हाइड्रोजन गाडी चढ्ने तयारीमा छु : प्रचण्ड
काठमाडाैं | फागुन २३, २०७९
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका छन् । सोलुखोला दुधकोशी जलविद्युत परियोजना उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले हाइड्रोजनको प्रयोग गुणात्मक रुपले वृद्धि हुँदै गएको र आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका हुन् ।
प्रचण्डले भने,‘ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजनतिर जाने यो उत्कृष्ठ अवसर हो । डीजेल र पेट्रोलको गाडी होइन, हाइड्रोजन गाडी चढ्ने सुझाव आएको छ । त्यसका लागि पनि मैले तयारी गरेको छु ।’ नेपाल ग्रीन इनर्जीको प्रचुर सम्भावना रहेको देश भएको बताए ।
उनले भने,‘प्रकृतिले हामीलाई धेरै चिज दिएको छ । म हाइड्रोजन गाडी तयारीमा छु । हाइड्रोजनको प्रयोग गुणात्मक रुपले वृद्धि हुँदैछ । हाइड्रोजनलाई आर्थिक उत्पादनसँग जोड्न जरुरी छ । अर्थतन्त्र संकट समाधानमा सरकार गम्भीर भएर लागेको छ । ’
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

