राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।         महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका भलिबल’ प्रतियोगितामा  नवलपरासी(बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका च्याम्पियन बनेको छ ।   माछापुच्छ्रे ३ घाचोकमा भएको फाइनल खेलमा बाग्लुङको गलकोट नगरपालिकालाई ३—१ सेटमा हराउँदै बौदीकाली च्याम्पियन बनेको हो ।   च्याम्पियनसँगै बौदीकालीले नगद रु ३ लाख, ट्रफी र मेडल पुरस्कार  प्राप्त गर्याे । यस्तै  उपविजेता गलकोटले रु २ लाख तथा ट्रफी हात पार्याे ।   यस्तै सेमिफाइनलमा पुगेका अन्नपूर्ण र चापाकोटले जनही रु ५० हजारबाट पुरस्कृत भए ।   प्रतियोगिताबाट बौदीकालीका अशोक श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु ७ हजार प्राप्त गरे ।   यसैगरी उत्कृष्ट स्पाइकरमा बौदीकालीका सरोज बर्देवा, उत्कृष्ट ब्लकरमा बौदीकालीकै विश्वास अधिकारी, उत्कृष्ट सर्भरमा सोही टिमकै आषिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर चापाकोटका राजन दर्लामी मगर, उत्कृष्ट सेटर गलकोटका मीन सुनार र उत्कृष्ट प्रशिक्षक बौदीकालीका सागर विष्ट घोषित भए ।   प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नेपाली काँग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसद द्धय बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेशसभाका सदस्यद्धय गणेशमान गुरुङ र प्रकाश बराल, गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल लगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखरा:   आगामी माघको पहिलो साता हुन गइरहेको वडा स्तरिय दोश्रो बृहत खेलकुद महोत्सवको तयारी स्वरूप खेल मैदान क्षेत्रमा सरसफाई गरिएको छ ।   पोखरा महानगरपालिका वडा नं (१५ को आयोजनामा हुन गइरहेको दोश्रो बृहत खेलकुद महोत्सवको तयारी स्वरूप बन विज्ञान अध्ययन संस्थानको खेल मैदानका साथै बाटो वरपर सरसफाई गरिएको हा े।   सरसफाई कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीय आमा समुहहरूको सहभागिता रहेको थियो ।   खेलकुदले वडावासी नागरिकमा आपसी मेलमिलाप, भाइचारा, तथा सहयोगको भावना जगाउनुका साथै नागरिकको स्वास्थ्यको लागि महत्त्व राख्ने हुँदा यस वर्षपनि खेल महोत्सवलाई निरन्तरता दिइएको वडाध्यक्ष तोरण बानियाँले जानकारी दिए। गत वर्ष पहिलो खेल आयोजनामा नै वडावासीको उल्लेखनिय सहभागिताले उत्साहित बनेको भन्दै यसपाली यो संख्या अझ बढ्ने उनले दाबी गरे ।    महोत्सवमा पुरुष, महिला, विद्यालय तथा अपाङ्गता भएका व्यक्तिहरुविच फरक फरक इभेण्टहरुमा प्रतिस्पर्धा हुने वडा सदस्य तथा खेलकुद कार्यक्रमका संयोजक आशिष भण्डारीले बताए ।   भण्डारीका अनुसार पुरुषतर्फ टोल तथा क्लहरुविच फुटबल, भलिबल, ५० वर्ष माथिकाहरुको सडक दौड, डबल्स ब्याडमिण्टन हुने छ भने, महिलातर्फ भलिबल, रस्साकसी, ४० वर्ष माथिकाहरुको सडक दौड, डबल ब्याडमिण्टन र विद्यालय स्तरिय फुटबल तथा अपाङ्गता भएका व्यक्तिहरुविच बास्केट बल प्रतियोगिता हुने संयोजक भण्डारीले जानकारी दिए ।    प्रतियोगिताका विभिन्न इभेण्टमा जित हाँसिल गर्ने टिमहरुले नगद सहित शिल्ड मेडल प्रमाण–पत्र पुरस्कार प्राप्त गर्नेछन् । खेल महोत्सव बन बिज्ञान अध्ययन संस्थानको खेल मैदानमा आगामी माघ २ गतेदेखि ४ गतेसम्म संचालन हुनेछ ।

पोखरा:   पोखराको अमरसिंह मैदानमा जारी पोखरा महोत्सवमा दर्शकको साथ बढ्दै गएको छ । महोत्सवको तेश्रो दिन शनिवार महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिती रहयो ।   दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत दर्शकहरुको भीड लागेको थियो । महोत्सवमा घोडसवार, याक हेर्ने र महोत्सवको टिकटमा राखिएको  नेपाल टेलिकमको निशुल्क  सिम लिनेहरुको भिड लागेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।   पोखरा महोत्सवको प्रवेश टिकटबाट बम्पर उपहार राखिएको समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए ।   उनका अनुसार महोत्सवको अन्तिम दिन पुरस्कारको घोषणा गरिने छ । दर्शकले महोत्सव प्रवेशमा काटेको टिकटको अर्धकट्टी सुरक्षित राख्नु पर्नेछ । दर्शकहरुले पहिलो पुरस्कार एभरेष्ट स्टील दराज, दोस्रो पुरस्कार प्लाष्टिक डाइनिङ सेट, एक थान टेबल र चार थान कुर्ची र तेश्रो पुरस्कार प्लाष्टिक डाइनिङ सेट पाउने छन ।   महोत्सवमा शनिवार लोकदोहोरी कलाकार प्रिती आलेको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए ।     वालवालिका, युवाहरुले प्रिती आलेको प्रस्तुतीमा भरपुर मनोरन्जन लिएका थिए । प्रिती आले संगै प्रजापति पराजुली, जिवन दाहाल, शिवहरी ढुंगाना, अमर धिताल, निश्चल थापा, किसन नेपाली, सुरज आचार्य, सरस्वती लामिछाने, इन्द्रा गुरुङ, सगीता गुरुङ लगायतको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए ।   त्यसैगरी सांझको लाइभब्याण्ड तर्फ माइलाको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएको महोत्सवको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।     महोत्सवमा आइतबार समिक्षा अधिकारी, राजु गुरुङ, जिवन दाहाल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, शिवहरी ढुंगाना, कृष्ण सुवेदी, कृष्ण भट्टराई, प्रशान्त तामाङ, पार्वती जिसी, मधु थापा मगर, नविना सुवेदी लगायतको प्रस्तुती रहने छभने सांझको लाइभब्याण्डमा रकहेड्सको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

काठमाडौं:    आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज ९शनिबार० उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो । सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा हुनुहुन्छ । उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो । आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार हुनुहुन्छ । कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा छरछ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार हुनुहुन्छ ।

ढोरपाटन:    बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज ९शनिबार० बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र  चन्द्रागिरि नगरपालिका–११ काठमाडौंकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

दाङ:    नेपालगन्जबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस दाङको भालुबाङमा शुक्रबार राती दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । १३ जना घाइतेलाई कोहलपुर ल्याइएकोमा बाँके डुडुवा निवासी मोहम्मद जावेद उपचार गराएर घर फर्किएका छन्े । उनी डिस्चार्ज भएसँगै अस्पतालमा १२ जना उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । कालिकोटका ४५ वर्षीय तिलकप्रसाद उपाध्याय र २० वर्षका अरवाज नाउको अवस्था गम्भीर रहेको डिएसपी तिवारीले जानकारी दिए ।  शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेकाहरूमा नेपालगन्जका २४ वर्षीय आशुतोष गौतम, २० वर्षीय निरञ्जन कोरी, बर्दियाका २२ वर्षीय राजीव थारु, बाँकेका १९ वर्षीय नफिच खान, भारतका २० वर्षका छोटी सिलौरा, बाँकेकै दशरथ बिक, बाँके राप्ती सोनारीका ३१ वर्षका कुलबहादुर गोसाईं, नेपालगन्जकी ३५ वर्षीया लीला वली, बाँकेकै २१ वर्षीय शङ्कर थारु र रावलकुमार यादव छन् । उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । बाग्मती प्रदेश ३००१ ख ३९१२ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भई शुक्रबार राति १०ः३० बजे पुलबाट अन्दाजी २५ मिटर तल राप्ती नदीमा खसेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ ।  बसमा सवार ३५ जनामध्ये सात जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

उदयपुर:  कटारी नगरपालिका–७ देउलीकुनाबाट ६० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    प्रहरीका अनुसार पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–२ का ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोक बहादुर राई रहेका छन् ।      उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी कटारीबाट खटिएको प्रहरीले ३ वटा बोरामा रहेको ६० किलो गाँजा बोकी लैजादै गरेको अवस्थामा पक्राउ गरेको हो ।    पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

पोखरा:  ‘स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित माछापुच्छ्रे गाउँपालिकामा खेलकुद विकास समिति माछापुच्छ्रेको आयोजना अध्यक्ष कप भलिबल प्रतियोगिता जारी छ ।   आज (शनिबार) तेस्रो दिन पहिलो सेमिफाइनल खेल बौदीकाली गाउँपालिका र चापाकोट नगरपालिकाबीच हुनेछ ।   यस्तै दोस्रो सेमिफाइनल खेल अन्नपूर्ण गाउँपालिकासँग कालीगण्डकी गाउँपालिका र गलकोट नगरपालिकाबीचको विजेता टिमबीच हुने खेल सहसंयोजक जापान गुरुङले जानकारी दिए ।    उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३ लाख प्राप्त गर्ने छ ।   यस्तै दोस्रो हुने टिमले नगद रु २ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ भने  सेमिफाइनलिस्ट  २ टिमलाई जनही रु ५०÷५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए ।   प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ प्रदान गरिनेछ ।   यस्तै विधागततर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

पोखरा:  बिहीबारदेखि पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं महोत्सवमा रौनक बढ्दै गएको छ । महोत्सवको दोश्रो दिन जारी रहदा महोत्सव स्थलमा हिमाली याकको प्रदर्शनी र घोडसवारले रौनक थपेको हो ।   हिमाली भेगमा मात्र पाइने याकलाई पोखरा महोत्सवमा पहिलो पटक प्रदर्शनीमा राखिएको हो । याक प्रदर्शनी संगै यसका बारेमा जानकारी दिइने भएकाले महोत्सवमा आउनेहरुले महोत्सवको रमाइलो संगै याकको बारेमा जान्न सक्नेछन् ।   त्यसैगरी महोत्सवमा घोडसवारबाट समेत दर्शकहरुले मनोरन्जन लिन सक्ने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।     त्यसैगरी महोत्सव प्रवेशमा काटिने हरेक टिकटमा नेपाल टेलिकमको  सिमकार्ड निशुल्क गरिएको छ । महोत्सवको टिकट काटेर भित्र छिर्ने दर्शकले महोत्सव परिसरमा राखिएको नेपाल टेलिकमको स्टलबाट सिमकार्ड लिन सक्नेछन् ।   त्यसैगरी पोखरा महोत्सवमा घरमै बसेर पनि अनलाइनमार्फत टिकट काट्न सक्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए । महोत्सवमा वढी भिडभाड हुने भएकाले आयोजकले रेभल संग सहकार्य गरेर अनलाइन मार्फत टिकट काट्ने ब्यवस्था मिलाएको हो ।   महोत्सवमा आउन चाहने दर्शकहरुले घरमै बसेर रेभल एप मार्फत पोखरा महोत्सवको टिकट काट्न सक्नेछन् ।     महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुद्धारा लोकदोहोरी र विभिन्न ख्याति प्राप्त ब्याण्डहरुको लाइभ कन्सर्टबाट समेत दर्शकहरुले मनोरन्जन लिन सक्नेछन ।   महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ पशुपति शर्मा, जीवन दाहाल, शिवहरी ढुंगाना, केशव सापकोटा, सुरेशरमन अधिकारी, सन्तोष सुवेदी, ज्योती लोहोनी, पुजा तामाङ, शान्ता बर्देवा लगायतको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिएभने सांझको लाइभ ब्याण्ड तर्फ स्थानिय ब्याण्डहरु ब्ल्याक फेदर, प्रोभर्वस र ब्ल्याक ओको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।   महोत्सवमा शनिवार लोकदोहोरी तर्फ प्रिती आले, प्रजापति पराजुली, जिवन दाहाल, शिवहरी ढुंगाना, अमर धिताल, निश्चल थापा, किसन नेपाली, सुरज आचार्य, सरस्वती लामिछाने, इन्द्रा गुरुङ, सगीता गुरुङ लगायतको प्रस्तुती रहनेछने हांस्यब्यङग्य तर्फ दिपक थापा मगर र सांझको लाइभब्याण्ड तर्फ माइलाको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।