स्याङ्जा । अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ । पहिरोले गोठ पुरिँदा दुई चौपायामा समेत क्षति पुगेको छ ।   जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान गल्या...

पाेखराः पोखरा महानगरमा गठबन्धनबाट महानगरका मेयर धनराज आचार्यले गरिबीको रेखामुनी रहेकाहरुको परिचयपत्र बनाएर अवसर सिर्जना गर्ने बताएका छन् ।   सोमबार पोखरा १७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले पोखरा महानगरभर अझै पनि ९ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेकोले उनीहरुलाई अवसरका बाटो खोजिदिने बताएका हुन् । उनले आफूहरुले जितेमा २ वर्षभित्र आधारभुत आवश्यकता पुरा गर्नका लागि रोजगारको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।   मेयरको कुर्चीमा बसेको ४५ दिनभित्र गरिबीको परिचयपत्र वितरण गरेर रोजगारीको व्यवस्था गरेर शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीको महसुलमा केही प्रतिशत छुट दिएर अघि बढ्ने उनको भनाई थियो । रोजगारीको अवसर भएरपनि आफूलाई पुग्नेगरी कमाउने अवस्था नभएपछि युवाहरु विदेशीन बाध्य भएकाले उनीहरुलाई स्वदेशमै ल्याउने योजना अघि सारिने उनले बताए । पोखरा १७ मा रहेको अन्तर्राष्ट्रिय संग्राहलयको प्रबद्र्धनमा जोड दिने उनले योजना सुनाए ।   महानगरका अधिकांश महानगरमा गठबन्धन भएपनि कतिपय वडामा मित्रवत प्रतिस्पष्र्धामा गएको बताउँदै मेयर र उपमेयर साझा रहेकाले गठबन्धनलाई जिताउन उनको आग्रह थियो । गठबन्धन राष्ट्रिय आवस्यकता रहेको प्रस्ट्याए । गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले गठबन्धनलाई नजिताए पोखरा पोखरा महानगरको विकास ५ वर्ष पछि पर्ने बताईन् । चुनावीसभामा बोल्दै गठबन्धनलाई नजिताए पाँच वर्ष एमालेले फेरी रजाई गर्ने र विकास नहुने जनाईन् । त्यसकारण पनि गठबन्धनलाई इमान्दार भएर जिताउन उनको अनुरोध थियो । चुनाव आउन ३ दिनमात्र रहेकाले २ दिन खटिनका लागि आग्रह गरिन् ।   ‘अबको ३ दिन तपाईँहरु खटिनुहोस हामी पाँच वर्ष खटिने छौ । अहिले महानगरको सबैभन्दा खतरा भनेको भ्रष्टचार हो । पोखरा महानगरपालिकालाई अब भ्रष्टचार मुक्त महानगर बनाउने छौँ’, उनले भनिन् । आफूहरुले जितेको खण्डमा पाँच वर्षसम्म महानगरको साझा जनप्रतिनिध भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । 

पोखरा:    सत्ता गठबन्धनका शिर्ष नेताहरुले संविधानको रक्षाका लागि आफुहरु एक ठाँउमा उभिनु परेको बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनिहरुले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउदै यसलाई जोगाउनु पर्नेमा जोड समेत दिए ।   प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले स्थायित्वका लागि दलहरुका बिचमा सहमति र सहकार्य जरुरी रहेको बताए । गठबन्धन बचाउनका लागि पोखराका लागि मेयर र उपमेयर लगायतका गठबन्धनका उमेदवारहरुलाई जिताउन उनले आग्रह समेत गरे । विपक्षी दलको विरोधलाई सहन नसक्ने ओली प्रवृतिका विरुद्ध गठबन्धन गर्नु परेको उनले बताएका छन् ।   सभापति देउवाले कांग्रेसका लागि गठबन्धनले धेरै फाईदा भएको उल्लेख गरे । उनले गठबन्धनका कारण कांग्रेस फेरी पनि मुलुकको ठुलो दल बन्ने दावी गर्दै एकिकृत समाजवादी र माओवादीले भन्दापनि कांग्रेसले बढि मेहनत गरेर उसका उमेदवारहरुलाई जिताउन उनले निर्देशन दिए । गठबन्धनका उमेदवारहरुलाई जिताउने कांग्रेसका कार्यकर्ताहरुको कर्तव्य भएको सभापति देउवाले बताए ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन गठबन्धन गरिएको बताए । प्रचण्डले भने, “संविधान निर्माण गरिसकेपछि र निर्वाचन भएर नयाँ परिस्थिति बनिसकेपछि गत साल ठूलो दुर्घटनामा पर्ने देखा पर्यो । संविधानमा हुँदै नभएको अधिकारलाई प्रयोग गरेर सदन विघटन गरियो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने प्रयास भयो । आम नेपाली जनताको निम्ती लामो समय देखि संघर्ष र बलिदानका थुप्रै किर्तिमानहरु कायम गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन संलग्न सहभागी सम्पूर्ण जनताका लागि दुर्भाग्य कुरा थियो । त्यसैले मुलुकको रक्षाका लागि गठबन्धनको आवश्यक पर्यो ।”   निरकुंशता, तानाशाही र अराजक भूमरीबाट देशलाई बचाउन पाँच दलिय गठबन्धनको उदय भएको उनले बताए । प्रचण्डले गठबन्धन जन्मिएको दिनदेखि नै अवसरवादीहरुले भत्काउन कोसिस गरेको आरोप लगाए । नेपाली जनताको भविष्य प्रति इमानदारी भएर नै गठबन्धन अगाडि बढेको उनले बताए । स्थानीय तहको निर्वाचनले अग्रमन र प्रतिगमन विरुद्धको लडाईलाई प्रष्ट पार्ने भनाई उनको छ ।   ७० वर्षको लामो संघर्षबाट प्राप्त भएको राजनीतिक र ऐतिहासिक उपलब्धिलाई बचाउन पोखरा महानगरपालिकामा गठबन्धनबाट अघि सारिएका मेयर र उपमेयरका उम्मेदवारलाई जिताउन प्रचण्डले आग्रह गरे ।   यस्तै पुर्व प्रधानमन्त्री एंव नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले मुलुकमा अहिले दुई प्रकार गठबन्धनहरु क्रियाशिल रहेको बताए । अध्यक्ष नेपालले अहिले वाम लोकतान्त्रीक प्रगतिशिल र अर्को दक्षिणपन्थि, प्रतिगामी, संविधान, संघियता र गणतन्त्र विरोधी गठबन्धन मुलुकमा रहेको बताए । मुलुकमा भएका धेरै परिवर्तनहरुमा कांग्रेस र कम्युनिष्ट एक भएर लागेको बताउदै अध्यक्ष नेपालले हालसम्मका उपलब्धिका रक्षाका लागि गठबन्धन गरिएको बताए । केपि ओलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई धोका दिएर भागेको उनले आरोप पनि लगाए ।

पोखरा:    पोखरा महानगरपालिका १३ मा नेपाली कांग्रेस परित्याग गरि ९ जना कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।   नेपाली कांग्रेसमा क्रियासिल रहेका इमाफिल मियाँ, नुर मोहम्मद, हसन अली, कलाम दिन, युसुफ दिन, तैयब अली, जुनेद अली, जैनुल अलि र अस्लम मियाँ एमाले प्रवेश गरेका हुन् ।   नवप्रवेशी उनीहरुलाई पोखरा महानगर प्रमुख पदका एमाले उम्मेदवार कृष्ण थापाले खादाद्वारा स्वागत गरे । सो अवसरमा बोल्दै थापाले नेकपा एमालेमा सबै समुदाय र जातजाति अट्ने धारणा राखे ।    उनले एमालेले जनतालाई सुख र दुखमा साथ दिने पार्टी भएको बताउदै  बृद्धभत्ताको व्यवस्था गरेको स्मरण गराए । उनले नवप्रवेशी कार्यकर्तालाई आगामी चुनावमा  एमाले उम्मेदवारलाई विजयी गराउनको लागि पहल गर्न आग्रह गरे । थापाले फरक प्रसंगमा बोल्दै पोखराको विकास नेकपा एमाले बाहेक कुनै पनि पार्टीले गर्न नसक्ने टिप्पणी गरे । उनले वडा नम्बर १३ पोखरा महानगर भरिकै नमुना वडा भएको बताउँदै एमालेका उम्मेदवारले जितेको खण्डमा बाँकी रहेका कामहरु पूरा हुने बताए ।    उनले आफुलाई मेयरमा विजयी गराउन अनुरोध गर्दै नागरिकमैी सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।    यसैगरी उपप्रमुखका उम्मेदवार मञ्जुदेवी गुरुङले आफुलाई मात्रै नभई पोखरा महानगरभर नै एमालेलाई जिताउन अपील गरिन् । उनले आफुसँग ५ वर्षको कार्य अनुभव रहेको बताउदै महिला, जेष्ठनागरिक, अपाङ्ग तथा पिछडावर्गको उत्थानमा लाग्ने प्रतिवद्धता जनाइन्  ।   आवश्यक  पूर्वाधारको विकासलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताउदै भनिन्, ‘हामीले आधारभुत आवश्यकतासँग जोडिएका विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछौ ।’ गुरुङले वडा १३ पोखरा महानगर मध्येको सबैभन्दा उत्कृष्ट र नोटिसेबल वडा रहेको उल्लेख गर्दै वडा अध्यक्ष दर्शन लामाको कार्यकुशलतालाई खुलेरै प्रसंशा गरेकी थिइन् ।    पोखरा १३ स्थित मियाँपाटन चोकमा आयोजित चुनावी सभामा जीवन दाहाल लगायतको कलाकारको बेजोड प्रस्तुती रहेको थियो । भने कास्की एमालेका उपसचिव तथा पोखरा १३ का वडा अध्यक्ष दर्शन लामाले कार्यक्रम सञ्चालन गरेका थिए । 

काठमाडौं- वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ ।   निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् ।   सङ्घले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनकै कारण कमजोर कांग्रेसकोे आज सरकार भएको बताएका छन् ।    यही कमजोर अवस्थाबाट गठबन्धनको बलमा आज यस अवस्थामा आएको भन्दै उनले पोखरामा कलम र हँसिया हथौडामा मतदान गर्न आग्रह गरे । ‘साथीहरु, जताजता गठबन्धन छ त्यता कलम, हँसिया हथौडामा भोट हाल्नुहोस्’ देउवाले भने ।      चार दलीय गठबन्धनद्वारा पोखरा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने ‘आज हाम्रो सरकार छ, प्रदेशमा मुख्यमन्त्री छन्, चुनावमा धेरै सिट जीत्ने सम्भावना छ ।’  ओलीको आतंंकबाट पार पाउन गठबन्धन आवश्यक रहेको बताउँदै देउवाले भने ‘गठबन्धनको जीत हामी सबैको जीत हो ।’    अरु दललाई भन्दा पनि कांग्रेसलाई गठबन्धन चाहिएको भन्दै उनले राष्ट्रिय आवश्यकता बुझ्न अनुरोध गरे । 

नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलहरुबीच गठबन्धन गरेर बुद्धि पु¥याएको उल्लेख गरेका छन् ।    चार दलीय गठबन्धनद्वारा पोखरा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपालले देश र गणतन्त्र जोगाउन गठबन्धन गरेर बुद्धि पु¥याएको बताएका हुन् ।   नेकपा एमाले आफुले बनाएको जनाउँदै केपी ओलीको दम्भले अब त्यो पार्टी सकिन लागेको ठोकुवा गरे ।    ५० वर्ष लामो राजनीतिमा पोखरामा पनि आन्दोलनको अगुवाई गरेको धारणा राख्दै उनले कलम चिन्हमा मतदान गर्न अपील गरे । ‘हामी गठबन्धनले मिलेर उठाएको हौ’ नेपालले भने ‘उपमेयर जिताउन रुखमा मतदान गर्नुहोला ।’

चार दलीय गठबन्धनले आज पोखरामा आयोजना गरेको चुनावी सभामा पोखरा महानगरका उपमयेर प्रत्यासी कोपिला रानाभाटले आम पोखरेलीले चाहेजस्तो सुन्दर पोखरा दिने बताएकी छिन् ।    महानगरमा भ्रष्टाचार चुलिएको भन्दै उनले सफाइको काम गर्न आवश्यक रहेकाले गठबन्धनतर्फबाट चुनावमा उत्रिएको बताइन् । ‘मेयर प्रत्यासी धनराज आचार्यलाई पैसा कमाउनु छैन’ रानाभाटले भनिन् ‘मलाई पनि पैसा कमाउन परेको छैन ।’   अब चुनाव आउन ५ दिन बाँकी रहेको बताउँदै दिनरात नभनि प्रचारमा खटिदिन कार्यकर्तालाई उनले आव्हानसमेत गरिन् । 

कास्कीः नेपाली काँग्रेसका तर्फबाट माछापुच्छ्रे गाउँपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारहरु धम्पुसवासीको आँगनमा पुगेका छन् । पर्यटकिय गाउँ धम्पुस पुग्दा न्यानो आतिथ्यता पाएका उम्मेदवारहरु यहाँको थप विकास र प्रवद्र्धनकालागि प्रतिबद्धता पनि जनाए ।   गाउँपालिका अध्यक्षका उम्मेदवार मिन बहादुर गुरुङले आम धम्पुसवासीको सल्लाह र माग अनुरुप कार्ययोजना अघि बढाइने बताए । पर्यटकिय गाउँ भइरहँदा पनि स्थानीय सरकारले उपेक्षा गरेको जनाउँदै उनले योजना सहित थप प्रवद्र्धन आवश्यक रहेको उल्लेख गरे ।   काँग्रेसका उम्मेदवारहरुलाई अत्यधिक मतसहित विजय गराउन आग्रह गर्दै उनले भने,‘प्रकृतिले नै सुन्दर बनाएको यो ठाउँ अझै प्रवद्र्धन हुन सकिरहेको छैन । यहाँको मौलिक संस्कृति, रहनसहन लयागत यहाँको मौलिकता नै बलियो पक्ष हो । हामी यहाँको मौलिकतालाई आत्मसात् गर्दै प्रकृतिक सौन्दर्यलाई ध्यानमा राख्दै यहाँकै स्थानीयहरुको सल्लाह बमोजिम कार्ययोजना तयार गर्ने छौँ ।’   मतकै लागि ठूला सपना देखाएर कालान्तरमा जनतालाई निरश गराउनु भन्दा नेतृत्वमा आएपछि आवश्यक कुराहरुलाई तत्काल अघि बढाइने उनले प्रतिबद्धता जनाए ।अध्यक्ष उम्मेदवार गुरुङले भने ‘भोट पाउन यहाँ जे पनि भन्दिन्छन् । म कुनै ठूलो कुरा गर्छु भन्दिनँ । यहाँहरुकै आवश्यकता अनुसार योजनाहरु तय गर्ने हो । बोल्नमा भन्दा बढी म काममा देखाउँछु ।’   गाउँपालिका उपाध्यक्ष उम्मेदवार सिता अधिकारीले भूगोल अनुरुपको विकासमा जोड दिइन् । मौलिकतालाई प्राथमिकतामा राख्दै पर्यटन गन्त्ब्यको मुख्य आकर्षण केन्द्र बनाउँदै आर्थिक चलायमान हुने गरि योजना तय गरिने बताइन् ।   ‘हचुवाको भरमा विकास हुने कुरा होइन । विशेषज्ञसहित यहाँको भूगोल अध्ययन गरेर विज्ञ र स्थानीयकै रोहवरमा योजनाहरु तय गर्ने छौँ । यस रमणिय ठाउँलाई मौलिकतासँगै व्यवसायिकतामा पनि अघि बढाउने कुरामा हामी प्रतिबद्ध छौँ’अधिकारीले भनिन् ।   माछापुच्छ्रे ७ धम्पुसमा काँग्रेसबाट वडाध्यक्षमा लोक बहादुर गुरुङ९लोके सर०, महिला वडा सदस्यमा विष्णु माया भण्डारी, दलित महिला सदस्यमा जुना विक र वडा सदस्यमा श्याम अधिकारी उम्मेदवार छन् ।   सो अवसरमा माछापुच्छ्रे काँग्रेसका कार्यकर्ता, पार्टी पदाधिकारी लगायत सयौँको संख्यामा शुभेच्छुकहरुको उपस्थिती थियो ।

काठमाडौं:  छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको अन्तिम खेलमा हेल्प नेपाललाई ३-१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।     रोमान्चक खेलमा आर्मीले हेल्प नेपालमाथि २५-१५, २५-१८, २६-२८ र २८-२६ को सेटमा जित निकाल्यो । यस जितसँगै आर्मी लिगको शीर्ष स्थानमा रहदै च्याम्पियन बनेको हो । आर्मीले ६ खेलमा १८ अंक जोड्यो । हेल्प नेपालले ६ खेलमा १४ अंक जोड्यो । हेल्प नेपाल दोस्रो स्थानमा रह्यो ।   उपाधिसँगै आर्मीले ६ लाख नगद प्राप्त गरेको छ । हेल्प नेपालले ३ लाख प्राप्त गर्यो ।  तेस्रो भएको नेपाल पुलिसले १ लाख ५० हजार र चौंथो एपीएफले ७५ हजार प्राप्त गर्यो ।    महिलातर्फको उपाधि पनि आर्मीले जित्यो । अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।   विभागीय डर्बीमा आर्मीले पुलिसमाथि २५-१८, २५-२३ र २५-२० को सेटमा जित निकाल्यो । आर्मी पहिलो पटक च्याम्पियन बनेको हो ।   महिलातर्फ उपाधि विजेता आर्मीले पनि नगद ६ लाख प्राप्त गरेको छ ।   उपविजेता पुलिसले ३ लाख प्राप्त गर्दा तेस्रो बनेको एपीएफले १ लाख ५० हजार र चौंथो एभरेस्टले ७५ हजार प्राप्त गरेको छ ।   नेपाल भलिबल संघले आयोजना गरेको लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको थियो । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लबले प्रतिस्पर्धा गरेका थिए ।   महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट भलिबल क्लब रहेको थियो ।