लुम्बिनीः  लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ ।   मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि...

पाल्पाः बगनासकाली गाउँपालिका ५ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसबाट धिरज गाहा मगरले उम्मेदवारी दिएका छन् ।   आम नागरिकलाई सातै दिन सेवा प्रवाह गराउने एजेण्डा सहित युवा नेता धिरज गाहामगर चुुनावी मैदानमा होमिएका हुन् ।   ‘वडाबाट दिईने सेवाहरु सातै दिन दिने मेरो पहिलो एजेण्डा हो, गाहामगरले सुनगाभा न्यूजसँग कुरा गर्दै भने, ‘किनभने सेवाग्राहीले चाँहेजस्तो सेवा लिन नपाएको विगत छ । त्यसैले मैले जितेको खण्डमा सातै दिन सेवा दिने प्रण गर्दछु । हुनत अहिले विकासको कुरा गर्नु औचित्य देखिदैन । त्यो दास्रो कुरा हो ।’    उनले वडामा हुने बेथितीको विरुद्धमा नागरिकमैत्री काम गर्नको लागि आफ्नो उम्मेदवारी दिएको समेत बताए ।     ‘अब नेतृत्वमा युवाहरु पनि आउँनुपर्छ भन्ने सबैको मान्यता छ । हामीहरु बेथितीको विरुद्धमा जहिल्यै उभिएका छौ । त्यसैले सबै अस्तव्यस्त कुराहरुलाई ठीक पार्न र आम नागरिकलाई समान किसिमको सेवा प्रवाह गर्न नै मेरो नेतृत्वमा टिम अगाडी बढेका छौ ।’   उनले चुनावी प्रचारप्रसार अभियान तिन चरणमा गर्ने जानकारी दिए । गाहामगरका अनुसार पहिलो चरणमा स्थानीय क्षेत्रमा सामान्य रुपमा भेटघाट हुनेछ ।   दास्रो चरणमा वडा सभापति, स्थानीय नेताहरुको उपस्थितिमा उम्मेदवारी टोलीले एजेण्डा सहित घरदैलोमा गर्नेछ । भने अन्तिम चरणमा जिल्ला र प्रदेश स्तरीय नेताको उपस्थितिमा निश्चित स्थानमा चुनावी सभा आयोजना हुनेछ ।    अध्यक्ष पदमा उम्मेदवारी दिएका गाहा मगर पेशाले शिक्षक हुन् ।   उदीयमान युवा नेताको रुपमा रहेका ३० वर्षिया उनलाई भोट दिन स्थानियको पनि आग्रह छ । ‘अब नेतृत्वमा युवाहरु नै आउँनुपर्छ । पुरातन सोच भएकाहरुले विकास र नागरिकमैत्री सेवा दिन सक्दैनन्, स्थानीय मनबहादुर गाहामगर भन्छन्, ‘पंखा मुनी बस्दा निमोनिया लाग्नेहरुले वडाको विकास गर्न सक्दैनन् । त्यसैले नेतृत्वमा युवाको बाहेक अरुको विकल्प छैन । त्यसैले युवाहरुलाई नै भोट दिनुुहुन मेरो अपिल छ ।’   उक्त वडाको अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी एमोलेबाट ओमप्रकाश गैरे र नेशनल मंगोल अर्गनाइजेशनबाट दिपक खाम्चामगरले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।  

  रुकुम पश्चिम, वैशाख ९ गते । रुकुम पश्चिमका राजनितीक दलहरुले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सम्बन्धिका आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । दलहरू चुनावमा निर्वाचन आयोगले बनाएका आचारसंहिता पूर्ण रूपमा पालना गर्न प्रतिबद्ध भएका हुन् ।    मुसिकोट स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित सबै क्रियासिल राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पालना गर्न एकमत भएको बताइएको छ । रुकुम जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले आचारसंहिता पालना गर्ने र गराउन सबै दलहरु प्रतिबद्ध भएको बताउनुभयो । छलफल कार्यक्रममा उहाँले सबै सरोकारावालाले आचारसंहितामा पालना गर्यौँ भने उल्लङ्घन हुने सम्भावना नै रहन्न भन्नुहुँदै राजनीतिक दल र सन्चारमाध्यमले आचारसंहिता पालना गर्नु कर्तव्य भएको बताउनुभयो ।    कार्यक्रममा आचारसंहितको कानुनी आधार, उद्देश्य, लागू हुने निकाय, राजनीतिक दलदेखि सञ्चारमाध्यम सबैले पालना गर्नुपर्ने आचरसंहिता, निर्वाचन खर्च, मौन अवधि, मतदान तथा मतगणनाका बेला पालना गर्नुपर्ने आचरण, आचारसंहिता अनुगमन तथा त्यसका अन्य व्यवस्था, राजनीतिक दल र उम्मेदवारको भूमिका, निर्वाचनसम्बन्धी कार्यक्रम, मनोनयन दाखिला, उम्मेदवारको धरौटीलगायतका विषयमा छलफल भएको थियो । निर्वाचनको लागि रुकुम पश्चिममा सात दल दर्ता भएका छन् ।

तम्घास, बैशाख ८ गते । गुल्मीमा जवरजस्ती करणी गरी फरार रहेका आरोपी बुटवलबाट पक्राउ परेका छन् । जिल्लाको इश्मा गाउँपालिका ३ का २९ वर्षीय कृष्णबहादुर नेपालीले  वैशाख ४ गते साँझपख सोही स्थानकी २७ वर्षीय सुस्त मनस्थिति महिलालाई जबरजस्ती करणी गरी फरार थिए ।    नेपालीले जबरजस्ती करणी गरी फरार रहेको भन्ने कार्यालयमा प्राप्त  सूचनाको आधारमा खोजतलासी गर्दा निजलाई बुटवलबाट पक्राउ गरी गुल्मी ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले जानकारी दिनुभयो ।   नेपालीले ठाडढुङ्गाको खोल्सामा जवरजस्ती करणी गरी फरार रहेको भन्ने आरोप लागेको छ । निजलाई वैशाख ७ गते जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।