बीचमै पढाइ छाड्ने बालबालिकाको सङ्ख्यामा कमी आएन
पाेखरा | असार २३, २०७९
बाँके: बाँके जिल्लामा विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट विद्यालय भर्ना अभियान कार्यक्रम सञ्चालन गरिए पनि बीचमै पढाइ छाड्ने बालबालिकाको सङ्ख्यामा कमी आउन सकेको छैन ।
जिल्ला शिक्षा कार्यालयका अनुसार गत शैक्षिकसत्रमा जिल्लामा माध्यमिक तहमा पाँच, निम्न माध्यमिक तहमा छ र प्राथमिक तहमा १३ प्रतिशत विद्यार्थीले बीचमै पढाइ छाडेका थिए । बसाइसराइँ, सबैलाई छात्रवृत्ति उपलब्ध गराउन नसक्नु र आर्थिक अभावका कारण अधिकांश विद्यार्थीले बीचमै विद्यालय छाड्ने गरेका बताइएको छ ।
चालु शैक्षिकसत्रमा अभियानअन्तर्गत भर्ना भएका विद्यार्थीले बीचमै विद्यालय नछाडुन् भन्नका लागि सो कार्यालयले स्थानीय गैरसरकारी संस्थासँग समन्वय गरी अभियानका लागि सबैको सहभागिता खोजेको पाइन्छ । “सरकारले विद्यालय भर्ना अभियानलाई लक्ष्यअनुरुप सफल बनाउन एकीकृत कार्यक्रम लागू गर्नुपर्छ”, इन्सेक संयोजक भोला महतले भन्नुभयो ।
जिल्लाका कतिपय परिवारका बालबालिकाले काम गरेर परिवार चलाउनुपर्ने बाध्यताले पनि बीचमै विद्यालय छाड्ने गरेको जनाइएको छ । शिक्षा कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा विद्यालय जाने उमेरका करिब २२ हजार बालबालिका विद्यालयभन्दा बाहिर रहेका छन् भने शिक्षण सिकाइमा कम्तीमा ६० प्रतिशत उपलब्धि हासिल गर्नुपर्नेमा समेत यस जिल्ला ४० प्रतिशतभन्दा माथि उक्लन सकेको छैन ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

