पोखरा: दलित आन्दोलनको बहसलाई रचनात्मक र सिर्जनात्मक बनाउन सांसदहरुले आग्रह गरेका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्र, प्रदेश र जिल्लाको संयुक्त आयोजनामा भएको दलित आन्दोलन र आरक्षण नीति विषयक गोष्ठीमा बोल्दै वक्ताहरुले उक्त कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले दलित आन्दोलनलाई आफुले दलभन्दा माथि उठेर सुरुदेखी नै अगालेको बताए । उनले आफु मुख्यमन्त्री भएपश्चात धेरै काम गर्न बाँकी रहेको सुनाउँदै दलित हक हित र अधिकारका लागि गर्नुपर्ने आवश्यक कामहरुको निर्देशन र सुझाव दिन अनुरोध समेत गरे । आफु मुख्यमन्त्री हुने अवस्था नरहँदा राजनैतिक घटनाका कारण नचोको भएको र मुख्यमन्त्री हुँदै गर्दा गोष्ठीबाट आउने हरेक शब्दको सम्बोधन गर्ने बताए । राणा शासन अन्त्यका लागि लड्दै गर्दा मृत्यु दण्डको सजाय भोगेको व्यक्ति भएकाले पार्टीभन्दा पनि नागरिक प्यारो भएको उनको भनाइ छ । उनले संविधान बनाउँदा समेत समस्या रहेकाले अधिकारको प्रत्याभुत अहिलेसम्म हुन नसकेको सुनाए । उनले धार्मिक ग्रन्थमा कुनै जातिय विभेद नभएको तर विश्वमाा जसले राम्रो काम ग¥यो उसैलाई दलित भनि हेपिएको बताए । ‘यो बहसलाई रचनात्मक र सिर्जनात्मक बनाऔं । हामीले उपभोग गर्ने हरेक सामान बनाउने कला भएका महान व्यक्तिहरु दलित कहलिए’ उनले भने,‘मेरो प्राथमिकतामा यो आन्दोलन पर्छ । दलभन्दा माथि उठेर यो आन्दोलमा साथ हिजो पनि दिए आजपनि दिन्छु र भोलि पनि ।’ सोेही क्रममा बोल्दै उनले गण्डकी प्रदेशकै जिल्ला जानका लागि अन्य प्रदेशबाट जान बाध्य भएको र अब आफ्नै प्रदेशको बाटो प्रयोग गर्ने सुनाए । उनले गण्डकीका दलित सहिदको सपनालाई आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । यस्तै गण्डकीका अर्थमन्त्री सिताकुमारी सुन्दासले सुन्दासले दलितहरु अब नेतृत्वदायि भूूमिकामा आउने काम गर्नुपर्ने बताएकी छिन् । उनले प्रदेशमा आफुहरुले सिमित स्रोत साधनका बाबजुुत नयाँ कामको थलानी गरेको र थोरै बजेटमा धेरै काम गर्न बाध्य भएको बताइन् । अहिले दलितपनि नीति निमार्ण गर्ने स्थानमा रहेको र अब प्रशासनिक क्षेत्रमा समेत दलित उपस्थिति हुन जरुरी रहेको भनाइ राखिन् । ‘हामी नीति निमार्ण गर्ने ठाउँमा पुुगेका छौं । निष्ठाले लाग्न जुरुरी छ । हिजो हाम्रा शहिदले देखेको सपना र खेलेको भूमिकालाई सफल बनाउन हामी असल र सभ्य भएर लाग्नुपर्ने छ’ उनले भनिन्, ‘ अब प्रेरणाको काम गर्नुपर्ने बेला भएको छ । राजनितिमा दलितको मुक्तिका लागि लड्नुुपर्छ । लेखनबाट समेत एक ठाउँमा उभ्एिर काम गरौं ।’ उनले समानातामा आधारित समाज सिर्जनाका लागि काम गर्न जुरुरी रहेको स्पष्ट पारिन् । राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले पँहुचको आधारमा अन्य जातले स्थान पाउँदा दलित भएकै कारण क्षमता भएरपनि मिडिया क्षेत्रमा उचित ठाउँ नपाएको गुनासो पोखे । ‘दलितले क्षमताको आधारमा पनि ठाउँ पाएनन् । पहुँचको आधारमा आफ्नो जातिको मानिसलाई मात्र स्थान दिइयो । मिडिया क्षेत्रमा समेत क्षमता भएका दलित जातिका व्यक्तिहरुले उचित ठाउँ पाउन सकेनन्’ उनले भने,‘ सात दशक पुगेको नेपाल पत्रकार महासंघका दलित कोटा भन्दा बाहिरको निष्पक्ष भएर दलित कहिले आउन सक्छ रु कोटाको विषयमा बेलाबेलामा आउने बहस प्रति सबै एक भएर बहस गर्न आवश्यक छ ।’ उनले अब रानीतिक दलमा विद्रोह गर्न आवश्यक रहेको सुनाए । संविधानसभा सदस्य परशुराम रम्तेलले दलितका मुद्धाहरुलाई कसरी अगाडि बढाउने र दलित भन्ने वित्तिकै मनोबल घटाउने काम गरिदै आएको बताए । उनले दलितप्रति स्पष्ट कानुन निर्माण नहुँदा समस्या आएको सुनाए । उनले सुरक्षित राजनैतिक प्रणाली लागु गर्नुपर्ने समेत बताए । ‘दलित जाति प्रत्यक्ष निर्वाचित बनाउँदा जनसंख्या बढी भएको स्थानमा जुनसुकै पार्टीले पनि सुरक्षित राजैनैतिक प्रणाली लागु गर्नुपर्छ ।’ उनले भने । कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजु नेपाली, नेपाली कांग्रेस केन्द्रिय नेता गुरु बराल, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिमिल्सिना पगेनी, दलित पत्रकार संघ गण्डकी प्रदेश अध्यक्ष रेम विक लगायतले आफ्नो भनाइ रोखका थिए । कार्यक्रम संचालन दलित पत्रकास संघका केन्द्रिय उपाध्यक्ष दिपक परियारले संचालन गरेका थए ।
हेटौँडा: हेटौँडा अस्पतालको नवनिर्मित भवनको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नुहुने भएको छ । सङ्घीय सरकारको बजेटमा निर्माण भएको ७० शैयाको नयाँ भवनको मङ्गलबार राष्ट्रपति भण्डारीले उदघाटन गर्ने कार्यक्रम तय भएको अस्पातल व्यवस्थापन तथा सञ्चालन समितिले जनाएकोछ । अस्पतालले आइतबार पत्रकार सम्मेलन गरी नयाँ भवन निर्माणसँगै थप सेवा र सुविधा विस्तार गरेको जनाएको छ । सङ्घीय सरकार अन्तर्गत जिल्ला अस्पतालका रुपमा रहेको हेटौँडा अस्पताल देश सङ्घीय संरचनामा गएसँगै बागमती प्रदेश सरकार मातहत रहनेगरी हस्तान्तरण गरिएको थियो । अस्पातल व्यवस्थापन तथा सञ्चालन समितिका सदस्य उत्सव चौलागाईँले अस्पतालको पुरानो भवन साँघुरो भएपछि र सेवाग्राहीको चाप बढेपछि नवनिर्मित भवनबाट यसअघि सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो । नयाँ भवन मूल्य अभिवृद्धि करसहित सङ्घीय सरकारको ३५ करोड ३२ लाख रुपियाँको लागतमा निर्माण गरिएको हो । अस्पतालको नवनिर्मित भवन, विकास समितिको ६० र नेपाल सरकारको ५० शैया गरी झण्डै दुई सय शैया रहेको छ । प्रदेश सरकारले पछिल्लो समय मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राखेको यस अस्पतालबाट नाक, कान, घाँटी, बालरोग, स्त्रीरोग, छाला लगायतका रोगका बिरामीका लागि विशेषज्ञ सेवा प्रदान गर्दैआएको अस्पतालका अध्यक्ष तथा प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले बताउनुभयो । प्रतिष्ठानका कुलपति प्रा.डा. विश्वराज जोशीले अस्पताललाई अध्ययन, अनुसन्धान र उपचार केन्द्रको रुपमा विकास गरिने जानकारी दिनुभयो । अस्पतालको नवनिर्मित भवन राष्ट्रपति भण्डारीबाट उदघाटन गर्ने कार्यक्रम तय भएसँगै अस्पतालको आसपासको क्षेत्रको सरसफाइ, अस्पताल परिसरका सडकको अस्थायी निर्माणमा तिव्रता दिइएको छ ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाखभन्दा बढी कतारी रियालसहित टर्कीस् नागरिक पक्राउ परेका छन् । विमानस्थलबाट भारततर्फ लैजान लागेको एक लाख २६ हजार तीन सय कतारी रियालसहित शुक्रबार दिउँसो प्रहरीले २९ वर्षीय टर्कीस् नागरिक हिडिल कायन सरिकक्मारलाई पक्राउ गरेको हो । एयर इन्डियाको उडानमार्फत दिल्ली जान लागेका सरिकक्मारलाई साथमा लुकाइ राखेका उक्त कतारी रियालसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
काठमाडौं: गुल्मीमा आगलागी हुँदा ८३ वर्षीया वृद्धाको मृत्यु भएको छ। इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए। आइतबार उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बसिरहेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जंग खत्रीले जानकारी दिए। घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा–१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर कुँवरले बताए। पाल्पा अस्पतालले औपचारिक मृत्युको घोषणा गरेपछि मृतक खत्रीको रिडीमा अन्त्येष्टिको तयारी गरिएको छ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. ११ मा अवस्थित कञ्चनजंघा ईङ्लिश बोर्डिङ स्कुलले आफ्नो २१औँ स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम एक समारोहबीच शुक्रबार सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भद्रकाली बहुमुखी क्याम्पसका प्राध्यापक बुद्धिसागर सापकोटाले पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो।स्वागत मन्तव्य नेपाली विषय विभागीय प्रमुख शिक्षिका सावित्री शर्माले राख्नु भएको थियो। कार्यक्रममा विभिन्न बिधाका खेलकूद प्रतियोगिता र अतिरिक्त क्रियाकलापका बिजेता विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिनुका साथै शैक्षिक सत्र ०७८ को शैक्षिक पुरस्कार समेत प्रदान गरिएको थियो। विद्यालय निर्देशक श्रीजङ्ग गुरुङले विजेता विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नु हुँदै उज्ज्वल भविष्यका लागि शिक्षा नै पहिलो खुड्किलो भएकाले लगनशील भएर पढाइमा लाग्न शुभकामना समेत दिनुभएको थियो। गत वर्षको वार्षिक परीक्षामा कक्षा पाँच सम्मका विद्यार्थीहरूमा सर्वाधिक अङ्क ल्याउने कक्षा एकको अभिशेक गुरुङ र कक्षा दस सम्मका विद्यार्थीहरूमा कक्षा आठकी रिनाशा शर्मा सर्वाधिक अङ्क प्राप्त गरी पुरस्कृत भएका थिए।विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलले मन्तव्यका क्रममा आगामी योजनाहरू समेत प्रस्तुत गर्नुभएको थियो।उक्त अवसरमा विद्यार्थीहरूले विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत गरेका थिए। विद्यालय सञ्चालक समितिकी अध्यक्ष लक्ष्मीदेवी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षक सुरेन्द्र सदिच्छाले सञ्चालन गरेका थिए।
पोखरा: पोखरा महानगरपालिका २७ लेखनाथको डाडानाक प्रहरी चौकी अगाडि माईक्रो बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् । बेगनासतालबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस दुर्घटना ४५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञान बहादुर खड्काले जानकारी दिए । ‘पोखरा विश्वविद्यालयबाट पोखरा आउँदै गरेको डाँडाको नाक लेखनाथमा दुर्घटना हुँदा ४५ जना घाइते भएका छन्, घाइतेहरुलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज, फिस्टेल, मेट्रोसेटीमा उपचार भइरहेको छ, थप अनुसन्धान हुँदै छ ।’ सूचना अधिकारी खड्काले भने ।
काठमाडौँ: बिरिसु मिडियाको आयोजनामा हुन लागेको “दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड –२०८० को आवेदन फारम खुल्ला भएको छ । काठमाडौँको कालिस्थानस्थित कटिया हाउसमा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । अवार्ड ८० बिधामा गर्न लागिएको र अवार्डको लागि २०७९ फागुन ६ गतेदेखी चैत्र ११ गते सम्म फारम खुल्ला रहने छ । अवार्डको टप ५ नोमिनेशन चैत्र २५ गते शनिबार सार्वजानिक गरिने बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए । आवेदन फारम अनलाइनबाट दर्ता गर्नको लागि कmकब।दष्चष्कगलभधक।अयm क्लिक गरी भर्न सकिने र फारम दर्ता शुल्क अनलाइनबाट भुक्तानी गर्न सकिनेछ । साथै अवार्डको आवेदन फारम भर्नको लागि बिग परिवेश स्टुडियो अनामनगर ९८५१०५३०५२(मनोज डंगोल), डाँडापारी सन्देशको कार्यालय बनेपा ९८४९८७८१८४ (इकमान लामा), विराटनगर ९८४३८३३३९२ (ज्ञान गुरुङ), पोखरा (सुदर्शन रन्जित ९८०६६०२५००), इटहरी पुर्वान्चल रेकर्डिङ स्टुडियो (रुद्र श्रेष्ठ ९८१५३०६७१७), गोङगबु ९८४१६१६९९७(लक्षु प्रकाश मल्ल), ९७६२४५२२९७(बिरिसु मिडिया) , बौद्ध ९८६५०९१२१९(बैरागी मोक्तान), नरेन भट्टराइ कमलादी ९८४८७९८००३, ९८५११९५२९० (प्रकाश बराइली) लाई सम्पर्क गर्न सकिने आयोजक पक्षले बताएको छ । अवार्डमा २०७७ चैत्र २५ गतेदेखी २०७९ चैत्र ११ गतेसम्म भित्रका गीत संगीतलाई समावेश गरिने छ । फारम दर्ता शुल्क नेपालबाट एक हजार रुपैँया र बिदेशबाट १५ सय रुपैँया लाग्नेछ । अवार्डमा एस. एम. एस.भोटिङ्बाट आएको अंकलाई ५० % र जुरिको निर्णय ५० % हुने आयोजक टिमले बताएको छ । मिडिया संयोजनको जिम्मा सञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ती’ ले लिएका छन । गीत संगीत, टेलिसियल र त्यस सँग सम्बन्धित सबै पक्षलाई समिटेर यस अवार्ड गर्न लागिएको गर्न लागिएको र यस क्षेत्रमा योगदान पुर्याउनुहुने सबैलाई सम्मान, हौसला, प्रेरणा साथै अवार्ड समेत प्रदान गरिने बिरिसु मिडियाका अध्यक्ष लोप्चनले बताए । अध्यक्ष लोप्चनले समाजमा विशेष योगदान दिदै आएका खेलकुद, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रका व्यक्तीहरुलाई सम्मान गरिने बताए । डिबी बम्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त पत्रकार सम्मेलनमा कलाकार, पत्रकार एबं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहको थियो ।कार्यक्रम सञ्चारकर्मी राजाकुमार रायमाझीले सञ्चालन गरेका थिए ।
पोखरा: पोखराका फोटोपत्रकार सुुरेश कुमार श्रेष्ठ (सुुरज श्रेष्ठ) अन्तराष्ट्रिय फोटो पत्रकारिता पुुरस्कारबाट पुुरस्कृत हुने भएका छन् । अमेरिकाबाट संचालित नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल “इन्जा” ले यस वर्ष देखि सुरु गरेको इन्जा फोटो पत्रकारिता पुरस्कारबाट श्रेष्ठ पुरस्कृत हुने भएका हुन् । यही फागुनको १६ गते काठमाडौंमा आयोजना गरिने कार्यक्रममा ५०० अमेरिकी डलर राशि सहित उनलाई पुुरस्कृत गर्न लागिएको हो । पोखरालाई आफ्नो कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आएका श्रेष्ठ २०६२ सालबाट पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । पोखरा सिटीडकम र ठीकठाक डटकमबाट फोटो पत्रकारिता शुुरु गरेका श्रेष्ठले कान्तिपुर, कान्तिपुर साप्ताहिक, नागरिक म्याग्जिनमा फोटो पत्रकारको रुपमा काम गरे । श्रेष्ठले खिचेका फोटो पोखराबाट संचालित पत्रिकाहरुमा पनि प्रकाशित भएका छन् । हाल श्रेष्ठको आफ्नै मिडिया एस टु प्रोडक्सन, ह्याप्पी पोखरा डटकम संचालनमा छ । २०७० सालमा आफ्नै प्रोडक्सन हाउस एस टु प्रोडक्सन संचालनमा ल्याई थुप्रै म्युजिक भिडियो, विज्ञापन,डकुुमेन्ट्री र प्रोमो निर्माण गर्दै आएका छन् । फोटो पत्रकारिता सँगै उनको अर्को परिचय भनेको गायन हो । २०५८ सालमा गायक बन्छु भनेर हिँडेका श्रेष्ठले ‘अन्जान मायालुु’ गीति एल्बम निकाले । उक्त एल्बमको ‘सम्झना छ छोडी जानेलाई, माया छ बिर्सी जानेलाई’ बोलको गीतले प्रसिद्धि कमायो । जुन गीत अहिले पनि उत्तिकै रुचाइन्छ । श्रेष्ठले नेपालको चर्चित ¥यालिटी शो हिमालयन रोडीजमा सिनेमेटोग्राफीको काम समेत गरेका छन् । सगरमाथा क्याम्पमा आयोजना गरिएको वल्र्ड भ्लग च्यालेन्जमा पनि उनले सिनेमेटोग्राफीको काम गरिसकेका छन् । अनुभवले खारिएका श्रेष्ठले राष्ट्रिय फोटो पत्रकार संघले २०७० सालमा आयोजना गरेको राष्ट्रिय स्तरको ‘नेपाल फोटो कन्टेस्ट’ बाट समेत सम्मान प्राप्त गरेका छन् । उक्त कार्यक्रममा उनले खिचेको फोटो उत्कृष्ट भएको थियो । नेपालका तत्कालिन उपराष्ट्रपति बाट उनले सम्मान र पुरस्कार पाएका थिए । २०७५ सालमा पोखरामा ट्रेनर नेपालले आयोजना गरेको फेशन अवार्ड नेपालमा श्रेष्ठले बेष्ट फेशन फोटोग्राफरको अवार्ड हात पारे । पोखरामा भएका सौन्दर्य प्रतियोगिताहरुमा निणार्यकको भुमिका समेत उनले निर्वाह गर्दै आएका छन् । सुरजको सक्रियता समाजसेवामा पनि देखिन्छ । श्रेष्ठ नेपाल पत्रकार महासंघ कास्कीमा पनि आबद्ध छन् । नेपाल फोटो पत्रकार संघ कास्कीको कोषाध्यक्षको जिम्मेबारी सम्हालेका श्रेष्ठको दैनिकी भनेकै फोटोग्राफी हो । सुरेश कुमार श्रेष्ठ (सुुरज श्रेष्ठ) सँगै फोटो पत्रकारिताको माध्यमद्वारा नेपाली समाज तथा आम नागरिकलाई सुसूचित गराउँदै आएका वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठलाई समेत अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुुरस्कारबाट पुुरस्कृत गर्न लागिएको इन्जा ग्लोवलका अध्यक्ष गुणराज लुइटेलले बताए । वि.सं. २०५२ सालदेखि नेपाल समाचारपत्रबाट फोटो पत्रकारिता सुरु गर्नु भएका नरेन्द्र श्रेष्ठले कान्तिपुर पव्लिकेस, लस एन्जलस टाइम्स, न्यूर्योक टाइम्स, टाइम्स म्यागजिन,गार्डियन डेली, टेलिग्राफ युके, इन्डिपेन्डेन्ट युके, फाइनान्सियल टाइम्स, वालस्ट्रीट जर्नल,द टाइम्स लण्डन,डाइ वेल्ट,नेशनल ज्योग्राफी, वाशिंगटन पोष्ट लगायतका संचार माध्यममा काम गरिसकेका छन् ।
पोखरा: पोखरा महानगरपालिका २७ लेखनाथको डाडानाक प्रहरी चौकी अगाडि माईक्रो बस दुर्घटना भएको छ । बेगनासतालबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । बसमा अधिकांस पोखरा विश्वविद्यालयका विद्यार्थीहरु रहेको खुल्न आएको छ । अहिले बस दुर्घटना स्थलमा उद्धार कार्य चलिरहेको छ । थप विवरण आउँदै ।

