दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड ०८० को आवेदन फारम खुल्ला

काठमाडाैं | फागुन ७, २०७९

दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड ०८० को आवेदन फारम खुल्ला

काठमाडौँ:  बिरिसु मिडियाको आयोजनामा हुन लागेको “दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड –२०८० को आवेदन फारम खुल्ला भएको छ ।


काठमाडौँको कालिस्थानस्थित कटिया हाउसमा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । अवार्ड ८० बिधामा गर्न लागिएको र अवार्डको लागि २०७९ फागुन ६ गतेदेखी चैत्र ११ गते सम्म फारम खुल्ला रहने छ । अवार्डको टप ५ नोमिनेशन चैत्र २५ गते शनिबार सार्वजानिक गरिने बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए ।


आवेदन फारम अनलाइनबाट दर्ता गर्नको लागि कmकब।दष्चष्कगलभधक।अयm क्लिक गरी भर्न सकिने र फारम दर्ता शुल्क अनलाइनबाट भुक्तानी गर्न सकिनेछ । 


साथै अवार्डको आवेदन फारम भर्नको लागि बिग परिवेश स्टुडियो अनामनगर ९८५१०५३०५२(मनोज डंगोल), डाँडापारी सन्देशको कार्यालय बनेपा ९८४९८७८१८४ (इकमान लामा), विराटनगर ९८४३८३३३९२ (ज्ञान गुरुङ), पोखरा (सुदर्शन रन्जित ९८०६६०२५००), इटहरी पुर्वान्चल रेकर्डिङ स्टुडियो (रुद्र श्रेष्ठ ९८१५३०६७१७), गोङगबु ९८४१६१६९९७(लक्षु प्रकाश मल्ल), ९७६२४५२२९७(बिरिसु मिडिया) , बौद्ध ९८६५०९१२१९(बैरागी मोक्तान), नरेन भट्टराइ कमलादी ९८४८७९८००३, ९८५११९५२९० (प्रकाश बराइली)  लाई  सम्पर्क गर्न सकिने आयोजक पक्षले बताएको छ ।


अवार्डमा २०७७ चैत्र २५ गतेदेखी २०७९ चैत्र ११ गतेसम्म भित्रका गीत संगीतलाई समावेश गरिने छ । फारम दर्ता शुल्क नेपालबाट एक हजार रुपैँया र बिदेशबाट १५ सय रुपैँया लाग्नेछ । अवार्डमा एस. एम. एस.भोटिङ्बाट आएको अंकलाई ५० % र जुरिको निर्णय ५० % हुने आयोजक टिमले बताएको छ ।  मिडिया संयोजनको जिम्मा सञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ती’ ले लिएका छन ।


गीत संगीत, टेलिसियल र त्यस सँग सम्बन्धित सबै पक्षलाई समिटेर यस अवार्ड गर्न लागिएको गर्न लागिएको र यस क्षेत्रमा योगदान पुर्याउनुहुने सबैलाई सम्मान, हौसला, प्रेरणा साथै अवार्ड समेत प्रदान गरिने बिरिसु मिडियाका अध्यक्ष लोप्चनले बताए । अध्यक्ष लोप्चनले समाजमा विशेष योगदान दिदै आएका खेलकुद, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रका व्यक्तीहरुलाई सम्मान गरिने बताए । डिबी बम्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त पत्रकार सम्मेलनमा कलाकार, पत्रकार एबं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहको थियो ।कार्यक्रम सञ्चारकर्मी राजाकुमार रायमाझीले सञ्चालन गरेका थिए ।

रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग...

थप पढ्नुहोस्

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन ।  जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले ह...

थप पढ्नुहोस्