भुवन केसीले गरे पदभार ग्रहण, हाजिरी पुस्तिकामा हस्ताक्षर
काठमाडाैं | साउन ११, २०७९
काठमाडौं: चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले बुधबार पदभार ग्रहण गरेका छन् । चावहिलस्थित चलचित्र विकास बोर्डको कार्यालय पुगेर उनले कार्यभार सम्हालेका हुन् ।
हाजिरी पुस्तिकामा हस्ताक्षरपछि कुरा गर्दै केसीले नेपाली फिल्म क्षेत्रको समस्याबारे आफू नजिकबाट जानकार रहेको बताए । चाँडै चलचित्रकर्मीलाई बोलाएर सुझाव संकलन गर्ने र सोहीअनुसार कार्यान्वयनतर्फ अघि बढ्ने आफ्नो योजना रहेको उनले बताए । सो अवसरमा केसीलाई कर्मचारी र अन्य पदाधिकारीले स्वागत गरे ।
बुधबारै बोर्डले अध्यक्ष केसीको स्वागतमा कार्यक्रम समेत आयोजना गरेको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

