पाल्पामा कुशे औंशीकै दिन बुवाको हत्या

पाल्पा | भदौ १२, २०७९

पाल्पामा कुशे औंशीकै दिन बुवाको हत्या

पाल्पा:  पाल्पाको माथागढी गाउँपालिका ४ का १४ बर्षिय किशोरले कुशे औंशी (बुवाको मुख हेर्ने) कै दिन आफ्नै बुवाको हत्या गरेका छन् । 

 

पाल्पा प्रहरीका अनुसार शनिबार राती करिब ८ बजेको समयमा घरमा सामान्य झगडा हुुँदा किशोरले आफ्नै बुवा ४५ वर्षिय तिलबहादुर डिसालाई दाउराको चिर्पटले प्रहार गरेका थिए ।

 

चिर्पट प्रहारबाट डिसाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको  पाल्पा प्रहरीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार हत्यामा संलग्न बालकलाई नियन्त्रणमा लिइएको बताउदै घटनाका बिषयमा थप अनुसन्धान भइरहेको बताए ।

काठमाडौं:   इन्टर मिलानले पाँच खेल अगावै इटालियन सिरी 'ए' को उपाधि जितेको छ ।    चिरपरिचित प्रतिद्वन्द्वी एसी मिलानलाई २-१ ले पराजित गर्दै इन्टर २० औं पटक लिग च्याम्पियन बन...

थप पढ्नुहोस्

एजेन्सी: मलेसियामा दुई सैनिक हेलिकप्टर  एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ।    ९०औं सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँएको मलेसियाका  सञ्चारमाध्यमले जनाएक...

थप पढ्नुहोस्

काठमाडौँ:  आकासिएको सुनको मूल्य एकाएक घट्न थालेको छ ।   अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज (मंगलबार) थप २...

थप पढ्नुहोस्