काठमाडौं:   अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनीत सामाजिक फिल्म ‘पुजार सार्की’ ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेको ...

काठमाडौं:     हनुमानढोका दरबार क्षेत्रमा योंसी ठड्याएसँगै काठमाडौंको सबैभन्दा ठूलो  जात्रा मानिने जात्रा येँया (इन्द्रजात्रा) विधिवत्  सुरु भएको छ ।  आज (मङ्गलबार)  द्वादशीका दिन १०ः३७ बजेको शुभसाइतमा इन्द्रध्वजोत्थानसँगै इन्द्रजात्रा सुरु भएको हो । अष्टमीका दिन भोटाहिटीबाट ‘योसिँ’ (लिङ्गो) तानेर तलेजु मन्दिर अगाडि  ल्याइएको लिङ्गो आजको शुभ साइतमा ठड्याइएको हो ।   इन्द्रजात्राको अवधिमा यही असोज ११ गतेदेखि काठमाडौंका विभिन्न सडकमा गाडी आवागमन प्रभावित हुने भएको छ । काठमाडौं महानगरले आज इन्द्रजात्राको अवधिमा आवागमन व्यवस्थापनसम्बन्धी एक सूचना प्रकाशित गरी असोज ११ गते वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म गाडी सञ्चालनमा रोक लगाएको हो ।  असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेङ्गल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा गाडी  सञ्चालन गर्न निषेध गरिएको छ । असोज १५ गते भने वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा गाडी निषेध गरिएको जनाएको छ । महानगरले वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्त्वको पर्व भइसकेका कारण यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियालापहरु हिँडेर सञ्चालन गरिने जनाएको छ । साथै तोकिएका ठाउँमा गाडी प्रवेश नगराउन त्यसमार्गबाट गन्तव्य जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायत व्यवस्थापनमा सहयोग पुर्याउन समेत महानगरपालिकाले आग्रह गरेको छ ।

केही दिन यता नेपाली मिडियामा चलचित्र निर्देशक एवं कलाकार अनुप बरालले कलाकार छनौटमा नातावाद, कृपावादलाई पश्रय दिएको र ‘कास्टिङ् काउच’लाई बढावा दिएको समाचारले स्थान पाइरहेको छ ।    निर्देशक बरालले करिब १७ वर्षअघि कागबेनीको अडिसनबाट छानिएपछि अन्त्यमा आफुलाई हटाएर दिया मास्केलाई उक्त भूमिका दिइएको अभिनेत्री उषा रजकले बताएकी छिन् । अभिनेत्री रजकले निर्देशक बरालको एक्टर्स स्टुडियोमा अभिनय सिकेको र अवसर आउँदा पाखा पारिएको मात्र हैन यस विषयमा कुरा गर्दा डिनरको प्रस्ताव गरेको बताएकी छिन् ।    त्यसयता निर्देशक बराल होमटाउन पोखरा आइपुगेका छन् । यही मेसोमा रजकद्वारा प्रेषित स्टाटस र समाचारमा उल्लेखित विषयबारे प्रश्न गर्दा बरालले भने ‘यस्तो समाचार र यस्ता अपजस म माथि किन लागिरहेको छ ? मैले सोच्नै सकेको छैन ।’   उनले प्रतिक्रिया दिने क्रममा समाचारमा उल्लेखित विषया नितान्त व्यक्तिगत र पारिवारिक भएको बताउँदै तत्काल केही बोल्ने अवस्थामा नरहेको उल्लेख गरे । यद्यपि, कलाकार छनौटको विषयमा बरालले निर्देशकीय भूमिकामा रहेको व्यक्तिले ‘फलानो कलाकार उपयुक्त हुनसक्छ’ भन्न सक्ने तर निर्णंय गर्ने अधिकार नहुने प्रष्ट्याए ।    ‘कास्टिङ् डाइरेक्टरले अनिडसनमा सहभागी कलाकारबारे निर्देशकलाई सुझाव दिएको तर जोडबल नगरेको र गर्न पनि नमिल्ने हुन्छ’ बरालको भनाई छ ।      यसबाहेक कास्टिङ् काउचबारे आफुलाई केही पनि थाहा नभएको उनले जनाए । समाचारपछि पनि पहिलो पत्नीबारे गरिएको स्टाटसबाजीले आफुलाई झनै दुखित भने बनाएको उनले बताए ।    ‘तपाइ गलत छैन भने उषा रजकविरुद्ध कानूनी कारवाहीमा जानुहुन्छ ?’ भन्ने प्रश्नमा बराल भन्छन् ‘म अहिले कामको लागि पोखरा आएको छु, यहीबेला मैले वर्षाैको मेहेनतबाट आर्जेको नाम र शाख ध्वस्त पार्न खोजिएको छ, हाललाई म मेरै कामको जिम्मेवारीमा छु ।’   यस विषयमा आफु धेरै नबोल्ने भन्दै अन्त्यमा सुनागाभा न्यूजमार्फत बरालले रजकलाई प्रश्न सोधेका छन् ‘के तपाइसँग प्रमाण छ ?’

पोखरा:   कास्कीको घान्द्रुकमा छायांङ्कन गरिएको ‘गैह्री गाउँको साँइली’ बोलको कौडा गीत सार्वजनिक भएको छ ।  कलाकार ताराश्रीस मगर र विमल परियारको स्वरमा रहेको ‘गैह्री गाउँको साँइली’ बोलको कौडा गीत सार्वजनिक भएको हो ।    कास्कीको पर्यटकीय स्थल घान्द्रुकमा छायाँङ्कन गरिएको उक्त गीतमा कलाकार धीरेन शाक्य, आनन्द गुरुङ, रिना गुरुङ र जुना गुरुङको अभिनय रहेको छ ।   उक्त गीतमा शम्भु चालिसेको छायाँङ्कन ,विष्णुहरी तिमल्सिनाको सम्पादन, दिप गुरुङले निर्देशन गरेका छन् ।   उक्त गीतमा कलकार विमल परियारको संगीत र शिब हमालको शब्द रहेको छ । गीतमा रुपी सिंजाली मगर, प्रेमा राणा, राजु तोलाङ्गी गुरुङ र सागर बाजुरालीको सहयोगी स्वर रहेको छ । उक्त गीत दीप गुरुङको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।   

पोखरा:     गुरुङ भाषाको गीत ‘ङोल्स्यो निच्यों’ को म्युजिक भिडियो तयार भएको छ । हङकङको विभिन्न शहरमा छायांकन भएको गीतको निर्माण पुरा भई विमोचन अन्तिम चरणमा पुुगेको छ ।  गायक केशबहादुर गुरुङ र गायिका उषा गुुरुङको स्वरमा रहेको गीतको म्युुजिक भिडियो सेप्टेम्बर २४ मा विमोचन गरिने गीतका मोडल अमृत गुुरुङले जानकारी दिए । भिडियोमा मोडल अमृत गुुरुङसँगै नियोना गुुरुङले अभियन गरेकी छिन् । मोडल अमृत र नियोना लामो समयदेखि हङकङ बस्दै आएका छन् । यो भिडियो हङकङको योङलोङ, सिङमुन, क्लियर वाटर वे जस्ता रमणीय ठाउँहरुमा छायांकन गरिएको मोडल गुुरुङले जानकारी दिए । अनिल गुरुङले खिचेको भिडियोको मनोज गुरुङले निर्देशन र टेकमान गुुरुङले सम्पादन गरेका हुुन् । मेकअपमा सुुशिला गरुङले साथ दिएकी छिन् ।  भिडियो हङकङमै विमोचन गरी एच के दर्पण युुट्युुब च्यानलबाट सार्वजनिक गरिने उनले जानकारी दिए । खुसी गुरुङको रचना रहेको गीतमा केशबहादुर गुुरुङको संगित र धनबहादुर गुुरुङको एरेन्ज रहेको छ ।  अधिकांस गुरुङ भाषाको गीत नेपालकै गुरुङ गाउँहरुमा छायाँकन गरिएपनि देश बाहिर छायाँकन गरी नयाँ प्रयास थालिएको मोडल गुुरुङले बताए । विदेशमा सुुटिङ भएता पनि गुरुङ सँस्कृतिलाई जगेर्ना गरी निर्माण गरिएको उनको भनाई छ । 

काठमाडौँ:  सांगीतिक समूह नेपथ्यले पहिलो पटक क्यानडामा आफ्नो प्रस्तुति दिने भएको छ ।   आगामी अक्टोबर १ मा क्यालगरीको ‘दी प्यालेस थिएटर’, अक्टोबर ४ मा भ्यानकुभरको ‘दी भोग थिएटर’ र अक्टोबर ८ मा टोरन्टोको ‘म्यासी हल’ मा प्रस्तुत हुनेछ    सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेयता नेपथ्यले १६ देशका २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ ।   तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।   सांगीतिक टोलीमा ६ संगीतकर्मीसहित प्राविधिज्ञ र व्यवस्थापक गरी १४ जना सहभागी हुने नेपालयले जनाएको छ । स्थानीय समयअनुसार साँझ ७ बजे सुरु हुने कार्यक्रमको टिकट अनलाइनबाट लिन सकिने र विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको जनाइएको छ ।

नेपाली साहित्यमा पोखराबाट सशक्त पहिचान बनाएका सरुभक्त (भक्तबहादुर श्रेष्ठ) सोमबारदेखि ६९ वर्ष लागेका छन् ।    साहित्यमा मुलतः कथा, उपन्यास र नाटक विधामा कलम चलाउने सरुभक्तको चर्चित उपन्यास ‘पागल बस्ती’ले ०४८ सालमा मदन पुरस्कार जितेपछि उनी र उनको लेखनीको प्रसिद्धि चुलिएको हो ।    झण्डै ७ दशकको जीवन यात्रामा झनै सक्रिय रहेका सरुभक्तले छिट्टै ‘सरुभक्तका विज्ञान कथा’ नामक कृति आउन लागेको बताएका छन् । जसमा विज्ञानका कथा संग्रह रहने उनले बताए ।    आगामी पुसभित्र प्रकाशित भई बजारमा आउने कथालाई फाइन प्रिन्टले प्रकाशन गर्नेछ ।    त्यस्तै, आफ्ना मुक्तकका उत्कृष्ट संग्रहसमेत प्रकाशोन्मुख रहेको र त्यसलाई नेपाल साहित्य समाज, बेलायतले प्रकाशनको जिम्मेवारी लिएको सरुभक्त बताउँछन् ।    उमेरसँगै काम पनि बढेको बताउँदै उनले बालबालिका लक्षित कथा, कविता, नाटकलगायतका रचना गरिरहेको जनाएका छन् ।    सरुभक्तका करिब ५ दर्जन रचनामध्ये ‘पागल बस्ती, ‘तरुनी खेती’, ‘समय त्रासदी’ र ‘चुली’ सर्वाधिक रुचाइएका उपन्यास हुन् । त्यस्तै, ‘सिरुमारानी’ चर्चित नाटक संग्रह हो ।      उनै सरुभक्तलाई जन्मदिनको शुभकामना !

पोखरा:    मिस मगर नेपाल–२०२३ सिजन ६ का लागि आवेदन आह्वान गरिएको छ । एस.टी क्रियशन म्यानेजमेन्ट प्रा.लि को आयोजनामा हुन लागेको मिस मगर नेपालको नयाँ सिजनका लागि आवेदन माग गरिएको हो । “मगर भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन हाम्रो अभियान” भन्ने मूल नाराका साथ सन् २०११ देखि सुरु भएको मिस मगर नेपालको नयाँ सिजनमा सहभागी हुन १७ वर्ष देखि २५ वर्ष उमेर भएका मगर समुदायका युवतीहरूले भाग लिन सक्नेछन् । आवेदन मागसँगै मिस मगर नेपाल–२०२३ का प्रतियोगीहरूका लागि यही भदौको अन्तिम साता देखि प्रशिक्षण सूरुहुने कार्यक्रम निर्देशक सुरज थापामगरले जानकारी दिनुभयो । नेपाल मगर संघ, कास्कीको आयोजना एवं रिबर्थ इभेण्ट म्यानेजमेण्टको व्यवस्थापनमा सन २०११ देखि सुरु भएको मिस मगरमा सहभागिताका लागि देशभरिका मगर समुदायका युवतीहरूलाई आह्वान गरिएको उहाँले बताउनुभयो । पहिलो मिस मगर पोखरा-२०११ अन्नु थापामगर हाल अष्ट्रेलियामा रहेकी छिन् । मिस मगर पोखरा–२०१२ रञ्जना थापामगर हाल सिंगापुरमा रहेकी छिन् भने मिस मगर नेपाल–२०१४ उषा पाइजामगर हाल काठमाडौंमा छिन् । त्यसैगरी, मिस मगर नेपाल–२०१९ सनम गर्बुजामगर र मिस मगर नेपाल–२०२२ मिलन थापामगर पोखरामा व्यवसाय र मोडलिङ एवं अभिनय क्षेत्रमा क्रियाशील रहेका छन् । मिस मगर नेपालको संरक्षकमा नेपाल मगर संघ, केन्द्रीय समिति, जिल्ला समन्वय समिति, कास्की र नेपाल मगर महिला संघ, केन्द्रीय समिति रहेका छन् । मिस मगर नेपाल–२०२३ को आवेदन अवधि सकिएलगत्तै तालिम सञ्चालन हुने र त्यसपछि ग्राण्ड फिनालेको मिति तय गरिने कार्यक्रम संयोजक रूद्रबहादुर श्रीसमगरले जानकारी दिनुभयो । मिस मगर नेपालका प्रतियोगीहरूलाई प्रशिक्षण अवधिमा सौन्दर्यकला, भाषा, भेषभुषा, संस्कार, संस्कृति, नेतृत्व विकास तथा व्यक्तित्व विकासबारे प्रशिक्षण गराइने छ । मिस मगर नेपाल २०२३ का बिजेताहरुले उपाधिको क्राउन र अवार्ड सहित बिदेश भ्रमण तथा नगद पुरस्कार प्राप्त गर्नेछन् ।

पोखरा:   सिटीवान टेलिभिजनले आयोजना गर्न लागेको दोस्रो खुल्ला तीजगीत प्रतियोगिता–२०८० को टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ ।   ‘तीजको वेला सिटीवानको साँस्कृतीक मेला’ भन्ने मूल नारासहित सिटिवान टेलिभिजनले आयोजना गर्न लागेको दोश्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८० को लागी बैँकले प्रायोजन गरेको हो ।   यहि भाद्र ३० र ३१ पोखरा उद्योग वाणिज्य संघमा आयोजना हुने प्रतियोगितामा साँस्कृतिक महत्व, कला, महिला हिसां, पर्यटन प्रर्बदन, सामाजिक क्षेत्र,सरसफाइ, बैदेशिक रोजगार, उधमशिलता, तथा लागु पदार्थ दुब्र्यसनी, विपद व्यवस्थापनसँग सम्बन्धित गीतहरु गाउन पाइने टेलिभीजनकी प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले बताइन ।    प्रतियोगितामा पहिलो दोस्रो तेस्रो हुने समुहलाई क्रमश ५० हजार र प्रमाणपत्र, ३० हजार २० हजार  सान्त्वनालाई नगद १० हजार र प्रमाणपत्र दिइने श्रेष्ठले बताइन् । प्रतियोगितामा उत्कृष्ट भेषभूषा र उत्कृष्ट नृत्यलाई नगद रु ५ हजार र प्रमाणपत्र रहेको छ ।