टाइगर कप: एपिएफलाई सोझो सेटमा हराउँदै गण्डकी फाइनलमा
पाेखरा | माघ ५, २०८०
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा उपाधि दावेदार मानिएको घरेलु टोली गण्डकी प्रदेश फाइनल प्रवेश गरेको छ । गण्डकी प्रदेशले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा हेल्प नेपालसँगको भेट पक्का गरेको हो ।
पोखरा रंगशालाको भलिबल कोर्टमा भएको दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई २५–१७, २५–२०, २५–२२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
तीन भारतीय खेलाडीसहित भलिबल कोर्ट उत्रेको गण्डकी प्रदेशलाई तीन पाकिस्तानी खेलाडी भित्राएको हेल्प नेपालसँग उपाधि रक्षा गर्ने चुनौती रहेको छ । लिगचरणको खेलमा गण्डकी प्रदेशले हेल्प नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो ।
पोखरा रंगशालाको भलिबल कोर्टमा भएको पहिलो सेमिफाइनल खेलमा हेल्प नेपालले आमन्त्रित श्रीलंकाको आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।
पहिलो सेट १८–२५ ले गुमाएको हेल्प नेपालले २५–१४, २५–१८ र चौथो सेट २६–२४ ले श्रीलंकाको आर्मी टिमलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
यस्तै महिलातर्फ भने नेपाल एपिएफ क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लब फाइनल प्रवेश गरेको छ । महिला÷पुरुषतर्फको फाइनल खेल शनिबार हुने टाइगर ग्रुप अफ पोखराले जनाएको छ । फाइनल खेल अगाडि पुरुषतर्फको तेस्रो स्थानका लागि नेपाल एपिएफ क्लब र आमन्त्रित श्रीलंकाको आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका थिए ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ...
पोखरा: आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको ...
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...

