पोखरामा आगामी शनिबार ‘कृष्ण थापामगर एकल साँझ’
पाेखरा | पुस ३, २०८१
पोखरा: पोखरामा आगामी शनिबार लोक गायक कृष्ण थापामगर एकल साँझ हुने भएको छ ।
नेपाल मगर साँस्कृतिक संघ कास्कीको आयोजनामा लोक गायक कृष्ण थापामगर एकल साँझ हुन लागेको हो । संघले आज (मंगलबार) पोखरामा सम्मेलन गर्दै एकल साँझबारे जानकारी दिएको हो ।
नेपाल मगर साँस्कृतिक संघ कास्कीका अध्यक्ष सरिता सारु मगरले यही शनिबार (पुष ६) गते लोक गायक कृष्ण थापा मगर एकल साँझ आयोजना गरेको बताईन् ।
‘नेपाल मगर साँस्कृतिक संघ कास्कीको आयोजनामा यही पुष ६ गते शनिबार कृष्ण थापा मगर एकल साँझ आयोजना गरेका छौं, अध्यक्ष सारु मगरले भनिन्, ‘हामीले यो भन्दा अगाडि पनि खड्का गर्बुजा एकल साँझ सम्पन्न गरी सकेका छौं, एकल साँझबाट आउने रकम हामीले सामाजिक सेवामा खर्च गर्दै आएका छौं ।’
उनले मौलिक लोक गीत जर्गेना गर्ने अभिप्रायले विगत लामो समयदेखि नेपाली मौलिक लोक गायनको क्षेत्रमा लोक गायक थापमगरको योगदान रहेको बताइन् ।
वि.स. २०२५ साल तनहुँ बसन्तपुर गाविस ३ मा जन्मिएका थापामगरले २०४५ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए । लोक गायक थापामगरले २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालद्धारा आयोजित राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए ।
पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...
गण्डकी: पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...
पोखरा: आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ । पोखराको विभिन्न स्थानमा रहेक...

