गठबन्धन राष्ट्रिय आवश्यकता हो: शिर्ष नेताहरु

कास्की | बैशाख २५, २०७९

गठबन्धन राष्ट्रिय आवश्यकता हो:   शिर्ष नेताहरु

पोखरा:    सत्ता गठबन्धनका शिर्ष नेताहरुले संविधानको रक्षाका लागि आफुहरु एक ठाँउमा उभिनु परेको बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनिहरुले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउदै यसलाई जोगाउनु पर्नेमा जोड समेत दिए ।

 

प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले स्थायित्वका लागि दलहरुका बिचमा सहमति र सहकार्य जरुरी रहेको बताए । गठबन्धन बचाउनका लागि पोखराका लागि मेयर र उपमेयर लगायतका गठबन्धनका उमेदवारहरुलाई जिताउन उनले आग्रह समेत गरे । विपक्षी दलको विरोधलाई सहन नसक्ने ओली प्रवृतिका विरुद्ध गठबन्धन गर्नु परेको उनले बताएका छन् ।

 

सभापति देउवाले कांग्रेसका लागि गठबन्धनले धेरै फाईदा भएको उल्लेख गरे । उनले गठबन्धनका कारण कांग्रेस फेरी पनि मुलुकको ठुलो दल बन्ने दावी गर्दै एकिकृत समाजवादी र माओवादीले भन्दापनि कांग्रेसले बढि मेहनत गरेर उसका उमेदवारहरुलाई जिताउन उनले निर्देशन दिए । गठबन्धनका उमेदवारहरुलाई जिताउने कांग्रेसका कार्यकर्ताहरुको कर्तव्य भएको सभापति देउवाले बताए ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन गठबन्धन गरिएको बताए । प्रचण्डले भने, “संविधान निर्माण गरिसकेपछि र निर्वाचन भएर नयाँ परिस्थिति बनिसकेपछि गत साल ठूलो दुर्घटनामा पर्ने देखा पर्यो । संविधानमा हुँदै नभएको अधिकारलाई प्रयोग गरेर सदन विघटन गरियो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने प्रयास भयो । आम नेपाली जनताको निम्ती लामो समय देखि संघर्ष र बलिदानका थुप्रै किर्तिमानहरु कायम गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन संलग्न सहभागी सम्पूर्ण जनताका लागि दुर्भाग्य कुरा थियो । त्यसैले मुलुकको रक्षाका लागि गठबन्धनको आवश्यक पर्यो ।”

 

निरकुंशता, तानाशाही र अराजक भूमरीबाट देशलाई बचाउन पाँच दलिय गठबन्धनको उदय भएको उनले बताए । प्रचण्डले गठबन्धन जन्मिएको दिनदेखि नै अवसरवादीहरुले भत्काउन कोसिस गरेको आरोप लगाए । नेपाली जनताको भविष्य प्रति इमानदारी भएर नै गठबन्धन अगाडि बढेको उनले बताए । स्थानीय तहको निर्वाचनले अग्रमन र प्रतिगमन विरुद्धको लडाईलाई प्रष्ट पार्ने भनाई उनको छ ।   ७० वर्षको लामो संघर्षबाट प्राप्त भएको राजनीतिक र ऐतिहासिक उपलब्धिलाई बचाउन पोखरा महानगरपालिकामा गठबन्धनबाट अघि सारिएका मेयर र उपमेयरका उम्मेदवारलाई जिताउन प्रचण्डले आग्रह गरे ।

 

यस्तै पुर्व प्रधानमन्त्री एंव नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले मुलुकमा अहिले दुई प्रकार गठबन्धनहरु क्रियाशिल रहेको बताए । अध्यक्ष नेपालले अहिले वाम लोकतान्त्रीक प्रगतिशिल र अर्को दक्षिणपन्थि, प्रतिगामी, संविधान, संघियता र गणतन्त्र विरोधी गठबन्धन मुलुकमा रहेको बताए । मुलुकमा भएका धेरै परिवर्तनहरुमा कांग्रेस र कम्युनिष्ट एक भएर लागेको बताउदै अध्यक्ष नेपालले हालसम्मका उपलब्धिका रक्षाका लागि गठबन्धन गरिएको बताए । केपि ओलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई धोका दिएर भागेको उनले आरोप पनि लगाए ।

काठमाडौँ:    कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । ...

थप पढ्नुहोस्

नेपाल संवत् ११४५ शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनता...

थप पढ्नुहोस्

नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलम...

थप पढ्नुहोस्