‘पुतली बाजे’ १४ दिनदेखि अस्पतालमा, स्वास्थ्य सुधारोन्मुख
पाेखरा | चैत ७, २०७९
नेपाल सरकारबाट २०७६ सालमा मानार्थ नेपाली नागरिकता पाएका पुतली बाजे (कलिन स्मिथ) उपचारार्थ अस्पताल भर्ना भएको आज १४ दिन भएको छ ।
बाजेको हरियोखर्क अस्पतालमा उपचार भइरहेको र हाल स्वास्थ्य अवस्था सुधारोन्मुख भएको अस्पताल प्रशासनले जनाएको छ । उनमा पिसाबको संक्रमण देखिएको र वान्ता आइरहने समस्या छ ।
८७ वर्षे बाजे पोखरामा रहेर पुतली संकलनमा लागेकैकारण उनी पुतली बाजेकारुपमा चिनिन्छन् । उनले नेपाल सरकारबाट २०७६ सालमा मानार्थ नेपाली नागरिकता पाएका हुन् ।
हाल पोखरा महानगरले वडा १८ ग्यारजातीमा घर बनाइदिएपछि त्यही रहँदै आएका बाजे १९९३ साल मंसिरमा लण्डनमा जन्मिएका हुन् ।
ग्लास्गो युनिभर्सिटीमा अध्यापन गरिरहेका बाजे युनाइटेड मिसन टु नेपालले पोखरामा विद्यालय खोल्ने भएपछि ०२२ माघमा पोखरा आएका थिए ।
नेपालको ४० जिल्लामा पुगेर उनले करिब २५ हजार पुतली संग्रह गरेका छन् ।
अस्पतालका अनुसार उनको उपचार खर्च इन्टरनेशनल नेपाल फेलोशीप (आइएनएफ)ले ब्यहोर्नेछ । यसअघि पनि गत असारमा उनी बिरामी भएर अस्पताल भर्ना भएका थिए ।
मानार्थ नेपाली नागरिकता प्राप्त गरेपछि बाजेले नेपाल सरकारबाट वृद्धभत्तासमेत पाउँदै आएका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

