काठमाडौँ ।  मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जितेकी छिन् । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् । &nbs...

कञ्चनपुर, २७ चैत (रासस) : सुदूरपश्चिम क्षेत्रका बहुसङ्ख्यक व्यक्तिले बोल्ने डोट्याली (डोटेली) भाषाको मौलिकता हराउँदै जान थालेको छ । बाह्य भाषाको प्रभावका कारण डोट्याली भाषा विकृत बन्दै जान थालेको हो । पछिल्ला समय घरपरिवारमा सो भाषा बोल्ने नै कम हुन थालेपछि नयाँ पुस्तान्तरणमा समेत समस्या हुन थालेको छ । सो भाषा तत्कालीन डोटी राज्यको राष्ट्र भाषाका रूपमा थियो । डोटी राज्यमा मात्रै नभई यस भाषाको प्रभाव भारतको कुमाउँ गढवाल क्षेत्रमा समेत रहेको इतिहासका जानकारको भनाइ छ । “परिवारमा जति मातृभाषा बोल्ने गरियो, त्यतिनै त्यो भाषा समृद्ध हँुदै जान्छ भन्ने मान्यता छ । नयाँ पिँढीका युवायुवतीले बाह्य भाषासँग बढी हिमचिम बढाउँदा सुदूरपश्चिम प्रदेशकै धेरै वक्ता भएको भाषा खुम्चिँदै जान थालेको छ”, शिक्षक प्रकाश उप्रेतीले भन्नुभयो, “नयाँ शिक्षा ऐनमा स्थानीय भाषा विद्यालयमा पठापाठन गर्न सकिने व्यवस्था हुनुप¥यो ।” बोलीचालीसँगै लेखनमा समेत डोट्याली भाषाकै प्रयोग हुने गरेको थियो । बाह्य भाषा र संस्कृतिको प्रवेशसँगै यस भाषाको अस्तित्व जोगाउन समेत हाल अप्ठेरो हुन थालेको छ । यो भाषा बोल्ने विस्तारै कम हुँदै जान थालेका छन् । बढदो सहरीकरणसँगै थातथलोबाट बसाइँसराइ गरी अन्यत्र बस्ने क्रम सुरु भएसँगै यस भाषाको अस्तित्वसमेत सङ्कटमा पर्दै गएको हो । नयाँ पुस्ताले डोट्याली भाषा बोल्न अप्ठेरो मान्ने गरेका छन् । “पुर्खौँदेखि पुस्तान्तरण हुँदै आएको डोट्याली भाषा धनाढय र शिक्षितका रूपमा परिचित परिवारमा बोल्न लाज मान्ने गरेका छन्”, सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील भैरवसिंह ऐरले भन्नुभयो, “नेपाली, भारतीय र अङ्ग्रेजी भाषालाई बढी महत्व दिँदा युवा पुस्ताले डोट्याली भाषालाई छाड्दै जान थालेका छन । बसाइँ सारेर थातथलोबाट गएका व्यक्तिका परिवारमा यो भाषा पुस्तान्तरण गर्न निकै चुनौती छ ।” सहरियाले बोल्ने अङ्ग्रेजी, भारतीय र नेपाली भाषालाई बढी महत्व दिई नयाँ पिँढीलाई ती भाषा नै सिकाउन थालेपछि डोट्याली भाषा हराउँदै जान थालेको छ । विगतमा बोलिने र हाल बोलिने डोट्याली भाषामा निकै अन्तर छ । डोट्याली भाषाका ठेट शब्द विस्तारै लोप हुन थालेका छन् । वर्णविन्यास, व्याकरण र शब्दकोष बने पनि सबैसम्म पुग्न सकेको छैन । प्रचार–प्रसारसमेत हुन पाएको छैन । विद्यालय शिक्षामा समेत डोट्याली भाषालाई समावेश नगराउँदा यो भाषा विस्तारै ओझेल पर्न थालेको छ । “डोट्याली भाषामै लेखेका कुरा पढ्न धेरैलाई समस्या हुने गरेको छ”, स्थानीयवासी मनिदत्त पन्तले भन्नुभयो, “डोट्याली भाषामा लेख, रचना, साहित्यलगायतका कुरा लेखनकार्यलाई व्यापक बनाइनुपर्छ । पाठकसमक्ष यस्ता कुरालाई पस्किन सक्नुपर्छ । थोरै मात्र डोट्याली भाषामा प्रकाशित हुने पत्रपत्रिका छन्, ती सबैको पहुँचमा नभएकाले यस क्षेत्रमा बसोवास गर्ने व्यक्ति सबैको सरोकारको विषय भएकाले युवा पिँढीलाई रुचिकर लाग्ने लेख रचनामा बढी जोड दिनुपर्छ ।” डोट्याली भाषा, संस्कृतिको क्षेत्रमा काम गर्ने विज्ञ र संस्कृतविद्को कमी छ । नगन्य सङ्ख्यामा केही विज्ञ भाषा जगेर्नाको प्रयासमा जुटेका छन् । जुन तरिकाले गहन खोज, अनुसन्धान तथा भाषा विकासका लागि कार्य गर्नुपर्ने हो त्यो सक्रियता नदेखिएको अर्का शिक्षक राघवप्रसाद अवस्थी बताउनुहुन्छ । “डोट्याली भाषामा बोल्नेलाई कमजोर, अल्पज्ञानी व्यक्तिका रुपमा चित्रित गरिन्छ । नेपाली र अङ्ग्रजी भाषामा दखल राख्नेलाई विद्धान र समृद्ध व्यक्तिको दर्जा दिइन्छ । समाजमा रहेको यस्तो विकृत सोचलाई बदल्नु आवश्यक छ ।” तत्कालीन डोटी राज्यअन्तर्गतका क्षेत्रमा बोलिने भाषाको एकरुपता नहँुदा समेत भाषा संरक्षणमा कठिनाइ भएको छ । सबै भाषालाई एकीकृत गरी साझा भाषाका रुपमा विकास गरिनुपर्ने विज्ञहरु बताउनुहुन्छ । हाल डोट्याली भाषाको जर्गेना गर्ने काममा निजी क्षेत्रबाटै प्रकाशन भइरहेका पत्रपत्रिका, रेडियो र टेलिभिजनका कार्यक्रमले समेत महत्वपूर्ण भूमिका खेलका छन् । सौराई, गुगुल्टीलगायतका पत्रिका प्रकाशन भइरहेका छन् । नेपाली भाषाभन्दा धेरै पहिले डोट्याली भाषा अस्तित्वमा आएको बताइन्छ । डोट्याली भाषा डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, बझाङ, अछाम, बाजुरा, कैलाली, कञ्चनपुरसँगै भारतको कुमाँउगढवालसम्म बोल्ने गरिन्छ । डोट्याली भाषा भारोपेली परिवारको आर्यली–इरानेली शाखाको आर्यली उपशाखाबाट विकसित भएको संस्कृत–प्राकृत–अपभ्रंश हुँदै जन्मिएको बताइन्छ । प्राचीन डोटी राज्यका तत्कालीन राजाद्वारा जारी गरिएका, शिलालेख, ताम्रपत्र, दानपत्रलगायत डोट्याली भाषामा लेखिएका छन् । ती अभिलेख डोट्याली भाषाका अभिलेखका रुपमा रहेका छन् । तत्कलीन डोटी राज्यमा राजकाजको भाषासमेत डोट्याली नै रहेको थियो । त्यसबेला भोजपत्रमा लेखिएका चिठ्ठीपत्र, तमसुक, वंशावली, जन्मपत्रिकालगायत समेत अभिलेखका रूपमा रहेका छन् । यस्ता अभिलेख थोरै जनासँग मात्र बाँकी छन् । सुदूरपश्चिम प्रदेशको मुख्य भाषा र सरकारी कामकाजको भाषाका रूपमा डोट्याली भाषालाई स्थान दिनुपर्ने यस क्षेत्रका विद्वानहरूको भनाइ छ । प्रदेशमा सबैभन्दा बढी बोलिने भाषाका रूपमा डोट्याली भाषा रहेको छ । यो भाषा नेपालमा सबैभन्दा बढी बोलिने भाषाअन्तर्गत पर्दछ । नेपालमा बोलिने धेरै भाषामध्ये डोट्याली नवौँं स्थानमा छ । यो भाषा नेपालका दुई दशमलव ९७ प्रतिशत व्यक्तिले बोल्ने गर्दछन । सुदूरपश्चिम प्रदेशमा डोट्याली भाषा ४५ प्रतिशत बढी व्यक्तिले बोल्ने गर्दछन् ।

अभिनेता भुवन केसीले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी नदिने भएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले महानगरको मेयरमा उम्मेदवारी नदिने जानकारी गराएका हुन्। अभिनेता केसीले प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको बताएका छन्। त्यस्तै उनले आफूले कुनै पनि पार्टीमा जाने निर्णय नगरेको र बाहिर चर्चा भएझैँ उन्नत लोकतान्त्रिक पार्टीबाट मेयरमा उम्मेदवारी पनि दिन नलागेको बताएका हुन् । उनले लेखेका छन्, ‘प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण म महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको छु । र यसै पत्रमार्फत् हालका दिनसम्म म कुनै पनि पार्टीमा नरहेको पनि जानकारी गराउन चाहान्छु । स्थानीय निर्वाचनको संघारमा धेरै पार्टीसँग छलफल भएको र धेरैले आफूलाई आफ्नो पार्टीमा आउन आमन्त्रण गरेको सन्दर्भमा मैले उन्नत लोकतान्त्रिक पार्टीसँग छलफलमा बसेको तर कुनै ठोस निर्णय नभएको पनि यहाँहरूमा अवगत गराउन चाहान्छु ।’ उनले आफू हाल कुनै पनि पार्टीमा आबद्ध नरहेको समेत बताएका छन् ।

बलिउड अभिनेता आमिर खानले फिल्मबाट सन्न्यास लिने निर्णय गरेका छन् । परिवारलाई समय दिन नपाएको कारण आफूले अब फिल्ममा काम नगर्ने निर्णय गरेको उनले ‘आइडियाज अफ इन्डिया’ नामक कार्यक्रममा बताएका छन् । आमिरको नयाँ फिल्म ‘लालसिंह चड्डा’ प्रदर्शनको क्रममा छ । यदि उनले यो निर्णय लागू गर्ने हो भने यो आमिरको अन्तिम फिल्म हुनेछ । आमिरलाई उनका शुभचिन्तकहरूले फोन, म्यासेज तथा सामाजिक सञ्जालबाट निर्णय बदल्न आग्रह गरिरहेका छन् । आमिरले पूर्वपत्नी किरण रावलले रुँदै फिल्म नछाड्न आग्रहसमेत गरेको बताए । आमिरको यो निर्णयले सिङ्गो बलिउड उद्योग नै चिन्तित बनेको छ ।

पोखरा,२४ चैत । नेपाली लेखक संघका नवनिर्वाचित अध्यक्ष तीर्थ श्रेष्ठ सम्मानित भएका छन् । पोखराको सक्रियमध्ये एक लायन्स क्लब अफ पोखरा लेकसिटीले बिहीबार उनलाई सम्मानित गरेको हो । साहित्य र संस्कृतिको क्षेत्रमा पु¥याएको योगदानको कदर तथा नयाँ जिम्मेवारी प्राप्त भएपछि पोखरेली श्रष्टाको नाताले उनलाई सम्मान गरिएको क्लबका अध्यक्ष कैलाशभक्त पालिखेले जानकारी दिए । नेपाली वाङ्मयका हस्तीलाई सम्मानित गरिरहँदा लेकसिटी स्वयं सम्मानित भएको बताए । उनले कवि तीर्थको नेतृत्वमा लेखक संघको अध्यक्षको रुपमा सफलताको कामना पनि गरे । लायन्सका पूर्व मल्टिपल काउन्सील अध्यक्ष दीपक श्रेष्ठ, लायन्स क्लब ३२५ ‘के’ का नवनिर्वाचित गभर्नर राजेन्द्र बाटाजुसहितले सम्मानपत्र र दोसल्लाले सम्मानित गरेका थिए । कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व नेपाली लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठले समुन्नत समाज निर्माण एवं कला र साहित्यको उत्थानको लागि लायन्सले खेलेको भूमिका सह्रानीय भएको बताए । विन्ध्यवासिनी धार्मिक विकास समितिका सचिवसमेत रहेका उनले त्यहाँ पु¥याएको योगदानको  पनि स्मरण गरे । हामी सेवा गर्छौं भन्ने भावनालाई लायन्सले व्यवहारमै देखाएको पनि उनले उल्लेख गरे । प्रमुख अतिथि लायन्सका पूर्व मल्टिपल काउन्सील अध्यक्ष दीपक श्रेष्ठले कला र साहित्य समाजको ऐना भएको बताउँदै त्यसको उत्थानले समग्र समाजलाई नयाँ दिशा दिने धारणा राखे । लायन्स क्लब ३२५ ‘के’ का नवनिर्वाचित गभर्नर राजेन्द्र बाटाजुले गभर्नरको रुपमा आफ्नो कार्यकाल सुरु भएको र समाज सेवाको लागि योजनासहित अगाडि बढ्ने बताए । लायन्स क्लब ३२५ ‘के’ का प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर सुुचित्रा थापाले लायन्सको ध्यान सीमान्तकृत वर्गको उत्थानमा केन्द्रीत हुनुपर्ने बताइन् । लायन्स क्लब अफ पोखरा लेकसिटीका संस्थापक अध्यक्ष कृष्णमोहन श्रेष्ठले नेतृत्व निर्माणमा लायन्सले खेलेको भूमिकाबारे चर्चा गरे ।लायन्स क्लब अफ पोखरा गण्डकीकी अध्यक्ष सारदा पराजुलीले महिलाको क्षमता विकासको लागि लायन्सले खेलेको भूमिका प्रशंसनीय भएको जिकिर गरिन् । लायन्स लेकसिटीका सचिव विद्या मर्सानीका अनुसार सोही कार्यक्रममा लायन्स ३२५ के का गभर्नर,भाइस गभर्नर,सचिव र स्वरोजगार कार्यक्रमको संयोजक चयन भएकोमा क्रमशः राजेन्द्र बाटाजु,सुचित्रा थापा,मिनराज काफ्ले र टीकाराम सापकोटालाई सम्मानित गरिएको थियो ।