पोखराको ३० गाडी फोहोर अस्थायी ल्याण्डफिल साइटमा

पाेखरा | साउन २३, २०८०

पोखराको ३० गाडी फोहोर अस्थायी ल्याण्डफिल साइटमा

पोखरा:   पोखरा महानगरपालिकाले स्थानीयको अवरोधकाबीच १२ दिनपछि ३० वटा गाडीमा राखिएको फोहोर अस्थायी ल्याण्डफिल साइटमा फालेको छ । 


पोखरा महानगरपालिका ३२ लामेआहालमा रहेको अस्थायी रुपमा रहेको ल्याण्डफिल साइटमा आज महानगरले ३० गाडी फोहोर फालिएको महानगरले जनाएको छ । 


पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सीनाले अस्थायी ल्याण्डफिल साइटमा फोहोर फाल्नका लागि स्थानीयसँगसमन्वय भइरहेको र सर्वोच्च अदालतले पनि कानूनी बाटो खुल्ला गरेकाले फोहोर फालिएको बताए । 


‘लामेआहालमा रहेको अस्थायी रुपमा रहेको ल्याण्डफिल साइटमा फोहोर फाल्न स्थानीयले केहीदिन यता अवरोध गरेका थिए, त्यसमा सर्वोच्च अदालतमा पनि मुद्धा प¥यो’, तिम्सीनाले भने, ‘स्थानीयको माग पूरा गर्न छलफलमा गरिरहेका छौं, अदालतले पनि कानूनी बाटो खुल्ला गरेकाले आज फोहोर फालेका हौं ।’


यस्तै पोखरा महानगरापालिकाका सरसफाई शाखा प्रमुख कल्पना बरालले सोमबार पोखराको विभिन्न स्थानबाट उठाइएका फोहोर आज अस्थायी ल्याण्डफिल्ड साइडमा फालिएको जानकारी दिइन् ।
उनले सोमबार उठेको फोहोर आज फालेकाले अब नियमित रुपमा फोहोर उठ्ने बताएकी छिन् । 


सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले लामेआहालमै फोहोर फाल्ने निर्णय गरेको थियो । स्थानीयले अवरोध गर्नसक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षाकमी परिचालन गरिएपनि विना अवरोध फोहोर अस्थायी ल्याण्डफिल्डमा फालिएको महानगरले जनाएको छ । 


पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट निर्माण गर्दा स्थानीयसँग गरिएको १६ बुँदे माग कार्यान्वयन गर्ने बताउँदै आएको छ । 

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्