लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।   सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहा...

दाङ:     लुम्बिनी प्रदेशमा रहेका चार राजनीति दलले नयाँ समिकरणको आधारमा सरकार बनाउने भएका छन् ।  नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकिकत समाजवादी) र स्वतन्त्र प्रदेश सभा सदस्यबीच माओवादी केन्द्रका संसदीय दल नेता जोखबहादुर महरालाइ मुख्यमन्त्रीमा नियुक्त गर्न समर्थन गर्ने निर्णय भएको छ । समृद्ध लम्बिनी आत्मनिर्भर प्रदेश बनाउनको लागि सामाजिक न्याय, सुशासन र समद्धि सहितको बिकास जनताले प्रत्यक्ष अनुभुति गर्नेगरि संघिय लोकतान्त्रिक गणतन्त्रलाई सुद्ढ गर्दै प्रदेशको औचित्य पुष्टि गर्नेगरि सेवकको रुपमा प्रभावकारी ढंगले सरकार संचालन गर्नेगरी पाँच बुदे सहमति भएको छ । यस्ता छन् सहमति १. नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ने।क पा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलको दल नेता माननीय जोखबहादर महरा लाई लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रि नियुक्त गर्न समर्थन गरेका छौ। २. प्रदेश सरकारबाट गरिने सबै राजनैतिक नियुक्ति सरकारमा सहभागी सबै सहयोगी दलहरुकोअपनत्व हुनेगरी गरिने छ । ३. प्रदेशको पहिचान कायम गर्ने प्रदेश गौरवका योजनाहरु, प्रदेश राजधानीको निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश प्राविधिक विश्व विद्यालय, प्रदेश प्रहरी समायोजन र स्थानिय सेवा ऐन निर्माण सरकार साझेदार दलहरुको साझा प्राथमिकताको रुपमा कार्यन्वयन गरिने छ। ४. प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायत सरकारलाई सहयोग गर्न सरकारमा सहभागी दलहरुको नेतृत्वपंक्ति मध्यबाट एक निर्देशकसमिति निर्माणगरि कार्यसम्पादन गर्ने नीति अवलम्बन गर्ने । ५. जनताको सेवालाई सरकारको सर्वपरि मान्दै राजनैतिक स्थायीत्व सहित लुम्बिनी प्रदेश सरकारको स्थायीत्व कायम राख्न प्रतिबद्ध छौं ।

बुटवल:   रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएकाे थियाे ।   त्यसपछि मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो ।   बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।   दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ ।

काठमाडौं:    नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । वर्तमान अध्यक्ष समेत रहनुभएका कँडेलले एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।   सार्वजनिक भएको मतगणना नतिजा अनुसार कँडेलले ४ सय ७९   मत पाएर विजयी भने उनका प्रतिद्वन्द्वी रिजालले ४७७ मत पाए । त्यसै गरी अन्य पदाधिकारीहरूमा भने मिश्रित परिणाम आएको छ ।   त्यसै गरी उपाध्यक्ष पदमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले ४५५ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी रिजाल समूहका विश्वराज बराल अनुपले ३०६ मत पाए । पुरुष उपसचिवमा रिजाल समूहका रोल्पाका पूर्ण बुढा मगर ४ सय १८ मत पाएर विजयी भए । उनका प्रतिद्वन्द्वी बाँकेका दुर्गाप्रसाद थारुले ३ सय ९३ मत पाएको निर्वाचन समितिले जनाएको छ ।  त्यसै गरी महिला उपसचिवमा कँडेल समूहकै बर्दियाकी लीला राना मगर ३ सय ५२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी बाँकेकी बसन्ती अधिकारीले ३५१ मत पाए ।   सचिव पदमा कँडेलकै समूहका लक्ष्मण आचार्य सोमबार नै निर्विरोध निर्वाचित भएका थिए ।  अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा मङ्गलवार सम्पन्न निर्वाचनमा ९६५ मत मात्रै खसेको थियो ।  यो निर्वाचनपछि लुम्बिनी प्रदेशमा स्पष्ट दुई गुट देखिएको छ । अध्यक्षमा निर्वाचित कँडेल एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल निकट छन् भने पराजित रिजाल महासचिव शंकर पोखरेल पक्षका हुन् । 

पाल्पा:  पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   हरितालिका तीजको अवसरमा स्थानीय क्लब जागृति युवा क्लबले आगामी भदौ १६ गतेदेखि घोरबन्दास्थित कोठिचौर खेलमैदानमा  सञ्चालन गर्ने क्लबका कोषाध्यक्ष जनक गाहामगरले जानकारी दिए ।    उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित  नगद रु ५०  हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ ।   उनले प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको बताए ।   सो प्रतियोगिताले पाल्पाकै फुटबलको विकासमा टेवा पुग्ने बताए । ‘पाल्पामा पछिल्लो समय फुटबलको पनि क्रेज बढिरहेको छ, यसले नयाँ खेलाडी उत्पादन र फुटबल खेलको विकास गर्नेमा विश्वस्त छौ’, गाहामगरले भने ।    यस्तै क्लबका अध्यक्ष आशिष झेडींमगरले आपसी भाइचाराको सम्बन्धलाई स्थापित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले विगतमा पनि सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको बताउदै २०३८ सालदेखि नै खेलकुदका गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए ।    सो प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु ६ हजार (१ हजार रेड कार्ड) निर्धारण गरिएको छ भने टिम दर्ता फोनमार्फत (९८४७१०१०५०, ९८४७०९९१९८ र ९८६८३३८२११) पनि गर्न सकिने आयोजकले जनाएको छ ।   

काठमाडौं:   बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्‍याउने उद्देश्य रहेकाे ‘बुद्ध सादर बन्दना’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।   गायिका देविका बन्दनाको स्वरको उक्त गीतमा डा.दिनबन्धु शर्मा तथा गायिका बन्दनाको शब्द सृजना रहेको छ । यसमा गायिका बन्दना, विजेश तथा मनिषको संगीत रहेको छ भने राजन ईशानसंगीत संयोजक हुन् ।       गीतको म्युजिक भिडियोलाई गायिका देविका बन्दनाले नै निर्देशन गरेकी छिन् । लुम्बिनी क्षेत्रको परिचय खुल्ने गरी यो गीतको म्युजिक भिडियो छायाङ्कन गरिएको छ । यसका छायाँकार रामकुमार केसी हुन् भने प्रविण भट्टले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् । कोरियोग्राफर सन्तोष राजबाहक हुन् ।

रूकुम(पूर्व):  रुकुमको सिस्ने  गाउँपालिका–८ भुरुङ्गास्थित सामुदायिक जंगलमा प्रहरीले ४ थान भरूवा बन्दुक फेला परको छ ।   अस्थाई प्रहरी पोष्ट धपेबाट खटिएको प्रहरी टोलीले शनिबार जंगलको खाल्डोमा सेउलाले छोपेर वेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको हो ।   सो स्थानमा कसले कहिलेदेखि बन्दुक राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।  

रुपन्देही:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धको जन्मले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको बताउनुभएको छ ।    शुक्रबार २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनु भएको हो ।   उहाँले भन्नुभयो, ‘‘ईशापूर्व ६२३ मा शाक्यमुनि बुद्धको जन्म लुम्बिनीको सुन्दर बगैंचामा भयो । नेपाली भूमिमा बुद्धको जन्म नेपाल र नेपालीका लागि गर्वको विषय हो । उहाँको जन्मले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको छ ।’’ प्रधानमन्त्रीले संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एक पटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्बिनीको सम्भाव्यता कति होला ,अन्दाज गर्न गाह्रो रहेको बताउनुभयो । उहाँले अनुमान मात्रै गर्दा पनि एकसाथ श्रद्धा र आनन्दको अनुभूति हुने धारणा व्यक्त गर्नुभयो ।   प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ ईशापूर्व ६२३ मा शाक्यमुनि बुद्धको जन्म लुम्बिनीको सुन्दर बगैंचामा भयो । नेपाली भूमिमा बुद्धको जन्म नेपाल र नेपालीका लागि गर्वको विषय हो । उहाँको जन्मले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको छ । संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्बिनीको सम्भाव्यता कति होला रु अन्दाज गर्न पनि गाह्रो छ । तर अनुमान मात्रै गर्दा पनि एकसाथ श्रद्धा र आनन्दको अनुभूति हुन्छ । प्रचुर सम्भावना हुदाँहुँदै पनि ती सम्भावनालाई सदुपयोग गर्न नसक्नु हाम्रो कमजोरी हो । वर्तमान सरकारले यस तथ्यलाई ह्रदयङ्गम गरी कार्य अगाडि बढाउने छ ।  तत्कालीन पाल्पाका गभर्नर जनरल खड्गशम्शेर र जर्मन पुरातत्वविद् एलियस फुहररले जंगलको बीचमा सन् १८९६ मा प्रस्तर स्तम्भ फेला पारे । उक्त स्तम्भको उत्खनन् गर्दा स्तम्भमा शिलालेख देखियो । ब्राम्ही लीपि र पाली भाषामा उत्कीर्ण गरिएको उक्त शिलालेखको अनुवाद भएपछि उक्त स्तम्भ रहेको लुम्बिनी नै शाक्यमुनि बुद्धको जन्मस्थल भएको तथ्य पत्ता लाग्यो । लुम्बिनी अशोक स्तम्भको शिलालेखको दोस्रो हरफको अंश–“हिद बुधेजाते शाक्यमुनिति” अर्थात् “यहाँ शाक्यमुनि बुद्धको जन्म भयो” र चौंथो हरफको अंश “हिदे भगवान जातेति लुमिनी गामे” अर्थात् “यस लुम्विनी गाउँमा भगवानको जन्म भएकाले” भन्ने वाक्यांशहरूबाट शाक्यमुनि बुद्धको जन्म लुम्बिनीमा भएको प्रमाणित हुन्छ । त्यति मात्रै होइन यस लुम्बिनी स्तम्भले शाक्यमुनि बुद्ध केवल पौराणिक मात्र नभई ऐतिहासिक व्यक्तित्व हुनुहुन्थ्यो भन्नेसमेत प्रष्ट्याउँछ । सम्राट अशोकले ईशापूर्व २४९ मा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्विनी, क्रकुछन्द बुद्धको जन्मस्थल गोटीहवा र कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवामा शिलालेखसहितको एक–एक वटा गरी जम्मा ३ वटा स्तम्भ स्थापना गर्नुभयो । ती स्तम्भका शिलालेख, चिनिया तीर्थयात्रीहरूका यात्रा वृत्तान्त, पुरातात्विक उत्खनन् समेतबाट नेपालको रुपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र ३ वटा बुद्धको जन्म भएको भन्ने तथ्य प्रमाणित भयो । साथै नवलपरासी जिल्लामा अवस्थित रामग्रामको स्तुपमा शाक्यमुनि बुद्धको अस्तुधातु संरक्षित रहनुले वृहत्तर लुम्विनीलाई बुद्धहरूको भूमि बनाएको छ । यस्तो तीर्थस्थल जहाँ एक घण्टाको यात्रावाट ३ वटा बुद्धको जन्मस्थल पुग्न सकिन्छ, संसारमा कहिँ पनि छैन । त्यसैले बृहत्तर लुम्विनी क्षेत्र सर्वोत्कृष्ट बौद्ध तीर्थस्थल हो भन्दा अतिशयोक्ति हुँदैन । वर्तमान सरकार बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दे दिगो विकासका लागि बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्य थालनी गर्न तत्पर छ । सम्पूर्ण मानव जातिको साझा धरोहर तथा विश्व सम्पदा पवित्र लुम्विनीको द्रुत विकासका लागि सरकारले लुम्विनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्विनी गुरुयोजनाको कार्य अगाडि बढाइरहेको छ । अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा संघ संस्थाहरूको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवर्द्धन तथा विकास गरी स्थानीयबासीलाई विकासको प्रतिफल दिलाउन भगिरथ प्रयत्न गर्नेछ । नेपाल सरकारले २०६८ सालमा गठन गरेको बृहत्तर लुम्बिनी राष्ट्रिय निर्देशक समितिकोे अध्यक्षको हैसियतमा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म न्युयोर्क पुगेर संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुनसँग समेत बृहत्तर लुम्बिनी क्षेत्रको दिगो विकासका लागि छलफल गरेको स्मरण गर्दछु । सम्भावित विश्व सम्पदा सूचीमा सन् १९९६ देखि सूचीकृत प्राचीन कपिलवस्तुको राजधानी शहर तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी प्राचीन स्मारक संरक्षण क्षेत्र घोषणा गरिसकिएको छ । यस सन्दर्भमा सरकारको प्रयत्न र अभियानमा सहयोग गर्न म स्थानीय तथा सरोकारवालाहरूलाई अपिल गर्दछु । पूर्वीय सभ्यताको आलोकको रूपका आधुनिक विकासका उपलब्धिले मानवीय विवेक र चिन्तन धारा ध्वस्तप्रायः भइसकेको आजको समयमा अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको छ । संसारका प्रायः सबै धर्म–संस्कृतिले जीवन र जगत्को सारतत्व मनन गरेर उज्यालो पक्षको अनुसरण गर्न प्रेरित गर्छन् । दार्शनिक दृष्टिले यस दर्शनको सबैभन्दा महत्त्वपूर्ण विषय प्रतीत्य–समुत्पाद हो । यसको शाब्दिक अर्थ हो, सापेक्ष कारणतावाद अर्थात् कुनै एक वस्तुको उपस्थितिमा अर्को वस्तुको उत्पत्ति हुनु । शून्यता र भविता अर्थात् केही नहुनुको भावार्थमा केही हुनु भन्ने आयामको गहनतालाई प्रतीत्य–समुत्पादले बुझाउँछ । अस्तित्व सत्ताको स्वरूप अस्ति वा नास्ति अर्थात् भए वा नभए, छ वा छैन, दुवै छ वा दुवै छैन भन्ने भावको चतुष्कोटी सिद्धान्तलाई वस्तुको यथार्थ स्वभाव हो भनी बौद्ध माध्यमिक दर्शनका प्रणेता आचार्य नागार्जुनले परिभाषित गरेका छन् । अनात्मा र अनित्यलाई स्वीकार गर्ने वैभाषिक र सौत्रान्तिक सिद्धान्तले वस्तुको परिवर्तित गुणलाई स्वीकार गर्छ । बलिरहेको दीपशिखाको अनन्त ज्योति र प्रवाहमय नदीको अनन्त धाराको परिवर्तित अस्तित्वको लक्षणार्थमा विज्ञान सत्ताको क्षणिकतालाई बोध गराउने भएकाले प्रतीत्य–समुत्पादलाई अनित्यवाद र क्षणिकवाद पनि भनिन्छ । अस्तित्वको अनित्यतालाई प्रतीत्य–समुत्पादबाट प्रमाणित गर्न सकिन्छ । वस्तुको स्वभाव क्षण, प्रतिक्षण परिवर्तन भइरहने भएकाले नै  अनित्यवादलाई क्षणिकवाद भनिएको हो । दार्शनिक दृष्टिले प्रतीत्य–समुत्पादभित्र ३ दाशर्निक पक्ष छन्, अनीश्वरवाद, अनित्यवाद र क्षणिकवाद । पूर्वीय समाज र दर्शनको विकास प्रक्रिया विश्व मानचित्रमा नै अग्रणी मानिँदै आइएको छ । पूर्वीय सभ्यता, दर्शन र चिन्तन परम्पराका दृष्टिले हामी वैशवशाली र गौरवशाली दुबै छौँ । किराँत दर्शन, बुद्ध दर्शन, षड्दर्शन लगायतका नेपाली दर्शनहरूमा भौतिकवादी चेत, गतिको नियम, नैतिक शिक्षा र जीवन मूल्यका अनगिन्ती आयामहरू छन् । तिनीहरूको वैज्ञानिक खोज एवं अनुसन्धानका आधारमा नेपाली दर्शनको संरक्षण, प्रवर्धन एवं विकासका निम्ति नेपाली बौद्धिक समुदायले विशेष पहल लिन आवश्यक छ । हाम्रो आफ्नो मौलिक दर्शन र चिन्तन परम्परालाई नजरअन्दाज गरेर हाम्रो दर्शन, सभ्यता र समृद्धिको यात्रामा सफलता प्राप्त गर्न पनि सकिँदैन । ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन, मानवजातिले विश्वभरि आर्जन गरेका ज्ञान र अनुभवहरू हामी सबैका साझा सम्पत्ति र गौरवसमेत हुन्, यद्यपि हामीले हाम्रो विशिष्टता र मौलिकताको सम्वर्धन र विकास गरेर मात्र ज्ञानविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ । मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्ग अनुशरण गर्दा जीवनको उत्तरार्धमा बुद्धका अनुयायी भएको प्रसङ्ग हाम्रो सन्दर्भमा विशेष स्मरणीय छ । नेपाली समाजको आमूल परिवर्तनको आकांक्षासहित सुरू गरिएको महान् जनयुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्तिप्रक्रियामा रूपान्तरण हुनु, क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्वले विस्तृत शान्ति सम्झौतामार्फत् क्रान्ति र शान्तिलाई एकअर्काको परिपुरकका रूपमा व्यवहारसिद्ध गर्नु तथा राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणको सफल नेतृत्व गर्नुले बुद्धका शिक्षाहरूबाट हामी प्रभावित मात्र होइन, हाम्रो विशिष्टता र मौलिकतामा देश र जनताको सार्वभौम हितका निम्ति अनुशरणसमेत गरिरहेका छौँ भन्न सकिन्छ । तर, यसलाई जसरी विश्लेषण र संश्लेषण गरेर विश्वशान्तिका निम्ति स्वामित्व लिनुपर्थ्यो, त्यसमा कतै हामी चुकिरहेका त छैनौँ भन्ने अनुभूत हुन्छ । यसतर्फ ध्यान दिन म बौद्धिक समुदायलाई अपील पनि गर्दछु । अन्त्यमा २५६७ औं बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०८० सफल पार्न मन, वचन र कर्मले सहयोग गर्ने सम्पूर्ण स्वदेशी तथा विदेशी महानुभावहरूलाई हार्दिक आभार प्रकट गर्दै स्वदेशी तथा मित्र राष्ट्रहरूका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई सुःख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै बिदा हुन्छु, धन्यवाद ।

दाङ:   बिहीबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चयन भएका डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन ।  लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका चौधरी हिजो मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।  चौधरीलाई कांग्रेस, माओवादीसहित नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ ।  

दाङ:    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले दाबी पेस गरेका छन् । आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । दाङ क्षेत्र नम्बर ३ (१) प्रदेश सभा सदस्य चुनिएका चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा दाबी पेस गरेका छन् । चौधरीलाई ५३ सांसदको समर्थनसहितको हस्ताक्षर बुझाएको नेपाली कांग्रेस प्रदेश सभा सदस्य राजु खनालले जानकारी दिए ।   गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो । केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाएका थिए । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दावी पेश गर्न समयसीमा दिएका छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।