डडेल्धुरामा देउवाको अग्रता कायमै

डडेल्धुरा | मंसिर ५, २०७९

डडेल्धुरामा देउवाको अग्रता कायमै

डडेल्धुरा:   डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै अग्रता लिनुभएको छ । देउवा गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्छ ।


सभापति देउवा (रुख) ले ४८ मत प्राप्त गरेर अगाडि हुनुहुन्छ भने कांग्रेस बीपीका कर्णबहादुर मल्ल (करुवा) ले ४२ मत प्राप्त गरेर पछ्याउँदै हुनुहुन्छ । यसैगरी, स्वतन्त्र उम्मेदवार सागर ढकाल (सुई) ले १७ मत प्राप्त गर्नुभएको छ । 


प्रधानमन्त्रीको गृह जिल्ला डडेल्धुरामा सोमबार अपराह्नदेखि मात्रै मतगणना सुरु भएको छ । डडेल्धुरामा ९१ हजार २०१ कुल मतदाता रहेकोमा ५१ हजार ६६० मत खसेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । आइतबार १३९ वटै मतदान केन्द्रमा शान्ति पूर्वक निर्वाचन सम्पन्न भएको थियो । 


भित्रिमधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिकाको बसौटीमा मतपेटिका बोकेको जिप बिग्राएपछि सोमबार दिउँसो मात्रै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगाउन सकिएको थियो । त्यसै कारण मतगणना गर्ने कार्य ढिलो गरी सुरु भएको उहाँले बताउनु भयो ।

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्

पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

थप पढ्नुहोस्