काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

पोखराः  गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दु कुमार थापाले नीजि क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् ।  पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेका समृद्धि स्टिल्स् राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को उत्घाटन समारोहलाई सम्बोधन गर्दै बोल्दै मन्त्री थापाले यस्तो अभिव्यक्ति दिएका हुन् । मन्त्री थापाले गण्डकी प्रदेशलाई देशकै उत्कृष्ट प्रदेश बनाउन नीजि क्षेत्रका उद्योग व्यवसायीहरुलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे । ‘अहिले युवाहरु दैनिक रुपमा रोजगारका लागि विदेशीएका छन्, उनले भने, ‘समृद्ध प्रदेश, युवा स्वरोजगार कार्यक्रमलाई अगाडी बढाउन नीजि क्षेत्रलाई अगाडी बढाउनु आजको आवश्यकता हो ।’ मन्त्री थापाले पोखरा उद्योग वाणिज्य संघलाई चारैतिरबाट चुनौती थपिदै गएकाले मेला महोत्सवलाई परिवर्तन गरेर सञ्चालन गर्न सझाव दिए ।  ‘व्यापार व्यवसायलाई लक्षित गरेर सञ्चालन गर्ने मेला महोत्सवमा चुनौती थपिदै गएको छ । मेला महोत्सव अन्य संघ–संस्थाहरुले गर्दै आएका छन् । अब यसलाई परिमार्जन गर्दै उद्योग वाणिज्य संघले प्रविधियुक्त हिसाबमा कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’ उनले भने ।  यसैगरि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर र नीजि क्षेत्र मिलेर समृद्ध पोखराको यात्रामा जुट्नुपर्ने बताए ।  ‘पोखराको मात्र नभएर समग्र कास्कीको विकासको लागि निजि क्षेत्रसँगको साझेदारी अनिवार्य छ । त्यसैले निजि क्षेत्र र महानगरको समन्वय हुन आवश्यक छ ।’ उनले भने ।  प्रमुख आचार्यले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनको पूर्वसर्त ल्याण्डफिल्ड साइट रहेको बताउदै ल्याण्डफिल्ड साइट स्थानान्तरणका लागि नीजि क्षेत्र, राजनीतिक दल, स्थानीयले समन्वय गर्न आग्रह गरे ।  ‘पुष १७ ( जनवरी १ तारिख) देखि विमानस्थल सञ्चालन गर्ने तयारी छ, उनले भने, ‘विमानस्थल सञ्चालन गर्न प्रयोग गरिरहको ल्याण्डफिल्ड साइट बन्द गर्दै छौं । २० गते देखि फोहोरलाई वर्गिकरण गरेर उठाउने तयारी हुदैछ ।  फोहोर कहाँ फाल्ने अहिले नै घोषणा गरेका छैनौ । त्यसैले ल्याण्डफिल्ड साइट स्थानान्तरण गर्न नीजि क्षेत्र, राजनीतिक दल र स्थानीयको समन्वय हुन आवश्यक छ ।’  यसैगरि आजदेखि सुरु भएको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला मंसिर २५ गतेसम्म सञ्चालन हुने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए । उनका अनुसार मेलामा २५० व्यापारिक स्थलहरु निर्माण गरिएको छ । साथै रमाइलो मेला, बालउद्यान मेलादेखि राष्ट्रिय कलकारहरुको सांगितीक कार्यक्रमलाई समावेश गरिएको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष, आनन्दराज मुल्मी, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजिव कोइराला लगायतले बोलेका थिए । 

पोखरा:  आगामी २२ गतेदेखि पोखरा महानगरपालिका ३ स्थित छन्त्याल समाजको भलिबल कोर्टमा आयोजना हुने भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।   युनाइटेड पोखरा क्लबको आयोजनामा हुने ‘युनाइटेड पोखरा भलिबल कप’ को तयारी तिब्रपारिएको क्लबका अध्यक्ष अनिल गुरुङले जानकारी दिए ।   उनका अनुसार सो प्रतियोगिताको पुरुष तर्फको विजेताले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरि उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु  ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् ।    उनले महिला तर्फको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ४४ हजार ४ सय ४४ तथा उपविजेताले ३० हजार ३० रुपैयाँ प्रदान गर्ने बताए ।   भलिबल खेलको विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताबाट संकलित रकममध्ये केही अनाथ बालबालिका, वृद्धाश्रममा सहयोग गरिने आयोजकले जनाएको छ ।   टिम दर्ता आगामी मसिंर २१ गते साझँसम्म टिम दर्ता गर्न सकिने बताइएको छ ।

पोखराः   नेकपा एमालेका उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सङ्घ र सात वटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियतमा रहेको दाबी गर्नुभएको छ ।  ।  लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिन प्रेस चौतारी नेपालले आज (शुक्रवार) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै गुरुङले संघ र सात वटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियत रहेको दाबी गरेका हुन् ।  तर त्यसका लागि पार्टीले दिनरात खटेर पहलकदमी लिनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । उहाँले नेकपाको एकतालाई जोगाउन नसकिएकै कारण आफ्नो पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा अपेक्षित परिणाम ल्याउन नसकेको बताउनुभयो । आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताउनुभएको छ । सत्तारूढ गठबन्धनलाई तोडेर वामपन्थी शक्तिहरूलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने उहाँको भनाइ थियो ।  यस्तै उपमहासचिव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमै सरकार बन्ने प्रचारलाई तोडेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने बताउनुभयो । देशमा प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि, देशको स्वाधीनतामाथि धावा बोल्ने कामलाई रोक्नका लागि एमाले नेतृत्वमा सरकार बन्नुपर्ने उहाँको तर्क थियो ।  उहाँले भन्नुभयो, ‘म फेरि पनि भन्छु– नेकपा एमाले नेतृत्वको सरकार बनाउने काममा हामी लाग्नुपर्छ । अब शेरबहादुर नै प्रधानमन्त्री भनेर जोडतोडले दुष्प्रचार भइराखेको छ, कुप्रचार भएको छ । प्रधानमन्त्री को होला, त्यो बेग्लै कुरा हो । तर हामीले सकारात्मक सोच भएका शक्तिहरूबीच सरकार बनाउनुपर्छ । यो दक्षिणपन्थी गठबन्धनलाई तोडिएन भने देशमाथि आइरहेका जोखिमका कुराहरू, राष्ट्रिय स्वाधीनतामाथि धावा बोलिरहेको स्थितिलाई हामीले अन्त्य गर्न सक्दैनौँ । नेकपा एमालेको नेतृत्वमा अबको सरकार बन्नुपर्छ । अबको पावर शेयरिङमा एमालेको महत्त्वपूर्ण भूमिका हुनुपर्छ ।’  

तनहुँ​:   नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) गण्डकीले तनहुँको दगममा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका २ दगमस्थित सामुदायिक होमस्टेमा पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक कार्यक्रम आज (शुक्रबार) सम्पन्न गरेको हो ।   सो कार्यक्रमा बोल्दै प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयका सचिव शम्भुराज रेग्मीले शुक्लागण्डकी २ मा पर्यटनको प्रचर सम्भावना रहेको बताए ।  उनले विभिन्न स्थानको होमस्टेमा अवलोकनका लागि पुगेको बताउदै दगम गाउँको अत्याधिक सम्भावना रहेको धारणा राखे ।  ‘यो गाउँ पर्यटनको एकदमै सम्भावना रहेको ठाउँ रहेछ, उनले भने, ‘प्रकृतिसँग संस्कृतिमा पनि अगाडि रहेको पाए त्यसैले यो गाउँको  प्रवद्र्धन गर्न अति आवश्यक छ ।’   उनले दगमको विकासका लागि सडकखण्डले प्रभाव पारेको बताए । ‘दगममा आउँन बाटो भएपनि कच्ची भएकाले केही असहज भएको पाए । खानेपानी र बाटोको समस्यालाई हल गर्न सकेको खण्डमा आन्तरिक मात्रै नभएर बाह्य पर्यटक पनि सहजै भित्रन सक्छ ।’   उनले दगम होमस्टे पोखरादेखि नजिकै रहेकाले प्रचारप्रसारलाई व्यापक बनाउन आग्रह गरे । उनले उक्त गाउँको पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्नेसमेत जनाएका थिए ।     यसैगरि शुक्लागण्डकी नगरपालिका २ का वडाध्यक्ष सुमन रानाले दगम पुग्ने सडक स्तरोन्नतीको काम अगाडि बढिसकेको बताए । ‘म निर्वाचित भएको बल्ल ६ महिना भएको छ । मैले तपाइहरुलाई ५ वर्षमा बाटोको सहज पहुँच दिलाउछु भन्ने प्रतिवद्धता गरेको थिए । अहिले काम अगाडि बढिरहेको छ । तपाइहरु ढुक्क हुनुहोस् ।’ उनले भने ।   यसैगरि फोनिज गण्डकीका इन्चार्ज एमबि आस्थामगरले ग्रामिण पर्यटन विकासका लागि कार्यक्रमहरु सम्बन्धित गाउँमै पुगेर गर्दै आएको बताए ।    उनले पत्रकारहरुको सुचना तथा समाचारकै कारण ओझेलमा परेको पर्यटकीय गाउँहरुको प्रवद्र्धनमा सघाउ पुर्याउदै आएको उल्लेख गरे । ‘हामीले दगममा आउनुभन्दा पहिले तनहुँकै आदीमुल, मिछुर्लुङ, राइपुर, कास्कीको रुपा गाउँपालिका र बागलुङको ढोरपाटनमा यही सवालको कार्यक्रम आयोजना गरिसकेका छौं, उनले भने, ‘पत्रकारहरुको लेख, रचना र प्रचारप्रसारले ग्रामिण पर्यटनको विकासमा टेवा पुर्याउने हाम्रो उद्देश्य हो । र केही रुपमा हामी सफल भइसकेका छौं । त्यसैले हामीले यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौ ।’   सो कार्यक्रममा स्थानीय अगुवा नन्द थापामगर, शुक्लागण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्याय लगायतले बोलेका थिए ।   फोनिजले पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक कार्यक्रमसँगै सोही स्थानमा हिजो (बिहिबार) पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रमसमेत सम्पन्न गरेको थियो । सो कार्यक्रममा अधिवक्ता तथा पत्रकार मनोज घर्तीमगरले प्रशिक्षण दिएका थिए ।   फोजिन गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष खिमा गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने महासचिव धन बहादुर गुरुङ (सुमन) ले कार्यक्रम सञ्चालन गरेका थिए ।  

दोलखाः  दोलखामा मतपत्र हराएपछि रोकिएको मतगणना पुनः सुरु भएको छ । प्रतिनिधिसभातर्फको मतगणनाको क्रममा १४७ वटा मतपत्र नभेटिएपछि केहीबेर मतगणना रोकिएको थियो । सर्वपक्षीय छलफलपछि दलीय सहमतिमा मतगणना अगाडि बढाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एउटा गाउँपालिकाको वडा नम्बर १ को १४७ वटा मतपत्र नभेटिएको एक प्रतिनिधिले बताएका छन् । मुचुल्कामा उल्लेख मतपत्रको संख्याभन्दा कम भेटिएपछि नेकपा एमालेले आपत्ति जनाएको थियो । प्रदेशसभातर्फको मतगणना जारी छ । 

कपिलवस्तुः   कपिलवस्तुको चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । कपिलवस्तुको मायादेवी गाँउपालिका–४ चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको हो । चाकरचौडासँग सीमा जोडिएको सिद्धार्थनगर जिल्लाको अलिगढवाका बिहीबार राति ३५ वर्षीय ईरशाद खानमाथि दुई गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले नेपाली सीमा क्षेत्रको चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खानमाथि दुई जना अज्ञात व्यक्तिले गोली प्रहार गरेको खुल्न आएको जानकारी दिनुभयो । उहाँका अनुसार खानलाई काँध र कम्मरमा गरी दुई गोली लागेको छ । गोली लागेर घाइते हुनुभएको खानलाई उपचारका लागि भारतको नौगढ लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि गोरखपुर मेडिकल कलेज लगिएको छ । घटनाबारे भारतीय प्रहरीसँगको समन्वयमा अनुसनधान अगाडि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । अहिले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको अनुसन्धान टोली घटनास्थलमा रहेका छन् ।

बैतडीः   बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ । मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन् । किटानी जाहेरीको आधारमा ती व्यक्तिको खोजीकार्य तीव्र पारिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् । उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा रक्ताम्य अवस्थामा फेला परेकी हुन् । हाल उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाइते नेहाले दिएको वयानका आधारमा घटनामा संलग्न व्यक्तिको पहिचान खुलेको प्रहरीले जनाएको छ । माया र नेहा मङ्गलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ गएका थिए । बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा बुधबार मायाको शव तथा नेहा घाइते अवस्थामा भेटिएकी हुन् । घटनाको अनुसन्धानका लागि बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही नेतृत्वको टोली दुई दिनसम्म घटनास्थलमै बसेको थियो । माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत थिइन् । प्रहरीले घटनास्थलबाट मायाको मोबाइल, चक्कुलगायतका सामग्री बरामद गरेको छ । बरामद गरिएका सामग्रीबाट थप कुरा खुल्ने प्रहरी नायब उपरीक्षक शाहीको भनाइ छ । मायाको शव परीक्षणपश्चात आफन्तलाई बुझाइएको छ । परीक्षण रिपोर्ट भने सार्वजनिक गरिएको छैन ।

स्याङ्जाः   स्याङ्जा निर्वाचन क्षेत्र नं.२ (क) मा नेपाली काँग्रेसका भोजराज अर्याल निर्वाचित हुनु भएको छ । अर्यालले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीलाई दुई हजार ७३०  मतान्तरले पछि पार्दै निर्वाचित हुनु भएको हो ।  अर्यालले  १५ हजार १६१ मत ल्याउनु भयो भने रेग्मीले १२ हजार ४३१  मत ल्याउनु भयो । रेग्मी गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य समेत रहनु भएको छ । रेग्मीले २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मतान्तरले विजयी हुनु भएको थियो । विवादका कारण मतदान भएको १० दिन पछि यो क्षेत्रका मतगणना भएको हो ।

स्याङ्जाः   स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् । गुरुङले नेकपा नेकपा (एमाले) का उम्मेदवार पद्मा कुमारी अर्याललाई दुई हजार ४१८ मतले पछि पारेका हुन्।    काँग्रेसका गुरुङले ११ हजार ९२०  मत पाएका छन् भने एमालेकी अर्यालले  नौ हजार ५०२  मत प्राप्त गरकी छिन् । स्याङ्जा २ को (क) अन्तर्गत गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७,८र ९ वालिङको १,२,५,६,७,८,९,१०,११,१२ र१३ नम्बर वडाको मत गणना भइसकेको छ । अव वडा नं १४ मात्र बाँकी रहेको छ ।    यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच हजार १९२ मत प्राप्त गरेका छन् । प्रतिनिधि सभा तर्फ अहिले सम्म २८ हजार ५६० मत गणना भएको मा एक हजार ८५ मत बदर भएको छ ।    स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१  मत खसेको थियो । यसैबिच प्रदेश सभा (क) मा काँग्रेसका भोजराज अर्याल दुई हजार ६५२ मतान्तरले अग्रता लिएका छन् ।    भोजराज अर्याल १३ हजार ८४७ मत ल्याउँदा  एमालेका मोहन रेग्मीले ११ हजार १९५ मत प्राप्त गरेका छन् । सो प्रदेशमा अव वडा नं. १४ को दुई हजार ८३८ मत मात्र गणना बाँकी रहेको छ ।