएको छ ।  केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रूपैयाँ ९६ पैसा र बिक्रीदर तीन रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ३५ पैसा र बिक्रीदर ३० रूपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ५४ पैसा र बिक्रीदर नौ रूपैयाँ ५८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३७ पैसा र बिक्रीदर १२ रूपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ नौ पैसा र बिक्रीदर १९ रूपैयाँ १८ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३८ पैसा र बिक्रीदर १७ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रूपैयाँ ९८ पैसा र बिक्रीदर चार सय ४१ रूपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ७७ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ ३६ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ ३७ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ९३ पैसा तथा भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

काठमाडौं:  विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै  तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ ।  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले निजहरूलाई दोषी ठहर गरेको हो । अदालतले निगमका तत्कालीन महाप्रबन्धक कङ्साकारलाई दुई वर्ष नौ महिना कैद हुने फैसला गरेको छ । त्यसमा बिगो रु एक अर्ब ४७ करोड १० लाखको दामासाही हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना गरिएको छ । निजले  ज्येष्ठ नागरिक ऐनअनुसार ५० प्रतिशत सजाय छुट पाउने छन् । निगमका सञ्चालक समितिका तत्कालीन अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई एक वर्ष नौ महिना कैद सजायको फैसला भएको छ । दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना भने सोही बराबरको बिगो जफतसमेत हुने फैसलामा उल्लेख छ । विशेष अदालतले पूर्वसचिव एवं तत्कालीन निगम सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गानालाई एक वर्ष छ महिना कैद सजाय सुनाएको छ ।  ढुङ्गानालाई कुल बिगोको दामासाही हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना हुने फैसला भएको छ ।  पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव बुद्धिसागर लामिछानेलाई पनि एक वर्ष छ महिना कैद सजायको फैसला भएको छ । दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना लामिछानेलाई हुनेछ । बिगो असुलउपरको फैसला लामिछानेलाई पनि लागू हुनेछ । अदालतले जहाज खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीका तीन प्रतिनिधिलाई पनि दोषी ठहर गरेको छ । ती कम्पनीका प्रनिनिधिलाई एक वर्ष छ महिना कैद र दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवानाको फैसला गरेको छ । अदालतले तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई सफाइ दिएको छ । उक्त प्रकरणमा दुई विदेशीसहित २७ प्रतिवादीले अभियोगबाट सफाइ पाएका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिदमा भ्रष्टाचार भएको उल्लेख गर्दै मुद्दा दायर गरेको थियो ।

पोखरा:   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको संझावनालई उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् ।  पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी कोटिहोममा बिहिबार प्रमुख अथितिको रुपमा सहभागि मन्त्री भट्टराइले पट्नेरीको विकासमा जनतासंसगै रहेको बताइन् ।   ‘यहाँहरुले दुइदुइ पटक निर्वाचित गराइसक्नुभएको छ, म यहाहरुसगैँ छु, यहाँहरु सबैको मायार सद्भावले अगाडी बढिरहेको छुु’ उनले भनिन् ।  सेती नदी माथी रहेको गुफामा जानका लागि आवश्यक संरचना बनाउन तपाईहरुले माग गर्नुभएको छ यसका लागि मेरो सहयोग रहन्छ’ उनले भनिन् ।  यस क्षेत्रको विकासका लागि स्थानीयले तयार गरेको परियोजनालाई बजेटको व्यवस्था गर्न सम्बन्धीत मन्त्रालयमा पहल गर्ने मन्त्री भट्टराईले आवश्वासन दिइन् ।  कोटिहोमका संकल्पकर्ता शोभाकान्त ढकालले यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थान बनाउन सकिने अथाह सम्भावन रहेको जानकारी गराए ।  सरकारी स्तरबाट बजेटको व्यवस्था गर्न सके ढुङगेसाँघु, पट्नेरी सेती नदि माथी रहेको गुफामा पर्यटक जानको लागि आवश्यक संरचना बनाउने सोचँ सुनाए ।  २ करोड रुपैया लागानी गर्न सके यस क्षेत्रमा सयौँ पर्यटक आउने र पर्याप्त आम्दानी समेत गर्न सकिने सभावना रहेको उनले जानकारी गराए ।  धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र स्थापना गर्ने उदेश्यका साथ कोटिहोमको आयोजना गरिएको संकल्पकर्ता ढकालले मन्त्री भट्टराईलाई अवगत गराएका थिए ।  गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ प्रमुख बाचक शोभाकान्त ढकाल(कृपालु दास), दिग्र्शनबाचक शिरोमणी दिपक सापकोटा, भागवतमन्जरी पुज्य राधाकिशोरी दासीले लगायतले कथा बाचन गर्नुका साथै हरेक दिन आमन्त्रीत कथाबाचकले कथावाचन गर्ने यज्ञका संयोजक नारायण भण्डारीले जानकारी दिए ।  प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) को धार्मिक पर्यटकीय केन्द्र बनाउने संकल्पलाई पुरा गर्न अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिले कोटिहोमको आयोजना गरेको हो । मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुने छ ।    

पोखरा: नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा न ३२ उपशाखाले गरेको खुल्ला रक्तदानमा २३ युुनिट रगत संकलन भएको छ । उपशाखाको २३ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रमको प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा उपसभापति उर्मिला खड्काले गोगन  माविका शिक्षिका यामकुमारी  तिलिजालाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नुुभएको थियो ।      कार्यक्रममा प्रमुख अतिथि खड्काले रक्तदान जीवनदान भएको बताउनुुभयो । उहाँले रेडक्रसको महत्वबारे प्रकाश पार्नुुभएको थियो ।      नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ उपशाखाका अध्यक्ष विन्दुराज तिवारीले उपशाखाले सामाजिक उत्तरदायित्व बहन गर्दै यस किसिमका कार्यक्रमलाई निरन्तरता दिदै आएको बताउनुुभयो ।      शाखाका निवर्तमान अध्यक्ष किसान परियारले उपशाखाले आफ्नो स्थापना यता सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउनुुभयो ।    उहाँले शाखाको ६ कोठ भवन निर्माण कार्य जारी रहेको जानकारी दिनुुभयो ।      शाखाका अध्यक्ष विन्दुराज तिवारीको सभापतित्व एवम् सचिव विष्णुुबहादुर बस्नेतले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत उपशाखा उपसभापति बिमला थापा बस्नेतले गर्नुुभएको थियो भने रेडक्रसका सात सिद्धान्तको वाचन देवी तिवारीले गर्नुुभएको थियो ।      कार्यक्रममा समाजसेवी एवम नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि  मोहनकुमार प्रधान ,समाजसेवी खेमराज अधिकारी, गरिमा विकाश बैकका शाखा प्रमुख सन्तोष अधिकारी, उपशाखाका निवर्तमान कोषाध्यक्ष शरणकुमार प्रधान, शुुभविहानी आमा समूूहका अध्यक्ष हिमकला खत्री लगायतले बोल्नुुभएको थियो ।      प्रादेशिक रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग एवम् शुभबिहानी आमा समुहको  खाजा ब्यवस्थापनमा भएको कार्यक्रममा विभिन्न संघ सस्थाले आर्थिक, नैतिक एवम् भौतिक सहयोग उपलब्ध गराएको उपशाखाले जनाएको छ ।  

काठमाडौं:     इतिहासकार पुरुषोत्तम शमशेर राणाको आज निधन भएको छ ।  ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको ९९ वर्षको उमेरमा निधन भएको उहाँकी बुहारी भगवती राणाले जानकारी दिनुभयो । उहाँका अनुसार राणालाई रक्तचाप कम भएपछि अस्पतालमा भर्ना गरिएको थियो । विसं १९८२ चैत १५ गते चारबुर्जा दरबार अर्थात् हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवनमा उहाँ जन्मनुभएको हो । तत्कालीन जहानिया शासनको प्रतिबन्धका कारण उहाँले पाल्पा दरबारमै अध्ययन गरी युपी बोर्डबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो ।  उच्च शिक्षा हासिल गर्ने क्रममा भारतको वाराणसीस्थित जयनारायण कलेजबाट इन्टर–मिडियट उत्तीर्ण गर्नुभएका उहाँ बनारस हिन्दू विश्वविद्यालयमा विकम पढ्ने क्रममा क्रान्तिमा लाग्नुभएको थियो ।     उहाँले राणाकालीन प्रमुख ऐतिहासिक दरबारसम्बन्धी श्री ३ राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरु, लुकेछिपेका प्रतिभाहरु, मेरा जीवनका स्मृतिहरुलगायतका पुस्तक लेख्नुभएको छ । उहाँ रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुनुहुन्छ ।

पोखराको हरित यातायात प्रणाली विकास परियोजना सम्बन्धी अध्ययन प्रतिवेदन कोरियाली टोलीले नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ ।   पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय बिच यस अघि भएको सम्झौता बमोजिम तयार प्रतिवेदन अध्ययन टोलीले नगर प्रमुख आचार्यलाई बुझाएको हो ।    पोखराको विद्यमान सार्वजनिक यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै सहज र सरल बनाउने विषयमा अध्ययन टोलीले गहिरो गरी अध्ययन गरी प्रतिवेदन तयार गरेको छ ।   यसअघि पनि पोखराको सार्वजनिक यातायात प्रणालीको विषयमा स्थलगत अध्ययन गरेको कोरियाली रेलमार्ग अनुसन्धान संस्थानले पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप निर्माण गर्नुपर्ने ३ स्थानमा बस टर्मिनल आवश्यक रहेको बताएको छ ।   परियोजना अन्तरगत कोरियाले विभिन्न साझेदार संस्थाहरूको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्नेछ ।   यसको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुनेछ । पोखराको मुख्य चोक पृथ्वीचोकलाई थप विस्तार गरिनेछ ।   तिन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ ।   यस्तै दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गर्ने गरी प्रतिवेदन तयार गरिएको छ ।     विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने कोरियन टोलीले विश्वास दिलाएको छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारीहरूको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिनेछ ।   प्रतिवेदन अनुसार परियोजनाको अन्त्यमा पोखराको सार्वजनिक सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ ।    पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन् ।   अहिले जस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नु पर्ने छैन भने, चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन् ।   क्याम्पीङ्चोक देखी बगर (बस स्टप १९), निर निवास देखी शान्तिनगर चोक (बस स्टप ११) र नुवारचोक देखी महिमा किराना (बस स्टप १८) सम्म गरी तिन वटा मुख्य बस चल्ने रुटहरू हुनेछन् ।   पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजना मार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा पुग्नुका साथै सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरूको सङ्ख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुहरूलाई सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नका लागि पनि यो परियोजना प्रभावकारी हुनेछ ।   यस परियोजनाले पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।   परियोजनामा गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम को. लिमिटेड सहित विभिन्न दातृ निकायहरूले साझेदारी गर्नेछन् ।   यस परियोजनाको पाइलोटिङ यही महिनाको अन्त्यबाट सुरु गरिनेछ ।   यसका लागि आवश्यक स्थानीय व्यवस्थापनको काम पोखरा महानगरपालिकाले गर्नेछ भने, आवश्यक प्रविधि र उपकरणहरू भने कोरियाली टोलीले गर्नेछ । पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटमा ६ स्थानमा बस स्टपहरू निर्माण गरी परीक्षण गरिनेछ । 

पोखरा:   गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले घोकन्ते शिक्षा भन्दा व्यवसायिक शिक्षा अपरिहार्य रहेको बताएका छन् ।   राष्ट्रिय माध्यमिक विद्यालय पोखराको हीरक महोत्सवमा विहिबार उनले प्राविधिक शिक्षा, नवीनतम पाठ्यक्रम, र सीपमूलक कार्यक्रमहरू जस्ता शिक्षा नै आजको आवश्यकता रहेको उल्लेख गरे ।   राष्ट्रिय माध्यमिक विद्यालयले लामो यात्रा पार गर्दै शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भनाई उनको छ ।   स्थानीय तथा राष्ट्रिय स्तरमा हजारौँ विद्यार्थीलाई ज्ञान, सीप र नैतिकतामा सक्षम बनाउँदै समाज रूपान्तरणमा ऐतिहासिक भूमिका उक्त विद्यालयले खेलेको उनले बताए ।   विद्यार्थीहरूले विभिन्न क्षेत्र—शिक्षा, राजनीति, विज्ञान, साहित्य, कला र उद्यमशीलतामा पु¥याएको योगदान प्रशंसनिय रहेको भनाई उनको छ ।   शिक्षा कुनै पनि राष्ट्रको विकासको आधार भएको भन्दै मन्त्री थापाले प्रदेश सरकारले गुणस्तरीय शिक्षा सबैलाई सहज रूपमा उपलब्ध गराउनका लागि विभिन्न योजनाहरू कार्यान्वयन गरिरहेको उल्लेख गरे ।     ग्रामीण तथा शहरी विद्यालयहरूलाई समान रूपमा प्रविधिमैत्री र स्रोतसाधनयुक्त बनाउन संघीय सरकार र स्थानीय तहसँग मिलेर प्रदेश सरकारले आफ्ना गतिविधिहरुलाई अगाडि बढाइरहेको मन्त्री थापाले बताए ।   राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव केवल उत्सव मनाउने अवसर मात्र होइन यसलाई आगामी दिनमा विद्यालयको स्तरवृद्धि र दिगो विकासका लागि नयाँ योजनाहरू बनाउने अवसरका रूपमा लिनुपर्ने धारणा उनको छ ।   उनले प्रदेश सरकार पनि विद्यालयको भौतिक पूर्वाधार सुधार, डिजिटल शिक्षा प्रविधिको प्रवर्द्धन र गुणस्तरीय पाठ्यक्रमको विकासमा सधैँ तयार रहेको उनले उल्लेख गरे ।     शिक्षालाई गुणस्तरिय बनाउन प्रदेश सरकारले फ्राइडे फर फ्युुचर, सिक्दै कमाउँदै, अभिभावक शिक्षा लगायतका कार्यक्रमको अवधारणालाई अगाडि बढाएको जानकारी उनले गराएका छन् ।   प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र भएको अधिकारलाई प्रयोग गर्दै शिक्षामा सुधारन्मुख काम गर्दै आएको भनाई उनको छ । 

चितवन:    भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो ।  आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार अहिले केवल (तार) बिच्छ्याउने कार्य र घरघरमा जडान कार्य (सर्भिस कनेक्सन)को काम बाँकी रहेको छ ।  अहिले शहीदचोक र पुलचोक क्षेत्रमा काम भइरहेको उहाँले बताउनुभयो । निर्माण कार्य तिव्र पारिएकाले सन् २०२५ को जुलाईसम्म काम सक्ने गरी कार्ययोजना निर्माण गरेर काम गरिएको छ ।  जमिनको सतहभन्दा माथि देखिने काम र जमिनमा नदेखिने गरी दुई चरणमा विभाजन गरेर काम गरिएको छ । डिभाइस र फाउण्डेसन निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको उहाँले बताउनुभयो ।  अन्य कामलाई तिव्र गतिमा लैजान निर्माण कम्पनीलाई आयोजनाले आग्रह गरेको छ । सुवेदीले भन्नुभयो, “निर्माण कम्पनीले समय थप गर्न गरेको निवेदनलाई मध्यनजर गर्दै दश महिनाको समय थप गरिएको छ ।”  सन् २०२२ को अक्टोबरमा दुई वर्षमा काम सम्पन्न गर्ने गरी भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले ठेक्का सकारेको थियो । पछिल्लो सम्झौताअनुसार महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य शहरी क्षेत्रमा भूमिगत मार्फत गर्दै लगिने उहाँले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “बसेनीदेखि भरतपुर महानगरपालिका अगाडिसम्म, आँपटारीदेखि पोखरा बसपार्कसम्मको सडक र केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङ्सम्मको सडक थपिएको छ ।”  केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङ्सम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र ४०० भोल्टको लाइनलाई भूमिगत गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुवाती समयमा रु १ अर्ब ३० करोड वजेट भरतपुरलाई विनियोजन गरिएको थियो । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।