काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रियरूपमा नेपाललाई प्राप्त हुने अनुदानरसहयोग महिला, बालबालिका, आदिवासी, जनजातिलगायत उच्च जोखिममा परेका समुदायलाई उपलब्ध गराउन प्राथमिकता दिने बताउनुभएको छ । साथसाथै फाउन्डेसनको प्रतिनिधिमण्डलसँगको भेटमा आज प्रधानमन्त्री प्रचण्डले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै यसबापत अन्तर्राष्ट्रिय रूपमा प्राप्त हुने अनुदानरसहयोगलाई जोखिममा परेका समुदायमा वितरण गर्न प्राथमिकता दिइने धारणा व्यक्त गर्नुभएका हो । प्रधानमन्त्री प्रचण्डलेभन्नुभयो, “महिला, आदिवासी, जनजाति, अल्पसङ्ख्यकलगायत समुदायलाई सशक्तीकरण गर्ने ‘एजेन्डा’ मैले पहिलेदेखि नै भन्दै आएको हो । यसको परिणामस्वरुप मुलुकमा महिला सशक्तीकरण भएको छ र नेतृत्वमा समेत महिला स्थापित भएका छन् ।” भेटका क्रममा प्रधानमन्त्री प्रचण्डलाई जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) का सन्दर्भमा सुझावपत्र बुझाउँदै साथसाथै अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनको क्षतिपूर्तिका अवसरमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यकलगायत उच्च जोखिममा परेका समुदायलाई ५० प्रतिशत सुनिश्चितता गर्नुपर्ने माग गर्नुभयो । उहाँले कोप–२८ सम्मेलनका क्रममा नेपालको ‘पेभेलियन’मा साथसाथैले दुईवटा ‘साइड इभेन्ट’ गर्न लागेको बताउँदै आगामी डिसेम्बर ४ को इभेन्टमा कतारका राजकुमारी शेख आश्मा अल थानी प्रमुख अतिथिका रूपमा आउने सुनिश्चित भएको जानकारी गराउनुभयो । प्रधानमन्त्री प्रचण्डले कतारका राजकुमारी अल थानी अतिथिका रूपमा आउने विषयका सम्बन्धमा परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोही अवसरमा परराष्ट्रमन्त्री एनपी साउदले नेपालको पेभेलियनमा हुने कार्यक्रममा कतारकी राजकुमारी अतिथिका रूपमा आउने विषय नेपालका लागि खुसीको कुरा भएको उल्लेख गर्दै यसमा कतारको दोहा र युएईको आबुधाबीस्थित नेपाली दूतावासहरूले आवश्यक समन्वय गर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको सुझावपत्रमा जलवायु परिवर्तनका कारण हिमालका हिउँ पग्लिने क्रम बढेको र हिमताल फुटेर प्राकृतिक विपद्का घटनामा बढोत्तरी हुने जोखिम बढेको उल्लेख छ । यसैगरी सुझावपत्रमार्फत जलवायुजन्य विपद्का कारण स्थानीय समुदायको जीवनयापन, स्वास्थ्य, शिक्षा र रोजगारी लगायतमा गम्भीर असर पुगिरहेकाले जलवायु न्यायका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउनुपर्ने ध्यानाकर्षण गराइएको छ । भेटमा परराष्ट्रमन्त्री साउदका साथै प्रधानमन्त्रीका जलवायु सल्लाहकार डा पपुलर जेन्टल भुसाल र साथसाथैका तफर्बाट अध्यक्ष कार्कीको नेतृत्वमा खुम्बु पासाङल्हामु गाउँपालिकाका उपाध्यक्ष टासील्हामु शेर्पा, महिला तथा जलवायुविज्ञ सरु जोशी श्रेष्ठ, अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका कार्यकारी सदस्य बद्री सिग्देल, साथसाथैका सल्लाहकार सरिताश्री ज्ञवाली, कोषाध्यक्ष प्रदा कार्की जोशीलगायत हुनुहुन्थ्यो ।
पोखरा: पोखरामा ‘पोखरा इन्टरनेशनल माउन्टेन क्रस–कन्ट्री कम्पिटिशन’ सुरु भएको छ । । पोखरा महानगरपालिकाको कार्यालय, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डद्वारा आयोजित प्रतियोगिता लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएको हो । गण्डकीका प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र चिनियाँ राजदूत छन सङले क्रस कन्ट्रीको उद्घाटन गरे । सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी र विद्यार्थी दौड गरेर ४ विधामा प्रतिस्पर्धा हुनेछ । सामूहिक प्रतिस्पर्धामा दौड, साइक्लिङ र डुंगा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेताको छिनोफानो हुनेछ । यो विधाको विजेताले ३ लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रोले २ लाख ८८ हजार रुपैयाँ , तेस्रोले २ लाख १६ हजार रुपैयाँ, सान्त्वना हुने समूहले १ लाख ४४ हजार रुपैयाँ र पाँचौले ९ हजार रुपैयाँ पुरस्कार हात पार्नेछ । व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । यो विधाको विजेता महिला पुरुषले जनही १ लाख ४४ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेताले १ लाख ८ हजार रुपैयाँ पाउनेछन् । तेस्रोले ५४ हजार रुपैयाँ, चोथौं देखि सातौंसम्मले १८ हजार रुपैयाँ र दसौंसम्मका धावकले ९ हजार रुपैयाँ पाउनेछन् । यि दुवै विधामा लेकसाइडको बाराहीघाटबाट सुरु भएर बिरौटा, फ्रुसे खोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचिबोट हुँदै बाराहीघाटमै आएर विजेताको टुंगो लाग्नेछ । ५ किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताको विजेता छात्र छात्रालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोंले १० हजार र पाँचौले हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङ सहरबाट खेलाडी र अफिसियल ९५ जना चार्टर विमानमार्फत पोखरा विमानस्थल ओर्लिएका थिए ।
पाल्पा: पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका चालक पूर्वखोला गाउँपालिका–५, कर्नेडाँडाका ४० वर्षीय चन्द्रबहादुर काम्मु रहेको प्रहरीले जनाएको छ । शुक्रबार साढे तीन बजेतिर पूर्वखोला–५, को कर्नेडाँडा पोखरीछाँपदेखि भित्री सडकतर्फ जाँदै गरेको लु४त ६५५३ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते उनलाई उपचारका लागि तानसेनस्थित पाल्पा अस्पतालमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
पोखरा: पोखराको सहारा क्लबले देउसी भैलो कार्यक्रमबाट संकलित रकम मध्य केही रकम भूकम्प प्रभावितहरुको लागि सहयोग गर्ने भएको छ । गत कार्तिक २६ देखि ३० गतेसम्म क्लबले संचालन गरेको उक्त कार्यक्रमबाट संकलित रकम मध्य ५५ हजार ५ सय ५५ रुपैया जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुको लागि नेपाल सरकारको राहात कोषमा उक्त रकम जम्मा गर्ने भएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । क्लबले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत भूकम्पबाट प्रभावित भएकाहरुको लागि क्लवले सानो रकम सहयोग गरेको क्लवका अध्यक्ष केशवराज बरालले बताए । नेपालमा हुने यस्ता ठुला विपदसंग सामना गर्न सबैको साथ र सहयोग आवश्यक भएको उनको भनाई छ । क्लबले आयोजना गरेको ५ दिने देउसी भैलो कार्यक्रमबाट ९ लाख ४८ हजार ६ सय ७५ रुपैया संकलन भएको क्लबले जनाएको छ । बचत भएको उक्त रकम सहारा फुटवल एकेडेमीको लागि खर्चिने भएको महासचिव अधिकारीले बताए । एकेडेमीमा हाल १२ जना बालकहरु रहनु भएको छ । क्लबले ३० जनाको एकेडेमीको व्यबस्थापन गरेको छ भने बाँकी केहीको लागि भर्ना लिने प्रकृयामा रहेको छ ।
पोखरा: भारतले अनुदानमा दिएको १५ मुर्रा राँगा ७ वटा पोखरा आइपुगेका छन् । नेपालले पाएका १५ राँगामध्ये पोखरालाई ७ वटा पोखरा आइपुगेका हुन् । पोखराको राष्ट्रिय पशु प्रजनन कार्यालयमा ७ वटा राँगा राखिएको छ । नेपालगन्जबाट बुटवल पाल्पा हुँदै पोखरा ल्याइएको राँगालाई प्रजनन कार्यालयमा ल्याएको हो । सबै राँगा करिब १ महिना क्वारेन्टिनमा राखिने र त्यसपछि मात्रै वीर्य सङ्कलनमा लगिने कार्यालय प्रमुख डा.जगदीश पाण्डेले बताए । उन्नत जातका मुर्रा राँगोबाट एकै पटकमा ३ सय डोज हाराहारी वीर्य सङ्कलन हुन्छ । १ वर्षमा १५ देखि २० हजार डोज सङ्कलन हुने पाण्डेको भनाई छ । ‘यो निकै नै उन्नत जातको राँगो हो । नेपालमा अहिले भइरहेका भन्दा निकै उन्नत,’ उनले भने, ‘नेपालमा भएका मुर्राबाट क्रस गराउँदा जन्मिने भैँसीले एक बेतमा एभरेज १५ सय केजी दूध उत्पादन हुन्छ । यो राँगाबाट क्रस गराउँदा ३ हजार केजी भन्दा बढी दूध उत्पादन दिन्छ ।’ नश्ल सुधारमा कार्यालयले उल्लेख्य काम गरेको छ । हाल बर्सेनि ७ लाख पशु वस्तुमा कृत्रिम गर्भाधान यही फार्मबाट सङ्कलन गरिएको वीर्यबाट हुन्छ । कृत्रिम गर्भाधान गराइएका पशु वस्तुको गर्भ रहने सम्भावना ६० प्रतिशत भन्दा बढी हुन्छ । यहाँ सङ्कलन गरिएका वीर्य देशैभर सप्लाई हुन्छ । पशु प्रजनन कार्यालयमा हाल १ सय ७८ वटा भैँसी, ५२ वटा गाई, २ सय ५ वटा बोयर बोका, २ सय ६७ वटा बंगुर र ७ हजार भन्दा बढी कुखुरा तथा ८४ वटा भेडा छन् । राँगा र साँढे ६० वटा छन् । उनीहरूबाट वीर्य सङ्कलन गरेर किसानको गोठमा पठाइन्छ । प्राप्त भएका १५ राँगा मध्ये ७ वटा पोखरा आएको छ भने ५ वटा लहान र ३ वटा नेपालगन्जमा राखिएको छ ।
पोखरा: पोखरामा गएराति मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा टंकबहादुर कुमालको मृत्यु भएको छ । मालेपाटनमा मोटरसाइकलको ठम्ककरबाट गम्भिर घाइते भएका टंकबहादुरको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जानकारी दिएको छ । पस्र्याङबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको ग १९ प ९३३२ नम्बरको मोटरसाइकलले हिजो (बिहिबार) राति १०ः३० बजेको समयमा पैदल यात्री खोटाङ घर भई पोखरा बस्दै आएका टंकबहादुरलाई मालेपाटनमा ठक्कर दिँदा गम्भिर घाइते भएका थिए । घटनामा मोटरसाइकल चालक तनहुँ घर भई पोखरा–शान्तिनगर बस्ने थरबत थापा समेत घाइते भएका छन् । उनको अहिले पोखराको फिस्टेल हस्पिटलमा उपचार भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुरु भएको १ वर्षपछि आजदेखि अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । उपसचिव लिलाभल्लव न्यौपानेको नेतृत्वमा आजबाट सञ्चालनमा आएको हो ।न्यौपानको नेतृत्वमा १० जना कर्मचारीले अध्यागमनको जिम्मेवारी सम्हाल्नेछन् । केही अन्तरराष्ट्रिय चाटर्ड उडान भएपनि अध्यागमनको काम भएको थिएन । मंसिर ९ गतेदेखि पोखरामा हुन लागेको माउन्टेन क्रसकन्ट्री दौड प्रतियोगितामा भाग लिन आउने चिनियाँ खेलाडी बोकेर चिनियाँ सरकारको सहयोग हिमालय एअरलाइन्सको चाटर्ड जहाज पोखरा आउन लागेको हो । सोही चार्टड जहाजमा आउने खेलाडी नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खुलेको अध्यागमन कार्यालयको पहिलो सेवाग्राही हुनेछन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक ६ असारमा चीनको छेन्दुबाट चाइना–नेपाल ड्रागन बोटरेस प्रतियोगितामा भाग लिने चिनियाँ खेलाडी बोकेर सिचुवान एयरलाइन्सको विमान पोखरा आएको थियो । त्यसको करिब २ महिनापछि भदौ २३ गते रोयल भुटान एअरलाइन्सको ड्रुक एअरले पोखरा विमानस्थलका लागि पहिलो पटक व्यवसायिक अन्तर्राष्ट्रिय उडान भरेको थियो । त्यसयता थप २ वटा चिनियाँ चार्टड उडान भइसकेका छन् ।
पोखरा: पोखराको चिसाखोला स्थित एकघरमा जुवा (कौँडां) खेलिरहेको स्थानमा प्रहरीले छापा मार्न जाँदा एकथान हर्नेटसहित २४ राउण्ड गोलि र ६ जना जुवाडेलाई प्रकाउ गरेको छ । पोखरा महानगरपालिका २२ चिसाखोला स्थित भेष बहादुर गुरुङको आँगनमा जुवा (कौँडा) खेलिरहेको अवस्थामा १६ थान कौँडा, ८२ हजार ८ सय २५ रुपैयाँ र जिन्सीसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो । गुरुङलाई नियन्त्रणमा लिएर घर खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको (लाईसेन्स नभएको)पइन्ट २२ हर्नेट र २४ राउण्ड गोली र एकथान म्यागजिन बरामद गरेको कास्की प्रहरीले जनाएको छ । अहिले थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखराका रोशन केसी माछापुच्छ्रे बैंकको अध्यक्षमा नियुक्त भएका छन्। बैंकका निर्वतमान अध्यक्ष डा।उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै केसीलाई नयाँ अध्यक्षमा चयन गरेको हो। बैंकको बिहीबार बसेको ४९१औं सञ्चालक समितिको बैंठकले केसीलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो। उनी अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए।

