पोखरा:   मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ ।   प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...

काठमाण्डौँ:     किसानलाई दूध एवं मासुमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी आम्दानी बढाउन सुनसरीको कोसी गाउँपालिकाले भैँसी वितरण थालेको छ । साथै पालिकाले दूध सङ्कलन केन्द्रको स्थापना गरी बजारीकरणको समेत व्यवस्था  गर्ने भएको छ । प्रधानमन्त्री आधुनिक कृषि परियोजनामार्फत भैँसी ब्लक विकास समन्वय समिति कोसी सुनसरी तथा भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवा सुनसरीले संयुक्त रुपमा  भैँसी, चापाकटर मेसिन(कुट्टि काट्ने), भेटनरी औषधि र दूध सङ्कलन केन्द्रमा अनुदान उपलव्ध गराएको छ ।       उक्त पालिकाको वडा नं १, २, ३, ४, ५, ६ र ७ का किसाननलाई भैँसी ३५ , गोठ सुधार ४२, चापाकटर ४२ र दूध सङ्कलन केन्द्रमा एकमा अनुदान उपलव्ध गराइएको छ । चापा कटरमा रु ३६ हजार, भैँसीमा रु ६० हजार, गोठ सुधारमा रु ४० देखि ६० हजार र दूध सङ्कलन केन्द्रमा रु १२ लाख गरी जम्मा कार्यक्रमको  अनुदान रु ७० लाख र किसानको रु ७० लाख गरी एक करोड ४० लाखमा उक्त कार्यक्रम सञ्चालन  गरिएको छ ।      यादव गाईभैँसी बाख्रापालन तथा कृषि फर्मका श्यामसुन्दर यादवले अनुदानबाट प्राप्त भैँसीले सहज जीवनयापनमा सहयोग पुग्ने धारणा राख्नुभयो । यसैगरी  दुई भैँसीपालन गर्ने सप्तकोसी कृषि फर्मका लाल खङ्काले दूध सङ्कलन केन्द्र स्थापनाबाट भैँसीपालनमा सहज हुनुका साथै आगामी दिनमा आम्दानीसमेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।                सो अवसरमा प्रदेश नं १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले किसानको भैँसी पालनले क्षेत्र समेटेकोमा यस स्थानमा आगामी दिनमा ‘भैँसी जोन विकास’ बनाउने जनाउँदै यसवाट भैँसीको सुधार घाँस उत्पादन, औषधि उपचारमा सहयोगले किसानको आर्थिक समृद्ध कायम हुने धारणा राख्नुभयो ।      उहाँले यस कार्यक्रमले युवालाई स्वरोजगार हुन सहयोग पुगी वैदेशिक रोजगारीमा जाने कार्यलाई न्यून गर्नुका साथै मुलुकलाई दूध तथा मासुमा आत्मनिर्भर बनाउन मद्दत पुग्ने बताउनुभयो । सो अवसरमा समन्वय समितिका अध्यक्ष शिवनारयण यादव, पशुपक्षी तथा मत्स्य विकास कार्यालयका निर्देशक पशुपति ढुङ्गाना, परचुन कुसियत, वडा नं ४ का अध्यक्ष इसराइल मन्सुर, वडा नं २ का अध्यक्ष जुडिलाल कडरिया र भेटनरी अस्पताल इनरुवाका प्रमुख रामप्रसाद मेहताले किसानको जीवनस्तर उकास्नका आएको अनुदानलाई  सदुपयोग गर्न आग्रह गर्नु भयो । 

    पोखरा:   पहिरोले अवरुद्ध पोखरा– सिक्लेस सडक खण्ड १७ दिन पछि पुनः सञ्चालनमा आएको छ ।    लगातार भारी वर्षाका कारण पोखरा–सिक्लेस सडक खण्डमा ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध बनेको सडकका पहिरो हटाइएपछि आज (बिहीबार)बाट पोखरा– सिक्लेस सडकखण्ड सञ्चालनमा आएको मादी गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष देवीजंग गुरुङले बताए ।    गाउँपालिकाको वडा नम्वर ७, वडा नम्वर ६ चिप्ली र तप्राङको बीचमा र मादी १ को क्वोँदो खोलाको वारीपारी पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।    ‘अहिले गाउँमा पोखरादेखि २ वटा गाडी आइसकेको छ, अवरुद्ध सडक सञ्चालनमा आएको छ’ उनले भने ‘सबैभन्दा ठुलो पहिरो मादी १ मा थियो त्यो पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको हो ।’    मादी १ खिवाङ बस्तीमाथि जमिन भाँस्सिदा ४५ घर पहिरोको जोखिममा रहेका छन् । अहिले २६ घरलाई स्थानान्तरण गरिएको वडा अध्यक्ष गुरुङको भनाई छ । वर्षाको समय भएकाले प्राकृतिक विपत्तीलाई रोक्न नसक्ने भएकाले सबैलाई सजक रहन आग्रह गरिएको छ ।   

बाँके:   बाँके जिल्लामा विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट विद्यालय भर्ना अभियान कार्यक्रम सञ्चालन गरिए पनि बीचमै पढाइ छाड्ने बालबालिकाको सङ्ख्यामा कमी आउन सकेको छैन ।   जिल्ला शिक्षा कार्यालयका अनुसार गत शैक्षिकसत्रमा  जिल्लामा माध्यमिक तहमा पाँच, निम्न माध्यमिक तहमा छ र प्राथमिक तहमा १३ प्रतिशत विद्यार्थीले बीचमै पढाइ छाडेका थिए । बसाइसराइँ, सबैलाई छात्रवृत्ति उपलब्ध गराउन नसक्नु र आर्थिक अभावका कारण अधिकांश विद्यार्थीले बीचमै विद्यालय छाड्ने गरेका बताइएको छ ।     चालु शैक्षिकसत्रमा अभियानअन्तर्गत भर्ना भएका विद्यार्थीले बीचमै विद्यालय नछाडुन् भन्नका लागि सो कार्यालयले स्थानीय गैरसरकारी संस्थासँग समन्वय गरी अभियानका लागि सबैको सहभागिता खोजेको पाइन्छ । “सरकारले विद्यालय भर्ना अभियानलाई लक्ष्यअनुरुप सफल बनाउन एकीकृत कार्यक्रम लागू गर्नुपर्छ”, इन्सेक संयोजक भोला महतले भन्नुभयो  ।   जिल्लाका कतिपय परिवारका बालबालिकाले काम गरेर परिवार चलाउनुपर्ने बाध्यताले पनि बीचमै विद्यालय छाड्ने गरेको जनाइएको छ ।  शिक्षा कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा विद्यालय जाने उमेरका करिब २२ हजार बालबालिका विद्यालयभन्दा बाहिर रहेका छन् भने शिक्षण सिकाइमा कम्तीमा ६० प्रतिशत उपलब्धि हासिल गर्नुपर्नेमा समेत यस जिल्ला ४० प्रतिशतभन्दा माथि उक्लन सकेको छैन ।

  काठमाण्डौँ:    शुक्लाफाँटा नगरपालिकामा जग्गा नापी गर्न थालिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र उपलव्ध गराउन वडा नं ९स्थित सिसैयाबाट नापी सुरु गरेको हो । जग्गा नाप नक्सा सम्बन्धी कार्यविधिअन्तर्गत रहेर जग्गा नापीको कार्य अगाडी बढाइएको आयोगका जिल्ला अध्यक्ष देवेन्द्र ढुङगानाले बताउनुभयो । “जग्गा नाप गरी संधियार राखेर फिल्ड मुचुल्का तयार गरिन्छ” उहाँले भन्नुभयो, “तयार गरिएको नक्सा प्रमाणित गर्न आयोगमा पठाउनुपर्ने हुन्छ । त्यसपछि जग्गाको फिल्डबुक कायम गरी जग्गाधनी प्रमाणपत्र बनाइन्छ ।”      यो राष्ट्रिय अभियानको कार्य भएकाले अव्यवस्थित बसोबासीलाई छिटोभन्दा छिटो जग्गा कसरी उपलव्ध गराउन सकिन्छ भन्दै कार्य अगाडि बढाइएको अध्यक्ष ढुङगानाले बताउनुभयो ।“विगतका आयोगले जग्गासम्बन्धी समस्या समाधान नगर्दा समस्यको थुप्रो लागेको छ” उहाले भन्नुभयो, “जग्गा एकले कमाउँदै छ तर अर्काले हक दाबी गर्छ । यस्तो अवस्थामा जसको चलनभोगमा वर्षौदेखि जग्गा छ । त्यसैको नाममा जग्गा नापी हुन्छ । वास्तविक जग्गाधनीलाई मात्रै स्वामित्व प्रदान गर्छौ ।”    जग्गा नापी भइ फिल्डबुक कायम भएकाले सेतो जग्गाधनी प्रमाणपत्र पाएकाबारे अध्ययन भइरहेको अध्यक्ष ढुङगानाले उल्लेख गर्नुभयो । नापी सुभारम्भ गर्दै नगरप्रमुख रणबहादुर महराले लामो समयदेखि जग्गा कमाउँदै आए पनि स्वामित्व नपाएका व्यक्तिलाई चाँडै जग्गाको मालिक बनाइने बताउनुभयो ।    “जग्गा नापीको कार्य यति चाँडै होला भन्ने सोचेका थिएनौँ” उहाँले भन्नुभयो, “छोटो अवधिमै अव्यवस्थित बसोबासी जग्गाका मालिक बन्न लागेका छन् । चुनाव जितेर आएपछि पहिलो कार्यका रुपमा नापीलाई अगाडि बढाएका छौँ । चुनावका बेला जग्गाको स्वामित्व प्रदान गर्ने कुरा उठाएका थियौँ । त्यो वाचा पूरा गर्न प्रतिबद्ध छौँ ।”  जग्गा नापी  गर्दा निष्पक्ष रुपमा गर्नुपर्ने उपप्रमुख कल्पना पन्तले बताउनुभयो । “यस कार्यमा सबैको साथ र सहयोग चाहिन्छ” उहाँले भन्नुभयो,“सबैको सहजीकरणको आवश्यकता छ ।” नापी अधिकृत पुष्करबहादुर पालले भूमि आयोगले जारी गरेको निर्देशिका अध्ययन गरी नाप नक्सा गर्नुपर्ने बताउनुभयो ।    वडा नं ९ मा ४३५ र नगरपालिकामा १२ हजार अव्यवस्थित बसोबासीले जग्गाधनी प्रमाणपत्रका लागि आयोगको कार्यालयमा निवेदन दिएका थिए । नगरपालिकामा पहिलो चरणमा निस्सा वितरणको कार्य पूरा भएका वडा नं १, ३ र ९ मा नापीको कार्य हुने बताइएको छ । कञ्चनपुर जिल्लाको बेदकोट, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा जग्गा नापीको कार्य सुरु भएको छ । जिल्लामा हालसम्म तीन हजार १५१ भूमिहीन, दलित र सुकुम्बासीले बसोबासका लागि फाराम भरेका छन् । उनानचालिस हजार अव्यवस्थित बसोबासी र आयोगको जिल्लास्थित कार्यालयबाट छ हजार ४१७ जनाले जग्गाको अधुरो कार्यका लागि फाराम भरेका छन् ।

कतै यात्रा गर्दै हुनुहुन्छ भने सवारीसाधनका विभिन्न भागमा लेखिएको गजल र सायरी त पक्कै पढ्नु भएको होला । चालकको जीवनदेखि राजनीति र प्रेमदेखि बिछोडसम्म समेटिएका केही हरफले यात्राको दौरान रमाइलोमात्र हैन सोचनीय पनि बनाउँछ ।    कतिपय गजल र सायरी अपाच्य र अश्लील पनि लाग्न सक्छ । त्यस्तै दोहोरो अर्थ लाग्ने रचना पनि प्रशस्तै भेटिन्छन् । यस्तै ठानेर होला, आजदेखि उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीसाधनमा लेखिएका गजल, सायरी, मुक्तक हटाउने अभियान सुरु गरेको छ ।    कार्यालयले दिएको जानकारी अनुसार सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरित तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाई लेखहरूलाई हटाउने वा मेटन लगाउने अभियान सञ्चालन गरिएको छ ।    यस्ता रचनाले चालकको ध्यान मोडिएर दुर्घटना हुने पाइएकाले भन्दै त्यस्ता पेन्टिङ् र स्टिकर हटाउन थालिएको हो ।    नेपालको कानून विपरीत महिला, बालबालिका, सिमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाईने भएकोले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।   प्रहरीका अनुसार अब गाडीको शिसामा स्टिकर वा प्रचारजन्य सामग्री टाँस्न पाइनेछैन । यसैगरी  चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामाग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ ।

बाजुरा​:   बाजुराको बूढीगंगा नगरपालिकाको मतदानका क्रममा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ ।   मतदान गर्न १०र१० जना गरेर भित्र पठाउने क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा दुई पक्षका प्रतिनिधिबीच विवाद भएको हो । बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले अनलाइनखबरसँग भने, ‘विवाद भएपछि स्थितिलाई अप्रिय हुन नदिन प्रहरीले हवाइ फायर गरेको हो, अहिले शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।’ उनका अनुसार घटनापछि केहीबेर रोकिएको मतदान १२ः३५ देखि पुनः सुरु भएको छ ।   गत ३० वैशाखमा भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर पुनः अहिले मतदान भइरहेको छ । अहिले १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वको टोली परिचालन गरिएको छ ।

काठमाण्डौँ:    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले ओरालो लागेर रु ९४ हजार ६०० तोकिएकोे छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजारमा कारोबार भएको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ५०० थियो ।   त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार १८५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक  कारोबार मूल्य तोक्दै आएको छ ।

पोखरा:    गण्डकी प्रदेशसभाको बिहीबारको बैठक स्थगित भएको छ ।   अर्थमन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेशसभा बैठकमा विनियोजन विधेयक २०७९ प्रस्तुत गरेका थिए । त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए ।   सांसदहरूले विधेयक अध्ययन गर्न समय मागेपछि बिहीबारको संसद बैठक स्थगित गरिएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।   स्थगित बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ । शुक्रबार बस्ने बैठकमा विनियोजन विधेयक २०७९ माथि छलफल हुनेछ ।

खोटाङ:   यही असार १७ गते राति वर्षासँगै चलेको हावाहुरीले करिब रु चार करोड मूल्यको मकैबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्रले दिएको तथ्याङ्कनुसार ३३० दशमलव ०५ हेक्टर जमिनमा लगाइएको मकैबाली हावाहुरीले नष्ट गर्दा रु तीन करोड ८६ लाख ६८ हजार ८३० बराबरको क्षति भएको हो ।   लेकाली भेगमा भर्खर घोगा लाग्न थालेको मकैका बोट हावाहुरीले नष्ट गर्दा करिब ३३६ दशमलव २५ मेट्रिकटन मकैको दाना क्षति भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो । “हावाहुरीले जिल्लाका पाँच स्थानीय तहमा ठूलो क्षति गरेको छ”, उहाँले भन्नुभयो, “मकैबालीमा भएको क्षतिको विवरण सङ्कलन गरेर राहतका लागि सम्बन्धित निकायमा सिफारिस गरेका छौँ ।”   रातको समयमा चलेको हावाहुरीले जिल्लाका पाँच स्थानीय तहमध्ये सबैभन्दा बढी दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानले लगाएको मकैबालीमा क्षति गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सात वडा रहेको उक्त दिप्रुङ चुइचुम्मा गाउँपालिकामा तीन हजार ५०० रोपनी क्षेत्रफल जमिनमा लगाइएको मकैबालीमा क्षति भएको हो ।    यस्तै दोस्रो ठूलो क्षति केपिलासगढी गाउँपालिकामा दुई हजार ५००, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३००, हलेसी तुवाचुङ नगरपालिकामा २५० र खोटेहाङ गाउँपालिकामा ६० रोपनी जमिनमा लगाइएको मकैबालीमा क्षति भएको जनाइएको छ । जिल्लाका अन्य पाँच स्थानीय तहमा हावाहुरीको असर सामान्य मात्र रहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राईले जानकारी दिनुभयो ।    जिल्लाको प्रमुख बाली मकैमा हावाहुरीले ठूलो क्षति गरेपछि भोकमरी हुनेमा किसान चिन्तित भएका छन् । मकैबालीमा सुरुको चरणमा फौजी कीराको प्रकोप देखिएको र फल्ने बेलामा हावाहुरीले क्षति गरेपछि किसान चिन्तित बनेका हुन् ।    सुक्खाग्रस्त क्षेत्र हलेसी तुवाचुङ नगरपालिकामा गत वर्ष खडेरी र यस वर्ष हावाहुरीले मकैबाली नष्ट गरेको स्थानीयवासी एवं नेकपा ९माओवादी केन्द्र०का युवानेता तामन राईले जानकारी दिनुभयो । मकैबाहेक अन्य बाली कम उत्पादन हुने हलेसी तुवाचुङ नगरपालिकाका बासिन्दालाई गत वर्ष नगरपालिकाले रु एक करोड ४० लाख बराबरको खाद्यान्न खरिद गरेर वितरण गरेको थियो ।   हावाहुरीले जिल्लामा मकैबालीसँगै विभिन्न प्रजातिका फलफूलमा समेत ठूलो क्षति गरेको किसानले बताएका छन् । फलफूलमा हावाहुरीबाट पुगेको क्षतिको विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।    दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ३९ हजार ८४५ हेक्टर जमिनमा किसानले मकैखेती गर्दै आएका छन् । जिल्लाको कूल ७५ हजार ६५५ हेक्टर खेतीयोग्य जमिनमध्ये ५७ हजार ४१७ हेक्टर जमिनमा विभिन्न बालीको खेती गर्ने गरिएको ज्ञान केन्द्रका निमित्त प्रमुख राईले जानकारी दिनुभयो ।    समयमा वर्षा भएकाले विगतको तुलनामा यस वर्ष मकैबाली उत्पादनमा वृद्धि हुने किसानले अनुमान गरेका भए पनि विभिन्न प्रकोपका कारण मकैबाली भित्र्याउन नपाउँदै क्षति हुन थालेपछि किसान चिन्तित बनेका छन् ।