सेती नदीमा माछा मार्न गएका युवकको मृत्यु, रामघाटमा भेटिएको शवको सनाखत
पाेखरा | मंसिर ३०, २०८०

पोखरा: सेती नदीमा माछा मार्न गएका एक युवकको मृत्यु भएको छ । शुक्रबार माछा मार्न सेती नदीमा गएका सुनिल श्रेष्ठको भीरमाथिबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा तुलसीघाटको सेती नदीमा (हिजो शुक्रबार) सेती नदीमा माछा मार्न गएका श्रेष्ठलाई भीरमाथिबाट खसेको ढुंगा लागेर गम्भिर घाइते भएको थिए । उनको उपचारको क्रममा चित्किसकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यसैबीच, पोखरा रामघाटमा भेटिएको शवको पहिचान भएको छ । बिहीबार रामघाटमा भेटिएको शव पोखरा–३ उमेश गुरुङको भएको उनका दाजु दिनेशले सनाशत गरेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् । संस्थागत सामाजिक उत्तरदायि...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ । ...
पर्वत: प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...