डडेल्धुरा: डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै अग्रता लिनुभएको छ । देउवा गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्छ । सभापति देउवा (रुख) ले ४८ मत प्राप्त गरेर अगाडि हुनुहुन्छ भने कांग्रेस बीपीका कर्णबहादुर मल्ल (करुवा) ले ४२ मत प्राप्त गरेर पछ्याउँदै हुनुहुन्छ । यसैगरी, स्वतन्त्र उम्मेदवार सागर ढकाल (सुई) ले १७ मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्रीको गृह जिल्ला डडेल्धुरामा सोमबार अपराह्नदेखि मात्रै मतगणना सुरु भएको छ । डडेल्धुरामा ९१ हजार २०१ कुल मतदाता रहेकोमा ५१ हजार ६६० मत खसेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । आइतबार १३९ वटै मतदान केन्द्रमा शान्ति पूर्वक निर्वाचन सम्पन्न भएको थियो । भित्रिमधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिकाको बसौटीमा मतपेटिका बोकेको जिप बिग्राएपछि सोमबार दिउँसो मात्रै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगाउन सकिएको थियो । त्यसै कारण मतगणना गर्ने कार्य ढिलो गरी सुरु भएको उहाँले बताउनु भयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै (बेलुकी ४ः५० बजे) क्यालिब्रेसन फ्लाइट भएको छ । यान्त्रिक परीक्षण भनिने उडानमा साँझ ४ बजेर ५० मिनेट जाँदा थाइ एअर अवतरण भएको हो । विमानस्थलको एयर ट्राफिक कन्ट्रोलसम्बन्धी परीक्षण र भौगोलिक अवस्थाबारे जानकारी लिन आज उटान गरिएको हो । थाइ एअरका चालक दलले दिएको रिपोर्ट अनुसार विमानस्थल सुचारु हुनेछ । नेपाल सरकारको तयारी अनुसार आगामी अंग्रेजी नयाँ वर्षसँगै व्यावसायिक उडान हुनेछ । हाल हाम्रो सहकर्मी विमानस्थलमा रहेको छन् भने विस्तृत आउन बाँकी छ ।
काठमाडौं: ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पुन: अग्रता लिएकी छिन् । कार्की १ हजार ४८२ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका अमृत खड्का १ हजार ४४८ मतसहित दोस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ९८८ मतसहित तेस्रो स्थानमा रहेकी छिन् । यसअघि यो क्षेत्रमा सुरुवातमा तोसिमाले अग्रता लिए पनि सोमबार दिउँसो नेकपा एमालेका उम्मेदवार खड्काले अग्रता लिएका थिए । माओवादी उम्मेदवार भुसाल भने सुरुवातदेखि नै तेस्रो स्थानमा छिन् । यसअघि २०७४ सालमा यो क्षेत्रबाट माओवादीबाट भुसाल नै निर्वाचित भएकी थिइन् ।
चितवन: चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार ६९९ मत गणना गर्दा पोखरेल ५५४ मतसहित पहिलो नम्बरमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३९७ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने ८७ मतसहित तेस्रो स्थानमा छन्। यसअघिको निर्वाचनमा यो क्षेत्रमा एमालेका पोखरेल नै निर्वाचित भएका थिए।
चितवन: चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार ६९९ मत गणना गर्दा पोखरेल ३६४ मतसहित पहिलो नम्बरमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले २३६ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने ४३ मतसहित तेस्रो स्थानमा छन्। यसअघिको निर्वाचनमा यो क्षेत्रमा एमालेका पोखरेल नै निर्वाचित भएका थिए।
मुस्ताङः नेकपा एमालेका गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्ट पराजित भएका छन् । विष्टलाई मुस्ताङको प्रदेशसभा (१) मा नेपाली कांग्रेसका नम्डु गुरुङले पराजित गरे । नम्डुले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा विष्टले ७ सय ९३ मतमात्र प्राप्त गरे । मुस्ताङ प्रतिनिधिसभा तर्फ यसअघि कांग्रेसका योगेश गौचन विजयी भइसकेका छन् । अहिले मुस्ताङ प्रदेशसभा (२)को मतगणना चलिरहेको छ ।
चितवन: चितवन २ को मतगणना सुरु भएको छ । ३०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् । पोखरेलले १५०, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ९७ र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले २५ मत पाएका छन् । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।
चितवन: चितवन २ को मतगणना सुरु भएको छ । १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् । पोखरेलले ५३, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ५ मत पाएका छन् । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।
गण्डकी: यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको हो । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षको हुनुहुन्छ । कांग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा योगेशतर्फ यतिखेर सबैको ध्यान आकृष्ट भएको छ । निवर्तमान सांसद नेकपा (एमाले) का केन्द्रिय सदस्य तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै गौचन विजयी हुनुभएको हो । प्रतिनिधिसभा सदस्यमा एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा चार जना प्रतिस्पर्धामा थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राप्रपाका प्रवीणकुमार शेरचनले १३ मत पाउनुभयो । कांग्रेसका गौचन पाँच दलीय गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो । कांग्रेसको गण्डकी प्रदेश सदस्य योगेश कांग्रेसका जिल्ला सभापतिसमेत रहेका पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुनुहुन्छ । विसं २०५० वैशाख २७ गते मुस्ताङको थासाङ गाउँपालिका लेतेमा जन्मनुभएका योगेशले ब्याचलर अफ विजनेश म्यानेजमेन्टको अध्ययन गर्नुभएको छ । होटेल कालोपानी लेते मुस्ताङ र पोखरामा त्रिथुङ्गा होल सञ्चालन गर्दै आउनुभएका उहाँ ट्राभल्स एण्ड टुर्स प्रालिको प्रबन्ध निर्देशकका साथै मुस्ताङमा किबीखेतीसँगै व्यावसायिक कृषिमा सहभागी बन्नुभएको छ । जिल्लामा नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएका उहाँ नेविसङ्घको राजनीतिसँगै भूगोलमा पनि जोडिनुभएको थियो । उहाँ पार्टीको जिल्ला कार्यसमिति सदस्य पनि सानै उमेरमा बन्नुभएको थियो । उहाँ पार्टीको साविक लेते गाउँसभापति पनि बन्नुभएको थियो । हाल पार्टीको महासमिति सदस्य रहेका उहाँ गण्डकी प्रदेश कार्यसमितिमा रहनुभएको छ । प्रेमले २०७४ को चुनावमा योगेशका बुबा रोमीलाई चार सय ८५ मतान्तरले पराजित गर्नुभएको थियो । विसं २०७० को चुनावमा कांग्रेसका रोमी कांग्रेसबाट बागी उठेका प्रेमलाई १३ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको थियो । मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका योगेश र प्रेम साला भेना पर्नुहुन्छ । रोमी (योगेशका बुबा) र प्रेम मामा–फूपूका छोरा हुनुहुन्छ । रोमीले आफूलाई आएको प्रतिनिधिसभा सदस्यको टिकट मनोनयन दर्ताका क्रममा छोरा योगेशलाई थमाउनुभएको थियो । विसं २०४७ पछि मुस्ताङमा नेपाली कांग्रेसले अहिलेसहित चार पटक र नेकपा एमालेले दुई पटक संसदीय निर्वाचन जितेका छन् । विसं २०७४ मा एमाले प्रवेश गरेका प्रेम रोमीलाई पछि पार्दै दोस्रो प्रयासमा संसद् छिर्नुभएको थियो । दोस्रो पटक सांसद छिर्ने प्रेमको योजना योगेशले असफल बनाउनुभयो । रोमी २०५६ मा पनि मुस्ताङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । रोमी २०७३ मा वाणिज्यमन्त्री हुनुहुन्थ्यो । विसं २०७४ को चुनावमा मुस्ताङको प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा सदस्यमा एमालेले जितेको थियो । नयाँ र युवा उम्मेदवारप्रति मतदाताको आकर्षण, गठबन्धनमा आबद्ध दलको साथ र स्वतन्त्र मतदाता आफ्नो पक्षमा रहेकाले चुनाव जित्ने योगेशको दाबी थियो । योगेशले चीनको सिमानामा रहेको कोरला नाका सञ्चालन गर्न चीनसँग कूटनीतिक प्रयास र त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिने निर्वाचनका क्रममा बताउनुभएको थियो । जोमसोम–कोरला सडक कालोपत्र गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदाता समक्ष प्रतिबद्धता जनाउनुभएको थियो ।

