पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

नेपाल, हङकङ र युएईबीचको टी(२० सिरिजमा हङकङले नेपाललाई ९५ रनको सामान्य लक्ष्य दिएको छ।   बिहीबार मुलपानी मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ३ बल खेल्न बाँकी छदा ९४ रनमै अलआउट भयो। हङकङका लागि यासिम मुर्ताजाले सबैभन्दा बढी ३६ रन जोडे। उनले ३६ बलमा २ चौका र १ छक्का हिर्काए। जीशन अलीले १७ रन जोड्दा हङकङका अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।   हङकङका सुरूवाती पाँचसहित कुल ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका करण केसीले पहिलो बलमै हङकङका कप्तान निजाकत खान बोल्ड भएका थिए। करणले हङकङका सुरूवाती तीन ब्याट्सम्यानलाई आउट गरेका थिए। हङकङले  पावरप्लेमा २० रन जोड्दा ४ विकेट गुमाएको थियो।    बलिङमा नेपालका करण केसीले ४ विकेट लिए। उनले ४ ओभरमा १५ रन खर्चिए। यस्तै सोमपाल कामी र अभिनास बोहराले २-२ विकेट लिए। यसअघि नेपालले बुधबार युएईलाई ७ विकेटले पराजित गरेको थियो। अब नेपालले शनिबार हङकङ र  सोमबार युएईसँग खेल्नेछ। 

दोलखाबाट बरामद गरेको ११ किलो सुन प्रकरणमा प्रहरीले अवैध सुन किन्ने एक जना व्यापारीलाई पक्राउ गरेको छ।   केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले गत शुक्रबार थप एक जनालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा रसुवा घर भएका ३८ वर्षीय चेतनाथ न्यौपाने हुन्। उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दोलखा पठाइसकेको छ।   सुन प्रकरणमा अनुसन्धान अगाडि बढाउँदा न्यौपानेले अवैध रूपमा सुन किन्ने गरेको खुलेको थियो। सोही आधारमा उनलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए। यस प्रकरणमा यसअघि ११ जना पक्राउ परिसकेका छन्। असोज १६ गते चिनियाँ नागरिक ग्याङ रू, सनत प्रधान र लालबहादुर तामाङसहित ३ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको थियो।   असोज १७ गते चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका-१५ किमडोल स्वयम्भू बस्ने ६६ वर्षीय तासी दावा भन्ने आगर लामा पक्राउ परेका थिए। गत असोज १० दोलखाको बिगु गाउँपालिका-१ का १९ वर्षीया पेम्बा तामाङ, २० वर्षीय माधव मगर, २८ को केशर तामाङ, ५५ वर्षीय नुर्व छिरिङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ, ३२ वर्षीय चस्मान ९छिरिङ० तामाङ र एक नाबालकलाई पक्राउ गरेको थियो।  

ललितपुरमा जुवा खेलेको आरोपमा ६ जना पक्राउ परेका छन्।    बुधबार राति ९ तिर महालक्ष्मी नगरपालिका वडा नम्बर ४ पवन प्रकृती​​​​ स्कुल नजिकै एक घरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले ९४ हजार ९७० रुपैयाँ बरामद गरेको प्रहरी वृत्त सातदोबाटोले जानकारी दिएको छ।    घर भाडामा लिएर फेन्सी पसल संचालन गरिरहेका रेवती नेपालीले तास खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको हो।    पक्राउ परेकाहरूलाई सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाएको छ।

गुल्मीमा डोजरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।   मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–१४ का ९२ वर्षीय कृष्णबहादुर सुनार छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार लु १ क ५०२४ नम्बरको डोजरले पैदल यात्रु सुनारलाई ठक्कर दिएको हो।   रेसुङ्गा–१४ टारनेटा‐टापु जोड्ने मोटरबाटो मर्मत गर्ने क्रममा डोजरको ठक्करबाट बुधबार सुनार सख्त घाइते भएका थिए। उनको  घटनास्थलमै ज्यान गएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। प्रहरीले डोजर चालक पाल्पाको माथागडी गाउँपालिका–७ का कृष्णबहादुर लामिछानेलाई नियन्त्रणमा लिएको छ।   सुनारको शव सदरमुकाम तम्घासस्थित अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ । छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा रहेको पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उहाँका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो ।   उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताउनुभयो । उहाँको छातीमा स्टेन्ट राखिएको छ । अहिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको उहाँको सचिवालयले जनाएको छ ।   श्रेष्ठलाई २४ घन्टे निगरानीका लागि सघन उपचार कक्षमा राखिएको छ । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षीको निमन्त्रणमा चीन भ्रमणमा जानुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवा छाडेर प्रत्यक्ष राजनीतिमा आइहाल्ने सोच सायद सांसद विद्या भट्टराईमा थिएन  । तर विशेष परिस्थितिले उहाँलाई सङ्घीय संसद्मा उपस्थिति गरायो ।   विसं २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी पति एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्र अधिकारीको ४९ वर्षको उमेरमा दुःखद् निधन भएपछि २०७६ सालमा सम्पन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा ९एमाले० ले भट्टराईलाई उम्मेदवार बनायो । त्यसबेला प्रतिस्पर्धीसँग करिब आठ हजार मतान्तरले विजयी भट्टराई पुनः सोही क्षेत्रबाट गत वर्षको निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो ।   गत कार्यकालको बाँकी अवधि र यस कार्यकालको हालसम्मका अवधिमा एक सांसदका हैसियतले कानुन निर्माण र जनताका सवाललाई सरकारसमक्ष पु¥याउन भट्टराईले सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । सांसदको मुख्य काम कानुन बनाउने नै हो भन्ने बोध भएकाले होला पछिल्लो निर्वाचनयता संसदीय गतिविधि जति प्रभावकारी, चुस्त र व्यवस्थित हुनुपर्ने थियो त्यति नभएको उहाँको बुझाइ छ ।    “कानुन निर्माणका सवालमा प्रभावकारी काम भएका छैनन् तर संसद्मा विशेष र शून्य समयको पर्याप्त उपयोग गरिएको छ ।” रासससँग कुरा गर्दै एमाले केन्द्रीय सदस्य भट्टराईले भन्नुभयो, “संसद्को प्रभावकारी सञ्चालनका लागि सरकारको भूमिका मुख्य हुन्छ । उसले नै सदनलाई विजनेस दिने हो । नेतृत्वदायी अङ्ग कार्यपालिका नै हो तर सरकार बनाउने वा टिकाउने खेलमा लाग्दा संसद्का कार्यसूची प्रभावित हुने रहेछन् ।”   प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिका बैठक नियमित भएर संसदीय गतिविधिमा सहजता आएको उल्लेख गर्दै उहाँले संवैधानिक परिषद्का बैठक पनि नियमित भएमा राजनीतिक दलहरु र खासगरी सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीचको समन्वयमा कठिनाइ नहुने विचार व्यक्त गर्नुभयो । प्रमुख प्रतिपक्षले पनि आफ्ना मुद्दाको सुनुवाइका लागि लामो समय सांसदले अवरोध गरिदिँदा संसद्मा जनताका आवाज प्रस्तुत हुन बाधा हुने गरेको आरोप छ नि रु भन्ने प्रश्नमा सांसद भट्टराईको प्रतिप्रश्न छ, “प्रतिपक्षले उठाएका विषयलाई सरकारबाट कसरी सम्बोधन भयो भन्ने पनि हेरिनु पर्दैन र रु प्रमुख प्रतिपक्षमाथि सहिष्णु व्यवहार भयो कि भएन रु त्यसका आधारमा पनि सदनको प्रभावकारिता हुने होइन र ? ” कस्तो राजनीतिक संस्कार बनाउने र कस्ता विषयमा कसरी सामञ्जस्यता खोज्ने भन्ने सवालमा सरकारको नेतृत्वकर्ताले नै भूमिका खेल्नुपर्नेमा जोड दिँदै सांसद भट्टराईले राज्य सञ्चालनमा कस्ता समस्या आउँछन् वा आउँदैछन् भन्ने कुरालाई ध्यानमा राखेर समस्या आइनसक्दै अलि अगाडि नै परामर्श गर्ने गरेमा समस्या नपर्ने बताउनुभयो ।   सांसद कानुन निर्माणको भूमिका बिर्सिएर आफ्ना क्षेत्रमा बजेट र कार्यक्रम पार्न तथा कर्मचारीका सरुवा बढुवासमेतका विषय बोकेर मन्त्रालयमा धाउने गरेको सवालमा उहाँको भनाइ छ, “नेपालमा सांसदका पहिल्यैदेखिका अभ्यास र जनताका बुझाइ विकास निर्माण तथा नियमित समस्याबारे सांसदबाट सुनुवाइ होस् भन्ने छ । जनताका मुद्दा लिएर मन्त्रालयमा धाउने अभ्यास एकाएक हट्दैन । संविधानमा व्याख्या भएपछि कार्यपालिका र व्यवस्थापिकाको फरक फरक भूमिकाबारे जनतालाई बुझाउन सक्नुपर्छ ।”   सांसद भट्टराईले आफूले निर्वाचनकै समयमा आफू निर्वाचित भएर जनताका समस्याबारे संसद् बोल्ने, नीति बनाउने र विधि बनाउने वाचा गरेको स्मरण गर्दै सांसदको यो भूमिकाबारे आम संस्कृति बन्न सकेमा जनस्तरमा सोचाइ बदलिने विश्लेषण गर्नुभयो ।   “पहिला पहिला हामी निर्वाचनमा जाँदा पनि जनताका विकास र निर्माणका मुद्दा उठाउने गथ्र्यौं । अबका निर्वाचनमा जाँदा कानुनको कार्यान्वयन तथा भएका अप्ठ्यारालाई कसरी फुकाउने र नयाँ कानुन बनाउन कस्तो भूमिका खेल्ने भन्नेबारेमा सबै उम्मेदवारले आफ्ना सङ्कल्प जनतालाई सुनाउनुर्छ । अनि त्यही आधारमा हाम्रो मूल्याङ्कन हुनेछ”, सांसद भट्टराईले भन्नुभयो ।   प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य भट्टराईले विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० मा सरकारले विधेयक दर्ता गरिसकेपछि नेपाल शिक्षक महासङ्घसँग गरिएका सहमतिबारे आफूहरुलाई बुझाउनुपर्ने तर्क राख्नुभयो । संविधानको मर्म तथा  मान्यताका आधारमा अबको शिक्षाको सुधार र रुपान्तरणको बहसलाई अघि बढाउन यो विधेयक सार्थक हुनुपर्नेमा दृढ भट्टराई समितिले मस्यौदामा आएका र संशोधनमा थपिएका बुँदामा केन्द्रित रहेर छलफल गर्ने स्पष्ट गर्नुभयो ।    “सरकारले गरेको सहमतिको जिम्मेवारी सरकारले नै लिनुपर्छ, त्यसको जिम्मेवारी सांसदलाई दिन मिल्दैन”, सांसद भट्टराईले भन्नुभयो । रासस 

पोखराको फेवातालका डुंगाचालकको बुधवार मापसे जाँच गरिएको छ । आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको र चाडपर्वको मौसम सुरु भएका बेला प्रहरीले आकस्मिक रूपमा मापसे जाँच गरेको हो ।    पोखरा ६ लेक साइडको फेवातालमा समय समयमा डुंगा दुर्घटना हुँदा मानवीय क्षतिसमेत हुने गरेको छ । चाडपर्वको बेला भीडभाड बढेको र सम्भावित दुर्घटना रोक्ने डुंगा चालकको मापसे जाँच गरिएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो । ५० वटा डुङ्गाका चालकको जाँच गरिएकोमा कसैले मापसे गरेको नभेटिएको र लाइफ ज्याकेट नलगाउने तीन चालकलाई सचेत बनाइएको प्रवक्ता विकले जानकारी दिनुभयो ।    वडा प्रहरी कार्यालय बैदामले अस्थायी ट्राफिक प्रहरी पोस्ट बैदामको सहकार्यमा मापसे जाँच गरेको हो । कास्की प्रहरीले चाडपर्वलाई लक्षित गरी सुरक्षा निगरानी बढाएको छ भने सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरेको छ ।    कास्की प्रहरीले पछिल्लो क्रममा ठुलो आवाज निकाल्ने स्वरूप परिवर्तन गरिएका मोटरसाइकललाई कारबाही गरिरहेको छ । पछिल्लो साता मात्र त्यस्ता एक सय आठ मोटरसाइकल कारबाहीमा परेका छन् । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । विदेशमा रहेका नेपालीहरुका लागि भने गएरातिदेखि नै अनलाइन भोटिङ खुला गरिएको छ । अनलाइनबाट चौबीस घण्टाभित्र मतदान गरिसक्नुपर्ने व्यवस्था छ । नेपालमा रहेका प्रतिनिधिहरुलाई भने बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म मतदानको समय तोकिएको छ ।   ४ हजार २ सय २७ प्रतिनिधिमध्ये झण्डै ९ सय प्रतिनिधिले नेपालबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । एनआरएनएको ११ औँ महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।   एनआरएनएले ९६ हजार संगठित सदस्य रहेको जनाएको छ । एनआरएनएमा ७४ पदका लागि एक सय २० जनाको उम्मेदवारी रहेको छ । अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजनाबीच प्रतिस्पर्धा हुँदैछ । दुई उपमहासचिवमा पाँच जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन् ।    अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराए पनि रविना थापाले अध्यक्ष पदका अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ । अब अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्माबीच प्रतिष्पर्धा हुँदैछ । अध्यक्षका प्रत्याशी तीन जना प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।

बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गएराति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।  भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको थियो ।   गएको असोज १६ गते पछि बझाङमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प पछि लगातारजसो साना र मध्यम भूकम्प र परकम्प गइरहेको छ ।  लगातारको भूकम्प र परकम्पले सुदूरपश्चिम प्रदेशका बासिन्दा त्रसित बनेका छन् । १६ गतेको भूकम्प पछि बझाङमा ५ सय भन्दा धेरै परकम्प गइसकेका छन् ।   नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र रहेकाले जुनसुकै बेला पनि ठूलो भूकम्पको जोखिमा छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रमा सा–साना भूकम्प गइरहेका छन् ।