बुद्धभूमिको चिनारी: ‘बुद्ध सादर बन्दना’ सार्वजनिक (भिडियाे)
बुटवल | साउन ३, २०८०
काठमाडौं: बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्याउने उद्देश्य रहेकाे ‘बुद्ध सादर बन्दना’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
गायिका देविका बन्दनाको स्वरको उक्त गीतमा डा.दिनबन्धु शर्मा तथा गायिका बन्दनाको शब्द सृजना रहेको छ । यसमा गायिका बन्दना, विजेश तथा मनिषको संगीत रहेको छ भने राजन ईशानसंगीत संयोजक हुन् ।
गीतको म्युजिक भिडियोलाई गायिका देविका बन्दनाले नै निर्देशन गरेकी छिन् । लुम्बिनी क्षेत्रको परिचय खुल्ने गरी यो गीतको म्युजिक भिडियो छायाङ्कन गरिएको छ । यसका छायाँकार रामकुमार केसी हुन् भने प्रविण भट्टले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् । कोरियोग्राफर सन्तोष राजबाहक हुन् ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

