पोखराः स्थानीयतह निर्वाचनअन्तरगतका पछिल्लो मत परिणामक अनुसार नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २१ हजार ८८० मतकासाथ अघि बढिरहेका छन् । आचार्यका प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाले हालसम्म १९ हजार ३८८ मत प्राप्त गरेका छन् । यसअनुसार अहिले आचार्यले थापालाई २ हजार ४९२ मतले पछि पारेका छन् । हालसम्म ५२ हजार ८१७ मत गणना भएको छ । मतगणना जारी छ ।
रोल्पा कारागारमा गए राति एक पुरुष कैदी झुन्डिएको अवस्थामा भेटिएका छन् । सुर्खेतको बराहताल गाँउपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो । शौचालयको ढोका बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो । जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ ।
पाल्पा: नेपाल कम्युनिष्ट पार्टी एमालेबाट पाल्पाको बगनासकाली गाउँपालिकाको प्रमुखमा निर्वाचित हुदै सरस्वती चिदी दर्लामीमगर लुम्बिनी प्रदेशकै पहिलो गाउँपालिका महिला प्रमुख बनेकी छिन् । निकतटम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुनिता अधिकारीलाई ८ सय ३३ मतान्तरले पराजित गर्दै चिदीमगर गाउँपालिका प्रमुख बनेकी हुन् । उनले कुल ६ हजार ४ सय ६६ मत प्राप्त गरिन् । भने निकटतम प्रतिद्वन्दी अधिकारीले ५ हजार ६ सय ३३ मत पाइन् । यसैगरि गाउँपालिका उपप्रमुखमा सोही पार्टीकै हरि पाठक ५ हजार ८ सय ७३ मत प्राप्त गर्दै विजयी भए । पाठकका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेय (कमल) लाई १ हजार ९५ मतान्तरले हराए । पराजित बनेका पाण्डेयले कुल ४ हजार ७ सय ७८ मत पाएका थिए । उक्त गाउँपालिकाको ९ वडा मध्ये वडा नम्बर २, ३, ४, ५, ७ र ८ मा नेकपा एमालेका उम्मेदजार निर्वाचित भएका छन् भने १, ६, र ९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्षमा विजयी भएका छन् । लुम्बिनी प्रदेशकै गाउँपालिकाहरु मध्ये पहिलो महिला प्रमुख बनेकी चिदीमगर २०७४ साल भएको स्थानीय तहको निर्वाचनमा बगनासकाली गाउँपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।
पोखरा: पोखरा महानगरपालिकामा गठबन्धनबाट एकिकृत समाजवादीका उममेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । ३६ हजार ८ सय १३ मतगणना सकिदा धनराज आचार्यले १५ हजार २ सय ८८ प्राप्त गरे । भने एमालेका कृष्ण थापाले १३ हजार ३ सय २९ मत बटुले । थापा आचार्य भन्दा १ हजार ९ सय ५९ मतले पछि छन् । राप्रपा नेपालका शंकर खरालले १ हजार ५ सय ५६ मत बटुँले भने अटेरी अभियानका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ८ सय ६६ मत प्राप्त गरे । उनले अहिलेसम्म चौथो स्थान कायमै राखेका छन् । यसैगरि उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १५ हजार ५ सय ९५ मत पाएकी छिन् भने एमालेकी मञ्जुदेवी गुरुङले १५ हजार २ सय २५ मत प्राप्त गरेकी छिन् । गुरुङ कांग्रेसकी रानाभाट भन्दा ३ सय ७० मतले पछि छिन् । प्रमुख पदमा आचार्यले मतान्तर फराकिलो बनाउँदै गएपनि उपप्रमुखमा भने निकै प्रतिस्पर्धा देखिएको छ । पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।
पाल्पा: पाल्पाको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । नगरपालिका प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ र उपप्रमुखमा नेकपा माओवादीकी प्रतिक्षा सिंजालीमगर विजयी भएकी हुन् । नगरपालिका प्रमुखले ११ हजार २ सय ७३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्दी नेकपा एमालेका धनेन्द्रराज घिमिरेलाई ८ सय ७९ मतान्तरले पराजित गरे । नगर प्रमुखका एमाले प्रत्यासी घिमिरेले १० हजार ३ सय ९४ मत बटुले । यसैगरि उपप्रमुखमा सिंजालीमगरले निकटतम प्रतिद्वन्दी शशी श्रेष्ठलाई ७ सय ७९ मतान्तरले हराउदै पाँच वर्षका लागि निर्वाचित भइन् । सिंजालीमगरले ११ हजार १ सय ५१ मत प्राप्त गरेकी थिइन् । भने एमालेकी शशी श्रेष्ठले १० हजार ३ सय ७२ ले मत पाएकी थिइन् । नागरिकमैत्री सेवा प्रवाह गर्नेछौं’: उपप्रमुख सिंजालीमगर उपप्रमुखमा निर्वाचित भएसँगै सिंजालीमगरले नगरवासीलाई नागरिकमैत्री सेवा प्रवाह गर्ने बताइन् । उनले घरदैलो कार्यक्रममा मतदातासँग गरेको प्रतिवद्धतालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने बताइन् । गाउँपालिका, नगरपालिका र महानगरपालिकाको उपप्रमुख न्यायिक समितिको संयोजक हुने प्रावधान रहन्छ । साथै उपप्रमुखलाई विकास निर्माणको गतिविधि तथा क्रियाकलाप अवलोकन गर्ने क्षेत्राधिकार तोकिएको छ । उपप्रमुख सिंजालीमगरले अन्यायमा परेका नागरिकलाई उचित न्याय दिलाउने प्रतिवद्धता जनाउदै भनिन्, ‘हाम्रो नगरपालिकाका नागरिकहरुले कानूनको पूर्ण महसुस गर्न पाउनुहुनेछ । कानून भन्दा माथि कोही हुदैन । त्यसैले कानून बर्खिलाप कदम चाल्न कसैलाई अधिकार छैन ।’ फरक प्रसंगमा बोल्दै आफु जहिल्यै वेथितीको विरुद्धमा उभिने बताइन् । ‘अनियमितता र भ्रष्टचार विकासको विरुद्धमा हुन्छ । उनले भनिन्, ‘त्यसैले यसको विरुद्धमा हाम्रो टिमको सधै खबरदारी रहनेछ ।’ हामीले हाम्रो नगरलाई साँच्चिकैको नगरपालिका बनाउँने प्रयासमा लागिरहनेछौ । त्यसको लागि नगरवासीको पनि सहयोग जरुरी छ ।’
पोखराः मुख्य निर्वाचन अधिकृतको कार्यलय पोखराले बेलुकी ८ बजेदेखि मत गणनास्थल थप्ने भएको छ । कार्यालयले जनाएअनुसार स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालयमासमेत मत गन्ने भएको छ । त्यहाँ वडा नम्बर ७ र २० को मत गणना गरिने आयोगको कार्यालयले जनाएको छ । यससँगै अब १२ वटा सर्कलबाट मत गणना हुनेछ । उक्त स्थानमा सम्बन्धित प्रतिनिधिलाई परिचयपत्रसहित उपस्थित हुन आयोगले अनुरोध गरेको छ । हाल निर्वाचन आयोग र जिल्ला समन्वय समितिको कार्यालयमा मत गणना हुँदै आएको छ ।
काठमाडौं, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद्को अवरोध हटाएको छ। यसअघि पटक–पटक संसद् अवरोध गर्दै आएको नेकपा (एमाले)ले मङ्गलबारको प्रतिनिधिसभाको बजेट अविधेशनमा एमालेले अवरोध नगरेको हो। सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर बोल्नुहुँदै एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले अबदेखि सदन अवराेध नगर्ने बताउनुभएको हो। उहाँले विरोधको स्वरुपलाई परिवर्तन गर्ने बताउनुभएको छ। यसअघि एमालेले कारबाही गरेका १४ सांसद्माथि कारबाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै संसद् अवरोध गर्दै आएको थियो। ‘अदालतले कारबाही नगरे पनि भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले उचित ढङ्गले फैसला गरेका छन् भन्ने लाग्छ,’’ उहाँले भन्नुभयो, ‘‘विभाजनका कारकको परीणामलाई हामीले हेरिरहेका छौं।’’ एमालेका उपाध्यक्ष ज्ञवालीले मुलुकको अर्थतन्त्र सङ्कटमा रहेको र यसबारे संसद्मा छलफल हुनुपर्ने भएकाले पनि संसद् अवरोध अन्त्य गर्ने निर्णयमा पुगेको बताउनुभयो।
काठमाडौं, प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको ६७ वर्षको उमेरमा आज बिहान २ बजे निधन भएको छ । प्रधानमन्त्रीका निजी सचिव भानु देउवाका अनुसार, उहाँको उपचारको क्रममा वीर अस्पतालमा निधन भएको हो । उहाँको पार्थिव शरीरलाई आजै बिहान ११ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने तयारी छ । भाइप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री देउवा पशुपति जाँदै हुनुहुन्छ । हाम्रा कञ्चनपुर समाचारदाता लक्ष्मणदत्त पन्तका अनुसार, लामो समय क्यान्सर रोगबाट पीडित प्रेमबहादुर देउवाको क्यान्सर अस्पताल काठमाडौंमा उपचार भइरहेको थियो । श्वासप्रश्वासमा समस्या आएपछि एक महिना पहिले वीर अस्पताल सारिएका उहाँको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाई घर भएका उहाँ लामो समयदेखि काठमाडौंमा बस्दै आउनुभएको थियो । उहाँका दुई छोरा वीरेन्द्र देउवा र विक्रम देउवा, छोरी बिन्दु देउवा बम र श्रीमती सिन्धु देउवा राणा हुनुहुन्छ ।
काठमाण्डौ महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले प्रतिष्पर्धीको तुलनामा ३ गुणा बढी मत पाएकी छिन् । डंगोलले हालसम्म १० हजार ४७७ मत प्राप्त गरेकी छिन् । उनका प्रतिष्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार ४८ मत प्राप्त गरेका छन् । त्यस्तै, मेयरमा लौरो चिन्ह लिएर होमिएका बालेन शाहले १० हजार ८८९ मत प्राप्त गरेका छन् ।

