काठमाडौँ ।  मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जितेकी छिन् । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् । &nbs...

पोखरा :     लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औँ जन्मजयन्तीको अवसरमा पोखरामा आयोजना हुने सर्वाधिक पुरस्कार राशीको राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता तयारी पुरा भएको छ ।    कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले १२ देखि १४ गतेसम्म पोखरा सभागृहमा आयोजना गर्ने स्रष्टा सम्मान तथा राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको आज (बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   प्रतिष्ठानका सचिव तथा कार्यक्रम संयोजक जीवन दाहालले नेपालमा पहिलो पटक आयोजना भएको सर्वाधिक धनराशीको खुल्ला दोहोरी गीत प्रतियोगिताको तयारी पुरा भएको बताउदै  प्रतियोगितामा देशभरबाट ४६ समुहको सहभागिता रहने बताए ।    उनका अनुसार उक्त प्रतियोगिताको विजेता जोडीले नगद रु ६ लाख प्राप्त गर्नेछ । यसैगरि द्वित्तिय हुने युगल जोडीले ४ लाख, तृतीय हुनेले २ लाख र सान्तवना  स्थान हाँसिल गर्ने जोडीले १ लाखको हकदार बन्नेछ । उनले उत्कृष्ट गायक र गायिकाकालाई जनही ५० हजारले पुरस्कृत गर्ने जानकारी दिदै अनुशासित एक समुहलाई नगद रु ५० हजार प्रदान गरिने बताए ।   उनले प्रत्येक समुहलाई प्रतियोगिताबाट नबाहिरिदासम्म दैनिक ३ हजार भत्ताको व्यवस्था गरेको समेत बताए । दाहालका अनुसार एउटा टोलीमा एक पुरुष र एक महिला रहनेछन् ।   उक्त प्रतियोगिताको निर्णायक मण्डलको संयोजकमा राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी रहनेछन् ।   स्रष्टा सम्मान छनोट समितिका संयोजक खेम गुुरुङका अनुसार सोही कार्यक्रमकै अवसरमा यसवर्ष स्वर्गीय योगन्द्र बहादुर बस्नेत र कलाकार तथा संगितकार नारायण रायमाझीलाई नगद २५ हजारसहित सम्मान गरिने छ ।  

  काठमाडौं:    चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले बुधबार पदभार ग्रहण गरेका छन् । चावहिलस्थित चलचित्र विकास बोर्डको कार्यालय पुगेर उनले कार्यभार सम्हालेका हुन् ।   हाजिरी पुस्तिकामा हस्ताक्षरपछि कुरा गर्दै केसीले नेपाली फिल्म क्षेत्रको समस्याबारे आफू नजिकबाट जानकार रहेको बताए । चाँडै चलचित्रकर्मीलाई बोलाएर सुझाव संकलन गर्ने र सोहीअनुसार कार्यान्वयनतर्फ अघि बढ्ने आफ्नो योजना रहेको उनले बताए । सो अवसरमा केसीलाई कर्मचारी र अन्य पदाधिकारीले स्वागत गरे ।   बुधबारै बोर्डले अध्यक्ष केसीको स्वागतमा कार्यक्रम समेत आयोजना गरेको छ ।

  काठमाडौँ:    सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले केसीलाई दुई वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।   कलाकार केसी चलचित्र निर्माण, निर्देशन र अभिनयमा सक्रिय हुनुहुन्छ । केसीले सय भन्दा बढी चलचित्रमा काम गरिसक्नुभएको छ भने यसअघि गायन क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो ।   केसीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल चलचित्र विकास बोर्डको अध्यक्षको दौडमा रहेका थिए ।

पोखरा:  एसटी क्रियसन नेपालले आयोजना गरेको पाँचौ संस्करणको मिस मगर नेपाल २०२२ को ताज म्याग्दीकी मिलन थापामगरले जितेकी छिन् । अन्तिम चरणमा रहेका ११ प्रतिस्पर्धीलाई पछि पार्दै उनले सन् २०२२ को मिस मगर नेपालको ताज थापामगरले जितेकी हुन् ।   ताजसँगै उनले, नगद रु ७० हजार, हङ्कङ टुर तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् । त्यसैगरि उनले बेस्ट वाक र मोस्ट ट्यालेन्टटेड अवार्ड समेत हात पारिन् ।   यसैगरि फष्ट रनरअफका रुपमा पुर्व इलामकी भावना खपांगीमगरले ताज पहिरिदै नगद रु ३० हजार प्राप्त गरिन् । सेकेन्ड रनरअपका रुपमा पाल्पाकी टुगा रानामगर घोषित हुदैं ताजसहित २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।    यसैगरी थर्ड रनरअप बन्न सफल बनेकी मीना गर्बुजा मगरले तजा र अवार्डसहित १० हजार रुपैयाँ नगद पुरस्कार जितिन् । भने भ्यूवर च्वाइसको उपाधि रोश्ना बुढाथोकी मगरले जितिन् ।   कसलाई कुन अवार्ड?  प्रतियोगितामा वेष्ट फिगर शोभा पुनमगर, मोस्ट कन्फिडेन्ट मीना गर्वुजामगर, मस्ट डिसप्लेन सलिना घर्तीमगर, मोस्ट पपुलर साराङ्ग सोरालीमगर, मस्ट फ्रेण्डसिप सृष्टी फगामीमगर, वेस्ट स्माइल अवार्ड सोनु सोमारे मगर, मस्ट सर्पोटिभ अवार्ड गोमा थापामगर, वेस्ट स्कीन रोश्ना बुढाथोकी मगर, वेस्ट फोटोजेनिक भावना खपांगीमगर, वेस्ट पर्सनालिटी सलिना घर्तीमगर, मोस्ट इन्टेलिजेन्ट टुगा रानामगर बन्न सफल भएका थिए ।                                                                                                      मुख्य निर्णायकमा चलचित्रकर्मी मेजन पुन मगर, पत्रकार तथा अधिवक्ता मनोज घर्तीमगर, संस्कृतिकर्मी रेशम थापा मगर ‘रचक’, मिस तनहुँ २०११ की रनरअप पवित्रा थापामगर र सस्कृतिकर्मी शिव थापामगर रहेका थिए ।    विजेताहरुलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ र मिस मगर नेपाल २०१९ को विजेताहरुले पुरस्कार प्रदान गरेका थिए ।    यसअघि सन् २०१९ मा सम्पन्न चौथो चरणको मिस मगर नेपालको ताज सनम गर्बुजाले जितेकी थिइन् ।

पोखरा:  साउन महिनाको पहिलो सोमबार शिब मन्दिरमा विशेष पुजा गर्ने गरिन्छ । विशेषगरि हिन्दु नारीहरु शिवजी र पतिको नाममा ब्रत बस्ने गर्दछन् । यसो गर्दा पतिको आयु बढ्ने र परिवारमा सुख प्राप्त हुने परम्परागत विश्वास रहदैं आएको छ ।    पोखरा महानगरपालिका १ सिमपानीस्थित गाईघाटमा बिहानैदेखि बर्तालुहरुको चहलपहल देखिन्थ्यो ।    गाईघाटबाट नदीको जल लगेर पोखरा ६ स्थित बैदामको केदारेश्वर मन्दिरमा रहेको शिवलिङ्गमा चढाइने गरिन्छ । यसो गर्दा आँटेको पुग्ने विस्वाश रहदै आएको छ ।   साउन महिना विशेष गरेर आशुतोष भगवान महादेवको प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने गरिन्छ । सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रहिआएको छ ।    हरियाली चुरा पोतेलाई सौभाग्यको रुपमा लिइन्छ । भने सूर्य दक्षिणायनपछि विशेष चाडपर्वको शुुरुवातको संकेत गर्ने पुुर्वीय संस्कृतिमा साउने सोमबार आफैँमा विशेष महत्वको महिना मानिन्छ ।    हेरौं, १५ तस्बिरमा गाईघाट आसपासमा देखिएको साउने पहिलो सोमबारको बर्तालुहरुको रौनक:- तस्बिर: सुनगाभाकर्मी बिबि रोकामगर ​                            

पोखरा:   लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र घान्द्रुकमा प्रदर्शन भएको छ ।  ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र औपचारिक रुपमा बिहिबार घान्द्रुकबाट प्रदर्शन सुरु गरिएको हो ।   उक्त प्रर्दशनमा स्थानीय सयौंको सहभागिता रहेको थियो ।  लामा अमृत फाउण्डेशन घान्द्रुकका अमृत गुरुङले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिगारिएको छ । भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो ।   उक्त वृत्तचित्रमा तमु समुदायसँग सम्बन्धित संस्कृति त्यसैगरी प्राकृतिक सौन्दर्यता तथा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँ घान्दु्रक आसपासको रहनसहन भेषभुषा तथा कला संस्कृतिलाई चित्रण गरिएको छ ।   घान्द्रुकमा पहिलो प्रदर्शन गरेको वृतचित्रलाई देशको प्रमुख शहरहरु पोखरा, काठमाडौँ लगायतका स्थानमा प्रर्दशन गर्ने तयारी रहेको फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले जानकारी दिए उनका अनुसार उक्त वृत्तचित्रलाई विदेशमा समेत  प्रर्दशन गरिनेछ ।    

पोखरा:    पोखरा महानगरपालिका वडा १ को कार्यालयले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा तामाङ घेदुङ संघ कस्केरी इकाई समिति प्रथम भएको छ ।    चालु आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित बजेटबाट आयोजना गरिएको जनजाति भेषभुषा संरक्षण सम्बन्धि वक्तृत्वकला प्रतियोगितामा ७ समुहलाई पछि पार्दै कस्केरी तामाङ घेदुङ समिति प्रथम भएको हो ।    त्यसैगरि उक्त प्रतियोगिताबाट सिमपानी तमु समाज द्धितिय र तान्चोक तमु समाजले तृतिय स्थान हाँसिल गरेको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् ।    उनका अनुसार ६ प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुने टिमले क्रमश नगद ७ हजर, ५ हजार र ३ हजार प्राप्त गरे । त्यसैगरि प्रतियोगितामा सहभागिता जनाएका सबै टिमलाई सहभागिताको प्रमाणपत्र सहित नगद राशीको समेत प्रदान गरिएको थियो ।    सो प्रतियोगितामा कार्यक्रम निर्णायकका रुपमा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सुरेन्द्र गुरुङ, कवि कृष्ण बहादुर श्रेष्ठ र नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष दीपक वाइबा तामाङ रहेका थिए ।   कार्यक्रममा पुरस्कार वितरण पश्चात बोल्दै प्रमुख अतिथि समेत रहेका पोखरा महानगरपालिका १ का वडाध्यक्ष साहारा प्रधानले नेपाल प्राकृतिक र साँस्कृतिक रुपमा धनि रहेको बताउदै संरक्षणमा विशेष ध्यान पु¥याउन आवश्यक रहेको धारणा राखेका थिए ।   कार्यक्रम संयोजक रामध्वज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शोभा गुरुङले गरेकी थिइन् ।

पोखरा:   गायक स्रेजल विक्रम भण्डारीको ‘हराएको माया’ सार्वजनिक भएको छ ।  चङ्गा प्रोडक्सनको व्यानरमा बनेको उक्त गीतको म्युजिक भिडियो प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।   विवेक गुरुङको निर्देशनमा बनेको उक्त भिडियोमा १६ वर्षिय गायक भण्डारी र श्रेया लामा महर्जन (युट्युब स्ट्रिमर) को मुख्य अभिनय रहेको छ ।    सो म्युजिक भिडियोमा  नायक सोम गुरुङ, शीला गुरुङ, धिरज गुरुङ, सहदेव राई, लेख बहादुर गुरुङ र डिल्लीराम गुरुङको समेत अभिनय रहेको छ । भने म्युजिक भिडियोको छायांकन र सम्पादन निकोलस गुरुङले गरेका छन् ।   भिडियोमा किशोर किशोरीलाई कलिलै उमेरमा विवाह गरिदिन नहुने विषयवस्तुलाई समावेश गरिएको छ । भने बालविवाह विरुद्धको कथावस्तुलाई प्राथमिकता साथ दर्शाइएको छ ।    भिडियो:  

कास्की:  अन्नपूर्ण व्याण्ड नेपालले अफिसियल म्युजिक भिडियो ‘भो’ सार्वजनिक गरेको छ ।  व्याण्डको आधिकारिक युट्युब च्यानलमार्फत ‘भो नगर भो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको ।      आशिम गुरुङ र अप्सरा गुरुङको मुख्य अभिनय (फिचरिङ) रहेको उक्त गीतमा कलाकार छुतमान गुरुङले स्वर भरेका छन् ।     निर्माण पक्षका अनुसार  अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ धान्द्रुक तथा आसपासका कलाकारलाई पर्दामा देखिने सो म्यूजिक भिडियोको कथा नितेश विक्रम भट्टले बुनेका हुन् भने उक्त भिडियोलाई निर्देशन र सम्पादन नविन थापाले गरेका छन् ।    यसैगरि भिडियोमा दिपेश गुरुङले कलर सम्पादन गरेका छन् । संगीत मास्टरिङ र एरेन्जिङ द एज व्याण्डका विष्णु गुरुङले गरेका छन् भने सो भिडियोको छायांकन सुमन पराजुलीका गरेका हुन् । गीत रेकर्डिङ साउण्ड इन स्टुडियो पोखरामा गरिएको निर्माण पक्षले जनाएको छ ।   भिडियो: