मुस्ताङ:  मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...

बाठमाण्डौँ:     देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई  कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज लगाइँदै छ ।       स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि दोस्रो मात्रा लगाउन थालेको हो । ती जिल्लाका बालबालिकालाई खोप लगाउनका लागि विद्यालयमा नै खोप केन्द्र स्थापना गरिएको छ । उनीहरुलाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन थालेको हो ।      दोस्रो मात्रा लगाउनका लागि पहिलो मात्रा लगाएको खोप कार्ड बोकेर जान भनिएको छ । पहिलो मात्रा २१ लाख बालबालिकालाई लगाइएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेकाले सबै बालबालिकालाई खोप लगाउनका आग्रह गर्नुभयो ।      ती जिल्लामा प्रदेश नं १ को झापा, इलाम, सुनसरी र मोरङ, मधेस प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र  पर्सा, बागमती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर छन् ।      यस्तै गण्डकी प्रदेशको कास्की र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । खोप अभियान यही साउन ८ गतेसम्म सञ्चालन हुने छन् ।      यस्तै दोस्रो चरण ५० जिल्लामा अगामी भदौ ५ देखि ११ गतेसम्म खोप लगाइने छ । सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ । 

काठमाण्डौँ:    नवविर्चाचित उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगतै सिंहदारबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।        सिंहदरबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै उहाँले संविधान कार्यान्वयनका लागि उपसभामुखले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “उपसभामुख भएपछि जिम्मेवारी बढेको महसुस गरेको छु, संविधान कार्यान्वयनका लागि उपसभामुख पदबाट अपेक्षा इमान्दारीपूर्वक काम गर्नेछु”, पदभार ग्रहणका क्रममा उहाँले भन्नुभयो, “चार महिना जति मेरो कार्यकाल छ, सदनलाई प्रभावकारी ढङ्गबाट बढाउन मद्दत गर्नेछु ।”        यसअघि आजै उहाँलाई राष्ट्रिपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।          प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले उपसभामुखमा नेपाली कांग्रेसकी सांसद भुसाललाई निर्वाचित गरेको थियोे । उहाँ १४८ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।

नुवाकोट:    नुवाकोटमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको निधन भएको छ । ककनी गाउँपालिका–१ मा मिनीट्रक दुर्घटना हुँदा एक महिला र लिखु गाउँपालिका–६ मा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको निधन भएको हो ।       जिल्लाको ककनी गाउँपालिका–१ स्थित महालक्ष्मी थानमा आज भएको मिनीट्रक दुर्घटना हुँदा सोही स्थानकी वसन्ती बलामीको निधन भएको छ । ओखरपौवाबाट तरकारी लिएर काठमाडौँ जान लागेको बा ४ ख ३७२८ नम्बरको मिनीट्रक अनियन्त्रित भएर सडकबाट २० मिटर तल खस्दा ३२ वर्षीया बलामीको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) रामप्रकाश शाहले जानकारी दिनुभयो । उहाँका अनुसार मिनीट्रकमा यात्रा गरिरहेका अन्य पाँच घाइते भएकाले उपचारका लागि काठमाडौँ पठाइएको छ । दुर्घटनापश्चात मिनीट्रकका चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।    लिखु गाउँपालिका–६ मा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा सोही स्थानका २९ वर्षीय करण केसीको निधन भएको नुवाकोटका प्रहरी प्रमुख शाहले जानकारी दिनुभयो । उहाँको अनुसार छहरे बजारबाट घरतर्फ जाँदै गरेका केसीले चलाएको ना ६२ प ९५२१ नं को मोटरसाइकल मध्यपहाडी सडक मार्गको छहरेस्थित सडकछेउको विद्युतीय खम्बामा ठोक्किँदा घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको थियो । उनको छहरे बजारमा रहेको सेवा सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । 

काठमाण्डौँ:   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि भएको कारोबारमा नेप्से परिसूचक १.९३ अङ्कले उकालो लागेर दुई हजार ११.३९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले उकालो लागेर ३८५.९३ मा पुगेको छ ।    कूल २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता शेयर रु एक अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्य वृद्धि भएको छ भने आठ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेका अनुसार बैंकिङ ८.५४, व्यापार ८.५३, उत्पादन ४३.५५, जीवन बीमा १५.२१ र लगानी ०.५९ अङ्कले उकालो लागेको छ ।    त्यस्तै होटल तथा पर्यटन ३१.८३, विकास बैंक १.४६, जलविद्युत् २६.३६, वित्त ११.५६, निर्जीवन बीमा ६.९६, अन्य १०.६३, लघुवित्त १७.१८ र सामूहिक लगानी कोष ०।०३ अङ्कले ओरालो लागेको छ । आजको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ७२ अर्ब १० करोड ३७ लाख ३९ हजार ५२८ बराबर रहेको छ ।    कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड चार लाख ६६ हजार १४३ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु चार करोड ७६ लाख ५८ हजार ४९२, अरुण काबेली पावर रु चार करोड ६५ लाख ४७ हजार ७३३, एनआइसी एशिया बैंक रु चार करोड ५६ लाख ३० हजार ८४४ र नेपाल दूरसञ्चार कम्पनी रु चार करोड ४६ लाख चार हजार बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् ।    नेप्सेका अनुसार राधी विद्युत् कम्पनी ५.४८, प्रभु बैंक ४.७३, नयाँ सारथी लघुवित्त ४.४३, कुमारी बैंक ४.१९, जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.९४ प्रतिशतले कमाए । त्यस्तै प्रभु सेलेक्ट फण्ड ९.७८, सामुदायिक लघुवित्त ७.५०, नबिल ब्यालेन्स फण्ड तेस्रो ५.२०, मिथिला लघुवित्त ४.५४ र छिमेक लघुवित्तका लगानीकर्ताले ४.४६ प्रतिशतले गुमाए ।

  काठमाण्डौँ:    पछिल्लो २४ घन्टामा देशभर थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३५ जनामा संक्रमण पुष्टि भएको हो। तीन हजार ४१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।    एक हजार ४७३ जनाको पिसिआर र एक हजार ५६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर एक हजार १४३९ जना सक्रिय संक्रमित छन्।   ५९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।

  काठमाण्डौँ:     राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको चाहना बमोजिम स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्ने बताउनुभएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।    रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु जाति भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले विज्ञान प्रविधिबाट स्वास्थ्य सेवाले लाभ लिनुपर्ने विचार व्यक्त गर्नुभयो । “स्वास्थ्य र शिक्षाकै लागि गाउँबाट सहरमा जानेको सङ्ख्या बढ्न थालेकाले यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्छ, स्तरीय स्वास्थ्य सेवा सबैले पाउने हक संविधानले सुनिश्चित् गरेको छ, संस्थानले पनि दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न योगदान गरेर गुन लगाएको छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो ।    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले ग्रामीण भेगमा स्वास्थ्य सेवा पु¥याउन कठिन भएको उल्लेख गर्दै संविधानमा मौलिक हकका रुपमा स्थापित गरिएको आधारभूत स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनमा चुनौती थपिएको बताउनुभयो ।    “कोरोनाविरुद्धको खोपमा नेपालले सफलता हासिल गरेको छ, अहिले फेरि कोरोना बढ्न थाले पनि पहिले जस्तो समस्या नहुने गरी स्वास्थ्य पूर्वाधार स्थापना भएको छ, सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएको छ, हालसम्म कोरोनाबाट ११ हजार ९५२ नेपालीको ज्यान गएको छ”–उहाँले भन्नुभयो । मुटुको सर्जरी, कलेजो र मिर्गौला प्रत्यारोपण नेपालमै हुन थालेकाले स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम भएको मन्त्री खापुङको भनाइ थियो ।     त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले संस्थानअन्तर्गत प्रतिदिन बहिरङ्ग सेवामा दुई हजार ३०० र अन्तरङ्ग सेवामा ७०० जनाले उपचार लिइरहेको जानकारी दिनुभयो । संस्थानका डीन प्रा डा दिव्यसिंह साहले ३०१ शय्याबाट सुरु भएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा हाल एक हजार शय्या पुगेको जानकारी गराउनुभयो । संस्थानमा हाल स्नातक तहदेखि विद्यावारीधिसम्म अध्ययन गर्ने व्यवस्था गरिएको छ ।     सन् १९७२ मा जापान सरकारको सहयोगमा त्रिवि शिक्षण अस्पताल स्थापना भएको हो । संस्थानअन्तर्गत हाल देशभर सात आङ्गिक, एक केन्द्रीय क्याम्पस र १५ सम्बन्धन प्राप्त क्याम्पस सञ्चालनमा छन् । विश्वविद्यालयले हाल कीर्तिपुरमा संस्थानलाई ३०० रोपनी जग्गा उपलब्ध गराएको छ । उक्त जग्गामा स्वास्थ्य र शिक्षाको विशिष्ट सेवा दिने लक्ष्य राखिएको छ ।    संस्थानअन्तर्गत हाल चिकित्सा क्षेत्रका करिब ५० विधाको अध्ययन, अध्यापन एवं अनुसन्धानको काम भइरहेको छ । कार्यक्रममा संस्थानका पूर्व डीन प्रा डा मोहिन साह, प्रा डा हेमाङ्ग दीक्षित, प्रा डा गोपालप्रसाद आचार्य, प्रा डा मदनप्रसाद उपाध्याय, प्रा डा भीष्मराज प्रसाइँ, प्रा डा हरिगोविन्द श्रेष्ठ, प्रा डा अरुण सायमी, प्रा डा धर्मकान्त बाँस्कोटा, प्रा डा राकेशप्रसाद श्रीवास्तव, प्रा डा केशवप्रसाद सिंह र प्रा डा जगदीशप्रसाद अग्रवाललाई सम्मानसमेत गरिएको थियो ।

वीरेन्द्रनगर:      महिनावारीका समयमा पुरानो भैसकेको र लगाउन नमिल्ने झुत्रो कपडाको जोहो गर्नुहुन्थ्यो वीरेन्द्रनगर–१२ की मुना गौतम । त्यस्ता कपडालाई सानोसानो टुक्रा बनाई महिनावारीका समयमा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । “छुई (महिनावारी) भएको बेला कुनामा फालिएका टाला (कपडा) लगाउने गथ्र्यौं”, स्थानीयवासी मुनाले भन्नुभयो, “त्यो पनि घाम पर्ने ठाउँमा सुकाउन हुँदैन भनेर घाम नपर्ने र कसैले नदेख्ने ठाउँमा सुकाउनुपथ्र्यो । एकपटक धोएर राखेको र राम्रोसँग नसुकेको कपडा लगाउँथ्यौँ ।”      महिनावारीका समयमा पुराना कपडालाई प्याडकारुपमा प्रयोग गर्दै आउनुभएकी मुनाले आजभोलि नियमितरुपमा सेनेटरी प्याड प्रयोग गर्न थाल्नुभएको छ । “स्वास्थ्यचौकीबाट प्रत्येक महिना प्याड लैजाने गरेकी छु”, उहाँले भन्नुभयो, “प्याड प्रयोग गर्न थालेपछि यही सजिलो लाग्ने रहेछ ।”    महिनावारीका समयमा सफा कपडा प्रयोग गर्नुपर्छ भन्ने विषयमा मुनालाई जानकारी थिएन । त्यतिमात्र होइन महिनावारीका विषयमा खुलेर बाहिर कुराकानी गर्न उहाँ सक्नुहुन्थेन । महिनावारीलाई धार्मिकरुपमा मात्र बुझ्दै आउनुभएकी मुनाले सरसफाइबारे  पनि बुझ्न थाल्नुभएको छ । उहाँले भन्नुभयो, “यस्तो बेलामा सरसफाइमा ध्यान दिनुपर्ने रहेछ । छोरीलाई पनि बारम्बार यस्तै भन्ने गरेकी छु ।”      महिनावारी हुँदा कुनामा राखिएका झुत्रा र फोहर कपडालाई प्याडका रुपमा प्रयोग गर्ने चलन थियो । कसैले नदेख्ने र नछुने ठाउँमा राख्ने र राम्रोसँग सफा नगरी र घाममा नसुकाएरै राखेको कपडा अर्को महिनावारीका बेलामा लगाउने गरिन्थ्यो  । कतिपय ग्रामीण बस्तीमा यस्तै प्रचलन अझै रहे पनि  वीरेन्द्रनगरका महिलाले भने पछिल्लो समय त्यस्ता कपडा त्यागेर सेनेटरी प्याड प्रयोग गर्न थालेका हुन् ।      सोही गाउँकी तुल्सी खत्रीले घर नजिकै रहेको स्वास्थ्य चौकीबाट नियमितरुपमा सेनेटरी प्याड लैजाने गर्नुभएको छ । कोरोना महामारीका कारण भएको लकडाउनका समयमा पनि स्वास्थ्य चौकीबाट प्याड पाउँदा उहाँ खुसी हुनुहुन्थ्यो । “पहिला पुराना कपडालाई प्याडका रुपमा लगाउने गर्थे । पोहोर सालदेखि  स्वास्थ्यचौकीमा आएर प्याड लैजान थालेकी छु”, तुल्सीले भन्नुभयो, “ पर सरेको बेलामा (महिनावारी) कपडाभन्दा सेनेटरी प्याड प्रयोग गर्न थालेपछि सजिलो भएको छ ।”      उहाँलाई महिनावारीका बेलामा सफा प्याड प्रयोग गर्नुपर्छ भन्ने विषयमा जानकारी भए पनि महिनैपिच्छे प्याड किन्नलाई पैसा हुँदैनथ्यो । “बुवासँग प्याड किन्छु पैसा दिनुहोस् भन्न पनि नसकिने र पढ्ने विद्यार्थी भएकाले आफूसँग पैसा पनि नहुने”, उहाँले भन्नुभयो, “तर निशुल्क पाउने भएपछि हरेक महिना स्वास्थ्य संस्थामा आएर प्याड लैजाने गरेकी छु ।”      लकडाउनका बेलामा पनि स्वास्थ्य चौकीबाट निःशुल्क प्याड पाइएकामा खुशी हुँदै वीरेन्द्रनगरकी पवित्रा चौलागाईले  भन्नुभयो, “पहिले पुरानै कपडालाई प्रयोग गर्दै आएका थियौँ, स्वास्थ्य चौकीबाट निःशुल्क प्याड पाउनाका साथै जचाउन  थालेपछि हामीलाई निकै सजिलो भएको छ ।”     प्याड लिन आउने महिलाले नियमितरुपमा आफ्नो स्वास्थ्य जाँच गराउँदा उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव परेको अहेब जमुना भण्डारीले बताउनुभयो ।      नगरपालिकाले निःशुल्क प्याड वितरण कार्यक्रमले महिला महिनावारीबारे  सचेत हुनाका साथै स्वास्थ्यप्रति सजगता अपनाउन थालेको देखिएको उहाँले जानकारी दिनुभयो ।  विरलै मात्रामा स्वास्थ्य चौकी जाने महिला कम्तीमा प्रत्येक महिना प्याड लिन आएका बेलामा  स्वास्थ्य जाँच गराएर जान थालेका छन् ।    “पहिला बिरामी भएपछि मात्र अस्पताल आउने महिलाले हिजोआज अन्य बेलामा पनि स्वास्थ्य जाँच गराउने गरेका छन्”, अहेब जमुनाले भन्नुभयो, “स्वास्थ्य चौकीमा आएका बेला उनीहरुले आफ्ना प्रजनन स्वास्थ्यका विषयमा पनि जानकारी लिने गरेका छन् ।”    वीरेन्द्रनगर–१२ का वडाध्यक्ष चुडामणि चपाईले निःशुल्क प्याड वितरणको कार्यक्रमले सरसफाइमा ध्यान दिनुपर्छ भन्ने चेतनाको विकास गराएको छ भन्नुभयो      महिनावारी स्वच्छता कार्यक्रमलाई प्रभावकारी बनाउन निःशुल्करुपमा प्याड वितरण गर्दै आएको नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो । “महिनावारीका विषयमा जोडिएको नकारात्मक धारणा हटाउनाका साथै स्वच्छ महिनावारी हुनुपर्छ भन्ने सचेतना गराउनु कार्यक्रमको उद्देश्य हो”, उहाँले भन्नुभयो, “प्रायःमहिलामा जचाउन स्वास्थ्य चौकी जाने प्रचलन थिएन । त्यसैले स्वास्थ्य चौकीमार्फत प्याड वितरण गर्दा उनीहरू स्वास्थ्य चौकीमा जाने र जाँच गराउन सक्छन् भनेर यो कार्यक्रम ल्याएका हौँ ।”      अब हरेक माध्यामिक विद्यालयमा किशोरी समूह गठन गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाइने र नगरका सबै विद्यालयमा प्याड उत्पादन गर्ने उपकरणको व्यवस्था गर्ने तयारी गरिएको नगरप्रमुख ढकालले बताउनुभयो ।    नगरपालिकाले  आर्थिक वर्ष २०७६/७७ देखि  बजेट निनियोजन गरी निःशुल्क प्याड उपलब्ध गराउँदै आएको छ । उक्त नगरपालिकाका १६ वटा वडाका स्वास्थ्य संस्थाबाट प्याड उपलब्ध गराइँदै आएको छ । यसका लागि नगरपालिकाले रु २० लाख विनियोजन गरेको छ ।        वीरेन्द्रनगरस्थित नगर अस्पतालमा कार्यरत नर्सिङ इञ्चार्ज सीता आचार्यले प्याड वितरणपछि महिलामा महिनावारीका समयमा सरसफाइमा ध्यान दिनुपर्ने कुराको विकास भएको बताउनुभयो । “महिनावारीका बेलामा सबैभन्दा बढी फोहर भएका कपडा लगाउने र जसका कारण विभिन्न इन्फेक्सन भई पाठेघर क्यान्सरसम्म हुने गरेको थियो”, उहाँले भन्नुभयो, “यो समस्या कम हुँदै गएको देखिएको छ ।”    पछिल्लो समय नगरपाकिलाको केही वडामा महिला समूहले प्याड निर्माण गर्नसमेत थालेका छन् । उण्डाइस जना महिला समूहमा बसेर सुतीको कपडाबाट प्याड बनाएका हुन् । गत वर्ष वडा कार्यालय र नगरपालिकाले उनीहरुलाई प्याड बनाउने तालिम प्रदान गरेपछि समूह गठन गरेर उनीहरुले प्याड बनाउन थालेका हुन् ।            आफूले तालिम सिकेर अन्य महिला समूहमा पनि तालिम दिएको महिला उद्यमशील संस्थाका सदस्य विष्णुकुमारी हमालले बताउनुभयो । “हामीलाई अहिले विद्यालय र अन्य संस्थाले पनि तालिम दिनुलाई बोलाउँछन् त्यहाँ गएर हामीले तालिम सिकायौँ”, उहाँले भन्नुभयो, “वीरेन्द्रनगरका ठूला संस्था र नगरका १६ वटै वडाका विद्यालयमा गएर पनि हामीले तालिम सिकायौँ ।” घरमै भएका कपडालाई मिलाएर पनि प्याड बनाउन सकिने भएकाले यसको उपयोगिता रहेको उहाँको भनाइ थियो ।       यसरी बनाएको प्याड  एक पटक प्रयोग गरिसकेपछि सफा गरेर पुनःप्रयोग गर्न मिल्ने खालको छ । “महिनावारी हुँदा हुने छुवाछूत र भेदभाव पनि महिला हिंसा हो है भनेर हामीले महिनावारी स्वच्छताका विषयमा सचेतना कार्यक्रम गर्न थाल्यौँ”, सदस्य हमालले भन्नुभयो, “महिनावारी हुँदा सबैसँग प्याड किन्ने क्षमता पनि हुँदैन त्यसैले फोहर कपडा राख्दै आएका थिए दिदी बहिनीहरुले ।”    महिलाले महिनावारी हुँदा हुने रक्तश्रावलाई बाहिरी कपडामा लाग्न नदिन सुरक्षित र व्यवस्थित तरिकाले कस्तो प्याड प्रयोग गर्नु उपयुक्त होला र भन्ने विषयमा छलफलपछि उनीहरुले पुनःप्रयोग गर्न मिल्ने कपडाको प्याड बनाउने योजना ल्याए । “

पाल्पा:     पाल्पामा हालसम्म ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।  जिल्लाको सबैजसो ठाउँमा धान रोपाइँ अन्तिम चरणमा पुगेको उक्त केन्द्रका बाली संरक्षण अधिकृत मिलन गैरेले बताउनुभयो । उहाँका अनुसार तानसेन नगरपालिकामा ७५ प्रतिशत, रामपुर नगरपालिकामा ८० प्रतिशत धान रोपाइँ भएको छ ।              यस्तै गाउँपालिकातर्फ तिनाउँमा सतप्रतिशत, बगनासकालीमा ८०, रिब्दिकोटमा ८५, रैनादेवीछहरामा ९०, पूर्वखोलामा ९६, निस्दीमा ८५, माथागढीमा ९५ र रम्भामा ८० प्रतिशत जमिनमा धान रोपाइँ भएको छ । पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोलाखेतमा असार पहिलो हप्तादेखि नै धान रोपाइँ भएको छ । जिल्लामा असारको पहिलो हप्तादेखि नै रोपाइँको चहलपहल सुरु भएको हो । मकैबाली लगाइएका र आकाशे पानीको भरमा मात्रै खेती गरिने टारी खेतमा भने धान रोप्न बाँकी छ ।             जिल्लामा करिब आठ हजार ६२० हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएको छ । मनसुन चाँडै नै भित्रिएकाले यस वर्ष छिटो रोपाइँ सुरु भएको हो । जिल्लाको माडीफाँट, अर्गली, रामपुरफाँट, हुँगी, हेक्लाङ, पूर्वखोला, दोभानलगायत स्थल धान उत्पादको मुख्य पकेट क्षेत्र हुन् । पछिल्लो समय गाउँगाउँमा कृषि यान्त्रिकरणको विकासले पनि रोपाइँ छिटोछरितो हुने गरेको छ । साबित्री, हाइब्रिड, रामधान, सावा मन्सुलीलगायत धानका जात जिल्लामा बढी चलनचल्तीमा छन् । रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ । उत्पादन बढी लिने उद्देश्यले कृषक उन्नत प्रविधिका धानमा आकर्षित हुन थालेका छन् । 

काठमाण्डोँ:     विसं १८४६ पूर्वको तत्कालीन् शक्तिशाली सिञ्जा राज्यका बेलादेखि प्रयोग हुँदै आएको आएको ‘हाट’ शब्दले आफ्नै इतिहास बोकेको छ । दक्षिण भारत र उत्तर चीनलाई आकर्षण गर्ने गरी सिञ्जामा लाग्ने ‘हाट’ आर्थिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक र भू–राजनीतिक दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ ।   ‘हाट’कै कारण १२औँ शताब्दीदेखि १४औँ शताब्दीसम्म सिञ्जा खस राज्य आर्थिकरुपमा बलियो भएको इतिहासमा पाउन सकिन्छ । उतिबेलाको ‘हाट’ आजको प्रमुख व्यापारिक केन्द्र जस्तै हो । सामान्यतया नेपालको पूर्व–पश्चिममा अहिले पनि मौसम र बारअनुसारको हाटबजार लाग्ने चलन निरन्तर छ ।    केही मिठो चीज वा राम्रो वस्तु लिन पर्दा ‘हाट’ जान्छु भन्ने प्रचलन आज पनि कर्णालीका दूरदराजका बस्तीमा कायमै छ । यो विशेषगरी ६५ वर्ष माथिका बुढापाकाले भन्ने गर्छन् । सिञ्जा उपत्यकाको उत्तरपूर्वी भागमा अवस्थित ठाउँलाई अहिले पनि ‘हाट सिञ्जा’ भन्छन् । अहिले त्यहाँ हाटसिञ्जा भन्ने गाउँ रहेको छ ।   ‘हाट’लाई अथ्र्याउँदा दुकान भन्ने पनि लाग्छ । यद्यपि उतिबेलाको ‘हाट’ शब्दले आजको विशालबजार जस्तो पनि बुझाउँछ । यसलाई ग्रामीण क्षेत्रको एउटा सानो बजारका रुपमा पनि हेरिन्छ । अहिले भने ‘हाट’ लाई खुला सडक वा चौरमा भन्ने अर्थ लगाइन्छ ।    यही ‘हाट’को बिरासतलाई पुनरुत्थान गर्दै सिञ्जा गाउँपालिका जुम्लाले आज साउन १ गतेबाट ‘हाट’ बजार सुरु गरेको छ । जुम्ला राज्यमाथि आक्रमण गरी गोर्खालीले आफ्नो कब्जामा लिएपछिको २३३ वर्षपछि उक्त ‘हाट’ बजारको पुनःस्थापना गरिएको बताइएको छ ।    गाउँपालिकाको प्रशासनिक केन्द्र नराकोटमा आज विधिवत्रुपमा ‘हाट’ बजार सुरु गरिएको अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । अध्यक्ष धितालले भन्नुभयो, “सिञ्जाको संस्कृतिको जगेर्ना तथा स्थानीय उत्पादनलाई बजारीकरण गर्न हामीले ‘हाट’ बजार परम्परालाई थालनी गरेका छौँ, यो एउटा ऐतिहासिक र अर्थतन्त्रमा सघाउने दीर्घकालीन बजार विकासको कार्य हो, गाउँ सरकारले यसको प्रवद्र्धनमा जोड दिन्छ ।”   कर्णालीको इतिहास र संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले शहरको विकास भइनसकेको अवस्थामा वस्तु विनिमय गरिने स्थानलाई नै ‘हाट’ बजार भन्दै आइएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यतिबेला अहिलेको जस्तो पैसाले किनमेल गर्ने चलन थिएन, ऊन दिएर अन्न लिने, अन्न दिएर लत्ताकपडा किनिन्थ्यो, वस्तु दिएर वस्तु नै लिइन्थ्यो जहाँ सामूहिकरुपमा किनमेल हुन्थ्यो ।” तत्कालीन् सिञ्जा खस राज्यबाट नै ‘हाट’ बजार खोलिएपछि गढवाल, पिथौरागढमा पनि समान किनबेच हुने गरेको इतिहासबारे जानकारी दिँदै उहाँले महाकाली पारी जोल्जीबी, झुलाघाट ‘हाट’ खोलिएको जनाउनुभयो ।    उहाँका अनुसार जङगबहादुर राणाको अभ्युदयपछि दाङ र कान्छो ‘हाट’का रुपमा नेपालगञ्ज खुलेकोले १९औँ शताब्दीपछिको पुस्ताले त्यही ‘हाट’मा जाने आउने गर्दै आएको थियो ।