एजेन्सी: मलेसियामा दुई सैनिक हेलिकप्टर  एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ।    ९०औं सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँएको मलेसियाका  सञ्चारमाध्यमले जनाएक...

  काठमाडौं:    उत्तरी ग्रिसमा  कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो ।   दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकको विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो ।   विमान खसे लगत्तै ठूलो विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि पजमानमा आगो लागेको थियो । एक प्रत्यक्षदर्शीले भने, विस्फोटको आवाज सुनेर म बाहिर निस्किँदा आगो बलिरहेको थियो ।’   विमानमा चालक दलका ८ जना सदस्य थिए । – एजेन्सी

श्रीलंका:     श्रीलंकाले आफ्नो इतिहासको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । तर शनिबार श्रीलंकामा जे भयो  यो आउँदा दिनमा लामो समयसम्म सम्झना भइरहने छ ।   शनिबार जे भयो त्यसको पृष्ठभूमि महिनौंअघिदेखि तयार भइरहेको थियो, तर कसैलाई पनि यो कल्पना थिएन कि आक्रोशित श्रीलंकन नागरिकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको निजी निवास कब्जा गर्ने छन् । तर आक्रोशित श्रीलंकन नागरिकले राष्ट्रपति गोटाबाया राजापाक्षे र महिन्दा राजापाक्षेको निवासमा कब्जा जमाए । उनीहरुले प्रधानमन्त्रीको निजी आवासमा त आगो नै लगाइ दिए ।   कडा सुरक्षा घेरामा रहने राष्ट्रपति भवनलाई शनिबार दिउँसोदेखि नै प्रदर्शनकारीले घेरेका थिए । सुरुमा एक तमिल युवा राष्ट्रपति भवनको बन्द रहेको ढोका नाघेर भित्र छिर । त्यसपछि अरु प्रदर्शनकारी पनि गेट तोडेर भित्र छिर्न थाले ।   सुरक्षाकर्मीले रोक्ने प्रयास नगरेका होइनन् । तर उनीहरुले जति नै दमन गरे पनि स्थिति रोकिने थिएन । भीडलाई भित्र छिर्नबाट रोक्न असफल भएपछि सुरक्षाकर्मी बाहिरिए ।   सुरुमा राष्ट्रपति भवनमा छिरेका प्रदर्शनकारीले तोडफोड गर्न थालेका थिए । तर त्यहाँ आक्रोशित प्रदर्शनकारी मात्र थिएननन्, भिक्षु थिए, फरक फरक धर्मावलम्बी थिए, विद्यार्थी थिए ।   प्रदर्शनको नेतृत्व गरिरहेका धार्मिक समूहका नेता र अन्य वुद्धिजीबीले राष्ट्रपति भवनमा भएका सामान तोडफोड गर्नका लागि नभई आनन्द लिनका लागि भएको भन्दै त्यसकोे आनन्द लिन आग्रह गरे, आफ्नो रहर पूरा भएपछि प्रदर्शनकारीलाई बाहिर निस्किन र अरुलाई भित्र पठाउन अनुरोध गरे ।   उनीहरुले राष्ट्रपति भवनको हरेक सामान जनताको सम्पत्ति भएको भन्दै उनीहरुले तोडफोड गर्नेहरुलाई सम्झाइ बुझाइ गरे । त्यसपछि तोडफोड रोकियो । त्यसपछि राष्ट्रपति भवनमा पुगेका प्रदर्शनकारीहरु विशाल भवनमा उपलब्ध सुविधा केही मिनेटका लागि प्रयोग गरेर भए पनि आनन्द लिन लागे ।   कोही भान्सामा छिरे, भान्सामा एक दिन अघि नै तयार पारिएको खाना थियो, उनीहरुले त्यो खाए, केहीले मिक्सरमा जुस बनाएर पिए त कसैले बारमा गएर ह्विस्कीको चुस्की लिए । कोही पियानो बजाउँदै संगीतमा झुमे ।   कोही बैठक कोठाका आरामदायी सोफामा बसे । प्रदर्शनकारीले राष्ट्रपति भवनमा हुने बैठकको नक्कल गरे ।   कोही राष्ट्रपतिको बेडरुममा पुगे, विस्तारामा सुते, सेल्फी लिए, भिडियो बनाए । एक प्रदर्शनकारीले राष्ट्रपतिको विस्तारमा सुतेर बनाएको भिडियोमा भने, ‘राष्ट्रपति ज्यू धन्यवाद, म अहिले तपाईँको विस्तारमा सुतरिहेको छु । यो एकदम आरामदायी छ ।’   कसैले राष्ट्रपति भवनमा रहेको पौडी पोखरीमा पौडीको आनन्द लिए । राष्ट्रपति र उनको परिवारका सदस्यले प्रयोग गर्ने पोखरीमाा प्रदर्शनकारीहरुले पौडी खेलिरहेको भिडियो विश्वभर भाइरल भएको छ ।   केही प्रदर्शनकारीले राष्ट्रपति र उनका परिवारले प्रयोग गर्ने शौचालय प्रयोग गरे, बिशाल र भव्य शौचालय र त्यहाँ एसीको सुविधा देखेर उनीहरु हैरान भए ।   केही प्रदर्शनकारी राष्ट्रपतिले प्रयोग गर्ने सामान राख्ने कोठामा पसे, दराज खोले । दराजमा रहेका पोशाक लगाएर तस्वीर खिचे ।   राष्ट्रपति भवनको एउटा ठूलो कोठामा व्यायामशाला छ । प्रदर्शनकारी व्यायामशालामा रहेका उपकरण प्रयोग गरेर पसिना बगाउन पनि पछि परेनन् ।   उनीहरु मध्ये केहीले राष्ट्रपति भवनमा नै रात बिताएका छन् । आइतबार बिहान पनि प्रदर्शनकारीहरु राष्ट्रपति भवनका कोठा कोठामा घुमिरहेको देखिन्थे ।   जो प्रदर्शनकारी राष्ट्रपति भवन भित्रबाट बाहिर निस्कन्थे । भित्र पस्न नपाएकाहरु भित्रको स्थितिका बारेमा उनीहरुलाई सोधपुछ गर्थे । केही छिनलाई भए पनि राष्ट्रपतिको जीवनशैलीको आनन्द लिएकाहरु गौरवका साथ आफ्नो अनुभव बताउथे । (बीबीसी तमिलमा प्रकाशित सामग्रीको भावानुवाद)

काठमाण्डौँ:    विश्वकप फुटबल प्रतियोगिताको आयोजनाले बाह्य समर्थन र पयर्टक बढ्छन् । साथै, आयोजक राष्ट्रको आम्दानी पनि ह्वात्तै बढ्ने गर्छ । युरोप, उत्तर र दक्षिण अमेरिकाका साथै दक्षिण अफ्रिकामा विश्वकप आयोजना हुँदा त्यहाँका यौन व्यवसायलाई स्वतन्त्रता प्रदान गरिएको थियो । यसबाट ती आयोजक राष्ट्रहरूले नगण्य धन पनि कमाए । तर, यसपटकको विश्वकप आयोजक राष्ट्रले विदेशी पयर्टक तथा समर्थकबाट यौन व्यवसायबाट आम्दानी गर्नेछैन ।    यसपटक विश्वकप कतारमा हुँदै छ । आगामी २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म कतारमा हुने विश्वकपमा हजारौँ विदेशी समर्थक तथा पयर्टक आउने पक्का छ । यद्यपि, विदेशी पाहुनाहरूले कतारमा आफूले मन लागेको जस्तो कार्य गर्न पाउनेछैनन् । इस्लामिक राष्ट्र कतारले विश्वकप दौरानमा गर्न हुने र नहुने नियम अगाडि नै सार्वजनिक गरिसकेको थियो । कतारले हालै मात्र एउटा अचम्मको नियम सार्वजनिक गरेको छ ।    कतारले सेक्स पूर्ण रूपमा प्रतिबन्ध लगाउने भएको छ । एक महिनासम्म चल्ने विश्वकपमा सेक्स प्रतिबन्ध हुँदा प्रतियोगिता नै खल्लो हुने अनुमान गरिएको छ । कतारको प्रचलित कानुनअनुसार पति–पत्नीबाहेक अन्यलाई सेक्स गर्नबाट वञ्चित गरिएको छ । यो नियम पूर्ण रूपले लागू हुँदा विदेशी समर्थक तथा पयर्टकले फुटबलको मात्र मज्जा लिएर घर फर्कनुपर्ने हुन्छ । धेरैजसो समर्थक तथा पयर्टक यौन आनन्द लिन पनि विश्वकप हुने राष्ट्रमा पुग्छन् ।    अघिल्ला विश्वकप आयोजक राष्ट्रहरूले विश्वकप दौरानमा यौन व्यवसायलाई छुट दिएका थिए । ती विश्वकप आयोजक राष्ट्रहरूले यौन व्यवसायबाट राम्रो आम्दानी गरेका थिए । यसपटकको आयोजक राष्ट्र कतारले आफ्नो इस्लामिक नियम सबैले पालना गर्नुपर्ने जनाएको छ । कतारको कानुनले विवाहअघिको सेक्सलाई अपराध मानेको छ ।   यसैकारण विश्वकपमा पति–पत्नीबाहेक अन्य प्रेमी–प्रेमिकाले सेक्स गर्न पाउनेछैनन् । सम्बन्धित निकायले नियमभन्दा बाहिर गई अनैतिक कार्य गरेको भेट्टाउँदा उनीहरूलाई कम्तीमा सात वर्षसम्म जेल सजाय भोग्नुपर्ने निर्देशन दिएको छ । कतारले इस्लामिक नियम पालना गराउन विदेशी फुटबल समर्थकलाई कडा चेतावनी दिएको छ । ‘   विश्वकपमा परस्त्रीसँग यौन सम्पर्क राख्दा सात वर्षको सजाय हुन सक्नेछ,’ कतारी सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पति–पत्नीका रूपमा हुनुहुन्छ भने यसमा कुनै नियम लागू हुँदैन, तर परस्त्रीसँग अनैतिक कार्य गर्दा प्रचलित नियमअनुसार सजायको भागीदार हुनुपर्नेछ ।’    परस्त्रीसँगको यौन सम्पर्कबाहेक कतारले पार्टी र मदिरा सेवनमाथि पनि प्रतिबन्ध लगाएको छ । कतारले आफ्नो मौलिक संस्कृतिअनुसारै विश्वकपमा नियम बनाएको जनाएको छ । ‘हाम्रो संस्कृतिभन्दा बाहिर जाने जोकोहीलाई दण्डित गर्ने व्यवस्था मिलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विश्वकप फुटबल हेर्न आउने समर्थकहरूले नियमको पूर्ण रूपमा पालना गर्नुपर्नेछ ।’  

  काठमाडौं:   जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।   चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि  बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।   आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका छन् ।   यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उनले भाषण गरिरहेको बेला गोली प्रहार भएको थियो । गोली लागेपछि उनी भुइँमा लडेका थिए ।   उनलाई तत्कालै हेलिकप्टरमार्फत् उपचारका लागि अस्पताल लगिएको थियो ।

  टोकियो:   जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हान्ने  पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४१ वर्षीय यामागाती तेत्सुया रहेका छन् ।   आबेको स्वस्थ्य अवस्था चिन्ताजनक रहेको जापानका संचारमाध्यमहरुले जनाएका छन् । प्रहरीले गोली हान्ने व्यक्तिको बारेमा थप अनुसन्धान गरिरहेको छ । आबे चुनावको दौडानमा थिए । स्थानीय नारा सहरमा भाषण गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।   ६७ वर्षीय आबे लिबरल डेमोक्रेटिक पार्टीमा आवद्ध छन् ।

काठमाण्डौः    प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि जापानी राजदूत किकुता युताकाले शिष्टाचार भेट गर्नुभएको छ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।   यस्ता भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

जेनेभा, विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ ।   विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ । उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन् ।   “हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ भने अरु एक सयभन्दा बढीमा शङ्कास्पद लक्षण देखिएको छ,” डब्लुएचओका अधिकारीको भनाई छ ।   मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रति दिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् ।   यस भाइरसका कारण मानिसको मृत्यु नै हुने नगरेपछि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ ।   डब्लुएचओका उच्च अधिकारीहरूले सङ्क्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिनेगरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन् । -रासस

टिमोर:     पूर्वी टिमोरको तटीय क्षेत्रमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था यूएसजीएसले जनाएको छ ।  यद्यपी क्षतिको तत्काल विस्तृत विवरण भने आएको छैन । यस भूकम्पले हिन्द महासागर क्षेत्रमा सुनामी उत्पन्न गर्न सक्ने  सुनामी सल्लाहकार समूहले जानकारी दिएका छन् ।    पूर्वी टिमोर र इन्डोनेसियाबीचमा विभाजित टिमोर टापुको पूर्वी सिराबाट ५१.४ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । पूर्वी टिमोरको राजधानी डिलीमा एएफपी समाचार समितिका एक पत्रकारले भूकम्पको धक्का महसूस गरेको, तर मानिसहरू सामान्य रूपमा आफ्नो गतिविधिमा गएका बताएका छन् ।    सन् २००४ मा सुमात्राको तटीय क्षेत्रमा गएको ९.१ म्याग्नीच्युडको भूकम्पले इण्डोनेसियाका एक लाख ७० हजार  नागरिकलगायत दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो  ।  तेह्र लाख जनसङ्ख्या भएको पूर्वी टिमोर दक्षिणपूर्व एशियाको सबैभन्दा कान्छो देश हो । यस देशले हालै मात्र  इन्डोनेसियाबाट स्वतन्त्र भएको आफ्नो २० औं वार्षिकोत्सव मनाएको छ ।     अधिकांश ग्रामीण क्षेत्र रहेको यस देशको अर्थतन्त्र कोभिड–१९ को महामारीले नराम्ररी प्रभावित भएको छ ।  विश्व बैंकले ४२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको बताएको छ । एजेन्सि

चीनको राजधानी बेइजिङमा पनि कोरोना सङ्क्रमण फेरि तीब्र रुपमा फैलिन थालेपछि विद्यालयहरू बन्द गरिएका छन् ।   महामारी अत्यधिक फैलिन थालेपछि हतार हतार गरेर साविक बमोजिमको बिदा सुरु हुनु एक दिन अगाडि नै बिदा दिइएको हो ।   सरकारले बाल शिशु कक्षादेखि माध्यामिक तहसम्मका सबै विद्यालयमा पठन पाठन रोक्ने निर्णय गरेको अधिकारीहरूले जनाएका छन् ।   महामारी थप फैलिने देखेपछि केही विद्यालयहरूले भने यसअघि नै अनलाइन माध्यमबाट पठन पाठन सुरु गरेका थिए ।   विद्यालय आउनका लागि विद्यार्थी तथा शिक्षकहरूले पछिल्लो ४८ घण्टा भित्र कोरोना परीक्षण गरेको रिपोर्ट देखाउनु पर्ने र त्यसमा नेगेटिभ रिपोर्ट हुनुपर्ने सर्त राखिएको छ ।   विद्यालय अब पुनः कहिले संचालन गर्ने भन्ने बारेमा महामारीको सङ्क्रमणको अवस्थाका आधारमा मात्रै थाहा हुने अधिकारीहरूले जनाएका छन् ।-