फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

पोखरा:    आगामी चैत ५ गते देशभरका त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक र एक हजार ५० सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको छ ।  त्रिविको कार्यतालिका अनुसार फागुन १९ (शुक्रबार) सबै आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा विभिन्न संघसंगठन, प्यानल, दर्ता भइसकेका छन् । विं.स २०६५ सालमा भएको स्ववियु निर्वाचनपछि १४ वर्षपछि मात्र पृथ्वीनारायण क्याम्पसमा निर्वाचन हुँदैछ ।  २०६५ सालपछि एकै पटक ८ वर्षपछि २०७३ सालमा केही क्याम्पसमा स्ववियु निर्वाचन भएपनि पोखराको पृथ्वीनारायण क्याम्पसमा विविध कारण निर्वाचन हुन सकेन ।  यसैविच पृथ्वीनारायण क्याम्पसमा क्रियाशील विभिन्न राजनीतिक दल समर्थित विद्यार्थी संगठन तथा विभिन्न स्वतन्त्र प्यानल दर्ता भएपछि स्ववियु निर्वाचनको सरगर्मी बढेको छ । विद्यार्थीहरु संगठनहरुले क्याम्पसको भौतिक पूर्वाधारदेखि आधुनिक शिक्षा प्रणाली पहिलो एजेन्डा बनाएका छन् ।  चैत ५ गते पोखराको पृथ्वीनारायण क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भाग लिन नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले मात्र उम्मेदवार तय गरेको छ भने  विद्यार्थी संगठनमा आकांक्षी बढी हुँदा उम्मेदवार चयन गर्न सकेको छैन ।  अखिल क्रान्तिकारीले बसन्त भट्टचन थकालीलाई सर्वसम्मत सभापति पदमा उम्मेदवार तय गरेको पनि अन्य विद्यार्थी संगठनहरु छलफलकै चरणमा रहेको जानकारी दिएका छन् । त्रिविको कार्यतालिका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन, २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारी दर्ताको समय तोकेको छ ।  के भन्छन् विद्यार्थी नेता, कसको के एजेन्डा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीबाट बसन्त भट्टचन थकालीलाई सभापति पदमा सर्वसम्मत चयन गरेसँगै विद्यार्थी माझ प्रचारप्रसारलाई तिव्रता दिएको छ ।  १४ वर्षपछि पिएनमा हुन लागेको स्ववियु निर्वाचनमा विद्यार्थीमाझ कस्तो एजेन्डा लिएर जाँदै हुनुहुन्छ ? भन्ने प्रश्नमा सुनगाभा न्यूजसँग उम्मेदवार थकालीले प्रत्येक वर्ष विद्यार्थीहरुले बुझाउने शुल्कबाट स्वतन्त्र विद्यार्थी युनियनको खातामा भएको रकम पारदर्शी गर्ने बताए ।  ‘१४ वर्षपछि क्याम्पसमा स्ववियुको निर्वाचन हुँदै छ, क्रान्तिकारीको पहिलो एजेन्डा भनेको अहिले सम्म स्ववियुको कोषमा कति रकम संकलन भएको छ त्यसलाई पारदर्शी गछौं, थकालीले भने, ‘कोषमा जम्मा भएको रकमलाई विद्यार्थीको हकहितका लागि बैंकमा जम्मा गरेर विभिन्न कोष स्थापना गछौं ।’ उनले क्याम्पसमा संकाय अनुसारको कक्षाकोठामा छात्राहरुका लागि निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने समेत बताए । ‘अन्य मुलुकमा हे¥यौं भने शिक्षामा लोकतन्त्र छ तर यस क्याम्पसमा भर्ना देखि लिएर परिक्षा फर्म, शुल्क बुझाउन घण्टौ लाइन बस्न पर्ने अवस्था छ, यसलाई सुधार गर्न आधुनिकरण गर्दै अनलाइन सिस्टम बनाउन पहल गर्ने दोस्रो एजेन्डा हुन् ।’ उनले भने ।  भट्टचनले क्याम्पसको भौतिक पूर्वाधार कक्षा कोठामा भएको डेस्क बेन्च लगायतका क्षेत्रको मर्मतदेखि परिवर्तन गर्दै लैजाने धारणा राखे ।  यस्तै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ पिएनका सभापति गौरव बरालले विद्यार्थीहरुलाई यातायात र स्वास्थमा ५० प्रतिशत छुट दिन माग गर्ने एजेन्डालाई अगाडि सारेको बताए ।  ‘१४ वर्षपछि स्ववियु निर्वाचनको मिति नजिकिएसँगै विद्यार्थीहरु उत्साहित भएका छन्, अन्य संगठनसँगै नेविसंघ पनि निर्वाचनमा भाग लिएको छ, बरालले भने, ‘सौहान्दपूर्ण वातावरणमा निर्वाचनमा भाग लिन हामी सबै तयार छौं ।’ उनले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृत्ति बढाउन र विभिन्न कारणले पठनपाठनमा हुने समस्याको समाधान गर्ने बताए ।  ‘नियमित पठनपाठन सञ्चालन गर्ने, विभिन्न राजनीतिक संगठनबाट हुने बन्द हट्ताल, चक्काजामलाई बन्देज गछौं, उनले भने, ‘क्याम्पसमा प्राज्ञिक क्षेत्रमा दलिय हस्तक्षेप र नियमति पठनपाठन गराउने लगायतका एजेन्डा लिएर विद्यार्थी माझ आएका छौं ।’ उनका अनुसार क्याम्पसमा बढ्दो शुल्क घटाउने, क्याम्पसमा सुविधायुक्त शौचालय, क्याम्पसको भौतिक संरचना मर्मत, स्ववियुको आयव्यय सार्वजनिक, छात्रावास नियमित तथा व्यवस्थित लगायतका एजेण्डा नेविसंघले लिएको छ । बराल पिएन क्याम्पसमा नेपाल विद्यार्थी संघबाट सभापतिका आकांक्षी समेत हुन् ।  यस्तै नेकपा एमाले निकट अनेरास्ववियु पिएनका अध्यक्ष तथा स्ववियु सभापतिका आकांक्षी विष्णु पोखरेलले क्याम्पसलाई सरकारी विश्वविद्यालय बनाउने बताए ।   ‘क्याम्पसमा अहिले बिएड, कानुन लगायतका विषय प्राइबेट जस्तो रुपमा सञ्चालन भएको छ, गरिब तथा सामान्य परिवारका विद्यार्थीहरुले यो विषय पढ्नबाट बञ्चित छन् सबैलाई समान शिक्षा प्रदान गर्न सरकारी विश्वविद्यालय बनाउन आवश्यक छ ।’ पोखरेलले भने ।  पिएन क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको मार्कसिट लगायत बिग्रने, स–साना समस्या क्याम्पसमै समाधान गर्न पनि क्याम्पसलाई सरकारी विश्वविद्यालय बनाउन लागि पर्ने पोखरेलको निर्वाचित भए पहल गर्ने पुनः दाबी गरे ।  अनेरास्ववियुुले क्याम्पसमा प्रशासनमा काम ढिलासुस्ती भएको भएकाले अनलाइन सिस्टममा लैजान पहल गर्ने, विवादित जग्गा क्याम्पसको नाममा ल्याउन पहल गर्ने, पुस्तकालयमा प्राप्त पुस्तक राख्न प्रशासनसँग पहल गर्ने प्रमुख एजेण्डा बनाएको छ ।  यस्तै नेकपा एकिकृत समाजवादी  निकट अखिल क्रान्तिकारी अनेरास्ववियूका नेता सन्तोष न्यौपानेले पिएन क्याम्पसलाई पर्यटनसँग विषयसँग जोडेर अगाडि बढाउने सुनगाभा न्यूजसँग बताए ।    ‘पोखरा आफैमा पर्यटन क्षेत्रको महत्वपूर्ण स्थान हो, पोखरामै रहेका क्याम्पसमा पर्यटनसँग जोडेर क्याम्पसलाई अगाडि बढाउनुपर्छ भन्ने अनेरास्ववियूको प्रमुख एजेन्डा हुन्’ न्यौपानेले भने ।  उनले संकाय अनुसारको पुस्तकालय र सबैलाई समान शिक्षा प्रदान गर्न सबै संकायका शूल्क घटाउने उद्घोष गरे ।  यस्तै स्वतन्त्र विद्यार्थी समूह दर्ता गरेका दिप्सन गुरुङले विद्यार्थीहरुलाई ठुला–ठुला सपना देखाउनु भन्दा क्याम्पसका साना–साना समस्या समाधान गर्न आफ्नो प्यानल लागि पर्ने बताए ।  ‘स्ववियु निर्वाचनमा दलगत भन्दा स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्न समूह निर्माण गरेका छौं, केही दिनमा घोषणा पत्र सार्वजनिक गछौं, गुरुङले भने, ‘क्याम्पसमा दर्ता गरिएको नाम भन्दा फरक नाम आएको छ, त्यो समाधान भएपछि मात्र अगाडि बढ्छौं ।’  

काठमाण्डाै: फुटबलर मनिष डाँगी नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डमा पुरुषतर्फको वर्षकाे उत्कृष्ट युवा खेलाडी बनेका छन् ।   प्रज्ञा भवन कमलादीमा मङ्गलवार भएको समारोहमा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य डाँगी वर्ष युवा खेलाडी घोषित भएका हुन् । मनिषले विश्व कप छनाेटमा इराकसँगकाे खेलमा उत्कृष्ट गाेल गरेका थिए । यस्तै उनले साफ च्याम्पियनशिपकाे उद्घाटन खेलमा आयाेजक माल्दिभ्सँगकाे खेलमा पनि गाेल गरेका थिए । मनिषलाई मच्छिन्द्र फुटबल क्लबलाई शहीद स्मारक 'ए' डिभिजन लिगकाे उपाधि पनि जिताएका थिए ।   मनिषले फुटबलकी प्रिती राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रशिला महर्जनलाई पछि पार्दै अवार्ड जित्न सफल भएका हुन् ।   यस्तै पब्लिक च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले पाएकी छिन् । उनले फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् । यस्तै ओलम्पियन पारा खेलाडी पलेशा गोवर्द्धन श्रेष्ठलाई पारा एथलिट अवार्ड प्रदान गरिएको छ । खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि निरन्तर अवार्ड कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

काठमाण्डाै:  नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वर्षकाे उत्कृष्ट प्रशिक्षककाे अवार्ड जितेका छन् ।   मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डाैकाे प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाे आयाेजना गरेर अलमुताइरीलाई 'स्पाेर्ट्स अवार्ड–२०७८' अन्तर्गत वर्षकाे उत्कृष्ट प्रशिक्षककाे अवार्ड दिएकाे हाे ।   यस विधामा क्रिकेटका डेभ वाटमोर, भलिबलका जगदीश भट्ट, तेक्वान्दोका कविराज नेगी र बक्सिङका दीपक महर्जन मनोनयनमा थिए । बाँकी चार जना मनाेनीतलाई पछि पार्दै अलमुताइरीले अवार्ड जितेका हुन् ।    अलमुताइरीकै प्रशिक्षणमा नेपाल पहिलो पटक एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो । उनकै प्रशिक्षणमा नेपाल माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाएकाे थियाे । अलमुताइरीकै प्रशिक्षणमा नेपालले अफ्रिकी देश मोरिसससँग खेलेका दुई वटा मैत्रीपूर्ण खेल पनि जितेको थियो ।

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका छन् । सोलुखोला दुधकोशी जलविद्युत परियोजना उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले हाइड्रोजनको प्रयोग गुणात्मक रुपले वृद्धि हुँदै गएको र आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका हुन् ।   प्रचण्डले भने,‘ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजनतिर जाने यो उत्कृष्ठ अवसर हो । डीजेल र पेट्रोलको गाडी होइन, हाइड्रोजन गाडी चढ्ने सुझाव आएको छ । त्यसका लागि पनि मैले तयारी गरेको छु ।’ नेपाल ग्रीन इनर्जीको प्रचुर सम्भावना रहेको देश भएको बताए ।   उनले भने,‘प्रकृतिले हामीलाई धेरै चिज दिएको छ । म हाइड्रोजन गाडी तयारीमा छु । हाइड्रोजनको प्रयोग गुणात्मक रुपले वृद्धि हुँदैछ । हाइड्रोजनलाई आर्थिक उत्पादनसँग जोड्न जरुरी छ । अर्थतन्त्र संकट समाधानमा सरकार गम्भीर भएर लागेको छ । ’  

काठमाडौं : नेप्से परिसूचक १४ अंकले बढेको छ। नेप्‍से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.५३ अंकले बढेको छ।   यसदिन २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर १ अर्ब २० करोड ४४  लाख ९ हजार ४११ रुपैयाँमा खरिदबिक्री भयो।   आज दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।   शुभम पावर र सुपर मादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो। सीवाईसी नेपाल लघुवित्त वित्तीयको मूल्य ५ प्रतिशतले ओरालो लाग्यो।   कारोबार रकमका आधारमा साल्ट ट्रेडिङ कर्पोरेसन शीर्ष स्थानमा रह्यो।   सो कम्पनीको १२ करोड मूल्य बढिको सेयर खरिदबिक्री भयो। यसैगरी हिमालयन डिस्टिलरी र छिमेक लघुवित्त वित्तीयको मूल्य क्रमश ९ करोड र ५ करोड बढिको सेयर कारोबार भयो।   कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य बढ्यो भने २ को घट्यो।   पाँच उपसमूहको १ प्रतिशत बढिले मूल्य बढेको हो। ११ उपसमूहको मूल्य बढ्दा मनु एन्ड प्रो र म्युचुअल फण्डको मूल्य घटेको हो।

पोखरा:  जिल्ला ट्राफिक कार्यालय कास्कीले होली पर्वको दिन हिजो (शुक्रबार) ट्राफिक नियम उल्लघन गर्ने ३ सय बढी सवारीसाधनलाई कारबाही गरेको जनाएको छ ।  पोखराको सिर्जनाचोक, चिप्लेढुङ्गा, लेकसाइड र हेम्जामा होली मनाउने क्रममा ट्राफिक नियम उल्लघंन गर्ने ३ सय ५६ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको हो ।    होलीको दिनमा कुनै अप्रिय दुर्घटना हुन नदिन ट्राफिक कार्यालयले १७ ठाउँ बढीमा सवारी चेकिङ गरेको थियो ।  कारबाहीमा पनर्मो मोटरसाइकल, स्कुटर, कार र जिप छन् । सवारी चालक अनुमति पत्र नभई गाडी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, सिट क्षमताभन्दा बढि यात्रु राख्ने, तिव्र गतिमा सवारी चलाउने, हेल्मेट नलगाई मोटरसाइकल/स्कुटर कुदाउँने लगायत सवारी कारबाहीमा परेका छन् ।  जसमध्ये सबैभन्दा बढी मोटरसाइकल र स्कुटर कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । ‘ट्राफिक नियम उल्लघंन गरी कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर छन,’ पाठकले भने, ‘धेरैले मादक पदार्थ सेवन गरेको, हेल्मेट नलगाएको, क्षमता भन्दा बढी सवार भएर यात्रा गरेको कारण बढी कारबाहीमा परेका छन् ।’ पाठकका अनुसार २०२ जना मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, १५४ जना हेल्मेट नलगाउने र क्षमता भन्दा बढी सवार गर्ने कारबाहीमा परेको छन् । भने ११९ जना पक्राउ परेका छन् ।  यसैबीच, हिजो मात्रै पोखरामा ८ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा परी एक जना गम्भिर घाइते भएका छन् ।  घाइतेको हाल मणिपाल अस्पातालमा उपचार भईरहेको पाठकले बताए ।   

काठमाडौं:  आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालमा हुने अन्तिम त्रिकोणात्मक शृंखला खेल्न आउने यूएईको टोली घोषणा भएको छ ।   एमिरेट्स क्रिकेट बोर्डले मंगलबार मुहम्मद वासिमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यूएईमा सोमबार सकिएको लिग टु कै शृंखलामा नेपाल विरुद्धको खेलबाट कप्तानी डेब्यु गरेका वासिमले नै कप्तानमा निरन्तरता पाएका छन् । उनले सीपी रिजवानलाई रिप्लेस गरेका हुन्   घरेलु मैदानमा खेलेको शृंखलामा रहेका ३ खेलाडी परिवर्तन भएका छन् । आलिसा शाराफु, राहुल भाटिया र सबिर अलीको स्थानमा अश्वन्त भल्थापा, आर्यंश शर्मा र जावर परिद टिममा समावेश भएका छन् ।   आर्यंशले यू-१९ विश्वकप छनोट खेलेका थिए । नेपाल यूएई र पपुवा न्युगिनी सम्मिलित लिग टू को अन्तिम शृंखला बिहीबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।   असद भालाको कप्तानीमा यूएईमै खेलेको पपुवा न्यु गिनीको टोली नेपाल आउने छ ।

जनकपुरधाम:  मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले होलीले विभिन्न समुदायबीच सद्भाव र मेलमिलाप बढाउने बताएका छन् ।   होली पर्वको अवसरमा आज शुभकामना दिँदै उनले यस्ता पर्वले समुदायहरूलाई आ-आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्द्धन गर्न पनि अभिप्रेरित गर्ने बताए ।   बहुजातीय, बहुभाषीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले भरिएको सुन्दर देश नेपालको मुख्य पहिचान अनेकतामा एकता रहेको उल्लेख गर्दै उनले यहाँका हरेक जातजाति र धर्मावलम्बीहरूमा आ-आफ्नै सांकृतिक महत्व र मौलिक परम्परा रहेको बताए ।   असत्यमाथि सत्यको विजयका रूपमा मनाइने होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने, आपसी मेलमिलाप र सद्भावको यस पर्वले मधेस प्रदेश, देश र देश बाहिर रहेका सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् भन्ने कामनासमेत मुख्यमन्त्री यादवले व्यक्त गरे ।   ‘कुमतिको होलीका दहन होस् र यहाँहरूको जीवन रसरङ्गमय, प्रेममय होस् र खुसीयालीका साथै आपसी एकता र सद्भाव कायम रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु’, उनले भने ।

काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको छ । मुद्दाको फागुन २५ गतेलाई पेसी तोकिएका सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।  अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट हालेका थिए ।   २०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा मात्र आफूले लिएर अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ ।   सर्वोच्च प्रसाशनले यसअघि दरपिठ (दर्ता नहुने) आदेश गरेको थियो । सो निर्णय विरुद्ध रिट निवेदकले पुनः सर्वोच्चमा निवेदन दिएका थिए । निवेदनमा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल लगायतका कानुन व्यवसायीले बहस गरेका थिए । सर्वोच्च प्रशासनको आदेशविरुद्धको निवेदनमा सुनुवाई गर्दै न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले निवेदन दर्ता गर्न आदेश गरेका हुन् ।     प्रचण्डको अभिव्यक्तिलाई लिएर सशस्त्र द्वन्दका पीडित पक्षले उनीमाथि कारबाहीको माग गरेर प्रहरी प्रधान कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग लगायतमा उजुरी दिएका थिए । तर, सो उजुरीउपर प्रक्रिया अघि नबढेको भन्दै उनीहरू सर्वोच्चमा पुगेका हुन् । सार्वजनिक रूपमा नै जिम्मेवारी लिएपछि प्रचण्डको अभिव्यक्ति छानबिनको माग गरिएको छ ।