काठमाडौं: प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आशोक शेरचन नियुक्त भएका छन् । शेरचन यसअघि पनि दुई कार्यकाल सीईओ भइसकेका छन् । बिहीबार बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले जनाए । ‘सेञ्चुरी कमर्सियल बैंक गाभिने क्रममा शेरचन नै सीईओ हुने सहमति भएको थियो,’ उनले भने, ‘बैंकका विभिन्न सूचक तथा विवरणको समीक्षासहित उनलाई पुनः चारवर्षे कार्यकालका लागि पुनः नियुक्त गरिएको हो ।’ यसअघि उनी ०७५ माघमा सीईओ नियुक्त भएका थिए । नवनियुक्त सीईओ शेरचनले ग्राहक, सेयरधनी र अर्थतन्त्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । ‘मर्जर भएपछि कर्मचारीहरुबीचको समन्वय, कर्जाको गुणस्तरमा ध्यान, रिकभरीलाई प्राथमिकता, डिजिटल बैंकिङलाई जोड र राष्ट्र बैंकका नीति नियमअनुसार समन्वयसाथ काम गर्नेछु,’ उनले भने, ‘ग्राहकलाई उत्कृष्ट सेवा, अर्थतन्त्रमा योगदान पुर्याउने र सेयरधनीलाई उचित प्रतिफल दिने गरी म अघि बढ्नेछु ।’
बलेवा: बागलुङको एउटै गाउँपालिकाबाट पछिल्लो पाँच महिनामा ५८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट पाँच महिनाको अवधिमा ५८ परिवारका दुई सय २१ जना सदस्य बसाइँ सरेका हुन् । गाउँपालिकाले तयार गरेको तथ्याङ्कअनुसार गत साउनदेखि पुस मसान्तसम्म अन्य व्यक्तिगत घटनाभन्दा बसाइँ सर्नेको तथ्याङ्क धेरै छ । आठ वटा वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नं ५ बिहुँबाट बसाइँ सरेर बाहिर गएको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताउनुभयो । बिहुँबाट मात्रै पाँच महिनामा २२ परिवारका ८४ जना सदस्यले गाउँ छोडेका छन् । वैदेशिक रोजगारीमा रहेका र उच्च शिक्षाका लागि विदेशमा रहेका युवाको परिवार धेरै बसाइँ सरेका छन् । वडा नं ६ बिहुँबाट पनि बसाइँ सर्नेको सङ्ख्या उच्च छ । यो वडाबाट पाँच महिनामा ११ परिवारका ४३ सदस्य बसाइँ सरेको तथ्याङ्क छ । गाउँपालिकाबाट बसाइँसराइ लिएर जानेबाहेक थातथलो छोडेर अन्यत्रै बस्नेको सङ्ख्या पनि उच्च छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले फन्को मारेको साविकको बिहुँ गाविस ९हाल वडा नं ५ र ६० मा सदरमुकामदेखि छोटो दूरीका वडा हुन् । यहाँ सडक सुविधा छ । दुई वटा सामुदायिक क्याम्पस, विद्यालय, खानेपानी, विद्युत्, स्वास्थ्य संस्थालगायतका संरचना तयार भए पनि गाउँ रित्तिन नछोडेको उपाध्यक्ष थापा बताउनुहुन्छ । “अहिले राष्ट्रिय परिचयपत्र बनाउने कामका लागि पहिल्यै बसाइँ सरेकाले पनि घटना दर्ता गराए भन्ने हाम्रो आँकलन छ”, थापा भन्नुहुन्छ, “यस्तै अवस्थामा बसाइँसराइ रहने हो भने हामीले गाउँमा विकास पु¥याउने, गाउँ खाली हुने अवस्था हुन्छ, यसप्रति हामी चिन्तित र सचेत छौँ ।” काठेखोलामा सबैभन्दा कम बसाइँसराइ वडा नं ६ लेखानीमा छ । यो वडाबाट पाँच महिनाको अवधिमा एक परिवारका तीन जना सदस्य मात्रै गाउँ छोडेर अन्यत्रै गएको थापाले जानकारी दिनुभयो । वडा नं १ पालाबाट दुई परिवारका आठ, वडा नं २ भीमापोखराबाट छ परिवारका १८, वडा नं ३ धम्जाबाट पाँच परिवारका १९, वडा नं ४ तङ्ग्रामबाट दुई परिवारका १२ र वडा नं ७ रेशबाट नौ परिवारका ३४ जना बसाइँ सरेको गाउँपालिकाको तथ्याङ्क छ । बसाइँ सर्नेमा आर्थिक हिसाबले मध्यम वर्ग कम रहेको वडा नं ५ का अध्यक्ष ज्ञामनाथ कँडेलले बताउनुभयो । “कतिपय बसाइँ सर्ने लहरको पछि लागेर गएका छन्, कतिपयको परिस्थितिले बसाइँसराइ गराएको छ”, कँडेलले भन्नुभयो, “वैदेशिक रोजगारी बसाइँसराइलाई थप सहयोग गरिरहेको छ ।” गाउँपालिकाको तथ्याङ्कअनुसार दैनिक ज्याला मजदुरी गरेर खाने अवसरको खोजीमा सहरबजार झरेका छन् भने आर्थिकरुपले सक्षम भएका देशका ठूला सहर र तराई बसाइँ सरेका छन् । “उच्च शिक्षाका लागि विदेश जाने, उतै कार्ड बनाउने र परिवार मधेस झर्ने गरेका कारणले पनि बसाइँसराइको तथ्याङ्क बढ्दो छ”, उपाध्यक्ष थापा भन्नुहुन्छ, “हाम्रो गाउँपालिका दुर्गम होइन तर गाउँ छोड्नेको कमी रहेन् ।” गाउँपालिकामा पछिल्लो पाँच महिनामा ११ परिवार गाउँ फर्किएका छन् । बसाइँसराइ गरेर गाउँ छोडेका ११ परिवारका २८ सदस्य गाउँ फर्केको थापाले बताउनुभयो । गाउँ फर्किनेको सङ्ख्या पनि अन्य वडाभन्दा बिहुँमा बढी छ । वडा ५ बिहुँमा पाँच परिवारका १६ जना, वडा नं ६ बिहुँमा तीन परिवारका पाँच जना गाउँ फर्केका छन् । वडा नं २ मा एक परिवारका पाँच जना र वडा नं ८ मा दुई परिवारका दुई जना गाउँ फर्किएका छन् । बसाइँसराइको तथ्याङ्क बढ्न थालेपछि गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा सोहीअनुसार तर्जुमा गर्ने योजना बनाएको छ । पछिल्लो तथ्याङ्कलाई आधार मानेर आफूहरुले छलफल थालेको उपाध्यक्ष थापा बताउनुहुन्छ । “अर्को पाँच महिना कुरेर हामीले तथ्याङ्क तयार गर्छौँ, अवस्था यस्तै रह्यो भने विचार गर्ने बेला आयो”, थापाले भन्नुभयो, “बनेका संरचनाको उपयोग कसले गर्छ भन्ने चिन्ता हुन थाल्यो ।” यहाँबाट बसाइँ सरेका कसैले पनि घर गोठ, पाखोबारी र खेत भने बिक्रि गरेका छैनन् । जसका कारण बाँझो जग्गाको क्षेत्रफलसमेत बढेको छ । बागलुङका १० वटा स्थानीय तहमध्ये जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा बसाइँसराइ धेरै भएका छन् । काठेखोलाको जस्तै तथ्याङ्क अन्य स्थानीय तहले तयार गरिनसकेका भए पनि काठेखोलाबाहेकका स्थानीय तहमा पनि बसाइँसराइको दर उच्च छ । “यही वर्ष मात्रै मैले पाँच परिवारलाई चितवन पु¥याएर फर्किएको छु, गाउँ त खाली हुने भए”, यातायात व्यवसायी तेजेन्द्र नेपाली भन्नुहुन्छ, “पहाडको जग्गा बाँझै राखेर, तराईमा घडेरी मात्रै भएका पनि बसाइँ सरेका छन् ।” जैमिनी नगरपालिकाको वडा नं ९ मा पर्ने लाम्सु गाउँ, बागलुङ नगरपालिकाको वडा नं ११ मा पर्ने रायडाँडा, ओख्ले गाउँ बसाइँसराइका कारण रित्तिँदै गरेका गाउँका नमुना हुन् । यी गाउँका अधिकांश घरहरु खाली छन् । जैमिनी नगरपालिकाले भूउपायोग नीति नै बनाएर बसाइँसराइ रोक्ने प्रयास गरेको छ । गलकोट नगरपालिका र बरेङ गाउँपालिकाले पनि बसाइँसराइ बढ्दो रहेको बताउँदै आएका छन् । “दुर्गम गाउँबाटभन्दा सुगम गाउँबाट बसाइँ सर्ने धेरै छन्, कसरी थाम्न सकिन्छ भन्ने उपाय नै खोज्न सकिएन्”, जैमिनी नगरपालिका–१ कुश्मीशेराका वडाध्यक्ष विष्णु आचार्यले भन्नुभयो ।
पोखराः पोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । आज पोखरा रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेपछि सेमिफाइनलको समिकरण पूरा भएको हो । भोलि हुने पुरुष तर्फको सेमिफाइनलमा खेलमा अपराजित रहेको एपिएएफ क्लब र नेपाल पुलिस क्लब र दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र आयोजक गण्डकी प्रदेश बीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । लिग चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । आर्मीले २५–१७, २५–१९ र २५–२३ ले विजय हुन सफल भयो । आर्मीसँग पराजित भएपनि पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ । यस्तै आज नै भएको पुरुष तर्फको पहिलो खेलमा आयोजक गण्डकी प्रदेशले श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस क्लबलाई सोझो सेटमा पराजित गरेको छ । यो हारसँगै श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस क्लब प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकीले २६–२४, २५–१४ र २५–२३ ले विजय भएको थियो । महिला तर्फ भने त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब फाइनल प्रवेश गरेको छ । शुक्रबार महिला तर्फको तेस्रो स्थानका लागि आयोजक गण्डकी प्रदेश र होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्स क्लबको बीचमा प्रतिस्पर्धा हुनेछ । यस्तै पुरुष तर्फ एपिएफ विरुद्ध नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब विरुद्ध गण्डकी प्रदेश बीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । महिला/पुरुष तर्फको फाइनल खेल शनिबार पोखरा रंगशालाको भलिबल कोर्टमा हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन भइरहेको तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिला/पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका सचिव नेपालीले बताए । त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५/२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०/१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी २० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई विश्वास गर्नु गल्ती भएको स्वीकार गरेको छ। बिहीबार काठमाडौंको एक होटलमा आयोजित पत्रकार सम्मलेलनमा बोल्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले ‘कुनै पनि खराब ट्रयाक रेकर्ड नभएकाले विश्वास गरेको र त्यो विश्वास गर्नु गल्ती भएको’ बताए। ‘नेपाल टी २० लिगको आयोजनामा कहीँ कतै पनि निजी स्वार्थ छैन। नेपाल टी २० लिग राम्रो सुरुआत हुनसक्छ, नेपाली खेलाडीले देशमै खेलेर १५ लाखसम्म कमाउने र संस्थाले पनि आयआर्जन गरेर क्रिकेटको विकास गर्ने लक्ष्यरप्रयास थियो,’ उनले भने, ‘२०१४ मा नेपालको प्रतिष्ठित मिडियासँग फिफा विश्वकप २०१४ को लाइभको काम गरेको, सचिन तेन्दुल्करको सामाजिक सञ्जाल ह्यान्डिल गरेको प्रमाण दिएको थियो। नराम्रो रेकर्ड केही थिएन, त्यसैले विश्वास गर्यौं।’ लिग चलिरहँदा बीचमा नै सेभेन थ्री स्पोर्ट्सका प्रमुख जतिन आलुवालिया भारत जानु र क्रिकेटमा स्पट फिक्सिङ हुनु दुःखद भएको उनको भनाइ थियो। पत्रकार सम्मेलन गर्न क्यान सीआईबी र राखेपको निर्णय पर्खिएर बसेको पनि अध्यक्ष चन्दले बताए। ‘सेभेन थ्रीले पनि केही कमजोरी गर्यो,’ उनले भने। लिग चलिरहँदा प्रतियोगिता पूरा गर्न र प्रतियोगिता जोगाउन फिक्सिङ र स्पट फिक्सिङ नभएको किटान गर्दै विज्ञप्ति निकालेको पनि उनको स्पष्टोक्ती थियो। ‘लिगको बीचमा स्पट फिक्सिङका कुरा आउँदैगर्दा, जुन कुरा मिडियामा आए, त्यसअघि एसीयूले आइसीसीले निरन्तर रिपोर्टिङ गरिरहेको हो। लिगको बीचमा यस्ता कुरा उठ्दा सीआईबी बाहेक अन्य कसैलाई जानकारी नगराउनु भन्ने थियो,’ अब सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता नियामक निकायको निर्णयअनुसार हुने उनले बताए। ‘सेभेन थ्रीआफैँ अनुसन्धानमा छ, सीआईबीले एक खालको आरोप तय गरेको सुन्दैछु। राखेपले इङ्गित गरेर सम्झौता टुङ्ग्याउनु भनेको सुनेको छु,’ उनले भने, ‘सम्झौता बोर्डले गरेको हो। एजिएमबाट पनि स्वीकृत भएको हो। निर्देशन पनि आवश्यक कुरा हो। बोर्ड बैठकमा छलफलको विषय बन्छ।’ विदेशी कम्पनीसँग सम्झौता ऐन विपरीत भएको भन्ने विषयमा जानकारी नभएर गल्ती भएको उनले बताए।
काठमाडौं: नेपाल चेम्बर अफ कमर्सले भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै विभागका निर्देशक डा. राम मैनालीलाई सम्मान गरेको छ । बिहीबार चेम्बरले ७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा निर्देशक डा। मैनालीलाई सम्मान गरेको हो । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र अर्थसचिव तोयम रायले प्रमाणपत्रसहित निर्देशक मैनालीलाई सम्मान गर्नुभयो । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा प्रवाह गरेकाले मैनालीलाई ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताउनुभयो । अर्थमन्त्रालयमा लामो समय काम गर्नुभएका मैनाली यसअघी रसुवा भन्सार प्रमुखका रुपमा हुनुहुन्थ्यो । अर्थमन्त्रालयले भ्याट प्रणाली लागू गर्दा उहाँले पनि योगदान पुर्याउनुभएको थियो । सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लले आयत निरुत्साहित र निर्यात प्रबर्द्धन हुनेगरी व्यापार सहजीकरण हुनुपर्ने बताउनुभयो । भन्सारमा सन्दर्भ मूल्यभन्दा पनि कारोबार मूल्यलाई मान्यता दिनुपर्ने उहाँको भनाइ छ । भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने मल्लको भनाइ छ । कार्यक्रममा अध्यक्ष मल्लले बिलबिजक लिने दिने कार्यलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिनुभयो । करको दर नभई दायरा बढाएर राजश्वको लक्ष्य पुरा गर्नुपर्ने अध्यक्ष मल्लले बताउनुभयो । सरकारी नीति एकद्वारा हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाइरहेका भन्दै उहाँले भन्सार प्रशासनमा पनि डिजिटल प्रणालीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । भन्सार नाकाहरुमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला बनाउनुपर्नेमा अध्यक्ष जोड दिनुभयो । सम्मान कार्यक्रममा अर्थसचिव रायले भन्सार नाकाहरुमा कारोबार मूल्यलाई कायम गर्न समस्या नरहेको बताउनुभयो । मुलुक विश्व व्यापार संगठन डब्लुटीओको सदस्य भइसकेको अवस्थामा सोही अनुसारको अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई कायम गर्नुपर्ने रायको धारणा छ । भन्सार सुधारको आवश्यक्ता आफुलाई पनि महसुस भएको रायको भनाइ छ । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले भन्सार नाकाहरुबाट व्यापार सहजीकरणका लागि काम भइरहेको बताउनुभयो । यसका लागि विभागले डिजिटलाईजेसन प्रणाली भित्र्याउने गृहकार्य गरिरहेको महानिर्देशक बुढको भनाइ छ । भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गर्दै आएको छ ।
काठमाडौं: सेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ०.३५ अंकले घटेर २१८३.२७ अंकमा बन्द भएको छ । नेप्सेमा सामान्य उतारचढाब देखिए पनि खरिदकर्ता र विक्रीकर्ता दुबै हाबी हुन नसक्दा बजार परिसूचक स्थिर जस्तै देखिएको हो । सेयर बजारमा लाभांश सिजन सकिए पछि लगानीकर्ता निष्कृय बन्दै गएको छ । तर, बैंकिङ प्रणालीमा तरलता सहज बन्दै जाँदा बजार बढ्ने अपेक्ष पनि लगानीकर्तामा देखिन्छ । बिहीबार नेप्सेमा बैंकिङ, विकास बैंक, लघुवित्त, वित्त कम्पनी र उत्पादनमुलक उपसूचकमा गिरावट हुँदा बीमा, हाइड्रोपावर र व्यापार उपसूचक बढेको छन् । नेप्सेसँगै बिहीबार कारोबार रकम पनि घटको छ । ७७ लाख ६४ हजार १५३ कित्ता धितोपत्र किनबेच हुँदा २ अर्ब ८६ करोडको कारोबार भएको हो । जसमध्ये समृद्धि फाइनान्सको ९ करोड ७१ लाखको सेयर कारोबार हुँदा रिडी हाइड्रोपावरको ८ करोड ६२ लाख आँखु खोला जलविद्युत कम्पनीको ७ करोड ३९ लाखको कारोबार भएको छ । बिहीबार नेप्सेमा कुल २१३ कम्पनीको सेयर कारोबार हुँदा १०१ कम्पनीकोृ सेयरमूल्य बढेको छ भने १०७ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ । बिहिबार कारोबार भएकामध्ये लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त, बाराही हाइड्रोपावर र सुर्यज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यता समृद्धि फाइनान्सको सेयरमूल्य ७.६८ प्रतिशतले गिरावट हुँदा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.५ प्रतिशतले घटेको छ ।
पोखरा: पोखरामा सञ्चालन भइरहेको टाइगर कपमा महिला तर्फ विभागिय क्लब एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको आज भएको महिला तर्फको पहिलो सेमिफाइनल खेलमा नेपाल एपिएफ क्लबले आयोजक गण्डकी प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै फाइनल प्रवेश गर्न सफल भएको हो । एपिएफले गण्डकीलाई २५–१३, २५–१७ र २५–२१ ले पराजित गर्दै फाइनल प्रवेश गर्न सफल भएको हो । यस्तै गण्डकी प्रदेश लिग र नकआउट गरी सबै चार खेलमा हार बेहोर्न पुग्यो । गण्डकीले समूह चरणमा एपिएफ, आर्मी र होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबसँग हार बेहोरेको थियो । यस्तै दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्स क्लबलाई पराजित गर्दै फाइनलमा एपिएफ क्लबसँग भेट पक्का गरेको छ । पहिलो सेट २३–२५ ले गुमाएको आर्मीले २५–१३, २५–२२ र २५–१२ ले विजयी हुँदै फाइनल प्रवेश गरेको हो । फाइनलमा एपिएफ र आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । तृतिय स्थानका लागि आयोजक गण्डकी प्रदेश र होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्स क्लब बीच प्रतिस्पर्धा हुनेछ । अहिले पुरुषतर्फको खेल भईरहेको छ । टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिला/पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका सचिव नेपालीले बताए । त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५/२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०/१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।
पोखराः कास्कीको मादी गाउँपालिकामा निर्माणाधिन सुपर मादी हाईड्रोपावर लिमिटेड ताङतिङ शाखाको कार्यालयमा त्यहाँका प्रभावित स्थानीयले ताला लगाएका छन् । सुपर मादी हाइड्रोपावर लिमिटेडले स्थानीयसँग गरेको सम्झौतालाई कार्यान्वयन नगरेसम्म शाखा कार्यालयमा ताला नखुल्ने ताङतिङ युवा क्लबका अध्यक्ष भोज बहादुर गुरुङले जानकारी दिए । ‘सुपर मादी हाईड्रोपावरसँग भएको ११ बुँदे त्रिपक्षीय सम्झौता कार्यान्वयन भएको छैन, गुरुङले भने, डाईड्रोपावरले यहाँ नोक्सान पु¥याएको छ नै ३५ जना स्थानीयले मुआब्जा पाउन सकेका छैन् , सम्झौता कार्यान्वयन नभएसम्म ताला खोल्न असमर्थ छौं ।’ हाईड्रोका कारण हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुन बाध्य भएको गुरुङले बताए । ‘स्थानीयको कृषि योग्य जमिनमा हाइड्रोका पूर्वाधार निर्माण गर्दा निस्किएका ढुङ्गा र माटो र जमिनमा यत्रतत्र छरिएको छ, मकै लगायतका बाली लगाउने समय हुन लाग्योे, उनले भने, ‘सम्झौता अनुसार पूर्वाधार निर्माण गर्दा निस्किएको ढुङ्गा माटो सफा गर्नुपर्ने हो, तर परियोजनाले यसतर्m ध्यान दिन नसक्दा किसान दोहोरो मर्कामा परेका छन् ।’ हाईड्रोपावर परियोजनाले सम्झौता अनुसारको सिक्लेस ताङतिङको बीचमा मोटरेबल पुल खेलमैदान लगायतका पूर्वाधारका कामहरु नगरेको सुपर मादी हाईड्रोपावर ताङतिङ शाखाको कार्यालयमा जारी गरिएको नोटिसमा उल्लेख गरिएको छ । मादी गाउँपालिका २ का वडाध्यक्ष भोजबहादुर गुरुङले प्रभावित क्षेत्रका स्थानीयले स्थानीय सरकार मार्फत न्याय खोजेकाले परियोजनासँग छलफल गर्न खोजेपनि त्यो सफल नभएको बताए । ‘नजिकका सरकार भनेको स्थानीय सरकार हो, हामी मार्फत न्याय खोज्न प्रभावित स्थानीय वडा कार्यालय आउन थालेका छन्, उनले भने, ‘परियोजनाका प्रतिनिधिहरुसँग छलफल गर्न खोज्दा पोखरा बोलाउनु हुन्छ तर हामी स्थानीयको बीचमा नै सम्झौता कार्यान्वयनमा जोड दिएका छौं ।’ कास्कीको मादी गाउँपालिका २ स्थित ताङतिङ युवा क्लब, मादी नदी सरोकार समिति र स्थानीयले सुपर मादी हाइड्रो पावरको ताङतिङस्थित शाखा कार्यालयमा ताला लगाएर सम्झौता कार्यान्वयन गर्न सर्वपक्षिय भेलाको निर्णयसहितको नोटिस जारी गरेका छन् ।
काठमाडौं: काठमाडौं महानगरपालिकाले अहिलेसम्म ९ हजार अनधिकृत परिचय पाटी (साइन बोर्ड) हटाएको छ । मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाइएको हो । गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो । सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो । तोकिएको समय सकिएपछि कार्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको थियो । यससँगै भित्ते लेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइने महानगरले जनाएको छ । महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो भने १५ वर्ग फुटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ हो । १५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका परिचय पाटीको प्रतिवर्ग फुट १ हजार रुपैयाँ थपशुल्क तिर्नुपर्छ।

