भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मानव सभ्यता विकासका लागि जातीय विभेद र छुवाछुत बाधक रहेकाले यस्ता विकृतिका अन्त्य गर्नुपर्ने बताए।   अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले छुवाछुत र जातीय हिंसाविरुद्ध सबै एकजुट भएर सामाजिक न्याय,समानता,स्वतन्त्रताका माध्यमबाट शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण हुने उल्लेख गरे।    शिष्ट र सभ्य समाज निर्माणका लागि जातीय हिंसा, छुवाछूतजस्ता विसङ्गतिको अन्त्य गर्नुपर्नेमा सन्देशमा जोड दिइएको छ । नेपाली समाजलाई यस्ता हिंसा र विभेदबाट मुक्त गरी समानता कायम गर्न आफ्नो पार्टीले लामो समयदेखि राजनीतिक गतिविधि गरेको भन्दै जातीय हिंसालगायत विकृतिविरूद्ध चेतनामूलक अभियानको खाँचो औँल्याइएको छ ।   संयक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सो महासन्धिलाई सन् १९७१ मा मात्रै नेपालले अनुमोदन गरेको थियो । यो दिवस भने सन् १९६६ देखि प्रत्येक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन् ।   अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिंदै उनले सभ्य र सु-संस्कृत समाज निर्माणका लागि आग्रह गरेका छन् ।   ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य र सु-संस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भने । 

काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ लाख ६१ हजार ३७५ सवारीसाधन कारबाहीमा परेका छन्।   काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो।   कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार चार सय ७२ सवारीसाधन कारबाहीमा परेका छन् । यस्तै बढी भाडा लिने दुई हजार एक सय ९०, सवारीचालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार तीन सय ४०, हदभन्दा बढी मानिस वा सामान बोक्ने १३ हजार पाँच सय नौ, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ३७ हजार आठ सय ९६ सवारी कारबाहीमा परेका छन्।   यसैगरी क्षमताभन्दा बढी यात्रु बोक्ने दुई हजार ४५, रेड लाइटमा सवारी चलाउने १६ हजार नौ सय ६८, सवारी मोड्न निषेध गरेको ठाउँमा सवारी मोड्ने १५ हजार दुई सय ५९, लेन अनुशासन उल्लङ्घन गर्ने १९ हजार आठ सय १७, वानवेमा सवारी चलाउने २१ हजार एक सय २३, अवस्था ठीक नभएका सवारी चलाउने २८ हजार आठ सय ९९, सवारी चलाउन निषेध गरिएको ठाउँ र समयमा सवारी चलाउने १६ हजार दुई सय ४७ सवारीलाई कारबाही गरेको हो।   पेटी र हेल्मेट नबाँधी सवारीसाधन चलाउने २१ हजार नौ सय ८१, लापरवाही साथ सवारी चलाउने ७२ हजार एक सय ४४, कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४४ हजार ३८, सवारी वजन हद निर्धारण गरेको क्षेत्रमा बढी वजनको सवारी चलाउने २० हजार छ सय ६५, जथाभावी हर्न बजाउने १२ हजार छ सय २२, सार्वजनिक स्थानमा बाधा पुग्ने गरी सवारी राख्ने ३७ हजार दुई सय ६५ र ओभर स्पिडमा सवारी चलाउने २५ हजार सात सय ८२ सवारीसाधन कारबाहीमा परेका छन्। कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो समय उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले विशेष निगरानी बढाउँदै आएको जानकारी दिए। 'ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनाको सङ्ख्या बढेकाले हामीले यसलाई विशेष कडाइ गरेका हौँ',  उनले भने।   हाल  काठमाडौँ उपत्यकाभित्र २० लाख हाराहारीमा सवारीसाधन आवतजावत हुँदै आएको जनाइएको छ। उक्त सवारीसाधन व्यवस्थापनका लागि काठमाडौँ उपत्यका ट्राफिक कार्यालयबाट एक हजार सात सय ट्राफिक प्रहरी परिचालन हुँदै आएको छ।

गत माघ २३ गते तामझामकासाथ पोखरामा सुरु भएको सशूल्क पार्किङ्मा सवारीधनीहरुले अझै रुचि देखाएका छैनन् ।    उक्त दिन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्यूरोडस्थित पुर्णिमा चलचित्र हल पछाडीको भागमा पार्किङ् उद्घाटन गरेका थिए । उद्घाटनका दौरान मेयर आचार्यले सुन्दर पोखराको योजना साकार पार्न पोखरेलीलाई सडक किनारमा पार्किङ् नगरिदिन अनुरोधसमेत गरे ।    मेयरले अनुरोध गरेपनि स्थानीयले सडक किनारमै पार्किङ् गर्न नछाडेपछि ट्राफिक प्रहरीले बिहानैदेखि रोक लगाउँदै आएको छ । तर बिहानजस्तै दिनभर प्रहरी खट्न नसकेपछि सडक किनारमा अझैपनि पार्किङ् भइरहेको छ ।    निजी सवारीचालकले अटेर गरेपछि पार्किङ् सञ्चालक भने मर्कामा परेका छन् । सशूल्क पार्किङ् सञ्चालनको जिम्मेवारी लिएका प्रदिप बस्नेतका अनुसार नजिकै पार्किङ् भएपनि आमरुपमा सडक किनारमै सवारी पार्किङ् गर्ने बानी अझै हटेको छैन ।    ‘महानगरको योजनालाई सहयोग गर्ने उद्देश्यले पार्किङ् सञ्चालनमा अग्रसर भएको हुँ’ सञ्चालक पौडेल भन्छन् ‘पहिलो महिना भाडा तिर्न सकिएन तर कमाउने भन्दा पनि व्यवस्थित पोखराका लागि काम गरेको हुँ ।’   पौडेलका अनुसार ४–५ लाख रुपैयाँ लगानी गरी पार्किङ् स्थान बनाइएको हो । स्थलमा सुरक्षा गार्डसहित ३ कर्मचारी व्यवस्थापनमा जुटेका छन् ।    त्यस्तै, करुणनिधि कोइरालाको जग्गा जो महानगरले मुद्दा जितेर स्वामित्वमा लिइएको भनिएको छ, त्यहाँपनि सशूल्क पार्किङ् सुरु भएको छ ।    उक्त स्थानमा २ हप्ता अघिदेखि पार्किङ् सुरु भएको संघर्ष कोइरालाले जनाए । उक्त जग्गामा पार्किङ् सञ्चालन गर्न कोइराला परिवारले महानगरसँग कुनैपनि सम्झौता गरेको छैन ।    सञ्चालक कोइरालाका अनुसार उक्त जग्गाको मुद्दा अझैपनि उच्च अदालतमा रहेको छ । जसकारण पार्किङ् सञ्चालन गरिएको हो । ‘हामीसँग लालपुर्जा छ’ कोइरालाले भने ‘हामी कानूनी लडाई लडिरहेका छौं ।’   यद्यपि, अब महानगरसँग यस विषयमा सम्झौता गर्ने कोइरालाले जानकारी दिए । उक्त स्थानमा भने सवारीसाधनहरु पार्किङमा आउने गरेको उनको भनाई छ ।      न्यूरोड क्षेत्रमा यसबाहेक महानगरले खोप्लाङेको जग्गामा निशूल्क पार्किङ दिएको छ । तरपनि दिउँसोको समयमा स्थानाभावकाकारण सडकमै पार्किङ भइरहेको छ ।    पार्किङ् शूल्क २ पाङ्ग्रेका प्रतिघण्टा १० रुपैयाँ रहेको छ । त्यस्तै, चारपाङ्ग्रको हकमा प्रतिघण्टा ५० र ७० रुपैयाँ रहेको छ ।    महानगरले निर्धारित गरिदिएको शूल्कको दर भने यसअघि पोखरेलीले तिर्दै आएको भन्दै अत्यधिक हो । मोटरसाइकल वा स्कुटर पार्किङ् गर्ने कुनैपनि जागिरे वा व्यवसायी एवं गाडी भएकाले दैनिक ६ घण्टा सेवा लिँदा तिर्नुपर्ने मूल्य निकै बढी हुन आउँछ ।

पोखरा:  जिल्ला समन्वय समिति महासंघको चौथो राष्ट्रिय परिषद बैठकबाट निर्बाचित गण्डकीको सपथ ग्रहण कार्यक्रम आइतबार सम्पन्न भएको छ।  गण्डकी प्रदेश समितिका अध्यक्ष पौडेलले निर्बाचित पदाधिकारी र सदस्यहरूलाइ सपथ गराउनुभएको थियो ।  कार्यक्रममा अध्यक्ष पौडेलले  गण्डकी प्रदेशका जिल्ला  समन्वय समितिहरू सक्रियताका साथ संविधानले तोकेको अधिकार प्रयोग गर्दै  गुणस्तरीय परिणाम निस्कने गरि काममा उत्रन आग्रह गर्नुभयो । बिकासका काममा  हुन सक्ने लापरबाही र ढिलासुस्ती बिकाराल देखिएको भन्दै सबै तहका सरकारहरूको समन्वयमा खडा भएको जिल्ला समन्वय समिती विशेष चनाखो हुनुपर्ने उहाँको भनाइ थियो ।  कार्यक्रममा जि स स महासंघका केन्द्रिय सदस्य बाबुराम बि. क. ,कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बराल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। अध्यक्ष लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सोम बहादुर जि .सि.र संचालन सचिब सरस्वती बगालेले गर्नुभएको थियो।  सपथ ग्रहण लगत्तै सो समितिको पहिलो बैठक समेत बसेको थियो । उक्त बैठकले  जि .स .स. महासंघको चौथो राष्ट्रिय परिषद बैठक गण्डकी प्रदेशको पोखरामा आयोजना  गर्ने केन्द्रिय समिती लगायत सहयोगी सम्पूर्णमा हार्दिक आभार प्रकट गरेको छ।  त्यस्तै बैठकले जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरूको क्षमता तथा दक्षता वृद्धि गर्न गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान सङ्गको सहकार्यमा फागुन ७ गते विशेष प्रशिक्षण कार्यक्रम संचालन गर्ने ,  जिल्ला समन्वय समितीहरूलाइ कार्य सम्पादनका लागिप्रदेश सरकारले निर्माण गर्नुपर्ने कानुनहरूको सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको उप –सचिब खड्गराज सुबेदिले जानकारी दिनुभयो।  

पोखरा: नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले रामराज्य भनेको नै प्रजातन्त्र भएको जानकारी गराएका छन् । शनिबार नेपाल शिक्षक संघको नवौं अधिवेशनको उद्घाटन कार्यक्रम सभामा प्रमुख अतिथिको मन्तब्य व्यक्त गर्दै सभापति शर्माले भगवान राम प्रजातन्त्रवादी भएको हुँदा नै प्रजातान्त्रिक सोंचका कारण नीतिवान र नैतिकवानले गर्दा रामराज्य सुखको राज्य भएको बताए । नैतिकवान मुखले मात्र बोलेर नहुने व्यवहारमा उतार्नुपर्ने बताउँदै उनले भने “जनतालाई सुखी र खुसी बनाउन भगवान रामले जुन अथाह मेहनत र प्रयास गरेर उपलब्धी प्राप्त गरेका थिए त्यो नै रामराज्य भएको र त्यसको लागि प्रजातन्त्रको बाटो हिड्नु आजको आवश्यकता हो ।”   उक्त कार्यक्रममा बोल्दै “शिक्षक भनेको समाजको अगुवा हो, समस्या देखाउने होइन समस्यालाई समाधानको नेतृत्व गरेर अगाडि बढ्न सक्नु पर्छ, साहस राखेर अगाडि बढ्ने हो, समस्याको समाधान गर्न सकिदैन भने त्यो कम्युनिष्ट हो । प्रजातन्त्रवादीहरुको समस्या पनि अनेकौं हुन्छन् र समाधान पनि अनेकौ किसिमबाट विकल्प निकाल्न सकिने हुन्छ । कम्युनिष्ट सँग समस्या हुँदै हुँदैन, समस्या आएभने समाधान गर्न सक्दैनन्, बरु टुक्रिन्छन् ।” उनले भने । समस्या सबैका हुने भएको हुँदा झन समस्या थप्ने होइन, समाधानका उपाय खोजेर अगाडि बढ्न आग्रह गर्दै शिक्षा सुधारको लागि शिक्षकहरुले आवश्यक ठानेमा जुनसुकै ठाउँमा उभिएर सहयोग गर्न तयार रहेको उनले बताएका थिए । शिक्षकले संस्कार र पद्धति सिकाउने भएको हुँदा अरुलाई दोष दिएर आफु चोखो नबनी विद्यार्थी मैत्री बन्नु पर्छ उनले भने, शिक्षकबाट सबैभन्दा बढी प्रभावित विद्यार्थी हुन्छन्, उनिहरुले सिकाएको शिक्षा स्तरीय भयो भने बल्ल प्रभावित बन्छ र विद्यार्थी प्रजातन्त्रवादी बन्छ त्यसैले शिक्षकहरुले चाहेको खण्डमा देशकै नेतृत्व गरेर अगाडि बढ्ने सक्ने भएको हुँदा समस्या समस्या भनेर पछाडि हट्न नहुने उनले बताए । साथै सभापति शर्माले विकशित मुलुकको तुलनामा भौतिक रुपमा हामी कमजोर भएपनि हाम्रो संस्कार, संस्कृति र भौगोलिक वनावटले सबैभन्दा उच्च भएको हुँदा हामीले आफ्नो शिक्षा नीतिलाई संस्कार सँगै अगाडि बढाएमा शिक्षा नीति विश्वमै अग्रस्थानमा आउने जानकारी गराए । उक्त कार्यक्रममा पूर्व मन्त्री यज्ञ बहादुर थापा, नेपाली कांग्रेस जिल्ला सभापति किशोरदत्त बराल, पूर्व सभापति कृष्ण केसी, उपसभापति युवराज कुँबर, निवर्तमान सचिव सुदिपमोहन भट्टराई, गण्डकी प्रदेश सदस्य एवम् प्रचार विभाग उपप्रमुख शिरोमणि बराल, नेपाल ट्रेड युनियन गण्डकी प्रदेश सभापति मुरारी शर्मा, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका सभापति शिरोमणि लामिछाने लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए । उद्घाटन सत्रको अवसरमा उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको थियो । रमेश मोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम सचिव राजु क्षेत्रीले कार्यक्रमको सञ्चालन गरेका थिए । 

काठमाडौं:  कृषि क्षेत्रमा दिइएको अनुदान कटौती गरी रासायनिक मल र दूधको मूल्यवृद्धि गरिएकोमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद भानुभक्त जोशीले गत वर्षको बेमौसमी वर्षाले बझाङमा एकै परिवारका सात जनाको निधन भई प्रधानमन्त्री, गृहमन्त्रीलगायतले अवलोकन गरी बाढी प्रभावित क्षेत्र घोषणा गरे पनि अझै राहतलगायत व्यवस्था नभएकाले छिटो गर्न माग गर्नुभयो ।   सांसद महेश बर्तौलाले मलमा दिएको अनुदान कटौती गर्दा किसानमाथि ज्यादती भएको, सुकुम्वासीले लामो समयदेखि जग्गाधनी पुर्जा पाउन नसकेकाले सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।   सांसद माधव सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुरेमा २०७१ साउनमा गएको पहिरो पीडितलाई सङ्कलन भएको रु दुई करोडभन्दा बढी राहत वितरण नगरी राखिएकाले छिटो दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।   सांसद मङ्गलप्रसाद गुप्ताले जनताको रु १६ अर्बभन्दा बढी पैसा सहकारीमा डुबेकाले व्यवस्थापन गर्न माग गर्नुभयो । सांसद योगेशकुमार भट्टराईले ताप्लेजुङ जिल्लाको एकमात्र क्याम्पसमा अनेरास्ववियुका विद्यार्थीमाथि आक्रमण गरी धाँधली गरिएको बताउनुहुँदै फर्जी परिचयपत्र बनाएर गैर विद्यार्थीलाई मतदान गर्न लगाइएको कानुनी कारबाहीको माग गर्नुभयो ।   सांसद रघुजी पन्तले चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले बनाएको क्रिकेट मैदानलाई पूरा गर्न ध्यानाकर्षण गराउनुभयो । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पनि सुधार गर्न उहाँको माग थियो ।   सांसद रणकुमारी बलम्पाखीले सिन्धुलीको कमलामाई नदीले कटान गरी सयौँ घरमा क्षति पुगेकाले क्षतिपूर्ति दिन माग गर्नुभयो । सांसद रणेन्द्र बरालीले फागुनमा नेकपा (एमाले) बाट निर्वाचित स्थानीय सरकारका प्रमुख उग्रनारायण यादवले जातीय विभेद हुनेगरी भोज आयोजना गरेकाले कानुनी कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।   सांसद रमा कोइराला पौडेलले हालसम्म न्यून सङ्ख्यामा मात्र सामाजिक सुरक्षा कोषमा सहभागिता जनाइएकाले सबै उद्योग, प्रतिष्ठानलाई सूचीकृत गर्न माग गर्नुभयो । सांसद राजकिशोर यादवले नागरिकता विधेयक कहाँ अड्किएको छ र कहिले आउँछ भनी प्रश्न गर्नुभयो ।     सांसद राजेन्द्रकुमार केसीले आर्थिक अवस्थालाई लयमा फर्काउन विशेष कार्यक्रम ल्याउन माग गर्नुभयो । किसानले तरकारीको मूल्य नपाएर फालिरहेकाले राहत दिन माग गर्नुभयो ।    सांसद रामकुमार राईले खोटाङ जिल्लाका विभिन्न स्थानमा १५ वर्षअघि सुरु गरिएको सडक अझै सम्पन्न नभई अवरुद्ध भएकाले छिटो काम गर्न माग गर्नुभयो । सांसद रामहरि खतिवडाले राम्रो क्रिकेट मैदानको व्यवस्था गर्न माग गर्नुहुँदै सभामुखले पत्रकार बिक्रीमा छन् भनी दिनुभएको अभिव्यक्तिप्रति सञ्चार क्षेत्रको आलोचना आएकोप्रति सभामुखको ध्यान गएको छ कि छैन भनी प्रश्न राख्नुभयो ।   सांसद रामकृष्ण यादवले मल र दूधको मूल्यवृद्धि घटाउन सरकारसँग माग गर्नुभयो । सांसद रुपा चौधरीले कर्णाली नदी टीकापुर बस्तीमा छिर्नसक्ने सम्भावना भएकाले बेलैमा व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।   सांसद रोशन कार्कीले वित्तीय संस्थाको चर्को ब्याजदरका कारण लाखौँ नेपाली जनता सुकुम्वासी हुने अवस्थामा पुगेकाले सरकारको ध्यान जानुपर्ने बताउनुभयो । सांसद लीलानाथ श्रेष्ठले कृषि क्षेत्रमा दिएको अनुदानमा कटौती गरी मूल्यवृद्धि गरिएकाले ठोस काम गर्न माग गर्नुभयो ।

काठमाडौँ:  नेकपा एमालेका सांसद रघुजी पन्तले चितवनमा धुर्मुस सुन्तलीले बेबारिसे बनाएर छाडेको क्रिकेट रंगाशाला जिम्मा लिएर निर्माण गर्न आग्रह गरेका छन् ।   आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पन्तले भने– ‘चितवनमा धुर्मुस सुन्तलीले बनाएको  रंगशाला बेवारिसे भएर बसेको छ । त्यसलाई सरकारले तुरुन्त लिनुपर्यो र त्यसलाई तिर्नुपर्ने पैसा तुरुन्त तिरेर त्यसको निर्माण सुरु गर्नुपर्यो । त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर त्यहाँको रंगशालालाई बिस्तार गर्नुपर्यो र मुलपानीको रंगशालालाई बनाउनुपर्यो ।’   उनले खेलाडीबाट अपेक्षा गर्ने खेलाडीले जितेको बेलामा एक दुई लाख रुपैयाँ दिएर अघिपछि भने सरकारले कानमा तेल हालेर बस्ने काम गरेको बताए ।    उनले भने– ‘खेलाडीलाई जन्माउने भनेको आधारभूत संरचनाहरु, रंगशालाहरु बनाउनुपर्यो । महिला टोलीले सार्कमा जितेर आए उनीहरुले माग गरेका थिए महिलाहरुका लागि एउटा भलिबल रंगशाला बनाइदेउ भनेर तर त्यसमा सरकारको तातो लागेको छैन  ।  त्यसैले क्रिकेटमा हाम्रो संभावना छ । महिला भलिबलमा हाम्रो सम्भावना छ, सार्क फुटबलमा हाम्रो संभावना छ यस्ता सम्भावना भएका खेललाई अगाडि बढाउन सकिएको छैन ।’

पोखरा:  हाइकर्स क्लब नेपालको आयोजनामा स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. ५ स्थित बाँगे गाउँको हाइकिङ (एक दिने पदयात्रा) मार्फत प्रबद्र्धन गरेको छ । विभिन्न जातजातीको वसोबास रहेको उक्त गाउँ कुनै वेला पञ्चासे जाने विदेशी पर्यटकको रोजाइको क्षेत्र बाँगे पछिल्लो समय सुस्ताउँदै गएकोले सो क्षेत्रको प्रबद्र्धनको लागि हाइकिङ समुह पुगेको उक्त कार्यक्रमका यातायात संयोजक राजकुमार क्षेत्रीले वताए । आन्तरिक पर्यटनको प्रवद्र्धन गर्दै स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने उद्धेश्यले विगत ४ वर्षदेखि निरन्तर संचालन भइरहेको हाइकिङ भाग ३२ औं श्रृङ्खला सम्पन्न गरिएको हो । सो कार्यक्रममा १० वर्ष देखि ६५ वर्षसम्मका ३२ जना सहभागी रहेका थिए । उक्त समुह पोखराबाट फेदीखोला ३ भाटखोलाको पारिकोवारी सम्म मिनि वसमा र पारिकोवारी देखि वाँगे मैदान स्कुलसम्म स्थानिय जिपको यात्रामा रमाउदै गएको थियो । बाँगे गाउँमा खानपिन गरेपछि हाइकिङका संयोजक पत्रकार कृष्ण रानाभाटको नेतृत्वमा शिव मन्दिर, गोराको वारी, वडा कार्यलय, हुदै डाँडाको पोखरासम्म पैदल यात्रा गरेको थियो भने उक्त चौताराबाट फर्किएर ऐतिहासिक कोट मन्दिर (काल भैरब मन्दिर) दर्शन गरी पैदल नै भाटखोलाको चिप्लेटी हुँदै भालुपहाडको अवलोकन गर्दै हाइकिङ सम्पन्न गरेको थियो । आगामी हाइकिङ चैत्र महिना २५ गते अन्तिम शनिबार कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँमा गरिने भएको छ । खाना र यातायात व्यवस्थापनको लागि सहज वनाउन सहभागी हुन इच्छुकले २० गतेसम्म नाम दर्ता गर्न अर्थ संयोजक टिका आचार्य सुवेदीले अनुरोध गरेकी छन् ।