धर्मकाया बुद्धमण्डलाको सातौं वार्षिक साधारणसभा सम्पन्न
पाेखरा | पुस १, २०७९
पोखरा: पोखरा ११ काँहुडाडालाई पर्यटकिय केन्द्र बनाउने योजनासहित गठित धर्मकाया बुद्धमण्डला विकास तथा व्यवस्थापन समितिको सातौं वार्षिक साधारणसभा बिहिबार पोखरामा सम्पन्न भएको छ ।
पोखरा ३ नदिपुरस्थित धर्मशिला बुद्ध बिहारमा आयोजित साधारणसभाको प्रमुख अतिथि समितिका सल्लाहकार शंकर गुरुङले दीप प्रज्जलन र विहारका भिक्षु धजवन्तले मन्त्रोबाचन गरी उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि शंकर गुरुङ, सल्लाहकारहरु तिथ श्रेष्ठ, बिलबहादुर गुरुङ र कर्णेल राजकाजी गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो।
समितिका सचिव पुर्ण लामा र कोषाध्यक्ष श्याम शाक्यले प्रस्तुत गर्नुभएको वार्षिक र आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको थियो।
धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी(मैना) गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रबाट सम्मानित र निर्वाचित समितिका पदाधिकारी एवम सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो भने उपाध्यक्ष भरतराज शाक्यले स्वागत र सचिव पुर्ण लामाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
पोखरा: पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

