काठमाडौं:  गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, &l...

काठमाडौं:  प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षामा समयानुकूल सुधार गर्दै जानुपर्ने बताएका छन्। त्रिविको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै कुलपतिसमेत रहेका देउवाले सरकारले आधारभूत तहदेखि उच्च शिक्षासम्म उचित स्रोत र साधन उपलब्ध गराए पनि त्यसअनुसार प्रतिफल भने नदेखिएको बताए। ‘उच्च शिक्षामा समयानुकूल सुधार गर्नै जानुपर्छ। सरकारले आधारभूत तहदेखि उच्च शिक्षासम्म उचित साधन र स्रोत उपलब्ध गराएको छ। तर लगानीको तुलनामा शिक्षा क्षेत्रमा प्रतिफल आउन सकेको छैन,’ उनले भने। विश्वविद्यालयहरूमा सैद्धान्तिक र औपचारिक शिक्षामा जोड दिइएकोमा अब व्यवहारिक र जीवनपयोगी शिक्षामा जोड दिइनुपर्ने उनले बताए।

गलेश्वर: खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको माध्यम बन्दै गएको छ । आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेपछि यहाँका कृषकले राम्रो मूल्य पाउन थालेका छन् । म्याग्दीमा सबैभन्दा धेरै टिमुर खेती बेनी नगरपालिका–१०स्थित तोरीपानीमा हुने गरेको छ । टिमुर कृषक आनन्द रिजालका अनुसार गत वर्ष यहाँ पचास मुरीभन्दा बढी टिमुर उत्पादन भएको थियो । यहाँ उत्पादित टिमुर बेनी, जोमसोम, पोखरा र काठमाडौँको बजारमा बिक्री हुनाका साथै विदेशमा समेत निर्यात हुन थालेको उनले बताए । प्रतिकिलो रु दुई हजार पाँच सयदेखि चार हजारका दरले टिमुर बिक्री हुने गरेको सम्बद्ध कृषकहरुले बताए । बेनी नगरपालिका(९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब एक सय ५० घरधुरीले व्यावसायिक टिमुर खेती गर्छन् । जिल्लाको २५ हेक्टर जमिनमा टिमुर खेती भएको उक्त कार्यालयले जनाएको छ । धेरैजसो कृषकले बोटबाट टिमुर टिपेर सुकाइ बजारमा पुर्‍याउने गर्दछन् । कतिपय ब्यापारी टिमुर खरिद गर्न गाउँमै आउने गरेका घतानस्थित भूमेसिद्ध टिमुर सञ्जालका अध्यक्ष सागर बानियाँले बताउनुभयो । यस वर्ष तोरीपानीमा एक सय दश मुरी टिमुर उत्पादन हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । सञ्जालअन्तर्गत १९ समूहका करिब एक सय घरधुरी कृषकले टिमुर खेती गरेका छन् । तोरीपानीका साथै नेप्टेचौर, स्यानीखेत, काउलेगौडा, भगवती, नारच्याङ, वेग, पिप्ले, ताकम, दरवाङ र मुदी टिमुर खेतीका लागि पकेट क्षेत्र हुन् । असोज–कात्तिक महिना टिमुर टिप्ने उपयुक्त समय भए पनि यस वर्ष फलेको फल बोटमै पकाएर टिप्ने योजना रहेको यहाँका कृषकले बताए । टिमुर खेतीले यहाँका विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आएको छ । स्थानीय जुनकिरी परियारले आफ्नो आम्दानीको मुख्य स्रोत नै टिमुर भएको बताए। गत वर्ष टिमुर बिक्री गरेर रु ३५ हजार आम्दानी भएकामा यस वर्ष फल लाग्ने समयमा असिना र पानी परेकाले टिमुर उत्पादन घट्नाका साथै आम्दानी पनि कम हुने चिन्तामा रहेको उनले उल्लेख गरे । जिल्लामा टिमुर उत्पादन र बजारीकरणका लागि सघाइरहेको गैरसरकारी संस्था इको हिमाल नेपालका कार्यकारी प्रमुख एकनारायण ढकालले टिमुर खेतीको सम्भाव्यता अध्ययन गरी जर्मनीको प्रयोगशालामा परीक्षण गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सघाइरहेको बताए। यस वर्ष यहाँका कृषकलाई टिमुर टिप्न सजिलो होस् भनेर रु दश लाख मूल्य बराबरका औजार उपलब्ध गराएको पनि उनले जानकारी दिए । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले जिल्लामा वार्षिक करिब छ मेट्रिक टनको हाराहारीमा टिमुर उत्पादन हुने बताए । फूल फुल्ने र फल लाग्ने समयमा परेको असिना पानीले यसपालि टिमुर उत्पादनमा कमी आएको उनको भनाइ थियो । टिमुरलाई दाल र चटनीमा मसलाको रुपमा प्रयोग गरिन्छ । मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिमुरको प्रयोगबाट न्यानोपन बढ्नाका साथै तरकारी, दाल र अचारमा मसलाको रुपमा तथा जडीबुटीको रुपमा प्रयोग गरिन्छ । गाईबस्तुबाट खेतबारीमा लगाएको बाली जोगाउन बारको रुपमा लगाइने टिमुरको बजारमा माग बढेपछि व्यावसायिक रुपले खेती विस्तार भइरहेको छ ।

काठमाडौं:  राष्ट्रिय सहकारी महासंघले ऋण लिएर नतिर्ने सदस्यलाई कालोसूचीमा राख्ने व्यवस्था गर्न विभागसँग माग गरेको छ । शुक्रबार महासंघसहितको विषयगत केन्द्रीय संघका प्रतिनिधि तथा सहकारी अभियन्ताहरुले सो माग राख्दै विभागका रजिस्ट्रार रुद्रप्रसाद  पण्डितलाई भेटी ५ बुँदे सुझावपत्र बुझाएका हुन् ।  मुख्यतः अहिलेको असहज परिस्थिति आउनुमा सहकारीले सदस्यहरूमा लगानी गरेको कर्जा नउठ्नु र नयाँ बचत नआउनु नै रहेको महासंघको निष्कर्ष छ । यसका लागि पनि कर्जा लगानी असुलीलाई विशेष प्राथमिकता दिनुपर्ने महासंघको भनाइ छ ।  सहकारीको विग्रँदो साखलाई पुनर्जीवित पार्न पनि कर्जा असुलीलाई प्राथमिकता दिनुपर्ने राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका महासंघका सञ्चालक केबी उप्रेतीले बताए । ‘अहिलेको सहकारीको मुख्य समस्याको जड भनेको नै कर्जा लगानी र असुलीको हो । यसलाई कडाईका साथ नियन्त्रण गर्ने हो भने सहकारीको ८० प्रतिशत समस्या समाधान हुन्छ’ उप्रेतीले भने– ‘हामीले त्यसको थालनी गरिसकेका छौं । पहिलो चरणमा सञ्चालक ऋणीबाटै असुलीको अभियान थाल्छौ र क्रमशः साना सदस्य ऋणीमा जान्छौं । तर यसका लागि विभागले सकारात्मक भूमिका खेलिदिनुपर्यो भन्ने हाम्रो माग हो’ उनले भने ।  खासगरी सहकारी सदस्य ऋणीहरूलाई पनि बैंक तथा वित्तीय संस्थाहरूले जस्तै कालोसूचीमा नाम निकाल्ने व्यवस्था गर्नुपर्ने महासंघको माग छ ।  यसो गर्दा ऋणीहरूमा केही हदसम्म भने पनि त्रास हुने र सहकारीको लगानी फिर्ता हुने बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौडेलको भनाइ छ ।  अहिलेको समस्याबाट सहकारीलाई बचाउन महासंघले विभागलाई ५ बुँदे सुझाव दिएको छ ।  यस्ता छन् सुझावहरू १. बजारअनुरुप सहकारी ब्याजदरलाई स्वचालित बनाउनुपर्ने २. सम्पत्ति रोक्का, कालोसूचीमा समावेश लगायतका व्यवस्थामार्फत सहकारीको खराब कर्जा असुलीको व्यवस्था गर्ने  ३.सरकारका विभिन्न कोषमा रहेका पैसा सहकारी बैँकमार्फत बजारमा प्रवाह गर्ने ४.ऐनमा भएको व्यवस्था बमोजिम कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधीकरण तथा बचत तथा कर्जा सुरक्षण कोषको कार्यान्वयन हुनुपर्ने र  ५.सहकारी क्षेत्रको विषयमा सकारात्मक सन्देश प्रवाह गर्ने रहेका छन् ।  प्रतिउत्तरमा विभागका रजिस्ट्रार पण्डितले ज्ञापनपत्र बुझ्दै सहकारी क्षेत्रको समस्या निराकरणका गर्दै सबलीकरण गर्न आफू अभियानसँगै लाग्ने बताए । सकारात्मक उर्जाका लागि अहिले नै लाग्न रजिष्ट्रार पण्डितले सबै अभियन्ताहरुलाई आग्रह गरे ।

काठमाडौं:  रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको हो । कार्यक्रमका संयोजक कृष्ण चौधरीका अनुसार यही मङ्सिर २४ देखि आगामी पुस २ गतेसम्म प्रतियोगिता हुनेछ । नेपाल माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु एक लाख ११ हजार एक सय ११ र द्वितीय हुनेलाई रु ५५ हजार पाँच सय ५५ नगदसहित शिल्ड र मेडल प्रदान गरिनेछ । चौधरीले प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई रु दुई हजार पाँच सय र सम्पूर्ण खेल मध्ये म्यान अफ दि सिरिज हुने खेलाडीलाई रु १२ हजार पाँच सय प्रदान गरिने जानकारी दिए । प्रतियोगिताका लागि नगरपालिकाले रु सात लाख ९८ हजार छ सय ६६ बजेट विनियोजन गरेको उनले जानकारी दिए । नगरपालिकास्तरीय मेयर कप भइरहने भए पनि  जिल्लास्तरीय अन्तर नगरपालिका फुटबल भने पहिलो भएको चौधरीले जानकारी दिए । जिल्लाका एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिकाका खेलाडीको सहभागिता रहने छ ।

काठमाडौं:   काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु भएको छ । शुक्रवार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरेका हुन् ।  शुभारम्भ कार्यक्रममा बोल्दै उनले काठमाडौंवासीलाई १२ महिना नै अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाए। मेलम्चीको खानेपानी आजबाट तेस्रो पटक पुनः वितरण सुरु भएको हो ।  आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ निर्माण गरेको भण्डारण पोखरी र पुरानो पानी भण्डारण पोखरीबाट पानी वितरण शुरु गरेको हो । जसअनुसार महांकाल पानी पोखरीबाट ८५ लाख लिटर, ललितपुर खुमलटार नयाँ पोखरीबाट १ करोड ९० लाख लिटर, बालाजु पुरानो पोखरीबाट ३६ लाख, कीर्तिपुर नयाँ पोखरी ६० लाख, टिगानी मध्यपुर थिमी नयाँ पोखरीबाट ३० लाख, कटुञ्जे भक्तपुर नयाँ पोखरीबाट ६० लाख, बाँसबारी महाराजगञ्ज पुरानो पोखरीबाट २० लाख, पानी पोखरी महाराजगञ्ज नयाँ पोखरीबाट ४५ लाख, मिनभवन पुरानो पोखरीबाट ३० लाख लिटर र अनामनगर पुरानो पोखरीबाट २७ लाख लिटर गरी कुल ५ करोड ८३ लाख लिटर पानी वितरण हुनेछ ।  कार्यक्रममा बोल्दै खानेपानी लिमिटेडका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले हाल काठमाडौं उपत्यकामा खोनेपानीको माग दैनिक ४३ करोड लिटर भए पनि आपूर्ति करिव १२ करोड लिटर रहेको बताए । उनले मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी थप हुँदा पनि दैनिक मागलाई भने सम्बोधन गर्न नसकिने बताए।  उनले मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने १७ करोड लिटर खानेपानी पानी भण्डारण पोखरीबाट काठमाडौं महानगरपालिका, गोकर्णेश्वर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिकाको कार्यक्षेत्रभित्र प्रथम चरणमा २४ सै घण्टा काठमाडौं उपत्यका लिमिटेडले बिस्तार गरेको पुरानो पाइपलाइनबाट पानी वितरण हुने बताए । 

काठमाडौं:  नेपाली सुनचाँदी बजारमा आज छापावाल  सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन सय पुगेको छ । बिहीबार प्रतितोला रु ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार दुई थियो ।      त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ३० ले बढेर रु एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ ।

काठमाडौं:   भारतीय फिल्म उद्योगमा फिल्म चलेन भने त्यसका अभिनेता अभिनेत्रीले केही हदसम्म पारिश्रमिक फिर्ता गरेका थुप्रै उदाहरण छन् । नेपाली फिल्म उद्योगमा पनि त्यसको सुरुवात भएको छ । नेपालमा फिल्म नचलेपछि पारिश्रमिक फिर्ता गर्ने परिपाटीको सुरुवात अभिनेता पुष्प खड्काले गरेका हुन् । अभिनेता खड्काले फिल्म ‘कृष्ण लीला’ फ्लप भएको कारण निर्माणलाई आफूले लिएको पारिश्रमिकको ३३ प्रतिशत फिर्ता गरेको बताएका छन् । बिहिबार फिल्म ‘तिम्रो मेरो साथ’ ले आयोजना गरेको एक कार्यक्रममा पुष्पलाई पत्रकारले प्रश्न सोधका थिए ‘‘कृष्ण लीला’ वर्षकै फ्लप फिल्म बन्यो । के तपाईले घोषणा गरे अनुसार पारिश्रमिक फिर्ता गर्नुभयो ? । कार्यक्रममा उनले निर्मातालाई आफूले लिएको पारिश्रमिकको ३३ प्रतिशत रकम फिर्ता गरेको बताए । उनले ‘कृष्ण लीला’ मा कति बुझेका थिए र कति फिर्ता गरेको भने बताएनन् । ‘मैले ३३ प्रतिशत पारिश्रमिक लिन बाँकी थियो’, पुष्पले भने ‘फिल्म फ्लप भएपछि त्यो लिएको छैन । त्यौ नै फिर्ता गरेजस्तै हो । अव त्यो लिन्न । नलिएपछि फिर्ता गरेजस्तै भनेर ?’ फिल्म प्रदर्शन समयमा आफूले गरेको त्यो बाँचा नबिर्सिएको समेत खड्काले सुनाए । ‘कृष्ण लीला’ मा खड्काको अभिनेत्री श्रद्धा क्षेत्रीसँग रोमान्स रहेको थियो । नेपाली अभिनेताहरूमा पारिश्रमिक चर्को लिने होडबाजी नै छ । जसले गर्दा नेपाली फिल्मको निर्माण लागत ह्वात्तै बढेको छ । तर, पारिश्रमिक चर्को लिने कलाकारले फिल्म नचलेपछि पारिश्रमिक फिर्ता गर्नु त टाढाको कुरा असफलताको दोष लिन समेत तयार हुँदैनन् । पुष्पले भने  फिल्म नचले पारिश्रमिकको केही प्रतिशत रकम फिर्ता गरेर फिल्म उद्योगमा आफूलाई एउटा जिम्मेवार अभिनेताको रुपमा प्रमाणित गरेका छन् । 

धनगढी:  बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान पाटन नगरपालिका–१० डंसेलीमा से१ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा  डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३५ वर्षीय चालक तेजबहादुर साउदको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सडकबाट जिप अन्दाजी १५० मिटर तल खसेको छ । जिपमा चालकबाहेक अरु कोही पनि सवार नरहेको प्रहरीले जनाएको छ । डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउदले चलाएको जिप कच्ची सडकमा दुर्घटनामा परेको हो ।

काठमाडौं:   सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानुन व्यवसायीहरु आन्दोलित भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । सर्वोच्च अदालत भित्र र बाहिर उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । सर्वोच्च अदालत अगाडिको सडक रामशाहपथमा सुरक्षाकर्मीका तीनवटा ट्रकहरु छन् । सर्वोच्च अदालतभित्र अनधिकृत व्यक्ति प्रवेश नगरुन् भनेर पनि चेकजाँच कडा पारिएको छ । आगन्तकुहरुलाई प्रहरीले उनीहरुको परिचय पत्र हेरेर र भित्र जानुको कारणबारे सोधेर मात्रै प्रवेश गर्न दिएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रवेश गर्ने गेटमा भने ताला लगाएर बन्द गरिएको छ । नेपाल बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च अदालतभित्र पैदल हिँडेर जाने गेट भने खुला छ । त्यहाँ पनि सुरक्षाकर्मीहरु तैनाथ छन् । कानुन व्यवसायीहरु नेपाल बारको भवनतर्फबाट सर्वोच्च परिसरमा आइसकेका छन् । उनीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्न नदिने र आज पनि धर्नामा बस्ने जनाएका छन् । सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए । तर संघीय संसदका महासचिव गौतमले यही मंसिर २१ गते महाअभियोग निष्प्रभावी भएको पत्र दिएका थिए । त्यसविरुद्ध कानुन व्यवसायीहरुले सोही दिन सर्वोच्च परिसरमा धर्ना दिएका थिए । सर्वोच्चको पूर्ण बैठकले पत्र नै लेखेर कुन संवैधानिक र कानुनी आधारमा महाअभियोग निष्प्रभावी भएको हो भनेर संसदका महासचिवसँग जवाफ मागेको छ । सर्वोच्च अदालतको पत्रको जवाफ शुक्रबार नै संघीय संसदका महासचिव गौतमले दिनुपर्नेछ । जबराको निलम्बन फुकुवा हुने भनी संघीय संसदका महासचिव गौतमले दिएको पत्रविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ समेत हुँदैछ ।