पोखरा: पोखरा महानगर स्वास्थ्य महाशाखा अन्तरगत रहेको पोखरा महानगरपालिका –८ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले कोरोनाकालमा प्रयोग गरिएका सिरिञ्जहरु जथाभावी फालेको पाइएको छ । महानरको महाशाखा अन्तरगत शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कोभिड–१९ विरुद्ध लगाइएका सयौं सुई (सिरिञ्ज) तथा पिसिआर परिक्षण गरिएका किटहरु जथाभावी रुपमा डंगुर बनाएर राखेको पाइएको हो । कोरोना भाइरसको महामारीको समयमा पोखरा महानगरपालिकाले आफ्नो महाशाखा अन्तरगत विभिन्न वडाका शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा भ्याक्सिन (सुई) लगाउने प्रबन्ध मिलाएको थियो । सोही समयमा प्रयोग गरिएका सिरिञ्जहरु लगाइएकै स्थानमा डंगुर बनाएर राखिएको एक स्थानीयले सुनगाभा न्यूजसँग बताए । ‘त्यही ठाउँ हो कोरोनाकालमा भ्याक्सिन लगाएको, अहिलेसम्म पनि सुइको डंगुर देखिएको छ, उनले महानगरको स्वास्थ्य महाशाखालाई प्रश्न गरे, ‘यस्तो गम्भीर लापरवाही गर्न हुन्छ, स्वास्थ्य जस्तो संवेदनशील कुरामा ?’ पोखरा महानगरपालिका ८ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रकै परिसरमा रहेको ट्रष्टभित्र नगण्य मात्रामा सिरिञ्जहरुको डंगुर मात्रै छैन यत्रतत्र छरिएका पनि छन् । यसले सो कार्यालयमा पुग्ने सेवाग्राहीलाईसमेत त्रसित बनाएको छ । सो केन्द्रको मुख्य गेट रहेपनि पछाडीपट्टी खुला रहेकाले लागुऔषधको प्रयोगकर्ताहरुको अखडा हुनेगरेको स्थानीहरुको गुनासो छ । कोरोनाकालको सिरिञ्जको डंगुर भएकौ ट्रसको भित्तमा लेखिएको छ, ‘गाँजा खाने ठाउँ’ । सोही स्थानमा बेलुकीपख लागुऔषध प्रयोगकर्ताहरुको अखडाकै कारण स्थानीयमा त्रास पैदा भएको बताउदै भने ‘दुईवर्ष भइसक्यो अहिलेसम्म पनि फालेको छैन । जहाँको त्यही छ, यसले त वातावरणीय प्रभाव पर्ने भो, स्वास्थ्यमा असर गर्ने देखियो । यस्तको कुरामा पनि किन लापरवाही गरेको होला ।’ सो डंगुरको विषयमा पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाको सुचना अधिकारी फुलदेव तिम्सिनासँग बुझ्दा अझैपनि कोरोनाकालको सिरिञ्जको डंगुर रहेको स्वीकार गरे । उनले विभिन्न कारणले गर्दा सिरिन्जको व्यवस्थापन गर्न नसकेको जवाफिए । ‘यो स्वास्थ्य कार्यालयको जिम्मामा परेको हो, मेडिकलजन्य फोहोरहरुलाई व्यवस्थापन गर्न भनेको छु, तिम्सिनाले भने, ‘मेडिकल वेस्टले केही दिनमा व्यवस्थापन गर्नेछ ।’ उनले सम्बन्धि कार्यालयलाई व्यवस्थापनका लागि खबर गरिसकेको बताए । ‘मैले उहाँहरुलाई खबर गरिसकेको छ । त्यसको छिटै उचित व्यवस्थापन हुन्छ, तिम्सिनाले भने ।’ हेरौं थप तस्बिरहरु:–
रामेछाप : रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ। बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो। खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेको गोकुलगङ्गा–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिए। खुकुरी प्रहारबाट उनको टाउकोमा गहीरो चोट लागेको थियो। श्रीमती केही दिनअघि बिरामी भएर उपचारका लागि काठमाडौं गएकाले वृद्ध दुई नातिनीका साथ बस्दै आएका थिए। नातिनीहरु घर बाहिर निस्किएको मौका छोपी उनीमाथि खुकुरी प्रहार भएको प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए। घटना रहस्यमय भएकाले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याएको उनले बताए।
पोखरा: नेपाल बैंक लिमिटेडले पोखराको लेकसाइडमा ८ औं शाखा सञ्चालनमा ल्याएको छ । लेकसाइडमा शाखा बैंकिङ सञ्चालनमा ल्याएसँगै बैंकले पोखरामा आठौं शाखा सञ्चालनमा ल्याएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद अधिकारीले सयुक्त रुपमा लेकसाइड शाखाको उद्घाटन गरेका हुन् । शाखा बैंकको औपचारिक उद्घाटन आज भएपनि गत भदौै देखि नै शाखा सञ्चालनमा रहेको नेपाल बैंक पोखराले जनाएको छ । नेपाल बैंक लेकसाइड शाखाको उद्घाट समारोहमा बोल्दै पोखरा महानगरका मेयर धनराज आचार्यले नेपाल बैंकले पोखराको भित्रको आर्थिक क्षेत्रमा सहयोग पुग्ने बताए । ‘नेपाल बैंकले पोखरामा ८ औं शाखा लेकसाइडमा विस्तार गर्दै पोखराको भित्रको आर्थिक समृद्धिको लागि सहयोग पु¥याएको छ, मेयर आचार्यले भने, ‘पछिल्लो समय सहकारीको क्षेत्रमा समस्या देखा परेको छ, त्यसमा राष्ट्रबैंकले अनुगमन र नियमन गर्नुपर्ने देखिएको छ ।’ राष्ट्र बैंक गण्डकी प्रदेश प्रमुख आर्या जोशीले बैंकिङ शाखा विस्तारले मात्र जनता बैंकिङ पहुचमा सहजै पुग्न नसकेको बताईन् । ‘बैंकहरुको शाखा विस्तार भएको छ, तर भौगोलिक विविधताको कारण शाखामा पनि जनता सजिलै पुग्न सकेका छैेनन्, उनले भनिन्, ‘नागरिकलाई सुविधा सहितको शाखा विस्तारमा सबै बैंकहरुले ध्यान दिन जरुरी छ ।’ उनले कोभिड पछि अर्थतन्त्रमा असहज भएको र अहिले अर्थतन्त्र सुधार उन्मुख भएकाले बैशाखदेखि व्याजदर घट्ने समेत बताईन् । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक अन्य बैंक भन्दा भिन्न रहेको बताए । ‘नेपाल सरकार र नेपाली जनताको शेयर भएको नेपाल बैंक पहिचान सहितको बैंक हो, निर्देशक अधिकारीले भने, ‘यो बैंकको मुख्य लक्ष्य नागरिकलाई सेवा दिनु हो, नेपालको नाम जोडिएको बैंक भएकाले जनताको सेवामा सधै अगाडि बढेको छ ।’ कार्यक्रममा पोखरा महानगरपालिका ६का वडाध्यक्ष विष्णुबहादुर भण्डारी, नेपाल बैंक गण्डकी प्रदेशकी प्रमुख सचिता पराजुली, नेपाल बैंक भुतपूर्व कर्मचारी संघका राजेन्द्रमान श्रेष्ठ लगायतले बोलेका थिए । वि.सं.१९९४ मा स्थापना भएको बैंकका हाल देशभरी २ सय २८ वटा शाखा रहेका छन् । त्यस्तै गण्डकी प्रदेशमा ३० शाखा र पोखरामा ८ वटा शाखा रहेको बैंकले जनाएको छ । पोखरामा १० वटा एटिएम बुथ मार्फत बैंकले सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपालगञ्ज: रोजगारी तथा अन्य विभिन्न कामले भारतमा बसेर फर्किरहेका नेपालीमा कोरोना संक्रमण भेटिन थालेपछि यहाँस्थित जमुनाहा नाकामा फेरि कडाइ गरिएको छ । गत केही दिनयता भारतबाट फर्किनेहरुमा दैनिकजसो कोभिड संक्रमित फेला पर्न थालेपछि कोरोना परीक्षण बढाउनुका साथै आउनेहरुमाथि कडा निगरानी थालिएको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । हाल आएर दैनिकजसो कोभिडका विरामी नाकामा फेला परिरहेकाले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्नुका साथै नेपाल आउनेहरुलाई विशेष रुपमा सोधपुछ गर्ने तथा स्वास्थ्य अवस्थाको जानकारी लिने काम भैरहेको जमुनाहा प्रहरीका प्रहरी निरीक्षक दामु पुनले बताउनुभयो । बाँकेमा गत केही महिना यता कोभिडका विरामीहरु फेला परेका थिएनन् । तर, हाल आएर भारतबाट फर्किने नेपालीमा फेरि कोभिड संक्रमण देखिन थालेको छ । नाकामा परीक्षण गर्दा संक्रमित भेटिन थालेपछि नाकामा कडाइ गरेर परीक्षणलाई बढाइएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो । उहाँले पछिल्लो समयमा जमुनाहा नाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्किने शंकास्पदहरुको कोभिड परीक्षण गर्दा संक्रमितहरु भेटिने क्रम बढ्दै गएको बताउनुभयो । चैतको महिनामा मात्र हालसम्म जमुनाहा नाकामा २१ जनामा कोभिड संक्रमण पुष्टि भएकाले उनीहरुबाट अन्यमा पनि संक्रमण फैलिने सम्भावना रहेको हुँदा नाकामा कडाइ गरिएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ । नाकामा परीक्षण गर्दा संक्रमण देखिएकाहरुमा सामान्य रुघाखोकी बाहेक अन्य जटिल लक्षण नदेखिएको जमुनाहास्थित हेल्थ डेस्कले जनाएको छ । संक्रमण पुष्टि भएका सबैलाई नाकाबाटै सोझै सम्बन्धित जिल्लाका स्थानीय तहसँगको समन्वयमा होम आइसोलेसन बस्ने गरी घर पठाइएको छ । भारतबाट फर्किनेहरुमाथि निगरानी बढाउने र शंकास्पद सबैको परीक्षण गरेर मात्र छिर्न दिने व्यवस्था मिलाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । फेरि कोभिड संक्रमण बढ्न थालेपछि सबैलाई स्वास्थ्य मापदण्डको नियमित पालना गर्न स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ ।
पोखरा: नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसम्पादन समितिको आज बसेको बैठकबाट विविध निर्णय सहित कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बैठकमा बोल्दै प्रदेश तथा संघको निर्वाचनमा आम जनताको विश्वास गरी पहिलो दल बनाउन सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै जनताका विचमा गरेका प्रतिवद्धतालाई सत्तामा रहेका जनप्रतिनिधिहरुले विर्सन नहुने जानकारी गराए । “हामीले जनतासँग एउटा संकल्प गरेका छौं, जुन विश्वासलाई अब काममा देखाउने अवस्था आएको छ । हिजोको कामलाई अध्ययनमा राखेर कसैलाई भेदभाव नगरी नकरात्मक टिप्पणी नउठ्ने गरी सावधान रहेर सत्तामा रहेका र पार्टीमा रहेका सम्पूर्णले सकरात्मक काम गर्नुपर्छ । उनले भने, अब ५ वर्षपछि निर्वाचनमा जाँदा जनताले प्रत्यक्ष मनन गर्नेगरी काम गरेमा मात्र जनताको आशा र भरोसाले सार्थकता पाउछ ।” त्यसैगरी सभापति शर्माले नेपाली कांग्रेस पार्टी र नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनी जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरु साझा रहेको र एउटै डुंगामा बसेको बताउदै पार्टीका कार्यकर्ता र सत्तामा रहेका जनप्रतिनिधिबाट एउटा संरचना बनेको छ । डुङ्गा पल्टेर डुब्दा डुङ्गामा रहेका सबै डुवेझैं कुनैपनि एउटा संरचनाले गलत गरेमा पार्टी र जनप्रतिनिधिलाई प्रत्यक्ष असर पार्ने भनाई रहेको थियो । उक्त वैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेले नेपाली कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेश सरकार बन्ने विश्वास दिलाएका थिए । उनले भने, “नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने वातावरण बनेको छ, हाम्रै नेतृत्वमा सरकार बन्छ, सरकार बनेपनि मन्त्रालयको संख्या बढ्नेछैन । बरु जनताबाट जस पाउने गरी काम गर्नुका साथै जनतालाई डेलिभरी दिनेगरी काममा प्रदेश सरकार लाग्ने छ ।” पार्टी तहमा केन्द्र, प्रदेश र जिल्लाले जनमुखी कार्यक्रमहरु गर्दा नजुध्ने गरी काम गर्नुपर्छ । जसले पार्टीका विभिन्न निकाय र जनतामा थप हौसला प्रदान गर्ने उनले वैठकमा जानकारी गराएका थिए । त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जिल्ला कार्यसमितिलाई चलायमान, गतिशिल व्यवस्थित बनाउनका लागि गण्डकी प्रदेश भित्र रहेका ११ जिल्लाका सचिव, कोषाध्यक्ष र सहसचिवसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गर्ने वैठकबाट निर्णय भएको जानकारी गराएका थिए । साथै पार्टी संगठन मजबुद बनाउनको लागि प्रदेशका ११ वटै जिल्लामा एकैचोटी पार्टी सदस्यता वितरणको अभियान चलाउने निर्णय गरिएको समेत उनले बताएका थिए । वैठकमा गण्डकी प्रदेशका महामन्त्रीद्वय किरण बावु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेले कार्यक्रमको विषयवस्तु प्रस्तुत गर्नुका साथै कार्यसम्पादन समितिले प्रस्तावहरुलाई सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता बास्तोलाको भनाई रहेको थियो । उक्त वैठकमा नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति तथा प्रशिक्षण विभाग संयोजक कल्पना तिवारी, कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ, सहमहामन्त्री रमेश कुमार पाण्डे, कोपिला रानाभाट जिल्ला सभापतिहरु डा.टकराज गुरुङ, जित शेरचन र नन्द न्यौपाने लगायतले आफ्नो भनाई राखेका थिए।
पोखरा: पोखरा महानगरपालिका वडा नं. ९ स्थित पार्वती टोल विकास संस्थाको छैटौं साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभा तथा समाज भवन उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले गर्नुभएको थियो । उपमेयर गुरुङले मानिसका आवश्यकता दिनप्रतिदिन वढ्दै जाँदा गास वास कपास पछि शिक्षा, स्वास्थ्य र रोजगार पनि थपिदै गएकोले अब आय आर्जनका कार्यमा महिलाहरु लाग्नु पर्ने वताउनु भयो । साथै उहाँले समाज भवन वनाउन सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई एस टि. पल, गोविन्द तुलाचन (गोपी), पार्वर्ती आमा समुह, लेखमाया थापामगर, जितबहादुर मोक्तान, जितबहादुर तामाङ, मनमाया गुरुङ, नीरमाया मोक्तान र टौकुमारी पुनमगरलाई दोसल्ला, अविर र सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । करिब १४ लाख लागतमा समाज भवन वनेको हो । सो अवसरमा पुर्व प्रदेश सांसद प्रभा कोइराला, पोखरा महानगरपालिका वडा नं. ९ की कार्यबहाक अध्यक्ष लक्ष्मी पहारी, राष्ट्रिय महिला अधिकारकी केन्द्रिय उपाध्यक्ष दिलमाया गुरुङ, कार्यपालिका सदस्य गोविन्द तुलाचन (गोपी), नेकपा एमाले पोखरा ९ का अध्यक्ष प्रेमबहादुर गुरुङ, भुमि अधिकार तथा श्रमिकसंघ कास्कीका अध्यक्ष टेक बहादुर प्ुन, गणतान्त्रिक टोलविकास संस्थाका अध्यक्ष कृष्ण परियार, दलित सन्जाल पोखरा ९ का सचिव विकास आनन्द, शान्तिघाट आमा समुहकी अध्यक्ष सरस्वती श्रेष्ठ सरु लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो । संस्थाका अध्यक्ष भिमबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जितबहादुर मोक्तानले स्वागत र संचालन सचिव लेखमाया थापामगरले गरेकी गर्नुभएको थियो ।
पोखरा: नेपाल नेत्रज्योति संघ कास्कीको आयोजना र पत्रकार महासंघ गण्डकी प्रदेश समितिको संयोजनमा भएको निःशुल्क आँखा शिविरमा १८१ जना पत्रकारहरुले आँखा जाँच गराएका छन् र आँखा जाँचको क्रममा पत्रकारहरुमा दृष्टि दोषको समस्या सबैभन्दा बढिमा देखिएको छ । १८१ जनामा गरिएको परीक्षणमध्य १०५ जनामा आँखा सुख्खा हुने, पोल्ने समस्या देखिएको छ । उनीहरुलाई औषधी दिइएको छ । वातावरणीय प्रदुषणका कारण आँखामा समस्या बढि देखिने र कम्प्युटर स्क्रिनमा बढी समय काम गर्दा त्यस्तो समस्या देखिने हिमालय आँखा अस्पतालका नेत्र अधिकृत सुभाष नेपालले बताए । यस्तै पढ्न लेख्न समस्या देखिएका कारण ३५ जनालाई नियर भिजन ग्लास भएको चश्मा उपलब्ध गराइएको छ भने नानी फुलाएर जाच्नु पर्ने (रेटिना फुलाउने) र आँखाका नानीहरुको नसा परीक्षण गर्नु पर्ने बिरामीलाई थप विस्तृत जाँचका लागि हिमालय आँखा अस्पतालमा रिफर गरिएको छ । रिफर भएका पत्रकारहरुको थप स्वास्थ्य परीक्षण निःशुल्क हुने हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले बताइन् । शिविरको उद्घाटन सत्रमा बोल्दै नेत्रज्योती संघ कास्कीका अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्ण गुरुङले समाजमा दिन रात खट्ने पत्रकारहरुको आँखा स्वास्थ्यलाई स्वस्थ्य राख्ने उद्देश्यले निःशुल्क सिविर आयोजना गरिएको बताए । हिमालय आँखा अस्पताल पोखराका मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले हिमालय आँखा अस्पतालले आम नागरिकका आँखा उपचार सेवामा पु¥याएको योगदानको चर्चा गर्दै सञ्चारकर्मीहरुलाई सेवा दिन पाउदा गर्व लागेको बताइन् । शिविरको समन्वय संस्था पत्रकार महासंघ गण्डकी प्रदेश समितिका का.वा अध्यक्ष गोविन्द सुवेदीले पत्रकारहरुको छाता संस्थाको ६७ औं स्थापना दिवसको उपलक्ष्यमा नेत्रज्योती संघको आयोजनामा भएको निःशुल्क आँखा जाँच शिविरले पत्रकार महासंघ र नेत्रज्योती संघबीच थप सम्बन्ध प्रगाढ भएको बताउदै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताएका छन् । पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकारहरुको लागि बेला बेलामा आँखा परीक्षण गरिहनु पर्ने बताइन । निःशुल्क शिविर कार्यक्रम प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार नारायण कार्कीको आँखा परीक्षण गरि उद्घाटन गरिएको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिव यदुनाथ बञ्जाराले गरेका थिए ।
म्याग्दी: मुस्ताङमा गुणस्तर परीक्षणका लागि पस्मिना को कच्चा पदार्थ च्याङ्ग्राको भुवा सङ्कलन गर्न थालिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पस्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र, नेपाल पस्मिना सङ्घ र च्याङ्ग्रा पस्मिना किसान सङ्घको समन्वयमा नेपालमै पहिलोपटक भुवाको परीक्षण गर्न लागेको हो । सङ्कलित नमुनालाई पश्मिनाको मोटाइ र लम्बाइ मापन गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला तथा नेपाल गुणस्तर तथा नाप तौल विभागमा व्यावसायिक गुणस्तर परीक्षणका लागि पठाइने नेपाल पस्मिना उद्योग सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले बताउनुभयो । “लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट च्याङ्ग्रा भुवाको आठ सयवटा नमुना सङ्कलन गर्दछौँ”, उहाँले भन्नुभयो, “चारवटै पालिकाका एक सय ६० किसानले पालेका पाँच–पाँच वटा फरक–फरक, भूगोल, तौल, रङ र उमेर समूहका च्याङ्ग्राको शरीरबाट नमुना भुवा निकालिने छ ।” चैत १३ देखि २२ गतेसम्म च्याङ्ग्राको शरीरबाट परीक्षण गर्नका लागि भुवा काट्न पस्मिना उद्योग सङ्घ, नार्क र अन्तर्राष्ट्रिय व्यापार केन्द्रका प्रतिनिधिको उपस्थितिमा तालिमप्राप्त नौ जना प्रशिक्षक कृषक परिचालन गरिएको छ । अन्तर्राष्ट्रिय पस्मिना विशेषज्ञ क्यारोल केभिड, नार्कका वैज्ञानिक नीना अमात्य (गोर्खाली), उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशीसहितको टोलीले चैतको ८ देखि १२ गतेसम्म स्थलगत तालिम दिनुभएको थियो । “पश्मिनाको गुणस्तरले यसको महत्त्व तथा बजार मूल्यमा असर गर्दछ”, अन्तर्राष्ट्रिय व्यापार केन्द्रका विशेषज्ञ सिचन श्रेष्ठले भन्नुभयो, “अन्य मुलुकमा भएको अनुसन्धानले जस्तै मुस्ताङको पस्मिना भुवामा पनि गुणस्तरमा विविधता देखिने अनुमान गरिएको छ । जसबाट गुणस्तरीय च्याङ्ग्राको नस्ल विकास, अनुसन्धान र भुवाको अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग पुग्नेछ ।” राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख अमात्य ९गोर्खाली०ले मुस्ताङमा पहिलोपटक गरिने नमुना सङ्कलनबाट च्याङ्ग्राको पश्मिनाको गुणस्तर पत्ता लाग्ने बताउनुभयो । “च्याङ्ग्राको पस्मिना राम्रो छ भन्ने गरिन्छ । तर गुणस्तरका बारेमा औपचारिक अध्ययन नभएको अवस्थामा यो पहिलो खुड्किलो हो”, उहाँले भन्नुभयो, “यसैमा आधारित भएर नस्ल सुधारका लागि समेत थप कार्यक्रम बनाउन सहयोग पुग्दछ ।” प्राकृतिकरूपमा विरलै उत्पादन हुने च्याङ्ग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दो छ । राम्रो गुणस्तरको च्याङ्ग्रा पस्मिनाका लागि आकर्षक मूल्य तिर्न नेपाली खरिदकर्ता तयार भएकाले च्याङ्ग्रापालक कृषकले राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ । नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङ्ग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ । नेपाल पस्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक एक सय ९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ । विदेशबाट कच्चा पदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पस्मिना उद्योगी भीम शेरचनले बताउनुभयो । बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । शरीरबाटै झरेर खेर जाने गरेको थियो । तीस प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो । नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भुवा सङ्कलन र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ । वैशाख–जेठ महिना च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने याम हो । भुवा निकाल्ने सीप र नयाँ प्रविधि हस्तान्तरणका साथै तालिम प्रदान गरिएको छ । च्याङ्ग्राको भुवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । भेडा र चौँरीको तुलनामा च्याङ्ग्राको भुवालाई गुणस्तरीय मानिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका कृषकले व्यावसायिक च्याङ्ग्रापालन गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार ५२ हजार च्याङ्ग्रा पालिएको छ ।
पोखरा: सामुदायिक वन उपभोक्ता महासंघ माछापुच्छ्रे गाउँपालिकाको दोश्रो अधिवेशनले धर्मराज ढुङ्गानाको अध्यक्षतामा दश सदस्य नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । सो समितिको उपाध्यक्ष बाबुराम तिमिल्सिना, सचिव मालती अधिकारी, कोषाध्यक्षमा पार्वती अधिकारी सदस्यहरुमा यमुना भुजेल,गौरी पौडेल, उमानाथ अधिकारी निर्वाचित हुनु भएको छ । बाँकी सदस्य पछि मनोनित गरिने बताइएको छ । अधिवेशनले प्रदेश प्रतिनिधिमा सोमबहादुर भुजेल, मार्कण्य अधिकारी,बलराम ढुङ्गाना, गुरुदत्त अधिकारी, गिता अधिकारी, गिता बराल, गायत्री अधिकारी, बुद्धिमाया अधिकारी एवम् जिल्ला प्रतिनिधिमा चुडामणी अधिकारी, खिमलाल अधिकारी,दाताराम अधिकारी, रमा गौतम, अनिता नेपाली र लक्ष्मी ढुङ्गाना निर्वाचित हुनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हरि बास्तोलाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) खारेज गरि स्थानीय वासिन्दालाई संरक्षणको जिम्मा दिनु पर्नेमा जोड दिनुभयो । स्थानीय समुदाय प्राकृति श्रोतको उपयोगबाट बञ्चित हुन नहुने बताउँदै उहाँले वन क्षेत्रमा उपभोक्ताको अधिकार स्थापित गर्न तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो । महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले महासंघले उपभोक्ताको हक अधिकार स्थापित गर्न जिम्मेवार भएर अघि बढेको बताउँदै वन एने, विनियम र कार्ययोजना अनुरुप प्रकृया मिलायर वन पैदावार उपयोग गर्नुपर्ने बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ कास्की अध्यक्ष विश्वनाथ अधिकारीले जिल्लामा पाँच सय भन्दा बढी सामुदायिक वन समूह रहेको जानकारी दिंदै सम्भाव्यता अध्ययनका आधारमा वन क्षेत्रलाई आयआर्जनसंग जोडिन खालका उद्यम सञ्चालनतर्पm लाग्नु पर्ने विचार व्यक्त गर्नुभयो । गाउँपालिका महासंँघ माछापुच्छ्रेका अध्यक्ष चुडामणी अधिकारको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ६ का वडासदस्य गुरुदत्त अधिकारी, उमानाथ अधिकारी, मालती अधिकारी लगायतले सर्वसुलभ तरिकाले वन पैदावार उपयोग गर्ने खालको निती आवश्यक रहेको बताउनुभयो ।

