पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

पोखरा: नेकपा (एमाले) गण्डकी प्रदेशको पहिलो अधिवेशन आगामी असोजमा हुने भएको छ ।   सोमबार सम्पन्न प्रदेश कमिटीको पूर्ण बैठकले असोजको  १५ र १६ गते पोखरामा सो अधिबेशन गर्ने निर्णय गरेको एमाले गण्डकी प्रदेश कमिटीका उप सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए। त्यसै गरि बैठकले जनबर्गिय संगठनका अधिबेशन सम्पन्न गर्ने , सदस्यता बिस्तार अभियान तिब्रताका साथ अगाडी बढाउने निर्णय भएको कार्यालय सचिब माधब बास्तोलाले जानकारी दिए। सो बैठकको एमाले महासचिव शंकर पोख्रेलले उद्घाटन गरेका थिए।  कार्यक्रममा महासचिब पोख्रेल सहित उप महासचिव पृथ्वीसुब्बा गुरुङ, सचिब एबम गण्डकीका इन्चार्ज गोकर्ण बिष्ट , स्थायी कमिटी सदस्य खगराज अधिकारी लगाएतका नेताहरूले एमालेको अब भाबी रणनीति र संगठन मजबुतिकरण अभियानका बारेमा प्रकाश पारेका थिए। गण्डकी प्रदेशका ११ वटा जिल्ला कमिटीका  रिपोर्टिङ सहित समिक्षा गर्दै  बैठक  अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न  भएको थियो भने स्वागत मोहन रेग्मी र संचालन सचिब धनन्जय दवाडीले गरेको पार्टी प्रचार तथा प्रकाशन बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए।

काठमाण्डौ​​: आज सर्लाही, रौतहट र सिन्धुलीमा बाढीको उच्च जोखिम छ । बाग्मती र यसका प्रमुख सहायक नदीमा जलसतह खतराको तहभन्दा माथि हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।   त्यस्तै, झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, नवलपरासी, तनहुँ, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रका नदी तथा साना खोलामा आज बाढीको जोखिम छ । त्यस्तै, काठमाण्डौ उपत्यकामा पनि जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।    बिहान ठूलो पानी परेको काठमाण्डौ उपत्यकामा अहिले पानी पर्न रोकिएको छ । तर आज दिनभरी नै झरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

काठमाडौँ:  अपरुद्ध सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रियता देखाएका छन् । संसद खोल्ने प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटार तीन दलको बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित छन् ।  तस्करीको सुन प्रकरणलाई लिएर एमालेले उच्चस्तरीय छानविन समितिको माग गर्दै संसदमा गतिरोध कायम गरेपछि हिजोदेखि सदन सुचारु गर्नका लागि छलफल थालिएको थियो ।    सोमबार २ चरणमा भएको छलफलबाट सहमति ननिस्किएपछि फेरि बैठक बोलाइएको हो । सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानविन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानविन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण सोमबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक बस्न सकेको थिएन । आज अपराह्न ३ बजेका लागि बैठक बोलाइएको छ ।  

पोखरा:   पोखरा महानगरपालिकालले आँखा पाक्ने रोग फैलन थालेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।    महानगरले आज (मंगलबार) सूचना प्रकाशित गर्दै भोलिदेखि साउन २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।  पछिल्लो एक हप्तायता पोखरामा पनि आँखा पाक्ने बिरामीको संख्या बढ्दै गएपछि केही दिन बिद्यालय बन्द गर्न सुझाव दिएका थिए ।  विद्यार्थी–शिक्षकसँगै संक्रमण घर–घर पुग्न थालेपछि केही दिनका लागि विद्यालय बन्द गर्न महानगरपालिकाले जनाएको छ ।    स्वास्थ्य संस्थाहरूमा आँखा रातो हुने, पाक्ने, चिलाउने, पानी बग्ने तथा पोल्नेजस्ता समस्या लिएर बिरामीको चाप बढ्दै गएको छ ।

सल्यानमा आफ्नै छोराको लाठी प्रहारबाट आमाको ज्यान गएको छ ।   शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरकी ४८ वर्षीया शारदा भण्डारीको लाठी प्रहारबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।   बिहान ४ बजे २३ वर्षका छोरा नवीन भण्डारीले कोठामा सुतिरहेकी आमालाई लाठीले टाउकोमा प्रहार गरेका र आमाको ज्यान गएको प्रहरीले जनाएको छ ।   छोरालाई पक्राउ गरिएको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पोखरा:   पोखरा महानगरपालिकाले स्थानीयको अवरोधकाबीच १२ दिनपछि ३० वटा गाडीमा राखिएको फोहोर अस्थायी ल्याण्डफिल साइटमा फालेको छ ।  पोखरा महानगरपालिका ३२ लामेआहालमा रहेको अस्थायी रुपमा रहेको ल्याण्डफिल साइटमा आज महानगरले ३० गाडी फोहोर फालिएको महानगरले जनाएको छ ।  पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सीनाले अस्थायी ल्याण्डफिल साइटमा फोहोर फाल्नका लागि स्थानीयसँगसमन्वय भइरहेको र सर्वोच्च अदालतले पनि कानूनी बाटो खुल्ला गरेकाले फोहोर फालिएको बताए ।  ‘लामेआहालमा रहेको अस्थायी रुपमा रहेको ल्याण्डफिल साइटमा फोहोर फाल्न स्थानीयले केहीदिन यता अवरोध गरेका थिए, त्यसमा सर्वोच्च अदालतमा पनि मुद्धा प¥यो’, तिम्सीनाले भने, ‘स्थानीयको माग पूरा गर्न छलफलमा गरिरहेका छौं, अदालतले पनि कानूनी बाटो खुल्ला गरेकाले आज फोहोर फालेका हौं ।’ यस्तै पोखरा महानगरापालिकाका सरसफाई शाखा प्रमुख कल्पना बरालले सोमबार पोखराको विभिन्न स्थानबाट उठाइएका फोहोर आज अस्थायी ल्याण्डफिल्ड साइडमा फालिएको जानकारी दिइन् । उनले सोमबार उठेको फोहोर आज फालेकाले अब नियमित रुपमा फोहोर उठ्ने बताएकी छिन् ।  सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले लामेआहालमै फोहोर फाल्ने निर्णय गरेको थियो । स्थानीयले अवरोध गर्नसक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षाकमी परिचालन गरिएपनि विना अवरोध फोहोर अस्थायी ल्याण्डफिल्डमा फालिएको महानगरले जनाएको छ ।  पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट निर्माण गर्दा स्थानीयसँग गरिएको १६ बुँदे माग कार्यान्वयन गर्ने बताउँदै आएको छ । 

मकवानपुरको बागमती गाउँपालिका- ५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन्।   जिल्ला प्रहरी कार्यालय मकवानपुरका  अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो। पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ।   अक्कलबहादुर, उनका  छोरी  शिला स्याङतान, ज्वाइँ जीवन पहरी,नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीया पासाङ पहिरामा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए। रासस

ललितपुरको च्यासलमा रहेको नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा बाढी पसेको छ।   काठमाडौंको पूर्वी भेग भएर आउने मनोहरा नदीको जल सतह बढ्दा मंगलबार बिहान पार्टी कार्यालय डुबानमा परेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए। च्यासल जोड्ने पुलमुनिबाट पानी पास हुन नसक्दा ठोक्किएर पार्टी कार्यालयतिर फर्किएको र कम्पाउन्ड डुबेको उनको भनाइ छ।   ‘पुलमुनिबाट पानी पास हुन नसक्दा फर्कियो। अहिले कम्पाउन्ड पूरै डुबेको छ। अरू क्षति छैन,’ उनले भने। एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानको घर भाडामा लिएर पार्टी कार्यालय सञ्चालन गरिरहेको छ।   सरकारले च्यासलको जग्गा तुलसीलाल स्मृति प्रतिष्ठानलाई भोगाधिकार दिएको छ। नदी किनार त्यो पनि होचो स्थानमा भएकाले त्यो ठाउँ जहिल्यै डुबानको चपेटामा पर्छ।    सोमबार राति देखिको अविरल वर्षाका कारण काठमाडौंका अरू क्षेत्र पनि बाढी र डुबानमा परेका छन्। सामाखुसी, अनामनगर, टोखा, गोंगबु नयाँ बसपार्कलगायत ठाउँमा डुबान भएको छ।  बागमती, बिष्णुमतीलगायत नदीहरूमा जल सतह निकै बढेको छ।   

बेनी:     बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ । यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो । सोमबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय समन्वय बैठकले ठाउँठाउँमा पहिराको कारण दैनिकजसो सडक आवागमन अवरुद्ध हुने गरेको र जनधनको समेत क्षति हुने जोखिम रहेकाले  वर्षायामभरि रातिको समयमा यातायात आवागमन नगर्न अनुरोध गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।  रघुगङ्गा गाउँपालिका–२ बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न नरोकिएको र पहिरो खसेर सडक अवरुद्ध हुँदा धेरै सर्वसाधारण र यात्रु अलपत्र पर्ने समस्या आउन थालेपछि रातको समयमा सवारी आवागमनलाई रोक्ने निर्णय गरिएको उहाँले बताउनुभयो । रातको समयमा अत्यावश्यक यात्रा गर्नुपरेमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई खबर गरेरमात्रै आवातजावत गर्नसमेत आग्रह गरिएको छ । त्यसैगरी बैसरी पहिरो रोकथामका लागि पहिरो खस्न सुरु भएकै ठाउँमा एक्साभेटर मेसिन प्रयोग गेरेर संरक्षण र रोकथामका संरचना निर्माण गर्न कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला सडक योजना०लाई अनुरोध गर्ने र सो कार्यका लागि जिल्ला समन्वय समिति, जिल्लास्थित सुरक्षा निकाय, रघुगङ्गा गाउँपालिका, डिभिजन वन कार्यालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णयसमेत भएको जिसस प्रमुख राजकुमार थापाले बताउनुभयो । बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न थालेपछि गत शनिबारदेखि बेनी–जोमसोम सडकखण्डमा सिधा सवारी अवरुद्ध बनेको छ । सडकमाथिको डाँडा र पाखाबाट निरन्तर पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएकाले सडकमा सयौँ सवारीसाधन लाम लागेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भूमिगत पानी र भिरमाथिको पाखोबाट सडकमा पहिरो खसिरहने भएकाले सडक सञ्चालन गराउन समस्या भएको जानकारी दिनुभयो । बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध बनेसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका र सिङ्गो मुस्ताङवासीलाई सास्ती भएको छ भने मुस्ताङको भ्रमणमा आएका पर्यटक र मुक्तिनाथको दर्शनका लागि आएका तीर्थयात्रीसमेत बीच बाटैमा अलपत्र परेका छन् । गत वर्षदेखि अँधेरीखोलाको भिरबाट पहिरो खस्न थालेको थियो ।  यस क्षेत्रमा यसअघि पहिरो खस्दा गुडिरहेका सवारीसाधनमा क्षति पुर्याउनुका साथै र यात्रुलाई समेत चोटपटक लागेको थियो ।