काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

पोखरा:   कास्कीको पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बर मुल थलो भएका बरेली पौडेलहरूको यही मङ्सिर २२ गते हुने धान्यपूर्णिमाका दिन हुने कुलपूजाका लागि विभिन्न उपसमिति गठन गरिएको छ । बर माझथरको सिलिङ्गेमा शनिबार सम्पन्न बरेली पौडेल वंश तथा कुल पूजा व्यवस्थापन समितिको बैठकले कुलपूजालाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरेको समितिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पूजा सञ्चालन तथा पूजा सामाग्री व्यवस्थापन समितिको संयोजकमा पिताम्बर पौडेल, सह संयोजकमा शंकरप्रसाद पौडेल, सदस्यहरूमा चर्तुभुज शर्मा पौडेल र पशुपति पौडेल रहनुभएको छ ।  अभिलेख तथा सचिवालय उपसमितिमा संयोजक कमलप्रसाद पौडेल र सदस्यहरूमा शान्ति पौडेल(पाध्या), दण्डपाणि पौडेल, प्रकाश पौडेल र विष्णुहरि पौडेल हुनुहुन्छ ।  पूजा मण्डप, आवाशस्थल र साउन्डसिष्टम व्यवस्थापन उपसमितिमा संयोजकमा दामोदर पाध्या, सहसंयोजक नरहरि पौडेल र सदस्यहरूमा सुनिल पौडेल, मदन पौडेल र कृष्ण पौडेल रहनुभएको छ । प्रसाद तथा भान्छा व्यवस्थापनमा संयोजकमा श्रीलाल पौडेल, सह संयोजकमा कमलप्रसाद पौडेल र सदस्यहरूमा किरण पौडेल, सुदन पौडेल हुनुहुन्छ ।  समान ढुवानी तथा यातायात व्यवस्थापन उपसमितिमा संयोजक हरिराम पौडेल र सदस्यहरूमा दीपक पौडेल र नरहरी पौडेल हुनुहुन्छ । मन्दिर सरसफाई तथा मर्मत उपसमितिमा टेकनाथ पौडेल पौडेलको संयोजकत्वमा रवि पौडेल, इन्दिरा पौडेल, शान्ति पौडेल र सविता पौडेल सदस्य हुनुहुन्छ । मन्दिर सरसफाई तथा मर्मत आगामी मङ्सिर १७ गते शनिबार विहान १०.०० बजे गरिने उक्त अवसरमा जानकारी गराइयो । कूलपूजाको प्रचारप्रसारका लागि यस अघिको बैठकले वासुदेव पौडेलको संयोजकत्वमा दण्डपाणि पौडेल र दामोदर पाध्या रहनुभएको प्रचारप्रसार उपसमिति गठन गरेको थियो । कुलपूजामा बरेली पौडेल बन्धुबाटै महागरुड पुराण पारायण गर्ने निर्णय समेत गरिएको सचिव कमलप्रसाद पौडेलले जानकारी दिनुभयो । बरेली पौडेल बंश तथा कुलपूजा व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षता एवम् सचिव कमलप्रसाद पौडेलको सञ्चालनमा भएको बैठकमा सल्लाहकार एवम् सदस्यहरू तीलकराम पौडेल, सोमनाथ पौडेल, प्रा. चतुर्भुज शर्मा पौडेल, पिताम्बर पौडेल, शंकरप्रसाद पौडेल,रामचन्द्र पौडेल, गुरुप्रसाद पौडेल, किरण पौडेल, पशुपति पौडेल, दामोदर पाध्या, श्रीलाल पौडेल लगायतले विभिन्न सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।     

कास्की:  पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा गत ५ गतेदेखि यान्त्रिक परिक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्दै आएको एरो थाईको जहाजले आज अन्तिम उडान गर्नेछ ।   एक हप्ताभर उडान गरेको उक्त जहाजले विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणबारे चेकजाँच गरिरहेको विमानस्थलका आयोजना प्रमुख इन्जिनियर विनेश मनुकर्मी जानकारी दिए । ‘अहिले काठमाडौं र नेपालगञ्ज लगायतबाट आउने रुटमा यहाँ जडित इक्विपमेन्ट र  सिग्नलले काम गरेछ कि छैन । सिग्नल फालेछ कि छैन भनेर एरो थाईको जहाजले जाँच गरिरहेको छ, उनले भने, ‘अब त्यो जहाज आजसम्म मात्रै उड्नेछ  र प्रतिवेदन तयार पार्नेछ ।’ उनले भने ।   उनले उक्त परिक्षण उडानपछि उडान भर्न योग्य भए/नभएको बारे प्रतिवेदन तयार पार्ने बताउदै छिट्टै नेपाल नागरिक उड्ययन प्राधिकणलाई बुझाउने बताए । ‘एरो थाईको जहाजले एक आजसम्म क्यालिब्रेसन फ्लाइट गरिरहेको छ । 'आज अन्तिम फ्लाइट गर्छ, उनले भने, ‘त्यसपछि उडान भर्न योग्य भए नभएकोबारे रिपोर्ट तयार पारेर करिब हप्ता दश दिनमा नेपाल नागरिक उड्डयन प्राधिकणलाई बुझाउला ।’   एरो थाईको जहाजले गत वर्षको फागुनमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गरेको थियो । एरो थाईको प्राविधिकसहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरेको थियो । भने पोखरा विमानस्थलमा ७ दिन मात्रै परिक्षण उडान गरेको छ ।   आयोजना प्रमुख इन्जिनियर मुनकर्मीका अनुसार करिब ३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको सो विमानस्थल निर्माणको लागि झण्डै २२ अर्ब लगानी रहेको छ ।    सम्बन्धित समाचारहरु:   - ‘ल्याण्डफिल्ड साइट’ सरेन भने विमानस्थलमा नाँच्छन् गिद्ध र चरा https://sungabhanews.com/story/165/2022/4/23/tourism/pokhara/   -पोखरा ३३ मा ‘ल्याण्डफिल्ड साइट’ सार्ने विषय अन्यौल http://​https://sungabhanews.com/story/837/2022/6/12/scoop/Samaj/   -ल्याण्डफिल्डका विषयमा अध्ययन गरिएको हो, निर्णय भइसकेको  छैन: मेयर आचार्य https://sungabhanews.com/story/4523/2022/11/16/gandaki/desh/   -पोखराले रच्यो इतिहासः अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो ‘थाइ एअर’ https://sungabhanews.com/story/4729/2022/11/21/bisesh/desh/

सुनसरीः सुनसरीको १ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच कडा टक्कर चलेको छ ।    मतगणनाको सुरुवाति चरणदेखि अग्रता लिएकी रास्वपा उम्मेदवार गोमा तामाङ अहिले पछि परेकी छिन् । तामाङलाई जसपाका अशोक कुमार राइले १ सय १८ मतले पछि पारेका हुन् ।    तेस्रोमा नेकपा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बाले १० हजार ९९० मत ल्याएका छन् भने चौथोमा ६ हजार ९२९ मतकासाथ स्वतन्त्र उम्मेदवार प्रदीप मेयाङ्बो रहेका छन् ।    राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोक कुमार राईको ६ हजार ४६० मत रहेको छ । 

ढोरपाटनः   यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा  तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन् । बागलुङ–१ र २ मा नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभा सांसद घरदैलोमा पुगेर धन्यवाद दिन थालेका हुन् । विजयी उम्मेदवार समयतालिका बनाएरै मतदाताको घर–घरमा पुगेका छन् । बागलुङ–१ बाट निर्वाचित हुनुभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, बागलुङ–१ (१)मा विजयी बन्नुभएका दीपेन्द्रबहादर थापा र बागलुङ–१ (२)बाट निर्वाचित डिल्लीराम सुवेदी मतदाताको घर–घरमा धन्याबाद दिँदै पुगिराख्नुभएको छ । बागलुङ–१ (१)बाट निर्वाचित थापाले यो जित जनताको भएको भन्दै धन्यवादसहित उनीहरूको समस्या बुझ्न गाउँगाउँ पुग्न थालेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामी भोट माग्न खेतबारीदेखि घरगोठसम्म पुग्यौँ, कामको चटारोको बेला उहाँहरूलाई डिस्टर्ब पनि ग¥यौँ होला, अब उहाँहरूलाई धन्यवादसहित मतदातका समस्या बुझ्न अहिले फेरि गाउँ–गाउँमा पुग्दै छौँ, पहिले मत माग्यौँ, अब उहाँको समस्या के छ माग्छौँ, हामीहरूले सक्ने समाधान गरेरै छाड्छौँ ।” उहाँले निर्वाचनको परिणाम आएदेखि नै आफूहरू मतदातालाई धन्यवाद दिँदै घर–घरमा पुगेको बताउनुभयो । बागलुङमा यही मङ्सिर ७ गते नै प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको थियो । गठबन्धनका विजयी उम्मेदवारले मङ्सिर ९ देखि १६ गतेसम्म मतदाता धन्यबाद कार्यक्रमको समयतालिका बनाएको भन्दै सोहीअनुसार आफूहरु गाउँ–गाउँमा पुग्ने बताउनुभयो । सांसद केसीले आफ्नो क्षेत्रका सबै वडा र बस्तीमा पुगेर मतदातालाई भेट्ने र खुसी साट्ने बताउनुभयो । उहाँले जनताले आफूहरूलाई भरोसा गरेर जिताएको भन्दै अब जनताको आवश्यकता र समस्यालाई समाधान गर्ने गरी काम गर्ने बताउनुभयो ।   “अहिले पनि बागलुङका जनताले राम्रो स्वास्थ्योपचार, गुणस्तरीय शिक्षा, स्वच्छ खानेपानी पाउन सकेका छैनन्, उनीहरूको समस्या पहिलेजस्तो थियो, अहिले पनि उस्तै छ”, उहाँले भन्नुभयो, “हामीलाई विश्वास गरेर जिताउनुभएको छ, अब उहाँहरूको विश्वासलाई टुट्न नदिई काम गर्ने अठोट गरेका छौँ, हामी सकेको गर्छौँ, नसक्ने आश्वासन दिँदैनौँ ।” बागलुङ–२ (२) बाट निर्वाचित दोर्णकुमार कुँवरले जनताको समस्या समाधानका लागि विगतदेखि लाग्दै आएको भन्दै अब संसद्मा समेत उनीहरूको आवाज बुलन्द गर्ने बताउनुभयो । उहाँले पश्चिम बागलुङ विगतदेखि नै पिछडिएको हुँदा यहाँका समस्या समाधानका लागि आफू लागिरहने प्रतिबद्धता जनाउनुभयो ।  उहाँ भन्नुहुन्छ, “मैले पश्चिम बागलुङको समस्या राम्रोसँग बुझेको छु, सबै गाउँ–गाउँमा पुगेको छु, त्यहाँका गरिब, दुःखी, दलित र जनतातिका समस्या बुझेको छु, म भोट माग्नमात्रै होइन, पहिले पनि गाउँ–गाउँमा पुगेको छु, अहिले पनि सबै मतादातालाई भेट्ने, उहाँका गुनासा, समस्या सुन्ने र धन्यवाद दिने गरी म बस्ती–बस्तीमा पुगिरहेको छु ।” उहाँले निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिकाको सबै बस्तीमा पुगेर मतदातालाई धन्यवाद दिने र खुसी साट्ने गरी कार्यक्रम तय गरेको बताउनुभयो । बागलुङ–२ (१)बाट निर्वाचित कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले पनि मतदातालाई भेट्दै र धन्यवाद दिँदै गाउँ–गाउँमा पुग्नुभएको छ ।  

पाल्पाः   यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको पाल्पामा ५० हजार एक सय २३ मत ल्याएर एमाले समानुपातिकमा पहिलो स्थान ओगटेको छ । कांग्रेसले ३७ हजार नौ सय ७९ मत ल्याएर दोस्रो स्थानमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार आठ सय १३, नेकपा (माओवादी केन्द्र)ले पाँच हजार सात सय ९१, मङ्गोल नेशनल अर्गनाइजेशनले तीन हजार एक सय ९८, नेकपा (एकीकृत समाजवादी)ले एक हजार छ सय ९९, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार पाँच सय ४२, राष्ट्रिय जनमोर्चाले छ सय ३२, राष्ट्रिय जनमुक्ति पार्टीले पाँच सय ४०, जनमत पार्टीले एक सय ३० मत प्राप्त गरेको छ ।    प्रदेशसभातर्फ पनि ५५ हजार तीन सय छ मत ल्याएर एमाले नै समानुपातिकमा पहिलो बनेको छ । कांग्रेसले ३९ हजार आठ सय ६८ मत पाएको छ । माओवादी केन्द्रले आठ हजार दुई सय १६, मङ्गोल नेशनल अर्गनाइजेशनको तीन हजार नौ सय पाँच, एकीकृत समाजवादीले तीन हजार सात सय ४०, राप्रपाले तीन हजार १५, राष्ट्रिय जनमोर्चाले एक हजार ३३, राष्ट्रिय जनमुक्ति पार्टीले सात सय ४८, हाम्रो नेपाली पार्टीको चार सय ९४, जनमत पार्टीले दुई सय ४९, जनता समाजवादी पार्टीले दुई सय ४२, नेपाल आमा पार्टीले एक सय ७७, नेकपा माक्र्सवादी लेलिनवादीले एक सय ४८, जनसमाजवादी पार्टीले एक सय छ मत प्राप्त गरेको छ । जिल्लामा दुई लाख एक हजार तीन सय २६ मतदाता रहेकामा प्रतिनिधिसभातर्पm एक लाख २१ हजार पाँच सय ९७ मत खसेको थियो भने तीन हजार पाँच सय ४५ मत बदर भएको छ । प्रदेशतर्फ एक लाख २२ हजार चार सय ४२ मत खसेको थियो । यसअन्तर्गत चार हजार ९४ मत बदर भई जिल्लामा कुल आठ हजार दुई सय ३९ मत बदर हुन पुगेको छ ।

दमौलीः   तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो भएको छ । जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी कांग्रेसले अग्रता लिएको  हो । तनहुँ–१ र २ तर्फ कांग्रेसले ४२ हजार तीन सय ५२ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा (एमाले)ले ३९ हजार चार सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार आठ सय ६८, नेकपा (माओवादी) केन्द्रले १२ हजार पाँच सय ५७ र नेकपा (एकीकृत समाजवादी)ले एक हजार तीन सय ९० मत प्राप्त गरेको छ । तनहुँ–१ तर्फ कांग्रेसले २० हजार ८९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो । एमालेले १६ हजार छ सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार सात सय ३९, माओवादी केन्द्रले सात हजार तीन सय १०, राप्रपाले तीन हजार पाँच सय ३९, एकीकृत समाजवादीले नौ सय ४६, मङ्गोल नेशनल अर्गनाइजेशनले चार सय ५६, राष्ट्रिय जनमुक्ति पार्टीले तीन सय ६१, जनता समाजवादी पार्टी नेपालले तीन सय २२, हाम्रो नेपाली पार्टीले दुई सय २३, नेकपा (माले)ले दुई सय १२, जनमत पार्टीले एक सय ६३, मौलिक जरोकिलो पार्टीले ६२ मत प्राप्त गरेको छ ।  तनहुँ–२ को प्रतिनिधिसभामा भने एमाले पहिलो बनेको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो । एमालेले २२ हजार आठ सय चार, कांग्रेसले २२ हजार दुई सय ६३, राष्ट्रिय स्वतन्त्र पार्टीले १० हजार एक सय २९, माओवादी केन्द्रले पाँच हजार दुई सय ४७, राप्रपाले एक हजार सात सय ३४, मङ्गोल नेशनल अर्गनाइजेशनले छ सय २५, एकीकृत समाजवादीले चार सय ४४, राष्ट्रिय जनमुक्ति पार्टीले चार सय २९, हाम्रो नेपाली पार्टीले चार सय १७, नेकपा ९माले०ले एक सय ३४, जनता समाजवादी पार्टीले एक सय एक, जनमत पार्टीले ८५ मत प्राप्त गरेको छ ।  कांग्रेसले तनहुँ–१ र २ को प्रतिनिधिसभामा विजय हासिल गरेको छ । त्यस्तै तनहुँ–१ (१) र तनहुँ–२ (२)को प्रदेशसभामा विजय हासिल गरेको छ । एमालेले तनहुँ–२ (१) र माओवादी केन्द्रले तनहुँ–१ (२) को प्रदेशसभामा विजय हासिल गरेको छ । 

काठमाडौंः   कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । जापान दोस्रो जितको खोजीमा हुनेछ । यसअघि भएको पहिलो खेलमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यता कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछ । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० को गोलअन्तरमा पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा समूह ‘एफ’का बेल्जियम र मोरक्कोबीच भीडन्त हुनेछ । उक्त खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा क्यानडालाई १–० गोलअन्तरले पराजित गर्दै बेल्जियम विजयी भएको थियो । मोरक्को भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो । विश्वकपअन्तर्गत आजै हुने तेस्रो खेलमा क्रोएसिया र क्यानडाबीच भीडन्त हुनेछ । समूह ‘एफ’का क्रोएसिया र क्यानडाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो भने क्यानडा बेल्जियमसँग पराजित भएको थियो । त्यस्तै आजै हुने चौथो तथा अन्तिममा खेलमा समूह ‘इ’का जर्मनीले स्पेनको सामना गर्नेछ । उक्त खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जितको खोजीमा हुनेछ । तेस्तै  स्पेन भने दोस्रो जित हात पार्ने दाउमा हुनेछ । मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलोपटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

काठमाडौंः   प्रदेशसभा समानुपातिकतर्फ नेकपा (एमाले) छ प्रदेशमा पहिलो भएको छ । प्रदेशसभा सदस्य समानुपातिकमा निर्वाचन आयोगले आज साँझ ८ बजेसम्म अद्यावधिक गरेको मतपरिणामअनुसार प्रदेश नं १ मा (एमाले) ले तीन लाख ४६ हजार दुई सय ४४ मत प्राप्त गरेको छ ।  त्यसैगरी कांग्रेसले तीन लाख छ सय ४९ र नेकपा (माओवादी केन्द्र)ले एक लाख एक हजार तीन सय ७२ मत पाएको छ । यस प्रदेशमा जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत पार्टीले एक लाख पु¥याउन सकेका छैनन् ।  मधेस प्रदेशमा भने कांग्रेस समानुपातिकमा एक लाख ८० हजार आठ सय १६ मत पाएको छ भने (एमाले ले एक लाख ५४ हजार सात सय ९२ हजार मत प्राप्त गरी दोस्रो स्थान रहेको छ । जसपा नेपालले एक लाख २६ हजार तीन सय ८६ र जनमत पार्टीले एक लाख दुई हजार आठ सय ४४ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ७० हजार पाँच सय ६२ मत प्राप्त गरी पाँचौँ स्थानमा छ ।  बागमती प्रदेशमा एमालेले तीन लाख ८४ हजार चार सय ८३ मत ल्याएको छ । कांग्रेसले तीन लाख ३६ हजार ८४, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख एक हजार तीन सय ९३, माओवादी केन्द्रले एक लाख ८७ हजार एक र नेपाल मजदुर किसान पार्टीले ६१ हजार ५६६ मत पाएको छ ।  गण्डकी प्रदेशमा एमालेले तीन लाख ११ हजार तीन सय ८९, कांग्रेसले दुई लाख ८८ हजार तीन सय ७३, माओवादी केन्द्रले एक लाख १२ हजार दुई सय २१ र राप्रपाले ५४ हजार सात सय ३६ मत पाएको छ । लुम्बिनी प्रदेशमा एमालेले तीन लाख ९३ हजार नौ सय, कांग्रेसले तीन लाख ६२ हजार, ३२, माओवादी केन्द्रले एक लाख ३९ हजार चार सय ७४ र राप्रपाले ९७ हजार सात सय एक मत पाएको छ ।  त्यसैगरी कर्णाली प्रदेशमा एमालेले एक लाख ४६ हजार आठ सय २०, कांग्रेसले एक लाख ३० हजार ६६, माओवादी केन्द्रले एक लाख १७ हजार ६२ र एकीकृत समाजवादीले २९ हजार ५१ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख १० हजार ५६, कांग्रेसले एक लाख ९७ हजार नौ सय १०, माओवादी केन्द्र ले ९२ हजार सात सय ९५ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छ । 

पोखराः  पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाका करिब ७५ प्रतिशत स्टलहरु बुकिङ भइसकेका छन् ।  यही मंसिर १६ देखि २५ गतेसम्म आयोजना हुने मेलामा डोम तथा साधारणतर्फका गरी करिब ७५ प्रतिशत स्टल बुकिङ भइसकेको स्टल व्यवस्थापन उपसमिति संयोजक तथा आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य जीवनप्रकाश श्रेष्ठले जानकारी दिए । मेलामा २५० को हाराहारीमा स्टलहरु रहेको जानकारी दिँदै उनले भने,‘गण्डकी क्षेत्रका उद्योगी÷व्यवसायीहरुको उत्पादन तथा नवप्रवर्तनलाई बढावा दिने खालका सामग्रीहरुको लागि हामीले विशेष स्टलको व्यवस्था गरेका छौँ,हामी उहाँहरुलाई स्टल राख्नको लागि हार्दिक आमन्त्रण गर्दछौँ ।’ उनले कृषि,महिला तथा हस्तकलाका सामग्री प्रदर्शनको लागि केही स्टलहरु रिजर्भ राखिएको पनि बताए ।   स्वदेशी उत्पादनको प्रवद्र्धन,बजारीकरण एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेला गराउने उदेश्यले आयोजित मेलालाई भव्य र सभ्य बनाउन सबैजसो तयारी अन्तिम अवस्थामा पुगेको आयोजक संस्थाका महासचिव तथा प्रचार–प्रसार उपसमितिका संयोजक बलराम आचार्यले जानकारी दिए ।  उनका अनुसार मेलामा पूर्व मेचीदेखि पश्चिम  महाकालीसम्मका उत्पादनहरुको प्रदर्शनी तथा बिक्री गरिनेछ । मेलाअन्तर्गत समावेश गरिएका मनोरञ्जनात्मक कार्यक्रम,खानाका स्टलहरुले अवलोकनकर्तालाई सन्तुष्ट बनाउने उनको जिकिर छ । यसैबीच मेलाको मुख्य प्रायोजक पोखराकै प्रतिष्ठित लक्ष्मी हाउसको उत्पादन समृद्धि स्टिल्स रहने भएको छ । नेपालमा बढ्दो भौतिक निर्माण एवं आत्मनिर्भर अर्थतन्त्रको लागि स्वदेशी स्टिल्स कम्पनीहरुले पु¥याएको योगदानको मूल्याङ्कन गर्दै नेपालकै पुृरानो ब्राण्ड राष्ट्रिय औद्योगिक व्यापार मेलालाई समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा रुपान्तरण गरिएको संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बताए । ‘सिमेण्ट, छड,स्टिल्सलगायतका निर्माण सामग्रीहरु नेपालमै उत्पादन हुनु खुसीको कुरा हो’,उनले भने,‘यसले नेपाली पूँजी नेपालमै राख्न मद्धतमात्र गर्दैन, उद्यमशीलता र रोजगारीलाई पनि प्रोत्साहित गर्छ, मेलाको उदेश्य नै स्वदेशी उद्यमशीलताको विकास भएकाले स्वदेशी उद्योगको प्रवद्र्धन गरिएको हो ।’