पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

पोखरा: पोखराको लेकसाइडमा रहेको टेम्पल ट्री रिसोर्ट एण्ड स्पाले सञ्चालनको १२ औं वर्ष पुरा गरेको छ । टिपिकल पश्चिमी नेपालको ढाँचा झल्किने डिजाइनमा बनेको रिसोर्ट स्विमीङ पुल, हेल्थ क्लव,  स्पा, सेमिनार हल, रेष्टुरेण्ट, बार तथा सुन्दर बगैंचाले सजिएको छ । विभिन्न अन्र्तराष्ट्रिय सोसल मिडिया तथा साइटहरुले यो रिसोर्टलाई उत्कृष्ट रिसोर्टको सूचीमा राखेको छ । त्यस्तै, बुकिङ डट कमले पनि यो रिसोर्टलाई वर्षेनी उत्कृष्ट स्टार प्रदान गर्दै आएको छ । १३ आंै वर्ष प्रवेशका अवसरमा रिसोर्ट सञ्चालकहरुविच शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । रिसोर्ट सञ्चालन समितिमा बसन्त गौतम अध्यक्ष, चन्दन कायस्थ प्रवन्ध निर्देशक तथा    निर्देशकहरुमा मोनिका ज्यान्तीले, रञ्जन कायस्थ, प्रेम श्रेष्ठ र विमल नहर्की रहनुभएको छ । रिसोर्टमा हाल सय बढी कर्मचारीहरु कार्यरत छन् । यसै अवसरमा रिसोर्टले कर्मचारीहरुमा उत्प्रेरणा जगाउन भेटघाट तथा छलफल एवं समिक्षात्मक कार्यक्रम पनि गरेको छ । 

पोखरा:  कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता शुरु भएको छ । रेवान पोखराका पूर्वाध्यक्ष गोपीबहादुर भट्टराईले टुर्नामेण्ट डाइरेक्टर शक्ति शर्मालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६–७, ६–० र सुपरटाईमा १०–२ ले पराजित गरे । प्रतिस्प्रधात्मक खेलमा पहिलो सेट हारेका भण्डारीले खेलमा कमब्याक गर्र्दै दोश्रो र तेस्रो  सेट आफ्नों पक्षमा परेका हुन् । अर्को खेलमा आयोजक संघका उपाध्यक्ष समेत रहेका नविन चालिसेले अक्क्ष थापालाई ६–२, ६–० को सेटमा पराजित गरे । त्यस्तै अन्य खेलहरुमा कर्ण तामाङले पदम गुरुङ्ग (लेकसाइड) लाई ६–२, ६–१ ले, पदम गुरुङ्ग (नदीपुर) ले बीरेन्द्र लामालाई ६–४, ५–७ र सुपरटाईमा १०–३ ले, विकाश गुरुङ्ग (हङकङ) ले इन्द्र गुरुङ्ग (चाउथे) लाई ६–०, ६–१ ले तथा लक्ष्मण तामाङ्गले अमृत कार्कीलाई ७–६, ६–३ ले पराजित गरे । बुधबारनै भएको खेलमा विनोद कायस्थले के.वि.तामाङलाई ६–२, ६–० ले, अनुज कुमार बाँस्तोलाले दुर्गा सुनारलाई ६–१, ६–० ले विकास गुरुङ्गले शरण गुरुङ्गलाई ६–१, ६–४ ले उज्वल तज्याले सिरोज कोइरालालाई ६–३, ६–१ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए । यसअघि नवप्रवेशीतर्फको फाइनलमा दुर्गा सुनारले सिरोज कोइरालाई ६–२, ६–२को सेटमा पराजित गर्दै विजेता बनेका थिए । प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्गले कास्कीमा टेनिस गतिविधीलाई चलायमान बनाउन तथा नयाँ खेलाडीहरुलाई टेनिस तर्फ आकर्षित गर्न प्रतियोगिता महत्वपूर्ण रहेको बताए । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखरामा खेल पर्यटन विकासका लागि रेवानले वर्षेनी यो प्रतियोगिता गर्दै आएको जनाए । आगामी ५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा सिंगलतर्फ ३२ र डबल्सतर्फ १६ टिमले भाग लिएका छन् । प्रतियोगितामा विजयी हुने खेलाडीले नगद १० हजार सहित ट्रफि तथा द्वितिय हुने खेलाडीले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।

नुवाकोट: गोसाईकुण्ड गाउँपालिका १ थुमनबाट एक जना सुत्केरी महिलाको हेलिकप्टरबाट आज उद्धार गरिएको छ ।   थुमन गाउँकी ३१ वर्षीया पासाङ घलेको हेलिकप्टरबाट उद्धार गरी काठमाडौंस्थित थापाथली प्रसुतीगृह अस्पताल पठाइएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरले उद्धार गरी थापाथली प्रसुतीगृह अस्पताल लगिएको गोसाईकुण्ड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताउनुभयो ।   राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७५–७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएकोअस्पतालमा लगी गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन गरिएको छ ।   रसुवाका प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका जनप्रतिनिधिहरु, जिल्ला स्वास्थ्य कार्यालय रसुवाको पहलमा सुत्केरी महिलाको उद्धार भएको गोसाईकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङले बताउनुभयो । दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारका लागि कार्यविधि २०७५ कात्तिक ३० को मन्त्रीस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको हो ।

काठमाडौं : सरकारले रसायनिक मलमा दिइदै आएको अनुदान कटौती गरेपछि चौतर्फी विरोध सुरू भएको छ। आज राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।   अनुदान कटौती गर्ने सरकारको निर्णय किसानको हितमा नभएको भन्दै उनीहरूले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।   प्रदर्शनमा सहभागीले हाम्रो खुसी अन्न र उपज,हाम्रो उत्पादनमा मलको सहज,खेत त जोगियो,मल बिउ कहा छ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले तत्काल सरकारले अनुदान कटौतीको निर्णय फिर्ता दिनुपर्ने माग गरेका छन् ।    चेकजाच नगरि भारतीय तरकारी भित्राएर किसानको  उत्पादनलाई महत्व नदिने,रसायनिक मलको अनुदान कटौती गरेर स्वदेशी उत्पादनको मूल्यबृद्धि गर्ने काम तत्काल रोकिनुपर्ने राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीले बताए।   उनीहरुले अहिले सांकेतिक बिरोधमात्रै भएकाले सरकारको निर्णय फिर्ता नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । यसअघि सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसँगै रासायनिक मल बढ्ने देखिएको छ ।  

पाल्पा: जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा एक महिला घाइते भएका छन् ।   बुधबार बिहान बराङ्दीका ज्योतिनाथ घिमिरेको घरमा खाना पकाउने एलपी ग्यास पड्किँदा पम्फा घिमिरे घाइते हुनुभएको हो ।   खाना पकाउने क्रममा सिलिण्डर एक्कसी पड्किएर नजिकै रहनुभएका पम्फा घाइते हुनुभएको स्थानीय बासिन्दा दयाराज न्यौपानेले जानकारी दिनुभयो ।   उहाँका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ । सिण्डिर पड्किँदा घरमा समेत क्षति पुगेको छ । स्थानीय बासिन्दाको सहयोगमा घरमा आगलागी हुनबाट भने जोगिएको छ ।

झापा : झापामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका– ४ का ४५ वर्षीय पुष्ट बहादुर कडरिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   कडरिया बुधबार बिहान ७ बजे घर नजिक सडक छेउको काभ्रा रुखमा चढेर घाँस काट्ने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते  उनको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।   घटनाबारे इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

बुधबार सुनको मूल्य स्थिर छ।    मंगलबार  प्रतितोला एक लाख पाँच हजार सात सय रूपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ।    मंगलबार प्रतितोला एक हजार तीन सय रूपैयाँमा कारोबार भएको सुन बुधबार पनि सोही मूल्य कायम भएको छ।    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय एक अमेरिकी डलरमा कारोबार भइरहेको छ।

पोखरा:  चितुवाको आक्रमणबाट २ जना मानिस घाइते भएका छन् ।   बुधबार बिहान साढे ७ बजे पोखरा १८ भुकुण्डेमा ध्रुव थापा लगायत ७ जनाले सञ्चालन गरेको कालिज फर्ममा पसेर मानिसलाई आक्रमण गरेको जिल्ला वडा प्रहरी कार्यालय वैदामका डिएसपी वेद जोशीले बताए ।    चितुवाको आक्रमणबाट फर्ममा काम गर्ने रुपा गाउँपालिका ४ बस्ने २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी घाइते भएका छन् । फर्मका २ वटा कालिज समेत मरेको प्रहरीले जनाएको छ ।   चितुवा फर्मबाट बाहिर निस्कँदा फर्मका ३२ को राजेश तिमिल्सिनालाई समेत घाइते भएको डिएसपी जोशीले बताए । ‘दुवै जना घाइतेको मेट्रो सिटी अस्पताल उपचार भइरहेको छ । गाला र दाहिने आँखामा सामान्य कोतारिएको छ,’ जोशीले भने । चितुवालाई स्थानीय मानिस, प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिने प्रयास हुँदा झाडीमा मरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

काठमाडौं :  काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जेब्राक्रसिङ तथा आकाशेपुलबाट सडक पार गर्न र साइकल चालकलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन पैदलयात्री सचेतना अभियानको  सुरूवात गरेको छ।   जेब्राक्रसिङ तथा आकाशे पुल प्रयोग गरौं भन्ने प्‍ले कार्ड नै देखाएर ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न चोक चोकमा बसेर अभियानको सुरूवात गरेको हो।   दिनप्रतिदिन बढ्दो सवारी चापका साथै आकोश पुल र जेब्राक्रसिङ बाहेकका स्थानबाट जथाभावी सडक पार गर्दा ज्यानै जोखिममा पर्ने तथ्यांकलाई आधार मान्दै सुरूवात गरिएको अभियानमा सोमबार ६३७ पैदलयात्रीहरूलाई ट्राफिक प्रहरीले सम्झाइबुझाइ गरेको छ ।    सम्झाइबुझाइका क्रममा काठमाडौंको न्युरोड,बालकुमारी,जडिबुटी,ललितपुरको सातदोबाटो र जावलाखेल,भक्तपुरको सल्लाघारी र गठ्ठाघरमा रहेको आकाशेपुलबाट पैदलयात्रुहरूलाई सडक वारपार लगाइएको थियो ।    यस्तै ट्राफिक प्रहरीले रेड लाइट क्रस गर्ने,जेब्रा क्रसिङमा रोक्ने,फुटपाथमा साइकल चलाउनेलगायतका विविध ट्राफिक नियम उल्लंघन गर्ने १९३ जना साइकलका चालकलाई पनि सम्झाइ बुझाइ गरेको छ । काठमाडौंको कमलपोखरी,थापाथली,बल्खु,बुढानिलकण्ठ,नयाँबसपार्क, नागढुङगा,बौद्ध र भक्तपुरमा साइकल यात्रीलाई सम्झाइ बुझाइ गरिएको हो ।     काठमाडौं उपत्यकामा गत आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा ५८ जना र चालु आवको हालसम्म ४० जना पैदलयात्रीको मृत्यु भएको छ । यस तथ्यांकले सडकमा पैदलयात्रु सबैभन्दा बढी जोखिममा रहने देखिएकाले यस अभियानले पैदलयात्रीमा ट्राफिक सचेतता अभिवृद्दि गर्न र ट्राफिक व्यवस्थापनमा सहजीकरण गरी दुर्घटनामा कमि ल्याउन मद्दत पुग्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।   यस अघि २०७४ वैशाख र २०७६ पुसमा पनि जथाभावी सडक पार नगरौं भन्ने जनचेतनामुलक कार्यक्रम ट्राफिक प्रहरीले सञ्चालन गरिएको थियो । आकाशे पुल भएको स्थानमा आकाशे पुलबाट र जेब्राक्रस भएका स्थानमा जेब्राक्रसिङबाट मात्रै सडक वारपार गर्नुहुन र  ट्राफिक नियमको पालना गर्दै सवारी साधन चलाउन हुन सबै सडक प्रयोगकर्ताहरूमा प्रवक्ता भट्टले अनुरोध समेत गरेका छन्।