पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

काठमाडौँ:   लेखा प्रणाली पारदर्शी नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेका ६९ मध्ये २२ राजनीतिक दलले मात्रै समय सीमाभित्र जरिबाना बुझाएका छन् । ४७ दलले तोकिएको समयभित्र जरिबाना बुझाएनन् ।   निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार निर्णय भएको मिति अनुसार भदौ ३ गतेसम्म दलले जरिबाना बुझाउनुपर्ने थियो तर बिहीबार भदौ ७ गतेसम्म २२ दलले मात्र जरिबाना बुझाएका छन् । आयोग पदाधिकारीको साउन १ गतेको बैठकले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरी सो सम्बन्धमा जानकारी नगराउने, लेखा परीक्षण प्रतिवेदन समयमा नबुझाउने, स्पष्टीकरणको जवाफ नदिने तथा दुई वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने दललाई कारबाही गरेको थियो । निर्णयबमोजिम दलले ३५ दिनभित्र जरिबाना बुझाउनुपर्ने थियो ।    जरिबानाबापतको रकम तोकिएको समयभित्र नबुझाउने राजनीतिक दललाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउन सक्ने कानुनी व्यवस्था छ । राजनीतिक दलसम्बन्धी ऐनले लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने, आयोगले दिएको आदेश एक वर्षभित्र पालना नगरेमा वा जरिबाना नबुझाएमा त्यस्तो दलको दर्ता खारेज गर्न सक्ने व्यवस्था गरेको छ ।    आयोगको निर्णय अनुसार ४७ दललाई सात हजारका दरले जरिबाना गरिएको थियो । जसमध्ये १८ दलले मात्रै सो जरिबाना बुझाएका छन् । पाँच दललाई दस हजार रुपियाँका दरले जरिबाना तोकिएकोमा दुई दलले मात्रै समयभित्रै जरिबाना बुझाएका छन् । छ दललाई १५ हजार रुपियाँका दरले जरिबाना तोकिएकोमा कुनै दलले जरिबाना बुझाएनन् ।   ११ दललाई २० हजार रुपियाँ जरिबाना तोकिएकोमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मात्रै जरिबाना बुझाएको छ । लेखा परीक्षण प्रतिवेदन बुझाए पनि ढिला गरी सार्वजनिक गरेको भन्दै आयोगले १२ दललाई सचेत गराएको थियो ।     

पोखरा:   पोखरा सिर्जनाचोकको एक होटलमा जुवाखालबाट प्रकाउ परेका ७ जना मध्ये एकजना गाउँपालिका अध्यक्ष रहेको खुल्न आएको छ ।  जुवाखालबाट प्रकाउ परेका ७ जना मध्ये एकजना मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन रहेको सुनगाभा न्यूजलाई प्राप्त विशेष स्रोतले पुष्टि गरेको हो । वडा प्रहरी कार्यालय बैदामले पोखरा ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा ७ जनालाई  ४ लाख ४७ हजार ८० रूपैयाँसहित हिजो (बिहीबार) प्रकाउ गरेको थियो ।  पक्राउ पर्नेमा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षसमेत रहेका मोहनसिंङ लालचनसंगै, घोरपझोङका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन छन् ।   जुवाखालबाट प्रकाउ परेका सातैजनालाई आज म्याद थप गरी अनुसन्धान गर्ने तयारी रहेको बताइएको छ ।

बेनी:    म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत रु एक करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीयस्थल भुरुङ तातापानी, पाउद्वार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का लगाएको गाउँपालिकाले खोप्रा, मोहरेडाँडा, घोरेपानीलगायतका पर्यटकीयस्थलमा सञ्चालित होटलबाट व्यवसाय कर सङ्कलन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । यस वर्ष अन्नपूर्ण –६ स्थित चर्चित पर्यटकीयस्थल पुनहिललाई रु ६३ लाख ११ हजार, वडा नं २ को भुरुङ तातोपानी कुण्डलाई रु ५५ लाख नौ सय र वडा नं ५ को पाउद्वार तातोपानी कुण्डलाई रु २० लाख १९ हजार पाँच सयमा आय ठेक्का सम्झौता गरेको छ । प्रतिस्पर्धामार्फत सबैभन्दा बढी रकम कबोल गर्ने पुनहिलमा माइलादाइ होटल एन्ड रेष्टुरेन्ट, भुरुङ तातोपानीमा उजाला कन्ट्रक्सन प्रालि र पाउद्धार तातोपानीमा स्थानीय प्रेम तुलाचनसँग अग्रिमरूपमा रकम जम्मा गरेका कारण कार्यविधिअनुसार १० प्रतिशत छुट दिएर आय ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । “पर्यटकीयस्थलमा प्रवेश शुल्क, कफीसफ तथा रेष्टुरेन्ट सञ्चालन गर्न एक वर्षका लागि अनुमतिसहित आय ठेक्का सम्झौता गरेका छौँ, रातोपानीको तातोपानी कुण्डलाई समेत आय ठेक्काका लागि बोलपत्र आह्वान गरेका थियौँ, तर कसैको पनि बोलपत्र नपरेपछि पुनः सूचना प्रकाशन गर्ने तयारीमा छाँै”, उहाँले भन्नुभयो । गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिकरूपमा व्यवसाय करवापत हरेकलाई रु ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेवापत रु ३६ हजार वाहलबटौली कर लिने गरेको छ । गाउँपालिकाले मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटल, रेष्टुरेन्ट तथा कफीसफबाट समेत व्यवसाय कर सङ्कलन गर्दै आएको छ । चालु आर्थिक वर्षमा रु एक करोड ४७ लाख आन्तरिक आय सङ्कलन गर्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकाले वर्षको सुरुआतमा नै लक्ष्य नजिकको राजस्व सङ्कलन गरिसकेको छ । गत आर्थिक वर्षमा रु एक करोड ४५ लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा बढी रु एक करोड ६१ लाख राजस्व सङ्कलन गरेको थियो । घोरेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरु रहेको यस गाउँपालिकाको वडा नं ४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको छ । गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवर्द्धन गर्दै स्थानीयवासीको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक राजस्व बढाउनतर्फ जोड दिइएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

पोखरा:   पोखरा महानगरपालिका ८ सिर्जनाचोक स्थित होटल लक्ष्मीमा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले प्रकाउ गरेको छ ।  सिर्जनाचोक स्थित होटल लक्ष्मीमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई ४ लाख ४७ हजार  ८० रुपैयाँसहित नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।     इन्द्रबहादुर हिराचनले संचालन गरेको होटलमा जुवातास खेल्दै गरेको अवस्थामा मुस्ताङको घोरपझोङ गाउँपालिका २ घर भएका ५७ वर्षीय इन्द्रबहादुर हिराचन, ५८ वर्षीय मोहन थकाली, ४६ वर्षीय नविन प्रसाद थकाली प्रकाउ परेका हुन् ।    यस्तै पोखरा महानगरपालिका ८ सृजनाचोक बस्ने ६३ वर्षीय शंकर ज्वारचन, महेन्द्रपुल बस्ने ५३ वर्षीय गुन्ज हिराचन र दलबहादुर हिराचनलाई प्रकाउ गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।    प्रकाउ परेका जुवाडे माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

पोखरा:    भाद्र २० गते श्रीकृष्ण जन्माष्टमी पर्वका दिन पोखरा ८ रत्नचोक स्थित श्री कृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण जन्मष्टमी प्राकट्य महोत्सव हुने भएको छ । हरेक वर्ष हुदै आएको महोत्सबमा कृष्ण भजन , कृष्ण लिला नृत्य ,बाल बालिकाको विभिन्न लोक तथा राष्ट्रिय गीत नृत्य लगाएतका विभिन्न मनोरञ्ननात्मक सास्कृतिक तथा धार्मिक गतिविधि गरिने र रात्री १२ बजे भगवान कृष्णको जन्म महोत्सव समापन गराइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम रेग्मीले बताउनुभयो । मन्दिरमा साउन २१ गतेबाट सगिंतमय श्रीमद् वितक तथा कृष्ण कथा वाचन जारी छ । उक्त वाचनमा पछिल्लो समय भक्तजनको उल्लेख्य सहभागीता हुदै आएको छ । । कथाको वाचन कृष्ण प्रणामी धर्मका धर्मप्रचारीका साधवी पुजन शिखा माताले गर्दै आउनु भएको छ । प्रमुख वाचिका पुजन शिखा माताले आत्मा पहिचान गराउने धर्म शास्त्रहरु भनेको आफैलाई हेर्ने ऐना भएको बताउनु भयो । हरेक मानिसमा प्रेमको जागृत गराउन ज्ञानको आवश्यक हुने बताउनुभयो । उहाँले विगत देखि नै हिन्दु धर्म माथि प्रहार हुदै आएको बताउदै वितक कथा मार्फत हिन्दु जागरण सहित मानिसमा प्रेमको भाव प्रकट हुने बताउनुभयो । भाद्र २० गते कृष्ण प्राकट्य महोत्सव संगै यस वर्षको श्रीमद् वितक तथा कृष्ण कथा वाचन समापन हुने आयोजक श्री कृष्ण प्रणामी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

बागलुङ:     प्रहरी वरिष्ठ सई उज्वल पौडेलको हत्या आरोपित दुई जनालाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि कारागार चलान गरेको छ।   अदालतले बुधबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटल तथा खाजा घरका सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोदलाई पुर्पक्षका लागि जेल पठाएको हो।  जिल्ला प्रहरी कार्यालय बागलुङले गत साउन ८ गते राति ११ बजे कुँवर आमा छोराले मिलेर भिमगिठेस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज वरिष्ठ सई पौडेलको हत्या गरेको भन्दै मुद्दा दर्ता गरेको छ।  खाजा खान होटलमा गएका पौडेल राति १ बजे होटलमै मृत फेला परेका थिए। होटलमा झगडा भएको भन्ने खबर प्राप्त भएपछि घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय भिमगिठेको टोलीले सई पौडेललाई मृत फेला पारेको थियो। हत्या आरोपमा प्रहरीले होटल सञ्चालक कुँवर आमाछोरालाई गत साउन ९ गते पक्राउ गरेर अनुसन्धानका लागि जिल्लामा ल्याएको थियो। पौडेल रातिसम्म बसेपछि आशासँग भनाभन भएको र त्यसपछि निर्घात कुटपिट गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।   पौडेलको पोस्टमार्टम रिपोर्टमा पनि शरीरभरी नीलडाम र घाउ देखिएको तथा घाँटीमा कसिएको डाम देखिएको उल्लेख छ। पौडेलको घाँटीमा लगाएको सिक्री समेत प्रहरीले होटलको पैसा राख्ने सोकेसबाट फेला पारेको थियो।  निर्घात कुटेपछि बेहोस भएका पौडेलको घाँटी थिचेर मारेको आरोपीले बयान दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए।  उनले प्रहरीलाई आमाछोराले एउटै बयान दिएको बताए। तर, आरोपीहरूले अदालतमा भने फरक–फरक बयान दिएका थिए। अदालतको आदेशपछि आमाछोरा दुवै जना बुधबारै बागलुङ जिल्ला कारागार चलान भएका छन्।

हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क गरिएको छ । बाग्मती प्रदेश सरकारले यही भदौ १ गतेदेखि प्रदेश सरकार मातहतका अस्पतालमा सामान्य शय्या निःशुल्क गराउने निर्णय गरेअनुरूप हेटौँडा अस्पतालले पनि सेवा दिन थालेको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले बताउनुभयो ।   प्रदेशका स्वास्थ्यमन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट अस्पतालमा उपलब्ध शय्यामध्ये क्याबिन, एनआईसीयू र आईसीयूबाहेक शय्या निःशुल्करूपमा उपलब्ध गराउनु भनी आएको निर्देशनअनुसार आफूहरूले सेवा दिन थालेको प्रसाईंले बताउनुभयो । यसअघि अस्पतालले प्रतिबेड प्रतिदिन दुई सय रुपैयाँ शुल्क लिँदै आएको थियो ।   यो निर्णयसँगै बाग्मती प्रदेशका १३ वटा जिल्ला अस्पतालबाट नागरिकले आठ सय ११ शय्याबाट निःशुल्क सेवा पाउन थालेका हुन् । यस्तै प्रदेश मातहतका १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट पुनःस्थापना र फिजियोथेरापी सेवा पनि निःशुल्करूपमा उपलब्ध गराउन शुरु गरिएको छ ।   प्रदेशभित्रका सबै सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालमा सामाजिक सेवा एकाइ अनिवार्यरूपमा स्थापना गर्नुपर्ने निर्णय मन्त्रालयले गरेको छ । स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्य सेवामाथिको नागरिकको पहुँच वृद्धि गर्न प्रदेश सरकारले अस्पतालका शय्या निःशुल्क गर्ने निर्णय गरेको र कार्यान्वयन गरिएको जानकारी दिनुभयो ।   उहाँले सरकारले निःशुल्क गरेको सेवा लिनलाई नागरिकलाई आग्रहसमेत गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयले बाग्मती प्रदेशका सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरी असहाय, अपाङ्गता भएका, विपन्न बेवारिसे बिरामीको उपचार व्यवस्थित गर्न निर्देशनसमेत दिएको छ ।

बागलुङ:     शरीरमा तागत घट्दै गए पनि बालकृष्ण अर्यालको कृषि कर्मप्रतिको जाँगर घटेको छैन । ७६ वर्षीय उहाँको पहिचान शिरमा ढाका टोपी, शरीरमा पुराना कोट, पाइन्ट र कमिज हो । घर्कदो उमेरले चाउरिँदै गएको अनुहार, घट्दो हातपाखुराका तागत । उहाँको घर छेउको बारीमा पुग्दा लटरम्म फलेका ‘ड्रागन फ्रुट्स’ देखिन्छन् । दुई वर्ष अगाडि लगाएको बिरुवाले अहिले फल दिन थालेपछि उहाँ दङ्ग हुनुहुन्छ । बिहान सबेरैदेखि राति अबेरसम्म बारीमा बिताउने उहाँलाई खान लाउनको कुनै केही समस्या छैन । जेठो छोराबुहारी अमेरिका र कान्छो छोराबुहारी अष्ट्रेलिया बस्छन् । उहाँ आफैँ पनि पूर्व शिक्षक हुनुहुन्छ ।  सानैदेखि नयाँ प्रकारका फलफूल खेतीमा रुचि राख्ने उहाँले ३८ वर्ष शिक्षण पेसा गर्नुभयो । पन्ध्र वर्ष अगाडि अवकाश हुनुभएको उहाँले दुई वर्ष अगाडिदेखि व्यवसायिक ड्रागन फ्रुट्स खेती गर्न थाल्नुभएको हो । दुई छोरा र दुई छोरीले विवाह गरेर आ–आफ्नो गर्न थालेपछि अहिले घरमा अर्याल श्रीमतीसँग मात्र हुनुहुन्छ । बूढेसकालमा सुखले आराम गरेरै खान्छु भने पनि उहाँलाई सहजै पुग्छ तर उहाँ बाचुञ्जेल काम गर्नुपर्ने मान्यता राख्नुहुन्छ । बागलुङको बडिगाड गाउँपालिका–५ का अर्यालले गाउँभन्दा पारि गुल्मीको मुसिकोट नगरपालिका–१ मा ड्रागन फ्रुट्स खेती गर्नुभएको छ । उहाँको मुसिकोटमा पनि घर छ । गाउँमा दिनप्रति दिन घर रित्तिदैछन् । युवा शक्ति विदेश पलायन भइरहेका छन् भने, गाउँमा भएका बालबालिका र वृद्धवृद्धा पनि छोराछोरीले बजार लगेर राख्न थाले । खेतीयोग्य जमिन वनमाराले ढाक्न थाल्यो । कुनै बेला गरी खाने ठाउँ नहुँदा भोकभोकै बस्ने स्थानीय अहिले उर्वर भूमि बाँझो छोडेर विदेश तथा सहर पसेपछि उनीहरुलाई गाउँमा कसरी फर्काउने भन्ने चिन्ताले अचेल अर्यालाई सताइरहेको छ ।  विदेश जाने युवा र बजार पस्ने स्थानीयलाई गाउँमा रोक्न आफूले व्यावसायिक रुपमा ड्रागन खेती गर्न थालेको बालकृष्ण बताउनुहुन्छ । गाउँका खेतीयोग्य जमिनको सदुपयो गरि उत्पादन वृद्धि गरी गाउँमै लाखौँ कमाउने वातावरण सिर्जना गर्ने उहाँको भनाइ छ । गाउँघरमा आम्दानीका धेरै स्रोत हुँदाहुँदै पनि युक्त शक्ति विदेश पस्नु गलत भएको अर्याल बताउनुहुन्छ । पछिल्लो समय आधुनिक प्रविधिका कारण कृषिलाई सहज बनाएको र उत्पादन बढाउन टेवा पु¥याएको भन्दै युवालाई त्यसतर्फ आकर्षित गर्ने आफ्नो लक्ष्य रहेको उहाँको भनाइ छ ।  “उमेरले केही फरक पार्दैन, शरीरमा बल छ, काम गर्ने सिप छ, मलाई यतिकै बसेर खान पनि पुग्छ तर म बाजुञ्जेल सक्रिय जीवन बिताउनुपर्छ भन्ने लाग्छ, अहिले गाउँका सबै घर बारी खाली हुन थाले, अब मान्छेलाई कसरी गाउँमा टिकाउने होला रु,” उहाँले भन्नुभयो, “मैले अब गाउँकालाई बजार जानबाट रोक्नुपर्छ, यहीँ मैले लाखौँ कमाए भने, अरुले पनि त्यो सिकेर गाउँमै रोक्न सकिन्छ कि भन्ने लागेको छ, अरुलाई पनि खेती गरी आम्दानी राम्रो हुन्छ भनेर सिकाएको छु ।” अहिले पनि गाउँमा उहाँलाई सबैले ‘हेडसर’ भन्छन् । बारीमा काम गर्नुका साथै उहाँले गाउँ वरपरका युवा र स्थानीयलाई गाउँमै बस्न प्रेरित पनि गर्नुहुन्छ । सरकारले गाउँका मान्छेलाई गाउँमै रोक्न नसके राज्य परनिर्भर भन्ने चिन्ता उहाँमा छ । आफूले यो खेतीलाई नमूना बनाएर अमेरिका र अष्ट्रेलिया रहेका छोरा बुहारीलाई गाउँ फर्काउने योजना रहेको सुनाउनुभयो । रु। २० लाखबाट सुरु गरेको ड्रागन फ्रुट्स खेती बढाउँदै जाने सोचमा बालकृष्ण हुनुहुन्छ । उहाँले लगाएका ड्रागनका बिरुवाले अहिले उत्पादन दिन थालेका छन् । पहिलोपटक उत्पादन दिन थालेका बिरुवा यस वर्ष १० क्विन्टल बढी ड्रागन फ्रुट्स बिक्री गर्ने उहाँको भनाइ छ । “यो फल बहुगुणी र पौष्टिकतत्वयुक्त हुन्छ, महँगो पनि पर्छ, मैले पठाउने भनेको काठमाडौँ हो, काठमाडौँमा यसको मूल्य अहिले एक किलोको छ सयदेखि आठ सय रुपियाँसम्म पर्छ, अर्को वर्ष यसको दोब्बरतेब्बर फल्ने आँकलन गरेको छ, यसरी गाउँमा फल्ने उत्पादनलाई बजार बठाउन सके गाउँमै पनि लाखौँ आम्दानी गर्न सकिन्छ, विदेशबाट फलफूल आयात गर्न पर्दैन” उहाँले भन्नुभयो, “खेतबारी आम्दानीका स्रोत हुन् यिनको सही प्रयोग गरेर विदेश गएका छोरा बुहारीलाई गाउँ फर्काउने लक्ष्य छ ।” उहाँले गाउँपालिका÷नगरपालिकाले कृषकका लागि बनेर करोडौँ बजेट खर्च गरेको भन्दै अहिलेसम्म आफूले कुनै पनि सहयोग नपाएको गुनासो गर्नुभयो । स्थानीय सरकारले भूगोल र माटो अनुसार कृषकलाई उन्नत जातका बीउबिजन प्रदान गर्ने र समय–समयमा तालिम परामर्श दिएर व्यावसायिक बनाउन प्रेरित गरे धेरै युवा विदेश जानबाट रोकिने उहाँको भनाइ छ । पछिल्लो समय युवा शक्तिमा स्वदेशमा काम गर्न गाह्रो हुने भन्दै विदेशमा उनीहरुलाई आनन्द नभएको अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “काम गर्न प¥यो, काम गर्ने हो भने लाखौँ कमाउन सकिन्छ, आफ्नो गाउँ घरमा बारीमा काम गर्न लाज मान्ने, विदेश गएर जे गर्न पनि तयार भएर हुन्छ रु, आफ्नो भूमिमा स्वाभिमानका साथ कर्म गर्ने हो भने, लाखौँ रकम यहाँ पनि कमाउन सकिन्छ, मेरा पनि छोरा भतिज विदेश गएका छन्, उनीहरुलाई त्यहाँ आनन्द छैन, जति आनन्द यहाँ छ ।”

६० किलो सुन प्रकरणमा शंकास्पद भूमिका रहेको भन्दै अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालय तानिएको छ।   उनीमाथि सार्वजनिक रूपमा प्रश्नहरू उठेका कारण सत्यतथ्य बुझ्नका लागि मन्त्रालय तानिएको गृह मन्त्रालय स्रोतको भनाइ छ।   अधिकारीले सुन प्रकरणमा मुछिएका बेल्जियन नागरिक दावा छिरिङसँग म्यासेजमार्फत् संवाद गरेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेको थियो। ‘उहाँमाथि प्रश्न उठेकाले थप सोधपुछ गर्न गृह मन्त्रालय तानिएको हो,’ मन्त्रालय स्रोतले सेतोपाटीसँग भन्यो।   गत साउन २ गते अध्यागमन विभागबाट उम्किएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले विमानस्थलको गेट नजिकैबाट बरामद गरेको थियो। अधिकारी गत  फागुनमा अध्यागमन विभागका महानिर्देशक बनेका थिए।